आजका समाचार : सर्वोच्चले जोगाइदियो ५२ भाइको जागिर, कुलिङ पिरियडमा छानविन समिति बन्दै, प्रधानमन्त्री रियल मड्रिडमा र फुटबलर जोटा दुर्घटनामा बिते    | Khabarhub Khabarhub

आजका समाचार : सर्वोच्चले जोगाइदियो ५२ भाइको जागिर, कुलिङ पिरियडमा छानविन समिति बन्दै, प्रधानमन्त्री रियल मड्रिडमा र फुटबलर जोटा दुर्घटनामा बिते   


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्री ओलीद्वारा रियल मेड्रिडको रङ्गशाला अवलोकन
प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशालाको आज अवलोकन भ्रमण गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रङ्गशालाको भ्रमण गराएका हुन् । उनले आफू रियल मेड्रिडको फ्यान रहेको उल्लेख गर्दै सुविधासम्पन्न रङ्गशाला देखेर खुसी लागेको प्रतिक्रिया दिए ।

प्रधानमन्त्री ओलीलाई अन्तर्राष्ट्रिय निर्देशक मिगेलले क्लबको जर्सी उपहार दिएका थिए । निर्देशक मिगेलले क्लबको तालिम र भर्नामा सहभागी हुन नेपाली विद्यार्थीलाई प्रोत्साहन गरे ।

उड्ने हेलिकोप्टर चीनबाट गुडाएर कसले ल्याउँदैछ नेपालमा ?

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको : अन्तरक्रिया स्वदेश फर्किन आग्रह

नेपाल वेदविधा आश्रमलाई एसईईमा ऐतिहासिक सफलता, मन्त्री पाण्डेद्वारा शुभकामना

स्पेनमा प्रधानमन्त्रीले भने- नेपाल दक्षिण एसियामै लगानीका लागि अनुकूल वातावरण भएको देश हो

कांग्रेस नेताहरू भित्र चर्काचर्की गर्दै, बाहिर ‘ब्लड प्रेसर’ नाप्दै (तस्बिरहरू)

केन्द्रीय महाधिवेशन प्रतिनिधिलाई प्रदेश कार्यसमितिमा चुनाव लड्न नपाउने व्यवस्था गरौँ : उर्मिला थपलिया 

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्य : विज्ञहरू

केपी ओलीलाई रियल मड्रिडमा ७ नम्बरको जर्सी !

विनोद चौधरीलाई दिनेश कोइरालाको जवाफ- पार्टीलाई चन्दा दिँदैमा जे पनि गर्न मिल्दैन  

 कुलिङ पिरियड विवाद  : छानबिन समिति बनाउन सभामुखले मागे दलहरूसँग नाम

‘संघीय निजामती सेवा विधेयक २०८०’ मा व्यवस्था गरिएको कुलिङ अफ पिरियड सम्बन्धीको व्यवस्था तोडमोड गरिएको विषयमा छानबिन समिति गठन गर्नेबारे सभामुख देवराज घिमिरेले प्रमुख दलसँग छलफल गरेका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बिहीबार अपराह्‍न सभामुख घिमिरेले एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका हुन् । छलफलमा उपसभामुख इन्दिरा राना समेत सहभागी थिइन् ।

सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम (८) बमोजिमको समिति गठन गर्न प्रस्ताव गरेका छन् । उनले समितिले गर्नु पर्ने काम र सोको समयावधि तथा समितिमा रहने सदस्यको नामावलीबारे दलहरूको प्रस्ताव समेत माग गरे ।

विदेशी भूमिमा रहेका नेपालीको स्वामित्व राज्यले लिनुपर्छ : श्रममन्त्री 

संविधानमा भएका महत्त्वपूर्ण कुरालाई उल्टाउने प्रयास भइरहेको छ : प्रचण्ड

मोहन बस्नेतमा रवि लामिछानेको ‘भेरियन्ट’ देखियो : अजयबाबु शिवाकोटी 

अर्जुननरसिंहको गुनासो– पार्टीका गतिविधि नीतिगत सक्रियतात्मकभन्दा प्रतिक्रियात्मक बढी

१५औँ महाधिवेशन ०८२ मंसिर भित्रै सम्पन्न हुनुपर्छ : अर्जुननरसिंह केसी 

ललितपुर महानगर पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा

एकीकृत समाजवादी बैठक : नेपालमाथिको मुद्दामा छलफल, झाँक्रीलाई स्पष्टीकरण
नेकपा (एकीकृत समाजवादी) ले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको जनाएको छ ।

पाटी कार्यालय आलोकनगरमा बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकपछि पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाले पार्टीको अनुशासन आयोगले झाँक्रीलाई स्पष्टीकरण सोधेको जानकारी दिएको हो । यसअघि बिहीबार नै पार्टी कार्यालयमा पुगेर झाँक्रीले आफूलाई स्पष्टीकरण सोधेको विषय निराधार भएको बताएकी थिइन् ।

