ट्रमा सेन्टरमा ज्यान गुमाउने कलेजका विद्यार्थी पनि, अधिकांश घाइते १६ देखि ३० वर्षका
जेन-जी समूहले गरेको आन्दोलनका क्रममा संसद् भवन क्षेत्रमा भएको प्रदर्शनका क्रममा झडपका क्रममा घाइते भएकाहरू अधिकांश तन्नेरी रहेका छन् । वीर अस्पतालस्थित ट्रमा सेन्टर उपचारका लागि लगिएका ५० जना र ज्यान गुमाएका ६ जनामध्ये अधिकांश स्कुल र कलेज जाने उमेरका रहेको खुलेको छ।

ज्या गुमाउने तीनजनामा ग्लोबल कलेजका विद्यार्थी १९ वर्षीय श्रीयाम चौलागाईं समेत रहेका छन् । त्यसैगर बाँकेका २१ वर्षीय सुलभराज श्रेष्ठ पनि छन् । उता कीर्तिपुरका ४२ वर्षीय बुद्धि तामाङले पनि ज्यान गुमाएका छन् ।
बाँकी तीनजना नाम नखुलेकाको उमेर पनि ३० भित्रै छ। उनीहरू तीनैजना ३० नकाटेका युवाहरू रहेका ट्रमा सेन्टरले जनाएको छ।
जेन-जीको प्रदर्शन : १९ जनाको मृत्यु, देशभर तीन सयभन्दा बढी घाइते
अझै तनावग्रस्त छ बानेश्वर, प्रहरी र प्रदर्शनकारीबीच झडप जारी
एकसाथ सयौँ घाइते हुँदा अस्पतालमा संकट, ट्रमा सेन्टरको सडकमै रगतको गुहार लगाउँदै जेनजी
इटहरीमा गोली लागेर दुई जनाको मृत्यु, उपमहानगरको आगो नियन्त्रमा आउन सकेन
जेन-जीको प्रदर्शनको ‘साइड इफेक्ट’: दुवै प्रहरीलाई फिल्ड चुस्ता पोशाकमा तयार रहन निर्देशन
कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बूढानीलकण्ठमा
‘जेनजी’को माग तत्काल सम्बोधन गर्न माओवादीको आग्रह
समाचार सङ्कलनमा खटिइएका चार पत्रकार घाइते
प्रदर्शनका कारण विद्यार्थीलाई घर पुग्न हम्मेहम्मे
गृहमन्त्री रमेश लेखकले दिए राजीनामा
सरकारको दमनप्रति राप्रपा नेपालद्वारा निन्दा, प्रधानमन्त्रीको राजीनामा माग
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)नेपालले जेन(जी पुस्ताले आह्वान गरेको आन्दोलनमाथि सरकारले गरेको दमनको निन्दा गरेको छ।
पार्टीका महामन्त्री राजाराम बर्तौलाले विज्ञप्ति निकालेर प्रशासनको दमनका कारण हालसम्म १८ जना निर्दोष युवाले ज्यान गुमाएको र सयौँ घाइते भएको उल्लेख छ। ‘स्कुल–कलेजमा अध्ययनरत युवा र किशोरमाथि गरिएको निर्मम आक्रमणको पूर्ण जिम्मेवारी वर्तमान सरकार र मन्त्रीपरिषद्माथि पर्छ,’ विज्ञप्तिमा भनिएको छ।

राप्रपा नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिनुपर्ने माग गर्दै सत्तामा बस्ने नैतिक अधिकार सरकारसँग नरहेको टिप्पणी गरेको छ।
भ्रष्टाचार र कुशासन अन्त्य गर्ने तथा बन्द गरिएको सामाजिक सञ्जाललाई नियमित सञ्चालनमा ल्याउने युवाहरूको मागलाई जायज बताउँदै त्यसमा आम नेपाली जनताको समर्थन रहेको पनि विज्ञप्तिमा उल्लेख छ।
रास्वपाले भन्यो- ओली नेतृत्वको सरकारको औचित्य सकियो, देशलाई ताजा जनादेशमा लैजाऊँ
निजामती कर्मचारी अस्पतालमा १३५ घाइतेको उपचार हुँदै
निषेधाज्ञा अवधिभर जुलुस र आवतजावत नगर्न अनुरोध
रूपन्देहीको भैरहवा र बुटवलमा निषेधाज्ञा जारी
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय स्थगन गर्न सर्वोच्च बारको माग
माओवादीले स्थगित गर्यो मध्यपहाडी ‘पुष्पलाल लोकमार्ग’ जनजागरण अभियान
‘मानव अधिकार आयोगको गाडीमा आगजनी’
कांग्रेस बैठकमा लेखकले भने- पदमा बस्दिन राजीनामा दिन्छु
इटहरीमा जेन-जीको प्रदर्शन : उपमहानगर अगाडिको भवन तोडफोड
इटहरी उपमहानगरपालिका अगाडि प्रर्दशन गरिरहेका जेन-जीलाई प्रहरीले दमन गरेपछि जेन-जी उग्र बनेका छन् ।
उग्र बनेको जेन(जीले इटहरी उपमहानगरपालिका कार्यालय अगाडि भएको सहकारी भवन तोडफोड गरेका छन् ।

जेन(जीले बिहान ११ बजे देखिनै इटहरीको मुख्य चोक घेरेर प्रर्दशन गरेका थिए । त्यसपछि भने जेन जी उपमहानगरपालिका कार्यालय अगाडि गएर प्रर्दशन गरेका हुन् ।
आन्दोलनका घाइतेको ज्यान बचाउने जुनसुकै उपचार निःशुल्क गर्न मन्त्रालयको सर्कुलर
अबोध युवामाथि गोली बर्साउने सरकारलाई धिक्कार छ : सोविता गौतम
यिनीहरूलाई शासक हौँ भन्ने हक बाँकी रहेन, सत्ता छाड्नुपर्छ अब : आचार्य
ट्रमा सेन्टरमा मात्रै ६ जना प्रदर्शनकारीको मृत्यु, ज्यान गुमाउने १४ पुगे
जेन(जीको आन्दोलन : अभियान छाडेर काठमाडौं फर्किँदै प्रचण्डसहितका नेता
काठमाडौंसहित देशका विभिन्न स्थानमा जेन–जी पुस्ताको प्रदर्शनले अवस्था तनावग्रस्त भएपछि नेकपा माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग अभियान स्थगित गरेको हो ।
नेकपा (माओवादी केन्द्र) का उपलब्ध पदाधिकारीहरूको आकस्मिक बैठक गोरखाको भीमसेन थापा गाउँपालिका–३, टारिफाँटमा बसेर यस्तो निर्णय लिएको हो ।

बैठकले जारी ‘जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान’ स्थगित गर्दै मंगलबार काठमाडौँमा पूर्ण पदाधिकारी बैठक बोलाउने निर्णय गरेको हो ।
बैठकले जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको घटनाले स्तब्ध र गम्भीर बनाएको माओवादीले जनाएको छ ।
जेन-जी आन्दोलनको इपिसेन्टर बानेश्वर (तस्बिरहरू)
भिनस अस्पतालमा पनि घाइते प्रदर्शनकारीको उपचार हुँदै
विराटनगरमा जेन-जीले घेरे कोशी प्रदेशसभा
जेन जीको प्रदर्शनमा घाइते भएकाको निःशुल्क उपचार गर्ने केएमसीको घोषणा
संसद् भवन परिसरको सुरक्षा गर्न पस्यो सेनाको टोली
संसद् भवनको पूर्वी गेटमा पनि आगजनी
प्रदर्शनस्थलमा घाइते लिन गएको एम्बुलेन्समा तोडफोड
इटहरीमा भएको जेन-जीको प्रदर्शनमा चल्यो गोली
सुनसरीको इटहरी उपमहानगरपालिकामा जेन जीले गरेको प्रदर्शनमा गोली चलेको छ । इटहरी उपमहागरपालिका घेरेर मुख्य चोक अवरुद्ध गरेर जेन जीले प्रदर्शन गरिरहँदा प्रहरीले गोली चलाएको छ ।

प्रहरीले हसुल ग्यास पनि प्रहार गरेको छ । केही प्रदर्शनकारी कारबाही भएका छन् ।
संसद् भवनको पश्चिमी गेटमा प्रदर्शनकारीले लगाइदिए आगो
जेन-जीको प्रदर्शन : कयाैँ प्रदर्शनकारी लगायत प्रहरी घाइते
घाइतेहरूले भरियो निजामती अस्पताल (तस्बिरहरू)
इटहरी चोक अवरुद्ध गरेर जेन-जीको प्रदर्शन
प्रधानमन्त्री ओलीको गृहजिल्ला झापामा चल्यो गोली, अवस्था तनावग्रस्त
प्रहरीको गोली र छर्रा लागेर तीन फोटो पत्रकार घाइते
विदेशी मिडियाको प्राथमिकतामा नेपालको प्रदर्शन
काठमाडौंको जेन-जी आन्दोलन भारतीय टेलिभिजनमा प्रत्यक्ष प्रसारण
देशका मुख्य सहरमा जेन-जीको प्रदर्शन
जेन(जी पुस्ताका युवाहरूले सोमबार देशका मुख्य सहरमा प्रदर्शन गरिरहेका छन् । भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जाल प्रतिबन्धको विरुद्धमा युवाहरूले देशैभरीका मुख्य सहरमा प्रदर्शन गरेका हुन् ।
युवाहरूले राजधानी काठमाडौँ बाहेक इटहरी, नेपालगन्ज, बुटवल, पोखरा, कञ्चनपुर, विराटनगर, हेटौँडा लगायतका मुख्य सहरहरूमा यतिबेला प्रदर्शन गरिरहेका छन् ।

‘नेपो बेबिज’ नारामा जेनजी पुस्ताले गरेको प्रदर्शन राजधानीमा प्रदर्शन नियन्त्रण बाहिर जाँदा कर्फ्यु लगाएको छ ।
बुटवलमा हजारौँ युवाहरूले यतिबेला मोटरसाइकल र्याली सहित प्रदर्शन गरिरहेका छन् भने पोखरामा पनि हजारौँको सङ्ख्यामा युवाहरू सडकमा उत्रिएको देखिन्छ ।
कान्तिपुर टीभीका पत्रकार श्रेष्ठलाई रबरको गोली लाग्यो
बानेश्वर क्षेत्र तनावग्रस्त, प्रहरी घाइते
संसद भवनको चारैतिर जेनजी प्रदर्शनकारी, प्रहरीले सकेन रोक्न
संसद् भवनभित्र यसरी छिरे प्रदर्शनकारी (तस्बिरहरू)
जेन-जी नेतृत्वले भन्यो- आन्दोलनमा घुसपैठ भयो,सुरक्षित रुपमा घर फर्कनुस्
उपत्यकामा थपियो कर्फ्यू क्षेत्र
जेन जीको प्रदर्शन विराटनगरमा पनि
संसद् भवन छिर्न यसरी पर्खाल छेडे युवाहरूले (भिडियो)
उदयपुरमा पनि जेन-जीको प्रर्दशन
प्रदर्शनकारीले भत्काए संसद् भवनको पर्खाल
जेन्जी पुस्ताका प्रदर्शनकारीले संसद् भवनको पर्खाल भत्काएका छन् ।
आन्दोलनकारीले संसद् भवनभित्र प्रवेश गर्ने प्रयत्न गर्दै संसद् भवनको पर्खाल भत्काएका हुन् ।

यतिबेला प्रदर्शनकारीले बानेश्वर क्षेत्र नियन्त्रणमा लिएका छन् भने प्रहरीले प्रदर्शनकारीलाई पछाडि हटाउन हवाइ फायर पनि गरेको छ ।
जेन-जीको प्रदर्शन उग्र भएपछि बानेश्वर क्षेत्रमा कर्फ्यू
जेन-जी प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा घम्साघम्सी (तस्बिरहरू)
जेन–जी पुस्ताको आन्दोलनले उपत्यकामा सुरक्षा व्यवस्था कडा, ‘ड्रोन’बाट निगरानी
संसद् भवन क्षेत्रमा पुगे जेन-जी प्रदर्शनकारी (तस्बिरहरू)
संसद् भवन घेरे जेन-जी प्रदर्शनकारीले, केही युवा भित्रै छिरे
प्रदर्शनकारीले खोसे सशस्त्रको गाडी, संसद् भवन छिरेपछि प्रहरीद्वारा हवाई फायर
संसद् भवनमा पुगेका जेन-जी प्रदर्शनकारीलाई हान्यो प्रहरीले अश्रुग्यास
जेनजी पुस्ताको आन्दोलन : संसद् भवनभित्रै झडप
माइतीघरमा उर्लिए जेन-जी (तस्बिरहरू)
आवश्यक परे रूसमाथि थप प्रतिबन्ध लगाइनेछ : ट्रम्प
युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्न कूटनीतिक प्रयासहरू ठप्प भइरहेका सन्दर्भमा, संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसविरुद्ध दोस्रो चरणको प्रतिबन्ध लागु गर्ने दिशामा ह्वाइट हाउस तयार रहेको जानकारी दिएका छन् ।
ट्रम्पले आइतबार न्यूयोर्क प्रस्थान गर्नुअघि सञ्चारकर्मीहरूले राखेको प्रश्नको उत्तरमा संक्षिप्त प्रतिक्रिया दिँदै,’हो, म तयार छु,’ भने । यद्यपि, उनले प्रतिबन्धको स्वरूपका बारेमा थप विवरण दिएनन् ।

गत साता एक प्रतिष्ठित समाचार संस्थाले राष्ट्रपतिको कार्यालयमा कार्यरत दुई वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार, राष्ट्रपति ट्रम्प हाल रूस र युक्रेनबीचको द्वन्द्व चाँडै अन्त्य हुने सम्भावनामा आशावादी देखिएका छैनन् । साथै, उनले दुवै राष्ट्रका राष्ट्रपतिबीच प्रत्यक्ष वार्ता शीघ्र सम्भव नहुने धारणा व्यक्त गरे ।
उक्त परिस्थितिका बीच, आइतबार बिहान रूसी पक्षबाट युक्रेनको राजधानी किएभमा गरिएको ड्रोन र क्षेप्यास्त्र आक्रमणका कारण सरकारी क्षेत्रभित्रको एक महत्वपूर्ण प्रशासनिक भवनमा क्षति पुगेको जनाइएको छ ।
प्रतिक्रिया