साप्ताहिक ब्रिफिङ : ठूला दललाई फकाउँदै सरकार, नयाँ शक्तिहरूको एकता प्रधानमन्त्री पदमा अड्कियो, कांग्रेस-एमाले संसद् फर्काउनेतिर र १एमडिबी प्रकरणमा मलेसयन पूर्वप्रधामन्त्री नाजिब दोषी « Khabarhub

साप्ताहिक ब्रिफिङ : ठूला दललाई फकाउँदै सरकार, नयाँ शक्तिहरूको एकता प्रधानमन्त्री पदमा अड्कियो, कांग्रेस-एमाले संसद् फर्काउनेतिर र १एमडिबी प्रकरणमा मलेसयन पूर्वप्रधामन्त्री नाजिब दोषी


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 8 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आदरणीय पाठकवृन्द ! यो साता नेपाली मिडियामा केही सनसनीपूर्ण समाचारहरु छाए । राजनीति, प्रवास क्षेत्रमा तरंग ल्याउने घटना भए ।

खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने गरेको छ । एक सातामा मुख्य घटनामा ‘रि–भिजिट’ गरिएको यो सामग्री पाठकहरुका लागि उपयोगी हुन सक्छ ।

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

बैठक प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा शुक्रबार बसेको हो ।

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले गरे पद बहाली

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त मन्त्री शर्मा

वनमन्त्री चौलागाईंद्वारा एनटिएनसीको संरक्षण प्रयासको प्रशंसा

राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ : मन्त्री खरेल

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले गरे पद बहाली

तीन ठूला नेता भेटेपछि सरकारका प्रवक्ता : फागुन २१ गतेको चुनाव अब सुनिश्चित भयो

सरकारका प्रवक्ताको दौडधुप, देउवापछि ओली भेट्न पुगे गुण्डू

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा शीतल निवासमा भएको प्रधानमन्त्री सुशीला कार्कीसहितको वार्तामा पहिले संसद् फर्किनुपर्ने अडान राखेको बताएका छन् ।

एघारौँ महाधिवेशनका स्वयंसेवकहरूलाई धन्यवाद दिन काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत उपस्थित उक्त वार्तामा यस्तो अडान राखिएको बताएका छन् ।

‘शीतल निवासमा प्रधानमन्त्री पनि आउनु भएको थियो । त्यहाँ राष्ट्रपति पौडेलको जोड चुनाव गराउनुपर्ने थियो’, उनले भने, ‘तर हामीले त्यहाँ देश अग्रगमनको बाटो गएको छैन, प्रतिगमनमा गएको छ। त्यसैले पहिले संसद् फर्किनुपर्ने कुरा राख्यौँ ।’

उनले त्यहाँ आफूहरूले प्रष्टसँग संसद् फर्किएपछि मात्रै चुनावमा जानु उचित हुने बताएको जानकारी दिए । ‘हामी प्रतिगमन विरोधी हौँ । चुनाव हुनु हुँदैन भन्ने हाम्रो कुरा होइन, प्रतिगमन हुनु हुँदैन भनेको हो’, उनले भने, ‘सकेसम्म छिटो हामीलाई संसद्को उपस्थिति चाहिन्छ । हामीले प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ भन्यौँ ।’

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

निर्वाचनको विकल्प छैन : संयोजक दाहाल

चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का

महेशलाई सिंहदरबार पठाएका केपी साथमा शंकर लिएर पुगे शेरबहादुर भेट्न

सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको सर्वपक्षीय छलफल चलिरहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्ज पुगेका छन् ।

एघारौँ महाधिवेशनबाट निर्वाचित सचिव महेश बस्नेतलाई सिंहदरबारको बैठकमा पठाएर राजनीतिक सन्देश दिएका ओलीले महाराजगञ्ज जाँदा पनि महासचिव शंकर पोखरेल साथमा देखिए ।

राजनीतिमा धैर्य र समर्पण आवश्यक छ : महासचिव पोखरेल

स्वार्थ त्यागेर देश र जनताको काम गर्नुपर्छ : नेमकिपा अध्यक्ष बिजुक्छें

‘जलाइएका संरचना टुलुटुलु हेर्दै गाउँ जान सकिँदैन, फागुन २१ मा निर्वाचन हुँदैन’

फागुन २१ को निर्वाचन सार्न नमिल्ने नेकपाको अडान, वर्षमानले भने : खेल सुरू भएपछि नियम फेर्न मिल्दैन

जेन-जी आन्दोलनः गगन थापाले कार्यकर्तालाई सुनाए काठमाडौंमा डेरा नपाएको पीडा…

कांग्रेसले नेपाललाई कुशासन र भ्रष्टाचारबाट बाहिर निकाल्नुपर्छ : महामन्त्री थापा

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

मिल्दै राप्रपा र राप्रपा नेपाल, फुटेको चार वर्षपछि एकता गर्ने लिङ्देन-थापा सहमति

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच पार्टी एकताका लागि सहमति भएको छ ।

बुधबार दुवै पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र कमल थापाबीच भएको छलफलपछि एकता गर्ने सहमति भएको हो ।

एकतामा जाने निर्णय भएको राप्रपा नेपालका अध्यक्ष थापाले जानकारी दिएका हुन् । पार्टीको महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि पूर्वाध्यक्ष थापाले ०७८ माघ २५ गते राप्रपाबाट अलग भएको घोषणा गरेका थिए ।

नेपाली कम्युनिष्ट पार्टी ताजा जनादेश लिन तयार छ : नेता रावल

जेन-जी जनविद्रोह तुहाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष साह

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

बालेनका सहयोगी भन्छन्- नयाँहरू एक ठाउँमा आउँछौँ, तर अहिल्यै कुरा मिलिसकेको छैन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका एक जना सहयोगीले राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपालसँको एकता सहज नभएको बताएका छन्।

नयाँ शक्ति मिल्ने कुरामा कुनैमा पनि द्विविधा नभए पनि एकताका खाकाहरू तयार पार्न समय लाग्ने उनले बताएका छन् । सञ्चारमाध्यममा आएका समाचार र सामाजिक सञ्जालका हल्लाजस्तै आजैभोलि एकताको सम्पूर्ण तयारी भई नसकेको उनी बताउँछन्।

‘नयाँ शक्ति मिल्नुपर्छ भन्नेमा हामीबीच फरक मत छैन । मेयर सावको कुरा पनि त्यही हो, तर बाहिर आए जस्तो सहमति भइसकेको छैन । अहिले त्यस्तो भइसकेको अवस्था होइन’, उनले भने ।

रविसँग मिल्ने चर्चाबीच महानगरको नगरसभामा व्यस्त बालेन

काठमाडौं महानगरको १८औँ नगरसभा अधिवेशन सम्पन्न

बालेनले केपीसँग भिड्न खोजेको झापा ५ : अहिले पनि सजिलो छैन एमालेलाई हराउन

प्रधानमन्त्री बनाउनु पर्ने सर्तमा रविलाई नेता मान्‍न बालेन तयार

नियमित महाधिवेशन अनिश्चित बनेपछि विशेष महाधिवेशनका लागि कांग्रेस नेतृत्वलाई दबाब

 बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतीक्षा गर्नुस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीचको तेस्रो वार्ता सकिएको छ। गत आइतबार र सोमबार दुई चरणको वार्ता गरेका उनीहरू बिहीबार तेस्रो चरणको वार्ताका लागि ज्वागलस्थित कुमार बेनको घरमा जुटेका थिए।

वार्तापछि बाहिरिएका रविले कुनै प्रतिक्रिया दिएनन् । हँसिलो मुहारमा निस्किएका उनले मिलाएर कुरा बुझ्न सञ्चारकर्मीलाई भने । पत्रकारहरूले उनलाई सोधे, ‘मेयर बालेन साहले लौरो नै टेक्ने हो कि घण्टी बजाउने हो सभापतिज्यू ?

