आजका समाचार : ठूला दलको घोषणा पत्रसँगै चुनावी दौडमा देश, औपचारिकतामा सीमित प्रजातन्त्र दिवस, एआईबारे मोदीको आह्वान र घरैमा हार्‍यो श्रीलंका « Khabarhub

आजका समाचार : ठूला दलको घोषणा पत्रसँगै चुनावी दौडमा देश, औपचारिकतामा सीमित प्रजातन्त्र दिवस, एआईबारे मोदीको आह्वान र घरैमा हार्‍यो श्रीलंका


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 6 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

पूर्वाधारमा एमालेले चारवटा रेल मार्गसँगै अन्तर्देशीय जलमार्ग विस्तार गर्ने
नेकपा एमालेले देशभित्र र अन्तर्देशीय गरी ६ वटा रेल मार्ग निर्माण गर्ने लक्ष्य राखेको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममार्फत सार्वजनिक गरिएको चुनावी घोषणापत्र उक्त कुरा उल्लेख गरिएको हो ।

सुरक्षित यातायात, आधुनिक पूर्वाधार दिगो विकास, समृद्धिको आधार भन्ने नाराका साथ एमालेले उक्त योजना अघि सार्ने उल्लेख गरेको हो ।

पूर्व–पश्चिम विद्युतीय रेलमार्ग आगामी एक दशकभित्र सम्पन्न गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिनेछौँ, वीरगन्ज–काठमाडौं, केरुङ–काठमाडौं विद्युतीय रेलमार्ग निर्माणका लागि पूर्वाधार तयारीको कार्य अघि बढाउनेछौँ । नेपाल–भारत अन्तर्देशीय रेल मार्ग निर्माणको कार्य आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ कार्यान्वयन गर्नेछौं,’ पत्रमा उल्लेख छ ।

‘देश पहिला’ नारासहित एमालेले ल्यायो चुनावी घोषणापत्र (पूर्णपाठ)

भदौको विध्वंस योजनाबद्ध षड्यन्त्र थियो, जसले संसद् विघटन गरायो : ओली

एमालेको घोषणापत्र : श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुर्‍याउने

सबै विद्यालयका किशोरीलाई निःशुल्क स्यानिटरी प्याड, कक्षा १० सम्म दिवाखाजाको व्यवस्था 

‌ओलीले भने : फागुन २१ को निर्वाचन देश बनाउने र भत्काउनेबीचको जनमत संग्रह हो

भदौ २३-२४ का घटनाबारे एमाले घोषणापत्रमा ओलीका प्रश्नैप्रश्न

देश बनाउन युवाको उर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिन्छ : ओली

एमालेको घोषणा पत्रमा परराष्ट्र नीति : सबैसँग मित्रता, भारत र चीनलाई पहिलो प्राथमिकता

एमालेको महत्वाकांक्षी योजना : आधा दशकमा १०० खर्ब, एक दशकमा २०० खर्बको अर्थतन्त्र

महिला उद्यमीलाई २० लाख निर्ब्याजी ऋण, सुत्केरीलाई २० हजार भत्ता र ५ लाखको निःशुल्क जीवन बीमा

स्वास्थ्य स्वयंसेविकालाई २० हजार भत्ता र सामाजिक सुरक्षामा आवद्ध गर्ने


सभापति थापाको अडान : गठबन्धनको राजनीति गर्दैनौँ, राजनीतिक नियुक्तिमा भागबन्डा हुँदैन

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गठबन्धनको राजनीतिले नेपालको राजनीतिलाई दूषित बनाएको बताएका छन् । बुधबार धनुषाको जनकपुरबाट सार्वजनिक प्रतिज्ञा पत्रको सन्दर्भमा सिधा प्रश्नोत्तर कार्यक्रमका क्रममा राष्ट्रिय सभागृहबाट सभापति थापाले यस्तो बताएका हुन्।

उनले पार्टी सञ्चालनका बेला भएका कमी कमजोरी र राजकाज गर्दाका त्रुटिलाई सच्याएर कांग्रेस अघि बढ्ने प्रतिबद्धता जनाए ।

‘बदलिएर आएको नेपाली कांग्रेसले देश बदल्छ भन्ने संकल्प लिएर आएका छौँ’, उनले भने ‘हामी हाम्रा मूल्य मान्यतालाई अझै तिखारेर जान्छौँ ।’

