साताका ब्रिफिङ : प्रचण्डले मागे ओलीको राजीनामा, अदालतमै अधिवक्ता त्रिपाठी कुटिँदा घेरियो रास्वपा र गाजामा युद्धविरामले खुसीयाली | Khabarhub Khabarhub

साताका ब्रिफिङ : प्रचण्डले मागे ओलीको राजीनामा, अदालतमै अधिवक्ता त्रिपाठी कुटिँदा घेरियो रास्वपा र गाजामा युद्धविरामले खुसीयाली


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 8 मिनेट


771
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार एक साताका मुख्य घटनालाई समेटेर साप्ताहिक ब्रिफिङ पस्कन सुरु गरेको छ ।

यो साता विशेषगरी राजनीतिक समाचार हाबी भए । यो साता राष्ट्रपतिले भूमिसम्बन्धी संशोधन अध्यादेश पनि जारी गरे, सात प्रतिपक्षी साक्षी राखेर प्रचण्डले मागे प्रधानमन्त्री ओलीको राजीनामा, राष्ट्रपतिले गरे काठमाडौं–तराई मधेस द्रुतमार्ग आयोजनाको निरीक्षण, विपिनको रिहाइका लागि कतारका समकक्षीसँग परराष्ट्रमन्त्रीले मागिन् सहयोग, माधव नेपाललाई धक्का : समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै चौतारीमा प्रवेश,रवि लामिछानेविरूद्ध चितवनमा अर्को ठगी मुद्दा दर्ता गर्ने तयारीलगायतका समाचारले प्रमुख स्थान पाए ।

भूमिसम्बन्धी संशोधन अध्यादेश पनि जारी गरे राष्ट्रपतिले
राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् ।

उनले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा बुधबार उक्त अध्यादेश जारी गरेका हुन् ।यसअघि यही सोमबार राष्ट्रपति पौडेलले गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार विभिन्न चारवटा विधेयक जारी गरेका थिए ।

तर भूमिसम्बन्धी अध्यादेश भने केही अध्यय गर्नुपर्ने जरुरी भएकाले जारी नभएको शीतल निवासले जनाएको थियो । तर उक्त अध्यादेश पनि बुधबार जारी भएसँगै सरकारबाट सिफारिस सबै ५ अध्यादेशले अब कानुनको रुप लिएका छन् ।

अध्यादेशबारे के भन्छन् नागरिक अगुवा ?

राष्ट्रपतिले गरे काठमाडौं–तराई मधेस द्रुतमार्ग आयोजनाको निरीक्षण

सात प्रतिपक्षी साक्षी राखेर प्रचण्डले मागे प्रधानमन्त्री ओलीको राजीनामा

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

सरकारविरुद्ध विपक्षी सात दल आक्रामक हुँदै गएको अवस्थामा शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत् दाहालले गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त ओलीको राजीनामा माग गरेका हुन् ।

‘जुन उद्देश्यले यो गठबन्धन बनाएको भनियो, त्यो कुनै काम गरेको छैन, बरू संविधान संसोधन २०८७ मा गर्ने भनेर प्रधानमन्त्रीले भनेपछि गठबन्धनको औचित्य पनि सकिएको छ,’ प्रचण्डले भने, ‘तसर्थ, यो सरकारले नैतिक अधिकार गुमाएको छ, नैतिकताको आधारमा राजीनामा दिनु उचित हुन्छ, यसको अर्थ हामी सरकारमा जान हतारिएको होइन ।’

सात विपक्षीले भने, ‘सरकारले भ्रष्टाचारी जोगायो, सत्तारुढ नेताका फाइल बन्द गर्‍यो

माओवादीसहितका प्रतिपक्षीले कांग्रेस-एमालेमाथि लगाए पाँच आरोप

सरकारले स्वेच्छाचारी रवैया देखाएको विपक्षी दलहरुको निष्कर्ष

विपक्षी दलको बैठक : राष्ट्रिय मुद्दामा एकजुट हुने, मोर्चाबारे कुरै भएन

माघ १६ गते काठमाडौंमा सभा गर्ने समाजवादी मोर्चाको निर्णय

१५-२० दिनपछि संसद खुल्छ, त्यहीदिन अध्यादेश पेस गर्छौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सेवा दिन र विकासको गति दिन विभिन्न कानुनमा संशोधनका लागि अध्यादेश ल्याएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी १५ दिनपछि हुने ससद्को अधिवेशनमा पेस गरी दुई महिनाभित्र पारित गर्नेसमेत बताए ।

