आजका समाचार : मनाइयो गाईतिहार, अर्थमन्त्री टर्कीए प्रस्थान, सरकारप्रति ओलीको आक्रोश, एनपीएल जारी र अमेरीका-इरान वार्ता निष्कर्षविहीन « Khabarhub

आजका समाचार : मनाइयो गाईतिहार, अर्थमन्त्री टर्कीए प्रस्थान, सरकारप्रति ओलीको आक्रोश, एनपीएल जारी र अमेरीका-इरान वार्ता निष्कर्षविहीन


२३ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साम्राको शतकमा पोखराको शानदार जित, कर्णाली ६३ रनले पराजित

नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सले शानदार जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सम्पन्न सोमबारको पहिलो खेलमा पोखराले कर्णालीलाई ६३ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

पोखराले दिएको २१८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको कर्णालीले १८ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १ सय ५४ रन बनायो । कर्णालीका लागि पवन सर्राफले सर्वाधिक ३२ रन बनाए । ३१ बलको सामना गरेका उनले २ चौका र २ छक्का प्रहार गरे ।

त्यसैगरी, आरिफुल इस्लामले २४, दीपक डुम्रेले २२ र सोमपाल कामीले २१ रन बनाए । बलिङतर्फ मेहदी हसनले ३ तथा धनञ्जय लक्षण, कुशल भुर्तेल र विपिन खत्रीले समान २ विकेट लिए ।

पोखराले तोड्यो हारको सिलसिला, ६३ रनले कर्णाली पराजित (तस्बिरहरु)

चितवनविरुद्ध काठमाडौंले गुमायो छैठौँ विकेट, करण आउट

चितवनविरुद्ध काठमाडौंले गुमायो पाचौँ विकेट

चितवनविरुद्ध काठमाडौंले गुमायो चौथो विकेट

चितवनविरुद्ध काठमाडौंले गुमायो दोस्रो विकेट, रिजनको बलमा साहिल आउट

पोखराले तोड्यो हारको सिलसिला, ६३ रनले कर्णाली पराजित (तस्बिरहरु)

कोप–३१ मा सहभागी हुन अर्थमन्त्री वाग्ले टर्कीए प्रस्थान

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)मा सहभागी हुन टर्कीए तर्फ प्रस्थान गरेका छन् ।

शिखर सम्मेलनमा उनले जलवायु परिवर्तन र दिगो आर्थिक विकाससँग सम्बन्धित नेपालको प्रमुख ‘एजेण्डा’लाई विभिन्न उच्चस्तरीय आधा दर्जन सत्रहरूमा नेपालको तर्फबाट पैरवी र प्रतिनिधित्व गर्ने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ ।

टर्कीएको आन्ताल्यामा आगामी नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने उक्त सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री शिशिर खनाल सम्मेलनस्थल पुगिसकेका छन् । अर्थमन्त्री डा। वाग्ले कात्तिक २९ गते आइतबार नेपाल फर्कनेछन् ।

उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच भेट

परराष्ट्रमन्त्री खनालद्वारा तुर्कीएकाे आन्ताल्यामा नेपाल पेभिलियन उद्घाटन 

राष्ट्रपति पौडेलले गरे गाई पूजा

जे–जीको ‘लुसिफर’ गीत ब्याकग्राउण्डमा राखेर प्रधानमन्त्रीले सार्वजनिक गरे नयाँ ‘लुक्स’

ओलीले भने : सार्वजनिक सम्पत्ति जलाउने र लुटपाटले विश्वमा नेपालीको बदनाम भयो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सद्भाव कायम गर्दै देशमा शान्ति कायम गर्नुपर्ने बताएका छन् ।

तिहार, नेपाल संवत् ११४७ न्हूदँ तथा छठ पर्वको अवसरमा सोमबार भक्तपुरमा आयोजित कार्यक्रममा ओलीले झूट र विध्वंसप्रति आपत्ति जनाउँदै सामाजिक सद्भाव कायम गर्दै देशमा शान्ति कायम गर्नुपर्ने बताएका हुन् ।

उनले समाजमा झूट बोल्ने, राष्ट्रिय सम्पत्तिमा आगो लगाउने, र लुटपाट गर्ने जस्ता कार्यले विश्वमा नेपाली जातिको बेइज्जत र बदनाम भएको उल्लेख गरे ।

उनले बुद्धको उपदेशबाट चलेको शान्तिको संस्कृतिलाई देशव्यापी बनाउनुपर्ने र घृणा फैलाउने संस्कृतिभन्दा सांस्कृतिक र शैक्षिक ढङ्गले मानिसको मनोभाव सुधार्नुपर्ने कुरामा जोड दिए ।

सरकार प्रतिशोध, क्रोध, भय र भ्रमबाट सञ्चालन भइरहेको छ : मधु आचार्य

परराष्ट्रमन्त्री खनालद्वारा तुर्कीएकाे आन्ताल्यामा नेपाल पेभिलियन उद्घाटन 

तिहार बिदामा पनि बाजुरा जिल्ला अदालत खुला रहने

गाईको पूजा

सर्वसाधारणको आउजाउ बाक्लो छ । आउनेहरु सुरुमा गाईको पुजा गर्छन् । पुरोहितको मन्त्रोचरणसँगै जल, पुष्प, दिप अर्पण गरेर गाईको शीर, पाऊ र पुच्छर ढोग्छन् ।

गाईलाई फलफूल खुवाउँछन् । कोही नुन, चोक्कर र पराल ल्याएर खुवाउँछन् । यो दृश्य सोमबार बिहान तनहुँको शुक्लागण्डकी नगरपालिका–९ मरेतरामा रहेको गौसंरक्षण केन्द्रको हो । तिहारअन्तर्गत सोमबार बिहान यहाँ गाई पूजा गरिएको छ ।

घरबाट ल्याइएका, छाडा छोडिएको गाई(गोरु गौसंरक्षण केन्द्रमा आश्रित छन् । तिनै गाईको पूजा गर्न हिन्दु धर्ममा आस्था राख्नेहरु सोमबार बिहानैदेखि संरक्षण केन्द्र पुगे । गाईको दुध, दही, घ्यू, गोबर, गहुँत हिन्दु धार्मिक संस्कारअनुसार पुजाआजामा प्रयोग हुन्छन् । तर, बुढो र रोगी भएपछि घरबाट धपाउने प्रचलन व्याप्त छ ।

छाडा छोडिएका चौपायाले किसानको अन्नबाली नष्टगर्ने र सडक दुर्घटनाको जोखिम बढाउने समस्या समाधान गर्न नगरपालिकाले २०७५ सालमा गौसंरक्षण केन्द्र स्थापना गरेको थियो ।

घोप्टेभिरको पहिरो पन्छाएर दुईतर्फी यातायात नियमित

डेढ महिनापछि अन्नपूर्ण गाउँपालिकाका सबै बस्ती सडक सञ्जालमा जोडिए

सुख्खा पहिरोले पोखरा–बागलुङ सडक अवरुद्ध, दुवैतर्फ सवारी रोकिए

छ सयभन्दा बढी गाईको सामूहिक पूजा

कलंकीस्थित एनबीटीसी कम्प्लेक्समा आगलागी

काठमाडौंको कलंकीस्थित एनबीटीसी कम्प्लेक्समा आगलागी भएको छ । कम्प्लेक्स व्यवस्थापनले जारी गरेको सूचनाअनुसार गत असोज २२ गते आइतबार साँझ १० बजे कम्प्लेक्सको नवौँ तलामा रहेको एलसी ७९४०३४० नम्बरको पसलमा आगलागी भएको थियो ।

आगलागीबाट उक्त पसलसहित कम्प्लेक्सको अन्य पसलमा समेत क्षति पुगेको व्यवस्थापनले जनाएको छ । आगलागीका कारण पाइपिङ तथा सिलिङमा समेत व्यापक क्षति पुगेको सूचनामा उल्लेख छ ।

त्यसैगरी कम्प्लेक्सका विभिन्न स्थानमा धुवाँ, सिसाका टुक्रा तथा धुवाँको गन्ध रहेकाले पसल सञ्चालन गर्न र आवतजावत गर्न असुरक्षित अवस्था सिर्जना भएको व्यवस्थापनले जनाएको छ ।

तिहारका पटाकाले बढाउँछ प्रदूषण

संरक्षणको अभावमा छेडेदह ताल

देशका विभिन्न स्थानमा भएका दुर्घटनामा आठ जनाको मृत्यु

दुई हजारभन्दा बढी स्मारक, आठ हजार पुरातात्विक वस्तुको अभिलेखीकरण

मध्यावधि निर्वाचनपछि ट्रम्प र डेमोक्रेटबीच टकराव चुलियो, अनुसन्धानको चेतावनी

अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले कङ्ग्रेसको नियन्त्रण गुमाएपछि राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीबीच राजनीतिक टकराव चुलिएको छ ।

डेमोक्रेटहरूले ट्रम्प प्रशासनका उच्च अधिकारी र सरकारका विभिन्न निर्णयमाथि अनुसन्धान गर्ने चेतावनी दिएपछि अमेरिकी राजनीति थप तनावपूर्ण बनेको हो ।

कङ्ग्रेसका दुवै सदनका समितिमा नियन्त्रण पाउने डेमोक्रेटहरूले ट्रम्प परिवारको व्यापार तथा क्रिप्टोकरेन्सी कारोबार, अर्बपति एलन मस्कसँग सम्बन्धित सरकारी सम्झौता, आप्रवासन नीति र इरान युद्ध सञ्चालनलगायत विषयमा अनुसन्धान अघि बढाउन सक्नेछन् । उनीहरूलाई सरकारी अधिकारीलाई बयानका लागि बोलाउने र सार्वजनिक सुनुवाइ गर्ने अधिकारसमेत हुनेछ ।

निर्वाचन परिणामपछि ट्रम्पले सामाजिक सञ्जालमार्फत यसलाई अमेरिकाका लागि ठूलो धक्का भन्दै आफूहरू अझ बलियो भएर फर्किने बताएका छन् । डेमोक्रेटहरूले प्रशासनका सदस्यविरुद्ध महाभियोगको चेतावनी दिएपछि उनले त्यसलाई दबाब सिर्जना गर्ने प्रयासको संज्ञा दिएका छन् । साथै, न्याय मन्त्रालयलाई यस विषयमा अनुसन्धान गर्न निर्देशन दिएको पनि उनले बताएका छन् ।

चिनियाँ अन्तरिक्ष क्षमताबाट अमेरिकी प्रभुत्वलाई चुनौती

युक्रेन युद्ध र इरान तनावबारे छलफल गर्न जी–७ विदेशमन्त्रीको बैठक पेरिसमा

इरानसँगको वार्ता निष्कर्षविहीन, अमेरिकालाई सैन्य प्रतिकार गर्ने तेहरानको चेतावनी

जलवायु संकट र भूराजनीतिक तनावबीच कोप–३१ सम्मेलन टर्कीमा सुरु

आप्रवासी नीतिमा ट्रम्पको आत्मसमीक्षा : कठोरता बढी भएको स्वीकार

युक्रेन युद्ध र इरान तनावबारे छलफल गर्न जी–७ विदेशमन्त्रीको बैठक पेरिसमा
















प्रकाशित मिति : २३ कार्तिक २०८३, सोमबार  ७ : ५८ बजे

धान बिक्रीको पर्खाइमा बाँकेका किसान

राँझा (बाँके), २३ कात्तिकः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई

टर्कीको स्टिल कारखानामा विस्फोट, तीन जनाको मृत्यु, १० बेपत्ता

इज्मिर – पश्चिमी टर्कीको एक फलाम तथा स्टिल कारखानामा विस्फोटपछि

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ, २५ लाख बरामद

काठमाडौं -प्रहरीले देशका विभिन्न जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा १०७ जनालाई

काठमाडौंद्वारा चितवनसामु १ सय ८१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत सोमबारको दोस्रो खेलमा चितवन