यी १२ बुँदामार्फत् बालेनले कोर्न खोज्दैछन् देश विकासको नयाँ खाका
वालेन्द्र शाह नेतृत्वको सरकारले फागुन २१ गतेको निर्वाचनपछि संसद्मा प्रतिनिधित्व गर्ने ६ वटा राष्ट्रिय दलका घोषणापत्र, वाचापत्र र प्रतिबद्धतापत्र समेटेर आधारमा ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा सार्वजनिक गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार सार्वजनिक गरेको मस्यौदाबारे अब संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल चलाएर साझा निष्कर्ष निकालिने भएको छ। विपक्षी दलहरूको पनि घोषणा पत्र समेटेर कुनै सरकारले पहिलो पटक यसरी राष्ट्रिय प्रतिबद्धता पत्र ल्याएको हो ।

अहिले नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एकल तथा शक्तिशाली छ । १८२ सिट जितेको रास्वपाले आफ्नो एकल सरकार भए पनि देश विकासको खाका कोर्न अन्य दलको पनि घोषणा पत्र समेटेर राष्ट्रिय प्रतिबद्धता पत्र लेखेको हो ।
सरकारले शासकीय सुधारसम्बन्धी आफ्नो १०० बुँदे कार्यसूची र दलहरूको घोषणा पत्रलाई समायोजन गरेर ‘राष्ट्रिय प्रतिवद्धता’को मस्यौदा ल्याएको हो । यस प्रतिबद्धता पत्रमार्फत् सरकारले नेपाललाई मध्यम अर्थतन्त्र भएको राष्ट्रमा परिणत गर्ने योजना बनाएको छ।
प्रधानमन्त्री बालेनले संस्कृत श्लोकमार्फत दिए नयाँ वर्षको शुभकामना : ‘सर्वे भवन्तु सुखिन.. ’
भ्रष्टाचारमाथि कडा प्रहार गर्ने सरकारको योजना, दलीय ट्रेड युनियन नराख्ने
बालेन-रविबारे अमेरिकी रिपोर्ट : स्वार्थ प्रेरित गठजोड, उपसभामुखसहितका कुराले खटपट भएको सुनियो
सरकारले सार्वजनिक गर्यो राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्णपाठ)
सरकारले ‘राष्ट्रिय प्रतिबद्धता’मा अटायो संसद्का ६ दलको घोषणा पत्र
यी १२ बुँदामार्फत् बालेनले कोर्न खोज्दैछन् देश विकासको नयाँ खाका
संघीय शिक्षामा अब वालेन्द्रले काठमाडौं महानगरमा लागु गरेको मोडेल !
पार्टीमा विग्रह बढाउँदै कांग्रेसको ‘जरा अभियान’
२१ फागुनको निर्वाचनमा लज्जास्पद हार व्यहोरेपछि नेपाली कांग्रेस अहिले संगठनात्मक पुनःसंरचना र सुदृढीकरणमा लागेको छ । यस अनुसार पार्टीले एक महिने ‘जरामा जाऊँ अभियान’ सुरु गरेको छ । यस अभियानमा कार्यकर्ता स्वयंले पार्टीको वडा तहको कार्यालयमा उपस्थित भएर डिजिटल्ली सदस्यता अद्यावधिक गर्नुपर्नेछ । सभापति गगनकुमार थापाले यसको सुरुवात नयाँ वर्ष अर्थात मंगलबारदेखि नै गरेका छन् । थापाले दिउँसो १ बजे काठमाडौं महानगरपालिका–३० स्थित वडा इकाई कार्यालय पुगेर सदस्यता अद्यावधिक गराएका हुन् ।
सदस्यता अद्यावधिक गर्दै उनले इतर पक्षलाई इङ्गित गरी अनावश्यक कोलाहल नमच्चाउन आग्रह गरेका छन् । ‘केही कुरा बुझ्नुभएको छैन भने केन्द्रीय कार्यालय आइदिनुहोला । पार्टीको जिम्मेवार साथीहरू जिम्मामा हुनुहुन्छ, बुझाइदिनुहुन्छ । तर बाहिर हाम्रो सदस्यता खाइदिन लाग्यो भनेर अनावश्यक कोलाहल मच्चाइदिने काम नगर्दिन आग्रह गर्न चाहन्छु ’ उनले भने ।

