आजका समाचार : घुस प्रकरणले घेरिए प्रधानमन्त्री, संसद्‌मा प्रचण्डको सम्बोधन र रोकिएन गाजामा इजरायली आक्रमण, शान्ति वार्ता स्थगित | Khabarhub Khabarhub

आजका समाचार : घुस प्रकरणले घेरिए प्रधानमन्त्री, संसद्‌मा प्रचण्डको सम्बोधन र रोकिएन गाजामा इजरायली आक्रमण, शान्ति वार्ता स्थगित


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

घुस प्रकरणले घेरिएपछि प्रधानमन्त्री ओलीले बोलाए देउवा र यादवलाई
दुईजना मन्त्री घुस प्रकरणमा मुछिएर सरकार घेराउमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनका नेताहरूसँग छलफल बढाएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी एवं गरिबी निवारण मन्त्री बलराम अधिकारी ७८ लाख रुपैयाँको घुस प्रकरणले विवादमा परेपछि अलमलमा परेका प्रधानमन्त्री ओलीले सोमबार साँझ सत्तारुढ दुई दलका शीर्ष नेतासँग परामर्श गर्न लागेका हुन् ।

ओलीले सोमबार साँझ मन्त्रिपरिषद् बैठक सकिएपछि प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सात दलीय गठबन्धनको असन्तुष्ट दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग संवाद गर्न लागेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवाले विवादमा तानिएका मन्त्रीहरू हेरफेर र नयाँ सम्भावित मन्त्रीहरूबारे देउवासँग संवाद गर्न सक्नेछन् । उनले देउवासँगको आवश्यक परामर्शपछि मन्त्रीहरूबारे आवश्यक निर्णय लिने तयारी गरेका छन् ।

घुसमा मुछिएका मन्त्री बर्खास्त गर्न प्रधानमन्त्रीलाई एमालेबाटै दबाब, गौतम भन्छन्- ढिला गर्नु हुँदैन

स्वास्थ्य बिमा क्षेत्रमा पुनर्विचार गरिने छ : प्रधानमन्त्री

शिक्षणका डाक्टरमाझ प्रधानमन्त्रीले भने- तीन हजार वर्षअघि नै चतरामा ऋषि सुश्रुतले सर्जरी गरेका थिए

घुस प्रकरणबारे मन्त्री अधिकारीको जवाफ- अरूले गरेको कुराकानी र लेनदेनमा मेरो संलग्नता छैन

गगन थापाले प्रधानमन्त्रीलाई भने- सामान्य प्रशासनमन्त्री गुप्तलाई बर्खास्त गर्नुस्

मन्त्रीको घुस प्रकरणले देशकै बेइज्जत भयो, प्रधानमन्त्री तीनैको रक्षामा लागे : प्रचण्ड

सरकारले कसैलाई जोगाएको छैन, अडियो प्रकरणमा छिटै निष्कर्ष आउँछ : महेश बर्तौला

प्रधानमन्त्री ओलीले भने : अनलाइनबाट काम गर्ने, टाइमलान तोकेर नतिजा खोज्ने

संविधान संशोधनका लागि आवश्यक बहुमत पुर्‍याउने जिम्मा लिन्छु : प्रचण्ड
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका अधिकारहरू अझै बढी संस्थागत गर्नका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले उपेक्षित, उत्पीडित जाति, वर्ग, भूगोल र समुदायको पहिचान र अधिकार सुनिश्चित गर्नका लागि संविधान संशोधन आवश्यक रहेको बताएका हुन् ।

‘संविधानले नेपाली जनताको अधिकार अझै संस्थागत गर्नुपर्दछ । उपेक्षित, उत्पीडित जाति, वर्ग, भूगोल र समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न संशोधन आवश्यक छ,’ अध्यक्ष प्रचण्डले भने ।

उनले संविधान संशोधनका लागि नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारले हिम्मत गरे प्रमुख प्रतिपक्षी दलको नाताले दुइतिहाइ बहुमत जुटाउने जिम्मेवारी लिने पनि बताए ।

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छ : मन्त्री सिंह

एमालेकै सांसद्ले भने- दुनियाँले सुनेको अडियो सरकारले नसुने झैँ गर्नु लोकतन्त्रको अपमान

एमालेकै सांसदले भने- घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गरियोस्

बजेटबारे प्रचण्डको प्रश्न- जनताको अवस्था फेर्ने शब्द र अंक राख्न तपाईँहरूको हात काँप्यो ?