फलामखानी र मल कारखाना खुल्दैछ, ऊर्जा खपतको चिन्ता गर्नुपर्दैन : प्रधानमन्त्री

प्रधानमन्त्रीसँग इजरायलका राजदूतको शिष्टाचार भेट

कुलपतिको पहल सार्थक : काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको सम्बन्ध पूर्ववत् राख्ने निर्णय

सरकार ढल्छ भन्नेलाई प्रधानमन्त्रीको जवाफ : एउटा ढुंगाले विशाल नदी छेक्न खोजे जस्तै हो

युद्धविरामतर्फ इजरायल(हमास : विपिनको रिहाइका लागि कतारका समकक्षीसँग परराष्ट्रमन्त्रीले मागिन् सहयोग
प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल जारी राखेको छ ।

हमास समूहको नियन्त्रणमा रहेकामध्ये केहीलाई अपहरणमुक्त गर्न लागेको भन्ने समाचार आएपछि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले कतार सरकारसँग पहल गरेकी हुन् ।

हमाससँग सम्पर्कमा रहेका र युद्धविरामका लागि मध्यस्थता गरिरहेका देशहरूलाई विपिनको रिहाइका लागि थप पहल गरिदिन राणाले आग्रह गरिरहेकी छन्।

यहीक्रममा मन्त्री डा. राणाले मंगलबार बिहान कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरेकी छन् । मन्त्री डा. खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्तिवार्ताका लागि प्रमुख वार्ताकार एवम् मध्यस्थकर्ता छन् ।

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य बनाइँदै 

नागरिकको व्यक्तिगत विवरण राज्यसँग हुनुपर्छ, डेटा सुरक्षामा सरकारले ध्यान दिन्छ : गृहमन्त्री 

माधव नेपाललाई धक्का : समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै चौतारीमा प्रवेश

माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई धक्का लागेको छ । उक्त पार्टीनिकट समाजवादी प्रेस संगठनमा भुइँचालो जाँदा अध्यक्ष र महासचिव नै नेकपा एमालेनिकट प्रेस चौतारीमा प्रवेश गरेका छन् ।

यसअघि नै आधा दर्जनभन्दा बढी केन्द्रीय सदस्यहरूले नेपाल पत्रकार महासंघको महाधिवेशनताका संगठन छाडिसकेको अवस्थामा अहिले अध्यक्ष, उपाध्यक्ष र महासचिव नै चौतारीमा फर्किएका हुन् ।

अध्यक्ष सुवेदीसहित समाजवादी प्रेस संगठनका वरिष्ठ नेता नरेन्द्र साउद, उपाध्यक्ष सविन शर्मा र महासचिव रामकुमार एलन पनि चौतारीमा फर्किएका छन्। सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू आशीष गुरागाईं, सौगात मिश्र र नरेन्द्र विष्टलाई पनि बागबजारमा आयोजित कार्यक्रममा चौतारीमा स्वागत गरिएको छ ।

प्रतिपक्षी कमजोर भएका कि मतो नमिलेको ?

‘ढोका खोले सबैभन्दा पहिला माधव नेपाल एमालेमा छिर्छन्’

‘भीम रावललाई एमालेबाट हटाइएको होइन, आफैं हट्नु भएको हो’

गृह प्रदेशमा भीम रावल : बालेनसँग सहकार्यको चाहना, रविबारे बोल्न मानेनन्

नेकपा एमालेबाट निष्कासित भएका डा. भीम रावलले सबै देशभक्तलाई समेटेर वैकल्पिक शक्ति बनाउने दाबी गरेका छन् ।

मातृभूमि जागरण अभियान चलाइरहेका रावलले गृह प्रदेश सुदूरपश्चिममा पुगेर सबै देशभक्तहरू मिलेर अघि बढ्नुपर्ने बेला आएको धारणा राखेका छन् ।

रावल शुक्रबार बिहान नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापासँग जहाजको एउटै सिटमा बसेर काठमाडौंबाट धनगढी आइपुगेका छन् ।

गृहजिल्ला अछामको रामारोशन गाउँपालिकामा आयोजना हुने कार्यक्रममा सहभागी हुन रावल गृहप्रदेश उत्रिएका हुन् ।

भीम रावलसँग जहाजमा एकै सिटको यात्राले कर्ण थापालाई तनाव

चौतारीमा फर्किन लागेका अध्यक्ष सुवेदी समाजवादी प्रेस संगठनबाट निष्कासित

नेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न ईयूका राजदूतसँग पर्यटनमन्त्रीको आग्रह 

मोर्चातिर तराई-मधेसकेन्द्रित दल, अमरेश सिंह पनि जोडिए
तराई मधेसकेन्द्रित दलहरूले लुज-एयलाइन्स बनाउने सहमति गरेका छन् ।

संघीय संसद्‍का र बाहिर रहेका तराई-मधेसकेन्द्रित दलहरूले लुज-एयलाइन्स बनाउने सहमति गरेको जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले बताए ।

‘मंगलबार काठमाडौंमा बसेको बैठकमा लुज-एयलाइन्स बनाउने सहमति भएको छ । यसका थप उद्देश्य र प्राथमिकता निर्धारण गरेर मोर्चासम्म पनि पुग्न सक्छ’, जनप्रगतिशील पार्टीका उपाध्यक्ष शिवजी यादवले भने, ‘आजको बैठक फलदायी भएको छ । अब आ(आफ्ना अध्यक्षसँग छलफल गरेर दुई हप्तापछि फेरि बस्ने निर्णय गरेका छौँ ।’

यादवका अनुसार आफ्ना-आफ्ना पार्टीमा विभिन्न दलका नेताहरू सहभागी भएर मोर्चाको खाका, उद्देश्य र साझा एजेन्डाबारे छलफल गर्ने सहमति समेत जुटेको छ ।

‘अध्यादेशबाट शासन गर्ने सरकारको कार्यशैली ठिक भएन’ 

एक वर्षभित्र सत प्रतिशत जनतामा खानेपानी पुर्‍याउने लक्ष्य

काठमाडौं महानगर र ट्राफिक प्रहरीको सहकार्यमा सवारीसाधनको प्रदूषण जाँच

बजार सुनिश्चित छ, ऊर्जा क्षेत्रमा ढुक्क भएर लगानी गर्नुस् : ऊर्जामन्त्री

सार्वजनिक सेवा प्रसारणलाई स्वायत्त बनाइने छ : सञ्चारमन्त्री गुरुङ

नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु, उद्योगमन्त्रीले गरे उद्घाटन

रविलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा सहकारी संस्थाको ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले रविलाई ६० लाख धरौटीमा छाड्ने आदेश दिएका हुन् ।

पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिनपछि गत बिहीबार साँझ ६५ लाख धरौटी बुझाएर कास्कीबाट छुटेका थिए ।

त्यसपछि स्वर्णलक्ष्मी सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछानेलाई प्रतिवादी बनाएर चलाइएको मुद्दामा उनी यही आइतबार हाजिर भएका थिए । त्यसपछि उनलाई अदालतले हिरासतमा पठाएको थियो।

रवि लामिछानेविरूद्ध चितवनमा अर्को ठगी मुद्दा दर्ता गर्ने तयारी

काठमाडौं र कास्कीबाट छुटेका रविविरुद्ध रुपन्देहीमा मुद्दा दर्ता गरिँदै

रास्वपा कार्यवाहक प्रवक्तामा प्रतिभा रावल 

माओवादीको पछि लागेको भन्दै रास्वपामाथि खनिए मुकुल ढकाल

अधिवक्ता त्रिपाठीलाई रविका समर्थकले अदालत परिसरमै कुटे

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथिको आक्रमणबारे सर्वोच्च बारको ध्यानाकर्षण

रविबारे अदालतको आदेश : कसुरदार होइनन् भन्ने अवस्था रहेन (पूर्णपाठ)

दिनेश त्रिपाठीमाथि भएको कुटपिटप्रति रास्वपाको ध्यानाकर्षण

साताका आर्थिक खबर : ऊर्जा क्षेत्रमा लगानी गर्न बैंक हच्किँदै, वैदेशिक लगानी प्रतिबद्धता घट्यो र भारतबाट गहुँकाे आपूर्ति खुल्यो

