आजका समाचार : आजदेखि निर्वाचन प्रचार-प्रसार गर्न थालियो, घरदैलोमा उम्मेदवार, ओली-बालेन झापाकेन्द्रित र अमेरिकी व्यापार सम्झौतामा भारतमाथि दबाब « Khabarhub

आजका समाचार : आजदेखि निर्वाचन प्रचार-प्रसार गर्न थालियो, घरदैलोमा उम्मेदवार, ओली-बालेन झापाकेन्द्रित र अमेरिकी व्यापार सम्झौतामा भारतमाथि दबाब


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार, आजदेखि यही फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचार–प्रसार गर्न सक्ने छन् । निर्वाचनको निष्ठालाई उच्च प्राथमिकतामा राखेर दल तथा उम्मेदवार एवं अन्य सरोकारवाला सबैले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी निर्वाचन प्रचार–प्रसार गर्न सक्ने जनाइएको छ । सोही व्यवस्थाभित्र रहेर राजनीतिक दलका उम्मेदवारले औपचारिक रुपमा मतदातासमक्ष मत माग्न पाउनेछन् ।

आयोगले आचारसंहिता कार्यान्वयन तथा अनुगमनमा विभिन्न संयन्त्र परिचालन गरिरहेको छ । राजनीतिक दल तथा उम्मेदवारहरूलाई आचारसंहिता उल्लङ्घन भएको बारे पत्र काटेर स्पष्टीकरण सोध्ने, कानुनी कारबाहीका लागि अघि सर्नुपर्ने अवस्था नआओस् भन्ने स्पष्ट पारेको छ ।

चितवनमा रेनुको चुनावी अभियान : नयाँलाई होइन, काम गरेर देखाइसकेकालाई रोजौँ

डाँडापारी ‘कफी-जडीबुटी ड्रिम प्रोजेक्ट’ योजनासहित भोट माग्दै अमित लामा

जसपा नेपालका उम्मेदवार नै प्रवेश गरे एमालेमा

चितवनका मतदाता फकाउँदै रवि भन्छन् : मसँग इमानबाहेक अरू केही पनि छैन

ओलीको आग्रह : आफूसँगै आफन्त र छिमेकीलाई पनि एमालेमा मत हाल्न लगाउनुस्

रुकुमपूर्वमा प्रचण्डका ८४ घण्टा : जनयुद्धको स्मरणदेखि विकासको प्रतिवद्धतासम्म

आईटी क्षेत्रमा नेपालले के गर्न सक्छ ? सुन्नुहोस् गगन थापाको ‘भिजन’

टुँडिखेलमा अमेरिकी सेनाको परेडप्रति नेकपा संयुक्तको गम्भीर आपत्ति

म्यान्मारलाई सहायता रकम हस्तान्तरण

नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका दुई धार्मिक सम्पदास्थलको पुनर्निर्माणका लागि म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर प्रदान गरेको छ ।

म्यान्मारका लागि नेपालका राजदूत हरिश्चन्द्र घिमिरेले म्यान्मारको मण्डले सहरको दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित महामुनी पगोडा परिसरमा हालै आयोजित समारोहमा पगोडाका महासचिव थान उलाई तीन लाख अमेरिकी डलरको चेक हस्तान्तरण गरेको याङ्गुनस्थित नेपालको राजदूतावासले जनाएको छ ।

साथै उनले गङ्गाघाट हिन्दु मन्दिरको पुनर्निर्माणका लागि ५० हजार अमेरिकी डलरको चेक उक्त मन्दिरका अध्यक्ष पवन बजोरियालाई हस्तान्तरण गरे।

कोराभित्र उम्मेदवार पिता, शोकबीचमा चुनावी घरदैलो गर्दैछन् छोरी

ईश्वर पोखरेल यसरी गर्दैछन् घरदैलो (तस्बिरहरू)

रुकुमपूर्वको पर्यटकीयस्थल मैकोटमा प्रचण्डको मर्निङवाकसँगै भेटघाट

कांग्रेस अनुशासन समितिको बैठक शुक्रबार बस्ने

एआई प्रयोगमा अग्रणी बन्दै विद्युत प्राधिकरण, ‘एई साथी’ कार्यान्वयन हुने

ललितपुरमा २३ उम्मेदवारले लिए बैंक खाता खोल्न सिफारिस

परराष्ट्रमन्त्री शर्मा बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी हुने

बैङ्किङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुन्छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

देश बस्ने नेपालीको भावनामा खेल्दै रास्वपा : बलिया देशमा समेत नरहेको अनलाइन मतदानको आश्वासन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विश्वमा अस्तित्वमा रहेका दुई सय बढी मुलुकमध्ये थोरैले मात्रै लागू गरेको अनलाइन मतदानको आश्वासन बाँडेको छ ।

सो पार्टीले आइतबार सार्वजनिक गरेको नागरिक करारमार्फत विदेशमा रहेका नेपालीलाई अनलाइन मताधिकारको व्यवस्था गर्ने घोषणा गरेको हो ।

विश्वका विकसित देशरूले समेत साइबर सुरक्षाका कारण लागू गर्न नसकेको अनलाइन मतदान प्रणालीलाई रास्वपाले भने मताधिकारका रूपमा स्थापित गर्ने विषय अगाडि सारेको छ ।

जुन विषय निकै संवेदनशील र नागरिकमाथिको भावनामा खेल्न खोजेको देखिएको हो । विश्वमा थोरै जनसंख्या भएको युरोपियन युनियनभित्रको एउटा मुलुक एस्टोनियाले मात्रै अनलाइन मतदान प्रणालीको कार्यान्वयन गर्ने गरेको छ ।

सो बाहेक विश्वका कुनै पनि विकसित राष्ट्रले समेत सो विषयलाई साइबर सुरक्षाको कारण देखाउँदै अपनाउन सकेका छैनन् ।

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिन अदालतद्वारा अस्वीकार

पाटन ढोकामा जगदीश खरेलको मतदाता भेटघाट अभियान (तस्बिरहरू)

झापामा बालेन भन्दैछन् : विदेशी चलखेलले काठमाडौंको फोहोर व्यवस्थापन गर्न सकिनँ

आजदेखि घरदैलो अभियान सुरु, जनचासोमा भक्तपुर-२

देश बनाउनेलाई मतदान गर्नुस् : अध्यक्ष लिङ्देन

काठमाडौं-५ मा प्रमुख दलका नेताकै बढी चर्चा

आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा मुलुकभर निर्वाचनमय वातावरण बन्दै गएको छ । यही फागुन २१ गते हुने निर्वाचनका लागि आजदेखि प्रचारप्रसार गर्ने समय सुरु भएपछि चुनावी माहौल थप तातेको छ ।

सङ्घीय राजधानी काठमाडौँको प्रतिनिधिसभा क्षेत्र नं ५ मा विगतमा विजयी हासिल गरेका र प्रमुख प्रतिस्पर्धी उम्मेदवारदेखि विभिन्न दलबाट नयाँ र स्वतन्त्र गरी २४ जनाले उम्मेदवारी दिएका छन् ।

यस निर्वाचन क्षेत्रमा उपप्रधानमन्त्रीदेखि मन्त्रीको जिम्मेवारी सम्हालिसकेका र पार्टीको प्रमुखदेखि वरिष्ठ उपाध्यक्ष, महामन्त्रीलगायत पद सम्हालेका व्यक्तिले उम्मेदवारी दिएका छन् ।

काठमाडौं–५ मा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल, नेकपा (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापा, नेपाल कम्युनिष्ट पार्टीका कल्पना शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेल उम्मेदवार हुन् ।

खोटाङ उद्यमी कोसेली घर : स्थानीय उत्पादन प्रवर्द्धन केन्द्र

प्रतिनिधिसभा निर्वाचन : निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई आयोगको स्पष्टीकरण

चुनाव नजिकिँदै गर्दा जेन-जी आन्दोलनका क्रममा भागेका सात कैदी पक्राउ

जेन-जी आन्दोलनमा लुटिएको पेस्तोल र गोली बरामद

सब इन्जिनियर हत्या घटना : सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध

प्रमोद यादवका हत्यारा पक्रिन माग गर्दै काठमाडौंमा प्रदर्शन

अमेरिकी व्यापार सम्झौतामा भारतमाथि दबाब
संयुक्त राज्य अमेरिकासँग गरिएको नयाँ व्यापार सहमतिले भारतभित्र राजनीतिक र आर्थिक बहस चर्काएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक भन्सार शुल्क नीतिको छायाँमा घोषणा गरिएको यस समझदारीलाई लिएर भारत सरकारले रक्षात्मक अवस्था अपनाउनुपरेको छ भने आलोचकहरूले यसलाई वासिङ्टनसामु झुकेको कदमको संज्ञा दिएका छन् ।

यस महिनाको प्रारम्भमा सार्वजनिक गरिएको सहमतिबारे औपचारिक विवरण सीमित छन् । संयुक्त वक्तव्य र ह्वाइट हाउसको तथ्यपत्रक बाहेक अन्य स्पष्ट प्रावधान बाहिर आएको छैन । तर नयाँदिल्लीले मार्च अन्त्यसम्म अन्तरिम समझदारीलाई अन्तिम रूप दिने जनाएको छ ।

यही अस्पष्टताले विशेषगरी कृषि क्षेत्रलाई चिन्तित बनाएको छ । शक्तिशाली किसान युनियनहरूले सस्तो अमेरिकी कृषि आयात भित्रिँदा कृषिमा आश्रित ७० करोडभन्दा बढी जनसङ्ख्याको रोजगारी र आयमा प्रत्यक्ष असर पर्ने चेतावनी दिएका छन् ।

इजरायलमा वार्षिक मूल्यवृद्धि दरमा उल्लेखनीय गिरावट

प्रधानमन्त्री मोदी र राष्ट्रपति म्याक्रोन भोलि भेट्दै 

हमासलाई रोक्न युद्ध आवश्यक परे पुनः सुरु हुनेछ : प्रधानमन्त्री नेतन्याहू

अफगानिस्तानमा करिब २३ लाख नागरिकलाई मानवीय सहयोग आवश्यक : युनिसेफ

रुस-युक्रेन युद्धमा मारिएका सैनिकको परिवारलाई किम जोङ उनले राजधानीमै घर दिने

गाजाका लागि पाँच अर्ब डलर सहयोग गर्ने ट्रम्पको प्रतिबद्धता

बोन्डीबीच गोलीकाण्डका आरोपी अदालतमा

वेस्ट ब्यांकबाट २० जना प्यालेस्टिनी पक्राउ

इरान-अमेरिका सम्बन्धमा नयाँ पहल, दोस्रो चरणको वार्ता सुरु


























प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ७ : ३४ बजे

घाइते चितुवा मर्‍यो, कर्मचारी घाइते

अर्घाखाँची – जिल्लाको मालारानी गाउँपालिका—३ मा पासोमा परी घाइते भएको

फेरि पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका

जेनजी आदोलनका क्रममा कारागारबाट भागेका सात जना पक्राउ

काठमाडौं – गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट

मनाङ मर्स्याङ्दी क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

कास्की – मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय

थाइल्यान्डबाट आएका बौद्ध भिक्षुको टोली लुम्बिनीतर्फ

चितवन – विश्वशान्तिका लागि पदयात्राको क्रममा यहाँ आइपुगेको बौद्ध भिक्षु