यो अभियानलाई लिएर भने उच्चदेखि तल्लो तहसम्मकै नेता कार्यकर्ताहरु विरोधमा छन् । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा विशेष महाधिवेशनमा सहभागी नेता केदार कार्की सामाजिक सञ्जालबाटै यस अभियानको विरोधमा उत्रिएका छन् ।
‘सबै क्रियाशिल खारेज गरेपछि तपाईं सभापति रहनुहुन्छ की हुनुहुन्न रु की तपाईंको समितिको दास र लास बाहेकको खारेज भएको हो रु यस्तो निर्णय गर्ने अधिकार महासमितिलाई होला नि रु मेरो क्रियाशिल के कारणले खारेज भयो रु’ कार्कीले सामाजिक सञ्जालबाट प्रश्न गरेका छन् ।
कांग्रेसको ‘जरा अभियान’ सुरु, सदस्यता अद्यावधिक अनिवार्य
नयाँ वर्ष २०८३ का लागि प्रदीप पौडेलका चार संकल्प
सन्तोषको स्पष्टीकरण- प्रलोपाको जिम्मेवारीबाट पन्छिसकेको छैन
दलगत स्वार्थ त्यागेर मुलुक र जनताको हितमा सहकार्य गर्न आवश्यक : सभापति थापा
नारायणगढ-बुटवल सडकको सुस्त गतिप्रति गृहमन्त्रीको असन्तुष्टि, १५ दिनभित्र काम सक्ने ठेकेदारको प्रतिबद्धता
गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्ड विस्तारमा भइरहेको ढिलाइप्रति चिनियाँ ठेकेदार कम्पनीको ध्यानाकर्षण गराएका छन् । लामो समयदेखि सडक अलपत्र पर्दा नागरिकले सास्ती खेप्नुपरेको उल्लेख गर्दै उनले निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिएका हुन् ।
सडक खण्डको स्थलगत अनुगमनका लागि पुगेका गृहमन्त्री गुरुङले निर्माणको सुस्त गतिप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे । “सडक अलपत्र हुँदा यात्रुले सास्ती पाएका छन्, दैनिक आवागमन प्रभावित भएको छ र दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ,” उनले भने, “यो अवस्थालाई अब धेरै दिन लम्ब्याउन सकिँदैन । ठेकेदार कम्पनीले जिम्मेवार बनेर द्रुत गतिमा काम अघि बढाउनुपर्छ ।”

उनले निर्धारित समयमै गुणस्तरीय काम सम्पन्न गर्न सम्बन्धित निकाय र निर्माण कम्पनीलाई सचेत गराउँदै विकास निर्माणमा हुने ढिलासुस्ती सरकारलाई स्वीकार्य नहुने प्रस्ट पारे । नागरिकको सुरक्षा र सहज यात्रा पहिलो प्राथमिकता भएको भन्दै उनले कुनै पनि बहानामा लापरबाही नगर्न चेतावनी समेत दिएका छन् ।
गृहमन्त्रीको अनुगमन र निर्देशनपछि चिनियाँ ठेक्का कम्पनीका प्रतिनिधिहरूले अबको १५ दिनभित्र सडक निर्माणको मुख्य काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरूले जनशक्ति र उपकरण थप गरेर निर्धारित समयमै काम सक्ने आश्वासन दिएका हुन् ।
हर्कराज राईले खुलाए आफ्नो सम्पत्ति: आमाको नाममा भिरालो पाखो, बैंकमा २-४ लाख
इन्धनको मूल्यवृद्धिको मारमा सुदूरपश्चिमका ठूला आयोजना, काम रोकिने अवस्थामा
पर्यटन प्रवर्द्धन गर्न क्यानडाको प्रदर्शनीमा नेपालको सहभागिता
राष्ट्रिय हित र विधिको शासनका लागि सबै मिलेर अघि बढौँ : पूर्वप्रधानमन्त्री कार्की
नयाँ वर्षले सबैमा नयाँ ऊर्जा, आशा र उत्साह सञ्चार गरोस् : पूर्वराष्ट्रपति भण्डारी
टोखामा सपनतीर्थ मेला सुरु, बिहानैदेखि भक्तजनको घुइँचो
धार्मिक, सांस्कृतिक एवम् पुरातात्विक महत्त्व बोकेको टोखामा सपनतीर्थ मेला सुरु भएको छ । नयाँ वर्षको पहिलो दिनमा लाग्ने उक्त मेलामा आज बिहानैदेखि सपनतीर्थ मन्दिरको दर्शन गर्नका लागि जाने भक्तजनको घुइँचो लागेको हो । सपनतीर्थ मन्दिरमा दर्शन गरेर त्यहाँको तलाउमा स्नान गरे कुष्ठरोग निको हुने जनविश्वास रहेको छ ।
सपनतीर्थ मन्दिरमा दर्शन तथा तलाउमा स्नान गर्नका लागि काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागबाट भक्तजन सपनतीर्थ मन्दिर आइपुगेका छन् ।

सपनतीर्थमा मेलासँगै टोखामा ऐतिहासिक विस्का नखः(जात्रा) पनि सुरु भएको नेवा गुथिः टोखाका अध्यक्ष रमेश नापितले जानकारी दिए । सपनतीर्थ मेला आज एकदिन लाग्ने भएपनि टोखाको जात्रा भने चार गतेसम्म चल्नेछ ।
टोखाले जात्राका अवसरमा भोलि वैशाख २ गते बुधबार टोखाभर र वैशाख ३ र ४ गते टोखा नगरपालिका–२ र ३ मा विदा दिएको छ ।
भक्तपुरको थिमिमा बिस्केट जात्राको रौनक
सोवाङ धुरी र धौलागिरि आइसफललाई दोवासँग जोड्न पदमार्ग निर्माण
९ महिनामा सरकारको खर्च आम्दानीभन्दा डेढ खर्ब बढी, पुँजीगत खर्च २३ प्रतिशत मात्रै
ट्रकको ठक्करबाट घाइते प्रहरी निरीक्षक लामाको उपचारका क्रममा निधन
एक वर्षमा १८ हजार ३२६ जना साइबर ठगीमा, मधेश सबैभन्दा बढी प्रभावित
बेनीको महारानीथान धार्मिक पर्यटकीय स्थलका रूपमा विकास
पोखराका होटेल ९० प्रतिशत बढी भरिभराउ
अमेरिका-इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
अमेरिका र इरानबीच जारी कूटनीतिक संवादले केही प्रगति गरेको संकेत देखिएपछि पाकिस्तानले दोस्रो चरणको वार्ताका लागि नयाँ प्रस्ताव अघि सारेको छ । क्षेत्रीय तनाव बढिरहेका बेला यस्तो पहललाई सम्भावित समाधानतर्फको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले हालै इरानसँगको वार्तामा ‘केही प्रगति’ भएको बताएका थिए भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ‘अर्को पक्ष वार्ताका लागि इच्छुक रहेको’ प्रतिक्रिया दिएका थिए । यही पृष्ठभूमिमा पाकिस्तानले इस्लामाबादमै अर्को चरणको वार्ता आयोजना गर्ने प्रस्ताव अघि सारेको हो ।

पाकिस्तानी अधिकारीहरूले नाम गोप्य राख्ने सर्तमा दिएको जानकारीअनुसार यो प्रस्ताव दुवै पक्षको सहमतिमा मात्र अघि बढ्नेछ । उनीहरूले एकपटकको वार्ताभन्दा निरन्तर कूटनीतिक प्रक्रियामार्फत समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।
यसैबीच, मध्यपूर्वमा तनाव थप चर्किने संकेत देखिएका छन् । लेबनानस्थित सशस्त्र समूह हिज्बुल्लाहका एक वरिष्ठ अधिकारीले अमेरिका–लेबनान–इजरायलबीच सुरु हुन लागेको वार्ताबाट हुने कुनै पनि सम्झौता नमान्ने चेतावनी दिएका छन् । यसले वासिङ्टनमा सुरु हुने प्रत्यक्ष लेबनान–इजरायल वार्तालाई चुनौतीपूर्ण बनाएको छ ।
भाजपा नेता सम्राट चौधरी बिहारको मुख्यमन्त्री निश्चित, बुधबार शपथ
पश्चिम एसिया युद्ध रोक्न चीनको चार सूत्रीय प्रस्ताव, अमेरिकालाई कडा चेतावनी
नितिश कुमारद्वारा बिहारको मुख्यमन्त्री पदबाट राजीनामा
लेबनान–इजरायल वार्तामा अमेरिकी विदेशमन्त्री रुबियो सहभागी हुँदै : वासिङ्टनमा छलफल
ट्रम्पले गरे येशू जस्तो देखिने आफ्नै तस्विर डिलिट : पोपसँगको विवाद चर्कियो
इरानले भन्यो : अहिलेलाई यो केवल ट्रेलर मात्र हो, फिल्म अझै बाँकी छ













प्रतिक्रिया