हाम्रो सिफारिस : यो साता खबरहबमा प्रकाशित सामग्री, जुन यहाँलाई मन पर्न सक्छ

जन्ममिति र राशि थाहा नभएका भोला, जसले अभिनयमा भविष्य कोरे

कलाकार भोलाराज सापकोटा ठूलो पर्दामा रुचाइएका सहायक कलाकार हुन् । हरेक वर्ष कम्तीमा पनि उनका दुईवटा फिल्म प्रदर्शनमा आएकै हुन्छन् ।

सापकोटा ०६९ सालदेखि ठूलो पर्दामा अभिनय गरिरहेका छन् । हालसम्म उनले ४० भन्दा बढी फिल्ममा अभिनय गरेका छन् । उनले एक बलिउड फिल्म ‘बर्फी’मा पनि अभिनय गरेका छन् ।

फिल्ममा आउनुअघि भोला ‘गुरुकुल’मा आवद्ध थिए । अर्थात्, गुरुकुलमा एक दशक नाटकमा अभिनय गरेको अनुभवसँगै उनले फिल्म क्षेत्रमा प्रवेश गरेका हुन् ।

भोलाराजको अभिनय यात्रा गुरुकुलबाट सुरु भएको होइन । कक्षा आठमा पढ्दै उनी नाटकमा अभिनय गरेर पारिश्रमिक बुझ्ने कलाकार हुन् ।

क्याम्पस पढ्दा उनी अभिनयबाटै राम्रो पारिश्रमिक बुझ्ने भइसकेका थिए । भन्छन्, ‘राम्रो पारिश्रमिक आउने भएर त यही क्षेत्रमा भविष्य बनाउँछु भन्ने सोच आयो ।’

अझ भनौं– ४६ वर्षीय भोलालाई अभिनयले पारिश्रमिक दिन लागेको ३० वर्ष भयो ।

घरभित्रै छिरेर सैफ अली खानलाई हानियो छुरा, गम्भीर अवस्थामा उपचार हुँदै

देशबाट खेदिएका भुटानीको कथामा फिल्म ‘ल्हो– छाम्पा’ बन्ने

देशकै धेरै तरुल फल्ने बराहक्षेत्रका किसानको आम्दानी यो वर्ष आधाले घट्यो

भीरबाट लडेकी विष्णुमायाको उपचार अभावमा गयो प्राण

उद्घाटन नहुँदै भासिएको कमला पुल अलपत्र, सर्वसाधारणलाई सास्ती

एउटा भयानक दुर्घटना : ट्रकको ठक्करपछि मोटरसाइकलसँगै जले युवक

शुक्रबार सिन्धुपाल्चोकको लामोसाँघु-जिरी सडकखण्डमा एउटा भयानक दुर्घटना भएको छ ।

उक्त सडकखण्डको ८ किलोनजिकै मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एकजना युवकको जलेर ज्यान गएको प्रहरीले जनाएको छ।

दोलखाबाट काठमाडौं जाँदै गरेको ०३-००२ ख ०५३४ नम्बरको मालबाहक ट्र्कले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२-०३३ प ७३०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करपछि मोटरसाइकलमा लागेको आगो सल्किँदा सिन्धुपाल्चोककै लिसंखुपाखर-७ डाँडापाखर निवासी युवक दावाछिरिङ तामाङको जलेर निधन भएको हो ।

सिमकोट विमानस्थलमा हिउँ पन्छाएर हवाई सेवा सञ्चालन

राप्ती र नारायणी नदीमा तीन सय बाउन्न घडियाल गोही भेटिए

जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटाउने प्रक्रिया रद्दजलविद्युत आयोजना निर्माणका लागि लगानी जुटाउने प्रक्रिया रद्द

अन्तर्राष्ट्रिय…

दक्षिण कोरियाली राष्ट्रपति गिरफ्तार
महाअभियोग लागेका दक्षिण कोरियाली राष्ट्रपति योन सुक योललाई गिरफ्तार गरिएको छ। अदालतले वारेन्टलाई लम्ब्याउने अनुमति दिएपछि अनुसन्धानकर्ताले पक्राउ गरेका हुन्। यस अघि महिनाको सुरुवातमा उनीहरूको प्रयास असफल भएको थियो।

डिसेम्बरमा सैन्य शासन लगाउन गरेको असफल प्रयासपछि उनीमाथि राज्य द्रोहको आरोप लागेको छ। केही समय अघि मात्र युनको सुरक्षा निकायका उपप्रमुख किम सुन होङ गिरफ्तार भएका थिए।

प्रेसिडेन्ट सेक्युरिटी सर्भिस ९पिएसएस०ले यस अघि गिरफ्तारीको प्रयास असफल बनाएको थियो। अहिले पनि पिएसएसले राष्ट्रपतिलाई कडा सुरक्षा दिइरहेको थियो।

दक्षिण कोरियाको तापक्रम माइनस ६ डिग्री सेल्सियस भए पनि यसले सोलमा यो घटना हेर्न आउनेको भीड घटेको छैन।

महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ

चीनको जनसङ्ख्या घट्ने क्रम जारी

भारतमा सडक दुर्घटनामा परी नौ जनाको मृत्यु 

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा दुई हजार ५०० जनालाई क्षमादान

ब्राजिलका विद्यालयमा स्मार्ट फोन प्रतिबन्ध, भेटिए कारबाही गरिने

ट्रम्पको सपथ ग्रहणमा भारती विदेश मन्त्री जयशंकरले भाग लिने

कुर्स्क क्षेत्रबाट दुई उत्तर कोरियाली सैनिक नियन्त्रणमा लिइएको युक्रेनको दाबी

हमास र इजरायलले गरे युद्ध विरामको सहमति
हमास र इजरायलले १५ महिना लामो युद्ध अन्त्यको टुङ्गोमा पुगेका छन्। आइतबारदेखि लागु हुने गरी युद्ध विरामको सहमति भएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्ध विराम भएको घोषणा गरेका छन्। युद्ध विराम अनुसार हमासले बन्दी बनाएकाको रिहाइ हुनेछ भने गाजाबाट इजरायली सेना हट्ने छ।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटिरेसले युद्धले भएको क्षतिमा राहत दिने लक्ष्य भएको बताउँदै प्यालेस्टाइनीमा आवश्यक सहयोग गर्ने बताए। आइतबार युद्ध विराम हुने भनिए पनि बुधबारसम्म इजरायलले आक्रमण जारी राखेको छ।

हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार भएको आक्रमणमा २० जनाको ज्यान गएको हो।

युद्धविराम घोषणापछि पनि गाजामा इजरायली हमला, ८६ जनाको मृत्यु

बेलायती वैज्ञानिकले भेटाए डायनोसरका २०० बढी पाइला

किन ढिला हुँदैछ युद्धविराम प्रस्ताव इजरायल क्याबिनेटमा लैजान ?

बाइडेनले लगाए कुलिन वर्ग हाबी भएको आरोप

४२ दिनमै ३ चरणमा सकिन्छ युद्धविरामका सबै काम

‘हमास-इजरायल युद्धविराम आइतबारदेखि लागु हुन्छ’

श्रीलंकाको केन्द्रीय बैंकद्वारा डिजिटल भुक्तानी प्रवर्द्धन अभियान

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ८ : १९ बजे

‘मण्डलेले पिट्दा पनि नमरेको दिनेश त्रिपाठी फलामले बनेको मान्छे हो’

काठमाडौंं– चर्चित एवं बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी संवैधानिक कानूनका विज्ञ

भद्रपुरमा शून्य खनजोतमा मकैखेती

झापा – यहाँस्थित भद्रपुर नगरपालिकाले नवीनतम कृषि प्रविधि प्रदर्शनी कार्यक्रमअन्तर्गत

व्यावसायिक बाख्रापालनमा आकर्षित गर्न ‘बाख्रा दिवस’

तनहुँ – किसानलाई व्यावसायिक बाख्रापालनमा आकर्षित गर्ने उद्देश्यले ‘पोषिलो आहार,

डोरबहादुर बिष्टको ‘रिपोर्ट फ्रम ल्हासा’ अब नेपाली भाषामा

काठमाडौं – समाजशास्त्री डोरबहादुर बिष्टको चर्चित अंग्रेजी किताब ‘रिपोर्ट फ्रम

रुकुम पश्चिममा रुखले च्यापेर एकको मृत्यु, एक जना घाइते

रूकुम पश्चिम – रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा रूखले च्यापेर एक