अप्राकृतिक गठबन्धनको चरित्र लोक नै लाज मान्ने गरी उजागर भयो : प्रचण्ड

दुई ठूला दलको मिलोमतोमा संसद् ‘बिचौलियाको खेल मैदान’ भयो : प्रचण्ड

नारायणघाट–बुटवल सडकअन्तर्गत दाउन्ने खण्डको समस्या समाधानउन्मुख : मन्त्री दाहाल

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार गर्न छलफलमा छौँ : पर्यटनमन्त्री

प्रचण्डले भने- विपद् व्यवस्थापन सामूहिक जिम्मेवारी हो, यस वर्ष थप क्षति हुन दिनुहुँदैन

संसद्‌मा रास्वपालाई कांग्रेस सांसद न्यौपानेका चार प्रश्न

कोशी उच्च बाँधमा राष्ट्रघात नगर्न ओली सरकारलाई भीम रावलको खबरदारी

भारतले सुनसरीको चतरामा बनाउन लागेको भनिएको सप्तकोशी उच्च बाँध निरन्तर विवादमा पर्दै आएको छ । जोखिमपूर्ण भूगोलमा बनाउन सर्भेसमेत भइरहेको यो उच्च बाँधलाई लिएर स्थानीयबासीले पनि विरोध गरिरहेका छन् ।

बिहारको दुस्खका रुपमा चिनिएको कोशीलाई तराईको सम्म भागमा नपुग्दै अग्लो बाँधले छेक्न खोजिएपछि दर्जनभन्दा बढी जिल्लामा यसको असर पर्ने सम्भावना छ ।

यही सन्दर्भमा मातृभूमि जागरण अभियान चलाइरहेका नेकपा एमालेका पूर्वउपाध्यक्ष डा। भीम रावलले उच्च बाँधलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको आलोचना गरेका छन् ।

प्रचण्डको कटाक्ष- स्वर्ग र नर्ककै गोलचक्करको पासोमा परेर कांग्रेसले जनमत बिर्सियो

प्रधानमन्त्रीको अलमल : घुसमा मुछिएका दुई मन्त्री बर्खास्त गर्ने की सेटै फेर्ने ?

सभामुखको आलोचना गर्दै लिङ्देनको टिप्पणी- यो संसदीय इतिहासकै कालो समय हो

रास्वपालाई पानीको फोकाको संज्ञा दिँदै बजगाईंले भने- कांग्रेसमाथिको आक्रमणले हद नाघ्यो

दुई मन्त्रीलाई तत्कालै बर्खास्त गरियोस्

कांग्रेस–एमाले गठबन्धन सरकारको एक वर्ष पूरा, संविधान संशोधनको सहमति कागजमै सीमित

सडकमा टायर बालेर नेविसंघको प्रदर्शन, १० जना समातिए

विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, विद्यार्थीको प्रतिनिधित्व बिना सिनेट बैठक अमान्य हुने र शिक्षक नियुक्ति शतप्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग राखेर नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि नेविसंघका १० जना कार्यकर्ता पक्राउ परेका छन् । उनीहरूले सडकमा टायर बालेर प्रदर्शन गरेका थिए

पक्राउ परेका विद्यार्थी नेताहरूलाई रिहा गर्न माग

कञ्चनपुरका स्थानीय तहलाई ‘छाउगोठ’ भत्काउने अभियान चलाउन आग्रह

मधेशमा बजेट विवाद : दुईथरी रेडबुक भेटिँदा सत्ता पक्षकै सांसदले गरे विरोध

खानेपानी नदिएको भन्दै केयुकल कार्यालयमा लगाइयो ताला

खोटाङ र दोलखामा आगलागी लाखौंको क्षति

छाउगोठमा कञ्चनपुरकी युवतीको मृत्यु, दोषीलाई कारबाही गर्न समाजवादी महिला संघको माग

मधेस प्रदेशसभा : विपक्षी दलको बहिष्कारकाबीच बजेटमाथि छलफल जारी

बिपी प्रतिष्ठानसँग बीमा बोर्डले सम्झौता नवीकरण गरेन, १ लाख ७८ हजार बिमित प्रभावित हुने

अमेरिकाले पहिलो पटक एफ ३५ लडाकु विमान फिलिपिन्स पुर्‍यायो
अमेरिकाले फिलिपिन्समा पहिलो पटक एफ ३५ अत्याधुनिक लडाकु विमान परिचालन गरेको छ । चीनको बढ्दो प्रभावसँगै दक्षिण चीन सागरमा तनाव बढिरहेका बेला अमेरिकाले फिलिपिन्समा एफ ३५ लडाकु विमान परिचालन गरेको हो ।

हालै अमेरिकी लडाकु विमानवाहक युद्धपोत यूएसएस जर्ज वाशिंटन फिलिपिन्सको राजधानी मनिलास्थित बन्दरगाह पुगेको थियो । भारतीय समाचार संस्था एएनआईका अनुसार यससँगै अमेरिकाले पहिलो पटक फिलिपिन्समा पाचौँ पुस्ताको अत्याधुनिक एफ ३५ लडाकु विमान परिचालन गरेको हो ।

ती लडाकु विमानले फिलिपिन्सको वायुसेनासँग मिलेर संयुक्त सैन्य अभ्यास गर्ने कार्यक्रम छ । जुलाई ७ देखि १८ सम्म सञ्चालन हुने उक्त अभ्यासलाई ‘कोप थन्डर २५–२’ नाम दिइएको छ ।

अमेरिका र फिलिपिन्सबीच लामो समयदेखि रक्षा सन्धि कायम छ । यसअनुसार फिलिपिन्सको सार्वभौमिकताको रक्षा गर्न अमेरिकाले सहयोग पुर्‍याउँदै आएको छ ।

युरोपेली सङ्घका व्यापार प्रमुखले भने– वासिङ्टनसँग वार्ता गर्ने योजना छ

वार्तामार्फत विश्वका विवाद समाधान हुनुपर्नेमा भारत र ब्राजिल एकमत : मोदी

चिनियाँ युवाहरुमा हृदयरोगको समस्या बढ्दै

भारतमा आँप बोकेको लरी पल्टिँदा नौ जनाको मृत्यु, ११ घाइते

गाजामा भएको इजरायली आक्रमणमा ४३ जनाको मृत्यु, शान्ति वार्ता स्थगित

प्रिन्स ह्यारी र मेघन शाही सदस्यका रुपमा फर्केलान् ? गोप्य तस्बिर बाहिरिएपछि तनाव

इन्डोनेसियाको पूर्वी तटमा ६.७ म्याग्निच्युडको भूकम्प

युक्रेनलाई प्याट्रियट एयर डिफेन्स सिस्टम पठाउने ट्रम्पको घोषणा

केन्टकी चर्चमा गोलीबारी, संदिग्धसहित तीन जनाको मृत्यु

गाजाको पानी वितरण केन्द्रमा आक्रमण : ६ बालबालिकासहित १० जनाको मृत्यु

अपराधमा संलग्न भएको आरोपपछि दक्षिण अफ्रिकी मन्त्री बर्खास्त

इजरायली आक्रमणमा इरानका राष्ट्रपति घाइते भएको रिपोर्ट सार्वजनिक



































प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ८ : ०० बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका