आजका समाचार : राष्ट्रपतिबाट दुई अध्यादेश जारी, कंग्रेस केन्द्रीय सदस्यको नतिजा सार्वजनिक, ओमनविरुद्ध नेपालको सानदार जित र सिजेपीका नेता प्रहरी हिरासतमा « Khabarhub

आजका समाचार : राष्ट्रपतिबाट दुई अध्यादेश जारी, कंग्रेस केन्द्रीय सदस्यको नतिजा सार्वजनिक, ओमनविरुद्ध नेपालको सानदार जित र सिजेपीका नेता प्रहरी हिरासतमा


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता

गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता भएको छ । प्रथम बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका अवसरमा दुई मन्त्रीहरूबीच नयाँ दिल्लीमा भेटवार्ता भएको हो ।

उक्त भेटमा दुवै देशबीचको सुरक्षा सहकार्यलाई थप सुदृढ बनाउने, सीमा व्यवस्थापनमा समन्वय बढाउने, सीमापार हुने अपराध नियन्त्रण गर्ने तथा विपद् व्यवस्थापन र पूर्वतयारी एवं प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने जस्ता विषयमा छलफल केन्द्रित थियो ।

भेटका क्रममा गृहमन्त्री गुरुङले नेपालमा हालै गएको बाढी र पहिरोपछि भारतले पुर्‍याएको समयसापेक्ष सहयोगका लागि धन्यवाद व्यक्त गरेको भारतस्थित नेपाली राजदूतावासले जनाएको छ ।

साथै उनले सार्वभौम समानता, आपसी सम्मान र विश्वासका आधारमा दुवै देशका जनताको हितका लागि व्यावहारिक सहयोगलाई अझ अघि बढाउनुपर्नेमा जोड दिएको दूतावासले जनाएको छ ।

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

देशको नाम शुद्ध नबोलेकी जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीले संसदीय सुनुवाइमा के भनिन् ?

नेपाल–दक्षिण अफ्रिका व्यापार तथा लगानी विस्तारबारे छलफल

खगेन्द्रबारे कवीन्द्रले भने- दोषी देखिए कारबाही हुन्छ, आयोगले छानबिन सुरु गरिसक्यो

आईपीयूमा नेपालको जलवायु विपद्सम्बन्धी प्रस्ताव दुईतिहाइ मतले पारित

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

अर्थमन्त्री स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह (विश्व बैंक) र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को संयुक्त वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी ब्याङ्कक प्रस्थान गरेका छन् ।

विश्वभरका अर्थमन्त्री सहभागी हुने उक्त बैठकका क्रममा अर्थमन्त्री वाग्लेले १६ वटाभन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा सहभागिता जनाउने कार्यक्रम छ ।

अर्थमन्त्री वाग्लेसँगै अर्थसचिव डा. घनश्याम उपाध्याय, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख सहसचिव अमृत लम्साल, अर्थमन्त्रीका निजी अधिकृत माधव भण्डारी र अधिकृत गजेन्द्र भट्टराई पनि ब्याङ्कक गएका छन् ।

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन : मन्त्री तिमिल्सिना

सभामुख अर्याल नेपाल फर्किए

परराष्ट्रमन्त्री खनालसँग स्विट्जरल्यान्डकी राजदूत मेउलीको शिष्टाचार भेटवार्ता

नेपाली कांग्रेसको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी

नेपाली कांग्रेसको सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार सम्पन्न मतगणनाअनुसार खतिवडा र शिवाकोटी विजयी भएका हुन् ।

निर्वाचन समितिले भने खतिवडा र शिवाकोटी निर्वाचित भएको अन्तिम परिणामको औपचारिक घोषणा गर्न बाँकी छ । यसअघि पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित भइसकेका छन् ।

कांग्रेसको १५ औँ महाधिवेशनबाट विधानअनुसार कूल ११ जना सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ ।

राजनीतिक इतिहासलाई अब आर्थिक समुन्नतिको नेतृत्वमा रूपान्तरण गर्नुछ: उपसभापति चौधरी

कांग्रेसको मतगणना द्रूतगतिमा

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने

कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित

सचिन तिमल्सेना कांग्रेस केन्द्रीय सदस्य निर्वाचित

ओमनविरुद्ध नेपालको सहज जित

आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले ओमनलाई ११३ रनले पराजित गरेको छ । नेपालले दिएको २ सय ६४ रनको लक्ष्य ओमनले ४० ओभरमा सबै विकेट गुमाउँदै १ सय ५० रन मात्रै बनायो ।

ओमनका लागि विनायक शुक्लाले ७७ रनको योगदान दिएपनि टिमलाई हारबाट जोगाउन सकेनन् । ८३ बलको सामना गरेका उनले ६ चौका र एक छक्का प्रहार गरे । त्यस्तै, ओमनका जय ओडेद्राले ५७ बलमा २५ रन बनाए । शुक्ला र ओडेद्राको जोडीले सातौँ विकेटका लागि ११९ बलमा ८३ रनको पार्टनरसिप गरेको थियो ।

ओपनर जतिन्दर सिंहले १८ रन बनाउनुबाहेक ओमनका अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र नन्दन यादवले समान ३ विकेट लिए । त्यस्तै, दीपेन्द्रसिंह ऐरीले २ तथा ललीत राजवंशी र करण केसीले समान एक विकेट लिए ।

यसअघि ओमनको अल अमारात मैदानमा मंगलबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६३ रन बनायो । नेपालका लागि पूर्वकप्तान रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए । ६७ बलको सामना गरेका उनले ३ चौका र १ छक्का प्रहार गरे । यसअघि क्यानडाविरुद्धको खेलमा रोहितले शतक प्रहार गरेका थिए ।

रोहितको अर्धशतक र करणको विष्फोटक ब्याटिङ: नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य

ओमानविरुद्ध अर्धशतक बनाएर आउट भए रोहित पौडेल

मन्त्री फेरिएको एक महिना पुग्यो, बजारमा उस्तै छ ग्यासको लाइन

ग्यास आपूर्तिकै विषयले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री फेरिएको एक महिना पुगेपनि बजारमा उपभोक्ताको अवस्था उस्तै छ ।

भदौ २५ मा मन्त्री नियुक्त भएका रास्वपाका दीपककुमार साह पनि हालसम्म आपूर्ति सहज बनाउन सफल हुन सकेका छैनन् ।

नेपाल आयल निगमले नेपाल एलपी ग्यास उद्योग संघसँगको समन्वयमा उपत्यकाका ११ ठाउँमा असोज २५ देखि ३० गतेसम्म चाडपर्वलाई ध्यानमा राखेर ग्यास वितरण गरिरहेको छ ।

यी केन्द्रमा पनि भरी ग्यास सिलिन्डर लिन उपभोक्ताको लामो लाइन देखिन्छ ।

खगेन्द्रलाई इङ्गित गर्दै हर्क भन्छन्- मेरा सांसदले त्यस्तो भनेको भए जुत्ताको माला लगाएर सहर डुलाउथेँ

दरबारमार्गमा दसैँको सेल, तर व्यापारमा छैन चमक (तस्बिरहरू)

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस

दोधारा-चाँदनी झोलुङ्गे पुल पुननिर्माणमा २० करोड लाग्ने अनुमान

जेन-जी आन्दोलनमा पक्राउ परेका युवाका आमाको सिंहदरबारमा धर्ना

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन आयोग प्रमुखको राजीनामा मागेर प्रदर्शन गरिरहेका विपक्षी दलका नेताहरूलाई प्रहरीले हिरासतमा लिएको छ ।

युवा नेतृत्वको कक्रोच जनता पार्टी (सिजेपी) का प्रमुख नेताहरूलाई मङ्गलबार नयाँदिल्लीस्थित जन्तर मन्तरमा लगाइएको सुरक्षा घेरा तोडेर प्रवेश गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) लाई फाइदा पुग्ने गरी मतदाता सूचीमा हेरफेर गरिएको विपक्षीहरूको आरोप छ । उनीहरूले निर्वाचन आयोग प्रमुखको राजीनामा माग्दै पछिल्ला दिनमा सुरक्षा प्रतिबन्ध उल्लङ्घन गरेर प्रदर्शन गर्दै आएका छन् । यद्यपि, निर्वाचन आयोगले भने अनियमितता भएको आरोप अस्वीकार गर्दै आएको छ ।

बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

भारतको उत्तराखण्डमा गुट्खा र पान मसला बेच्न एक वर्षको प्रतिबन्ध

इरानलाई रुस र चीनको सहयोगबारे ट्रम्पको अविश्वास

मस्कको राजनीतिक खर्चप्रति स्यान्डर्सको आलोचना

प्रतिबन्धका बाबजुद रुसबाट युरोपले किन्यो ३२० अर्ब डलरको ऊर्जा

रियाद विमानस्थलमा हुथी आक्रमणपछि साउदी अरबद्वारा हवाई रक्षा प्रणालीमाथि अनुसन्धान

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ








प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ७ : ५८ बजे

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।