साप्ताहिक ब्रिफिङ : प्रचण्ड-बाबुराम पक्राउ नपर्ने, संसद्‍को अवरोध प्रतिपक्षीले हटाए, ट्रेड युनियन खारेज हुने निश्चित र इरान-अमेरिका सम्झौता अन्योलमा « Khabarhub

साप्ताहिक ब्रिफिङ : प्रचण्ड-बाबुराम पक्राउ नपर्ने, संसद्‍को अवरोध प्रतिपक्षीले हटाए, ट्रेड युनियन खारेज हुने निश्चित र इरान-अमेरिका सम्झौता अन्योलमा


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

बालेनका सल्लाहकार असिममाथि खनिए अमरेश, संविधान संशोधन प्रयासलाई भनिदिए, ‘अर्थहीन’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहले वालेन्द्र शाह नेतृत्वको सरकारले थालेको संविधान संशोधनको तयारीलाई लिएर आक्रोश पोखेका छन्।

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक तथा प्रधानमन्त्री बालेनका राजनीतिक सल्लाहकार असिम साहको भूमिकामा उनलले रोष प्रकट गरेका छन्।

काठमाडौंमा शुक्रबार भएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधनका क्रममा उनले २०७२ असोज ३ गते जारी संविधान अहिले संशोधनयोग्य नभएको दाबी गरे ।

उनले यस संविधानमा कुनै किसिमको त्रुटि नरहेको टिप्पणी पनि गरे । अहिले असिमको संयोजकत्वमा भइरहेको संविधान संशोधनको बहस नै गलत बाटोमा अघि बढेको पनि उनले बताए।

नेपाल एयरलाइन्समा सरकारको बदमासीलाई सर्वोच्चले रोकिदियो, योग्यताक्रम मिचेर गरिएको नियुक्ति बदर

अध्ययन भिसा सिफारिस प्रकरणमा छानबिन गर्न समिति गठन

अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस् प्रस्ताव स्वीकृत

‘राष्ट्रिय समावेशी आयोगको आव २०८१/८२’ को सातौँ प्रतिवेदन राष्ट्रियसभामा पेस

ट्रेड युनियन खारेज विरुद्धको रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार

पहिलोपटक ऊर्जा व्यापार उदारीकरणको नीति लिएका छौँ : ऊर्जामन्त्री श्रेष्ठ

पूर्व बालसैनिकसम्बन्धी रिटमा सर्वोच्चको परमादेश, लेनिनले भने : एउटा लडाइँ जित्यौँ

सर्वोच्चको फैसलाबाट पक्राउ पर्ने छैनन् प्रचण्ड र बाबुराम

सर्वोच्च अदालतको पूर्ण इजलासले सशस्त्र द्वन्द्वकालमा माओवादीबाट बालसैनिकको रूपमा भर्ती भएका व्यक्तिहरूलाई ‘अयोग्य’ वा ‘बहिर्गमित’ जस्ता अपमानजनक शब्द प्रयोग नगर्न निर्देशन दिएको छ।

अदालतले उनीहरूको सम्मानजनक पुनर्स्थापना, पर्याप्त क्षतिपूर्ति र पुन:एकीकरणका लागि परमादेश जारी गर्दै राज्यका निकायहरूलाई अपमानजनक शब्द प्रयोग नगर्न भनेको हो ।

न्यायाधीशत्रय सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्तिसिंह थापाको पूर्ण इजलासले शुक्रबार सुनाएको संक्षिप्त आदेशमा पूर्व बालसैनिकहरूको मानवीय र संवैधानिक अधिकार सुनिश्चित गर्न जोड दिइएको छ।

कोशी प्रदेश सभापतिमा पराजित भएपछि सरिनले छाडिन् रास्वपा

संविधान संशोधन कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीत्रयसँग सुझाव संकलन

रास्वपा महाधिवेशन : केन्द्रीय समितिमा निर्वाचन निश्चित, सचिवालय सदस्यका लागि अहिलेबाटै दौडधुप

‘वालेन्द्रसँग भारत सन्तुष्ट छैन, रविलाई सरकारको नेतृत्वमा ल्याउन चाहन्छ’

संसद्‍मा ‘चिसै पानी’ले नुहाउन बाध्य भए प्रतिपक्षी !

प्रतिनिधिसभा सुरू भएदेखि निरन्तर आन्दोलित आएका प्रतिपक्षी दलले पछिल्लो एजेन्डामा सजिलै चिसो पानीले नुहाएर शान्त बनेका छन् ।

गत जेठ १७ गते प्रधानमन्त्री वालेन्द्र शाहले सांसदसँगको प्रश्नोत्तरका क्रममा नेपालले पनि भारतको धेरै भूमि मिचेको भनेपछि प्रतिपक्षी आन्दोलित थिए । तर तिनै आन्दोलित प्रतिपक्ष बुधबारबाट शान्त बनेका छन् ।

रास्वपाको नियतमाथि विपक्षीको शङ्कैशङ्का

प्रतिनिधि सभामा श्रम संस्कृति पार्टीको नाराबाजी

संसद्‍मा हर्कको टिप्पणी : बोल्नकै लागि पनि आन्दोलन गर्नुपर्ने भयो

सभामुखले बोल्ने समय दिएपछि श्रम संस्कृति चुप लाग्यो

प्रधानमन्त्रीले गल्ती नसच्याएसम्म संकट समाधान हुँदैन : एमाले

प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान

रविलाई आङ्देम्बेको प्रश्न- दिल्लीमा पुग्दा किन सीमा र कालापानीको उच्चारण नगरेको ? 

‘प्रधानमन्त्री गैर जिम्मेवार बन्नुभयो भन्दैमा प्रतिपक्ष गैर जिम्मेवार बन्दैन’

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट पालित-पोषित शक्तिले प्रधानमन्त्री र आफूमाथि नियोजित आक्रमण गरिरहेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभाको अर्थ समितिमा बजेटसम्बन्धी छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले सरकारले गरिरहेको ठूला वित्तीय अपराधको अनुसन्धानबाट त्रसित समूहले आफूहरूविरुद्ध घेराबन्दी गरेको दाबी गरेका हुन् ।

“नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नमाथि सरकारले छानबिन गरिरहेको छ, केही दिनमा यो विषय अदालत पुग्दैछ,” मन्त्री वाग्लेले भने, “हामीसँग रुष्ट तिनै समूहबाट पालित-पोषित तत्वले प्रधानमन्त्री र ममाथि आक्रमण गरिरहेका छन् ।” उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बहुमत र सरकारको सुशासनको अभियान धेरैलाई नपचेकाले यस्तो खेल भइरहेको टिप्पणी गरे ।

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना गर्ने सरकारको तयारी, दुरुपयोग रोक्न अर्थमन्त्रीको जोड

खुश्बुलाई गृहमन्त्रीको आश्वासन : प्रक्रियामा जानुहोस्, कारबाही अघि बढ्छ 

जब पार्किङ गरेकै ठाउँबाट चोरियो गोदावरी नगरको गाडी

प्रधानमन्त्री शाहको विवादास्पद अभिव्यक्तिप्रति सांसद शाहीको आपत्ति

नेकपाद्वारा परराष्ट्रमन्त्री खनालको स्पष्टीकरण अस्वीकार

महावीर थपिँदा र सुधनले कम ब्याक गर्दा बालेनसँग अब रक्षा मन्त्रालय मात्रै

प्रधानमन्त्री बालेन शाह नेतृत्वको क्याबिनेमा दुई अनुहार आएका छन् । सुधन गुरुङले पुनरागमन गर्दा अन्तरिम सरकारमा शिक्षा मन्त्री बनेका महावीर पुनलाई पनि अवसर दिएको छ।

दुईजना थपिएसँगै मन्त्रिपरिषद् पुनर्गठन गर्दा बालेनको साथमा अब रक्षा मन्त्रालयमात्रै बाँकी भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शाहको सिफारिसमा मंगलबार मन्त्रिपरिषद्को पुनर्गठन, नियुक्ति र कार्यविभाजन स्वीकृत गरेका थिए ।

मन्त्री भएपछि महावीरले भने- पाँच वर्ष बस्दिनँ, तीन वर्षमै काम सक्छु

गृहमन्त्रीमा पदभारलगत्तै सुधनले गरे नारायणहिटी हत्याकाण्ड छानबिनसहित चारवटा निर्णय

कास्कीपछि पर्साबाट पनि रविलाई राहत, गम्भीर अपराधको मुद्दा अघि नबढ्ने

इरान–अमेरिका सम्झौता अन्योलमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता हुन सक्ने दाबी गर्दै सैन्य आक्रमणको धम्की स्थगित गरिएको बताए पनि तेहरानले भने कुनै अन्तिम निर्णयमा नपुगेको स्पष्ट पारेको छ। मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने भनिएको सम्भावित सम्झौताबारे दुवै पक्षका फरक–फरक दाबी सार्वजनिक भइरहेका छन् ।

तेहरानस्थित विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले शुक्रबार वार्ता जारी रहे पनि सम्झौतामा अन्तिम निष्कर्षमा नपुगेको बताए। उनका अनुसार अधिकांश विषयमा सहमति नजिक पुगे पनि अमेरिकी पक्षले नयाँ माग राखेपछि प्रक्रिया अवरुद्ध भएको हो ।

गोर्खाली सैनिकबारे परराष्ट्रमन्त्री खनालसँग वार्ता गर्ने बेलायती रक्षामन्त्रीद्वारा राजीनामा

दिगो शान्ति सम्झौताका लागि प्रयास बढाउन अमेरिका र इरानलाई राष्ट्रसङ्घको आह्वान

सामाजिक सञ्जालको अत्यधिक प्रयोगले किशोरकिशोरीको मानसिक स्वास्थ्य जेखिममा

शान्ति सम्झौता हुन लागेको ट्रम्पको दाबीलाई इरानले नकारिदियो, कुनै सहमति नभएको जवाफ

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, तीन नाविकको मृत्यु भएपछि इरानको कडा प्रतिक्रिया

इरानमाथिको आक्रमण रोक्दै ट्रम्पले भने- ‘ऐतिहासिक सम्झौताको नजिक छौँ’

सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  ८ : ०० बजे

अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ

सिरहा – सिरहा प्रहरीले आठ ग्राम ८० मिलीग्राम अवैध लागुऔषध

काभ्रे बस दुर्घटना : मृतक ८ मध्ये ४ जनाको पहिचान खुल्यो

काभ्रेपलाञ्चोक – काभ्रेको रोशी गाउँपालिका–७ स्थित बुचाकोटमा शुक्रबार भएको बस

सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला मन्त्रालयले ‘सेवा

इरानको निकट समूहद्वारा एफबिआईको ड्रोन ह्याक गरेको दाबी

वासिङ्टन – इरानसँग सम्बन्धित एक ह्याकर समूहले एफबिआई ड्रोनहरू ह्याक

रास्वपाका नेता कार्यकर्ता अब संयम र अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

कास्की – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले