देश/प्रदेश « Khabarhub

राष्ट्रपतिबाट शितल निवासमा वृक्षरोपण

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीको ६९औँ जन्मजयन्तीका अवसरमा आज शीतल निवास परिसरमा अपराह्न वृक्षरोपण गरेकी छिन । सो अवसरमा उहाँले समी, तेजपातलगायत फलफूलका बोट रोपेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।