उपाध्यक्ष खतिवडाले झाँक्रीको अभिव्यक्तिका विषयमा अनुशासन आयोगले निश्चित समय तोकेर स्पष्टीकरण सोधेकाले समयभित्रै स्पष्टीकरण आउने विश्वास रहेको बताए । सचिवालय बैठकमा पतञ्जली प्रकरणमा माधव नेपालमाथिको मुद्दा, पछिल्लो राजनीतिक अवस्थाका साथै पार्टीका आन्तरिक विषयमा छलफल भएको खतिवडाले बताए ।

माधव नेपाललाई रामकुमारीको पत्र : पार्टी बैठकमा उपस्थित भएर बोल्न पाऊँ

रुपन्देही-३ उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन जिल्ला समितिलाई राप्रपाको निर्देशन

‘कांग्रेस नसच्चिए ०८४ को निर्वाचनमा जे पनि हुन सक्छ’

रामकुमारीले भनिन्- पार्टीकै नेताले जथाभावी गाली गरेको सुनेँ, स्पष्टीकरणबारे थाहा छैन

कृषिमन्त्री अधिकारीले भने- पशु कल्याण ऐन छिट्टै जारी हुन्छ 

मेराविरुद्ध नेताहरूले दिएको अभिव्यक्तिप्रति राजनीतिक प्रतिवाद गर्छु : रामकुमारी झाँक्री

एलिनाबारे अभद्र टिप्पणीले हिरासतमा पुर्‍यायो कविलाई
गायिका एलिना चौहानबारेमा सामाजिक सञ्जालमै अभद्र टिप्पणी गरेपछि एकजना कविले हिरासतमा पुग्नु परेको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले एलिनाको उजुरीका आधारमा कवि गुञ्जन राईलाई ललितपुरबाट बिहीबार पक्राउ गरि हिरासतमा लिएको हो । गुञ्जन इलाम निवासी कवि हुन् । उनी नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न राष्ट्रिय कविता महोत्सवको शीर्ष २५ कविको सूचीमा परेका थिए ।

‘हेत्छाकुप्पा र जीवनको रुख’ शीर्षकको कवितामार्फत् शीर्ष २५ मा परेका उनले प्रतिष्ठालाई समेत आफ्नो घर चितवन भनेर ढाँटेको खुलेको छ ।उनै कवि गुञ्जनले गायिकाद्वय एलिना र समीक्षा अधिकारीबारे आपत्तिजनक टिप्पणी गरेपछि साइबर ब्यूरोमा उजुरी परेको थियो ।

पार्किङ सुरू भएपछि खुले न्यूरोडका सटर (तस्बिरहरू)

आत्मनिर्भर बनाउन भरतपुर महानगरको तालिम

तरुण दल शुक्लाफाँटाको अध्यक्षमा नरेन्द्र चन्द 

गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न ५२ जना पक्राउ

अरनिको राजमार्ग : धुलिखेल-साँगा सडकखण्डमा काम रोकियो

आगलागीबाट प्रभावितलाई राहत वितरण

अमेरिकाको हतियार कटौती निर्णयले युक्रेनलाई चिन्ता
अमेरिकाबाट हतियार आपूर्तिमा बाधा पुगेमा रुसविरुद्धको युद्ध कठिन हुने देखिएको छ। मंगलबार ह्वाइट हाउसले युक्रेनमा हतियार आपूर्तिमा कटौती गर्ने निर्णय गरेको हो।

ह्वाइट हाउसका प्रवक्ता अन्ना केलीले रक्षा मन्त्रालयले अन्य देशलाई गरेको सहयोगको पुन मूल्याङ्कन गरेपछि अमेरिकाले युक्रेनका विषयमा यो निर्णय लिएको बताएकी छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने दुई देशले आपूर्तिको विषयमा प्रस्ट पार्नु आवस्यक रहेको बताए। विदेश मन्त्रीले भने यसमा ढिलाइ भए रुसको मनोबल बढ्ने प्रतिक्रिया दिए।

रुसले लगातार मिसाइल र ड्रोन आक्रमण गरेपछि युक्रेनले पनि एयर डिफेन्सलाई बलियो बनाउनुपर्ने प्रतिक्रिया मन्त्रीले दिएका छन्। युक्रेनले भने हतियार सहयोग कटौतीका विषयमा आफूलाई कुनै जानकारी नभएको बताएको छ।

लिभरपुलका फरवार्ड डियोगो जोटा र भाइको कार दुर्घटनामा निधन

ट्रम्पले ल्याएको विधेयकमा छलफल जारी

विवादित काश्मीरमा हिन्दु तीर्थयात्रा सुरु

अमेरिका-भियतनाम व्यापार सम्झौताले चीनमा नयाँ अनिश्चितता 

नयाँ मन्त्रिपरिषद्को सपथसँगै थाइल्यान्डले पायो यो हप्ता तेस्रो नेता

इन्डोनेसियामा डुङ्गा डुब्दा ४ जनाको मृत्यु, ३८ बेपत्ता

रुसको कुर्स्क क्षेत्रमा नौसेना उपप्रमुखको मृत्यु

कर वृद्धिको बावजुद अमेरिकी रोजगारीको दरमा वृद्धि



















प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ७ : ५१ बजे

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन

नौ वर्षमा टुङ्गियो गाउँपालिकाको केन्द्र

गलकोट– विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका ७ जुडाका ४० वर्षीय भक्तबहादुर महरा काष्ठकलाको

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि