फुटबल « Khabarhub

फरेस्टको तनावग्रस्त जित

काठमाडौं - इङ्लिस प्रिमियरसिप अन्तर्गत आइतबार राति भएको खेलमा साउथहम्टनविरुद्ध नटिङघम फरेस्टले संघर्षपूर्ण जित निकालेको छ। खेलको ४१ मिनेटमा नै फरेस्टले ३-० को अग्रता लिइसकेको थियो। त्यसपछि साउथहम्टनले दुई गोल गरेको हो। ६० औँ मिनेटमा जन बडनारेकको गोलमा साउथहाम्टन खेलमा फर्किएको थियो। १२ मिनेट थपिएको इन्जुरी समयको पहिलो मिनेटमा नै पाउल ओनारचुले गोल गरेका थिए।…