त्यसको जवाफमा उनले भने, ‘‘मेरो अनुहारले के बताउँछ। परिणामका लागि केही समय प्रतीक्षा गर्नुहोस् ।’ यति भनेर उनी गाडी चढ्दै बाटो लाले। कुमार बनेको घरबाट बाहिरिने क्रममा पत्रकार र युट्युबरले घेरिएर धकेलाधकेल भएपछि उनले अलिक अनुशासित हुन सुझाए ।

सम्भावित सहकार्यका लागि रवि र बालेन संवाद हुँदा उनी र अर्जुन घिमिरे पाँडेसहितका सहयोगी कुमार बनेको घरबाहिर बसेका थिए ।

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

बालेन र रविको वार्ता चल्दै गर्दा कुमार बेनको घरमा सुधन पनि

भेट्न आउनेसँग बालेनको प्रस्ताव : नयाँ शक्ति र युवाहरू मिलेर जाऊँ

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

कांग्रेस नेताहरू पनि बालेनसँग वार्तामा

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

 जेन-जी आन्दोलनमा आगजनी गरिएको कांग्रेस कार्यालय पुनः निर्माण गरिँदै 

 भाद्र २४ गते जेन-जी आन्दोलनका क्रममा आगजनी गरिएको ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालय पुनः निर्माण धमाधम भईरहेको छ ।प्रदर्शनकारीहरू गरेको आगजनीका कारण कार्यालयको सम्पूर्ण भाग जानेर नष्ट भएको थियो ।


 अनुगमन टोलीका अनुसार भवन पुनः निर्माणका लागि अनुमानित खर्च भवनको सबलीकरणको मात्रै १४ करोडको छ । डकुमेन्ट र मेसिनरीको ७ करोड बराबरको जलेको अनुमान छ, ९९ वटा एसी थिए । १५० वटा कम्युटरजस्ता सामान पनि जानेको थियो ।

भवन पुनः निर्माणका लागि नेपाली कांग्रेसले क्रियाशील सदस्य, जिल्ला, प्रदेश, केन्द्रीय समितिका सदस्य तथा नेताहरूसँग पैसा उठाउने निर्णय गरेको छ ।

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

बालेनलाई भेटेका रेशम भन्छन् : नयाँजति सबैलाई प्रधानमन्त्री चाहिएको छ, मिल्ने सम्भावना मुस्किल देखेँ

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

प्रधानमन्त्रीविरुद्ध आमरण अनशनमा निकोलस भुसाल

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै डा. निकोलस भुसालले माइतीघरमा आमरण अनसन सुरु गरेका छन् ।

उनले पुस ८ गते राती १० बजेदेखि अनसन सुरु गरेका हुन् ।

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी निकास २५ वर्षपछि खोलिएको छ। पुस ६ र ९ गते रातभर गरिएको प्रयासपछि पुस १० गते बिहान पाइप जडान गरेर धाराको निकास खुलाइएको हो।

महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नम्बर ८ का अध्यक्ष आशामान संगतका अनुसार सुन्धारा लिच्छवीकालीन ढुङ्गेधारा हो।


‘यो प्राचीन संरचनाबाट पानीको निकासका लागि बनाइएको ढल यति ठूलो थियो कि मानिस पसेर सफाइ गर्न सकिन्थ्यो,’ उनले भने, ‘सहरीकरणका क्रममा खानेपानी वितरण लाइन जडान गर्दा मौलिक ढल संरचना नष्ट गरी पाइप राखिएपछि करिब २५ वर्षअघि धाराको निकास बन्द भएको थियो।’

यसअघि पनि निकास खोल्ने प्रयास भए तापनि सफल हुन नसकेको बताउँदै संगतले भने, ‘करिब १० वर्षअघि प्रयास गरिएको थियो, तर सम्भव भएन। यसपटक करिब ६० मिटर लम्बाइ र ९ देखि १२ फिटसम्म गहिराइ खनेर नियमित रूपमा काम गरेपछि निकास खोल्न सफल भयौँ।’

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी

मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई शुक्रबार १एमडिबी सरकारी लगानी कोषबाट करोडौँ अमेरिकी डलर दुरुपयोग गरेको अभियोगमा दोषी ठहर गरिएको छ ।

देशको उच्च अदालतले ७२ वर्षीय नाजिबलाई शक्तिको दुरुपयोग गरेको चारवटा अभियोगमा दोषी ठहर गरेको हो भने मनी लन्ड्रिङसम्बन्धी थप अभियोगहरूको फैसलाको प्रक्रिया जारी रहेको जनाइएको छ ।

अभियोजन पक्षका अनुसार नाजिबले १एमडिबी कोषबाट आफ्नो व्यक्तिगत बैंक खातामा ७० करोड डलरभन्दा बढी रकम हिनामिना गरेका थिए । नाजिबले भने सबै आरोप अस्वीकार गर्दै उक्त रकम साउदी अरेबियाबाट आएको राजनीतिक चन्दा भएको र लो टेक झो नेतृत्वका दुष्ट वित्तदाताहरूले आफूलाई छलमा पारेको दाबी गरेका छन् । तर घोटालाको मुख्य योजनाकार मानिने लो अझै फरार अवस्थामा छन् ।

अपदस्थ राष्ट्रपति युनविरुद्ध १० वर्ष कैदको माग

म्यान्मामा पाँच वर्षपछि आम चुनाव

ओडिसामा गोली हानाहान, शीर्ष कमाण्डरसहित छ जना नक्सालवादी विद्रोहीको मृत्यु

संयुक्त राष्ट्रसङ्घद्वारा बुशरा बीबीको हिरासतको अवस्थाको आलोचना

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको संकेत दिएको छ । राज्य सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरहरूमा धेरै हदसम्म पूरा भएको पनडुब्बीको बाहिरी संरचना देखिन्छ ।

यस क्रममा नेता किम जोङ उनले दक्षिण कोरियाले यस्तै प्रविधि हासिल गर्न दबाब दिइरहेको भन्दै कडा आलोचना गरेका छन् ।

उत्तर कोरियाको आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार किमले आठ हजार ७०० टन क्षमताको आणविक–प्रोपेल्ड पनडुब्बी निर्माण भइरहेको एक शिपयार्डको निरीक्षण गरेका हुन् ।

उनले यस पनडुब्बीलाई उत्तर कोरियाली नौसेनाको आधुनिकीकरण र आणविक प्रतिरोध क्षमताका लागि अत्यन्तै महत्त्वपूर्ण कदमका रूपमा वर्णन गरे।

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

रुस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले अमेरिकाको नेतृत्वमा तयार गरिएको नयाँ २० बुँदे योजना सार्वजनिक गर्दै रुसी आक्रमण अन्त्य गर्न र दीर्घकालीन शान्ति स्थापना गर्ने प्रयास अघि बढाइएको जानकारी दिएका छन् ।

उनले बताएअनुसार यो योजना किएभ र वाशिङ्टनबीच सहमति भइसकेको र मस्कोमा प्रतिक्रिया पाउन पठाइएको छ ।

योजनामा युक्रेनको सार्वभौमिकता पुनः पुष्टि गरिने, युक्रेन–रूसबीच पूर्ण गैर–आक्रमण सम्झौता हुने, युक्रेनलाई सुरक्षा प्रत्याभूति दिइने, युक्रेनी सेनाको क्षमता कायम रहने र नाटो, अमेरिका तथा युरोपेली साझेदारहरूले आवश्यक सुरक्षा समर्थन प्रदान गर्ने प्रावधानहरू समावेश छन् ।

साथै, युक्रेनले युरोपेली सङ्घमा सदस्यता हासिल गर्ने, अर्थव्यवस्था र पूर्वाधारको पुनर्निर्माणका लागि विकास प्याकेज लागू गर्ने, डनिप्रो नदी र कालो सागरमा व्यापारको पहुँच सुनिश्चित गर्ने र जापोरिज्जिया परमाणु ऊर्जा स्टेशन युक्रेन, अमेरिका र रूसको संयुक्त व्यवस्थापनमा सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।

युक्रेनमा विद्युत् संरचना क्षतिग्रस्त, आणविक केन्द्रहरू प्रभावित

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

तारिक रहमान स्वदेश फिर्तीको तयारीमा

१७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ७ : ५९ बजे

राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय

विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै

जेन–जी विद्रोहका मुद्दा सम्बोधन नगरी निर्वाचन गरिनु देशप्रति धोका हाेः जेन–जी मुभमेन्ट

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले जेन–जी विद्रोहका क्रममा नवोदित पुस्ताले

समाजका जीवित इतिहासः एक सय आठ वर्षीय भौना डगौरा

कञ्चनपुर – समाजमा ज्येष्ठ नागरिक केवल उमेरले पाका व्यक्तिमात्र होइनन्

ट्रम्प र जेलेन्स्कीबीच फ्लोरिडामा भेटवार्ता हुने

किएभ – रुसको आक्रमण अन्त्य गर्ने प्रयासबारे छलफल गर्न यसै