यस्तो छ नेपाली कांग्रेसको प्रतिज्ञा पत्र (पूर्णपाठ)

शिक्षामा कांग्रेसको नीति : बजेटको २० प्रतिशत लगानी गर्ने, निजी शिक्षामा मौन

एमाले नेता तथा पूर्वमन्त्री मानन्धर कांग्रेस प्रवेश 

कांग्रेसको स्वास्थ्य नीति : अब राज्यको ढुकुटीबाट नेताको उपचार गर्न नपाइने

रामवीरपछि रसुवाका एमाले नेता जनार्दन ढकाल पनि कांग्रेसतिर

कांग्रेसको योजना : प्रतिज्ञा पत्रलाई मासिक ‘रिपोर्ट कार्ड’का रुपमा कार्यान्वयन गर्दै जाने

‘कांग्रेसले ०४६ देखि ५१ सम्म सरकार चलाएको समय स्वर्णिम युग, त्यहीबेला मुलुकको आर्थिक जग बस्यो’

कांग्रेसले भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन : सभापति थापा

संघमा १६ र प्रदेशमा ६ वटा मात्रै मन्त्रालय राख्नेछौँ : सभापति थापा 

राजनीतिक स्थिरताका लागि परिपक्व नेतृत्व आवश्यक : उपसभापति शर्मा

गगनको योजना : ‘मिसन रोजगारी’ योजनाबाट पाँच वर्षमा १५ लाख युवालाई जागिर

सभापति थापाको अडान : गठबन्धनको राजनीति गर्दैनौँ, राजनीतिक नियुक्तिमा भागबन्डा हुँदैन

जेन-जी विद्रोहको अपनत्व लिँदै कांग्रेसको घोषणा : हामी बदलियौँ, अब देशको परिवेश बदल्छौँ

रास्वपाको चुनावी वाचापत्र कर्णालीको सुर्खेतबाट सार्वजनिक
राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले फागुन २१ गतेको चुनावका लागि कर्णाली प्रदेशबाट वाचा पत्र सार्वजनिक गरेका छन् ।

सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साह, उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्लेसहितले वाचा पत्र सुर्खेतस्थित घण्टाघर चोकमा आयोजित चुनावी सभामा सार्वजनिक गरेका हुन्।

रास्वपाले धनगढीपछि सुर्खेतमा दोस्रो चुनावी सभा गरिरहेको छ। उक्त सभामा पार्टीका शीर्ष नेताले सम्बोधन गर्दैछन् ।

यसअघि नेपाली कांग्रेसले बुधबार जनकपुरबाट प्रतिज्ञा पत्र सार्वजनिक गरेको थियो । उता नेकपा एमालेले बिहीबार काठमाडौंबाट चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ।

सुर्खेतमा बालेनको भाषण : डोल्पाको यार्सागुम्बा विश्वभर पुग्दा, जुम्लाको मार्सी र स्याउ चितवन पनि पुगेन

यस्तो छ कर्णालीबाट सार्वजनिक रास्वपाको वाचापत्र (पूर्णपाठ)

दलगत ट्रेड युनियन खारेज गर्छौं : रास्वपा 

तलब खाएर राजनीतिक दलप्रति निष्ठा राख्नु अनैतिक र दण्डनीय हो : रास्वपा

रास्वपाको योजना : सीमाक्षेत्रमा ड्रोन र नाइटभिजन क्यामेरा राख्ने, सीमावर्तीबासीलाई ‘सीमा परिचय पत्र’

रास्वपाले पाँच वर्षभित्र पर्यटकको सङ्ख्या र खर्च दोब्बर पार्ने

एकपछि अर्का नेताले रास्वपा छाड्दै, बागमती उपसभापति पनि हुमागाईं पनि बाहिरिए

रास्वपाको चुनावी वाचा : ५ वर्षमा ५ लाखलाई रोजगारी, भ्रष्टाचारमा शून्य सहनशीलता

रवीलाई जोगाउने रास्वपाको योजना : सहकारीको बचत हिनामिना गर्नेलाई ‘थुनेर होइन सुनेर’

राष्ट्रपति पौडेल प्रजातन्त्र दिवस समारोहमा सरिक
राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस– २०८२ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भएका छन् ।

राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिद्वारा आयोजित उक्त समारोहमा सरिक भएका हुन् ।

सो अवसरमा नेपाली सेनाले राष्ट्रपतिको सम्मानमा सलामी अर्पण गरेको थियो । समारोहमा नेपालको कला संस्कृति झल्कने विभिन्न झाँकी, मार्च पास, नृत्य र साङ्गीतिक धुन प्रस्तुत गरिएको थियो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगण, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, उच्चपदस्थ सरकारी कर्मचारी र समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुभावको सहभागिता थियो ।

‘युवाको आक्रोशलाई सम्मान गरौँ’

राष्ट्र निर्माणमा एकजुट हुन कांग्रेस सभापति थापाको आह्वान

टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)

राष्ट्र निर्माणका निम्ति एकजुट बन्न प्रधानमन्त्रीको आग्रह

उपराष्ट्रपति यादवद्वारा प्रजातन्त्र दिवसको शुभकामना

कोलम्बोको मैदानमा श्रीलंका पराजित, जिम्बाब्वे ६ विकेटले विजयी
आईसीसी टी-२० विश्वकप प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न खेलमा जिम्बाब्वेले श्रीलंकालाई पराजित गरेको छ । श्रीलंकाको कोलम्बोस्थित रणसिंघे प्रेमादासा रंगशालामा आयोजित खेलमा जिम्बाब्वेले घरेलु टोलीलाई छ विकेटले पराजित गरेको हो ।

श्रीलंकाले दिएको १ सय ७९ रनको लक्ष्य जिम्बाब्वेले खेल सकिन ३ बलअगावै भेट्टायो । जिम्बाब्वेका लागि ओपनर ब्याटर ब्रायन बेनेटले ४८ बलमा ६३ रन बनाए । यस क्रममा उनले ८ चौका प्रहार गरे ।

त्यसैगरी, सिकन्दर राजाले जिम्बाब्वेका लागि २६ बलमा ४५ रन बनाए । यस क्रममा उनले दुई चौका र चार छक्का प्रहार गरे । त्यस्तै, टाडिवानासे मरुमानीले २६ बलमा ३४ रन जोडे ।

श्रीलंकाका दुशन हेमन्थाले सर्वाधिक दुई विकेट लिए । त्यसैगरी, दुनिथ वेल्लालागे र दशुन सनाकाले समान एक विकेट लिए ।

बालेनलाई वर्षमानको कटाक्ष : ‘काठमाडौंमा सुकुम्बासी हटाउने, झापामा समर्थन गर्ने राजनीति घातक’

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले लोकप्रियतावादी राजनीति मुलुकका लागि घातक हुन सक्ने तर्क गरेका छन् ।

गृह जिल्ला रोल्पाको लिवाङमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा रोल्पाबाट नेकपाका प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका पुनले स्पष्ट विचार, दृष्टिकोण र गन्तव्यबिनाको राजनीतिले मुलुकलाई सही दिशा दिन नसक्ने बताएका हुन् ।

कुन ठाउँमा के बोल्दा मानिसले मन पराउँछन् भन्ने आधारमा बोल्दै हिड्नेहरूले देशको नेतृत्व लिन नसक्ने भनाइ उनको छ । काठमाडौंमा सङ्घीयताको विरोध गर्ने र जनकपुर पुगेर सङ्घीयता चाहिन्छ भन्ने तथा काठमाडौंबाट सुकुम्बासीलाई लखेटेर झापामा पुगेपछि सुकुम्बासीको पक्षमा काम गर्छु भन्नेजस्ता असंगत अभिव्यक्ति दिनेहरूबाट कुनै आशा गर्न नसकिने तर्क पुनले गरे । उनले आफूलाई नयाँ भन्ने राजनीतिक दललाई आफ्नो बिचार, राजनीति र कार्यदिशा स्पष्ट गर्न आग्रह गरे ।

निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन खबरदारी (तस्बिरहरू)

नेपाल-भारत सीमा सुरक्षा बैठक सम्पन्न

प्रहरीले भन्यो- यसवर्ष सवारी दुर्घटनामा १ सय ३२ जनाले ज्यान गुमाए

विराटनगर–१२ लाई डुवानमुक्त बनाउने ​​​​​​​शेखरको प्रतिबद्धता 

‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी’ को तयारी पूरा

रुखमा बाँधेर, खोरमा थुनेर काम गराउने बालेनको भनाइप्रति सिंहले जनाए आपत्ति

एआई साझा हितका लागि : भारतीय प्रधानमन्त्री मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) केही शक्तिशाली देश वा कम्पनीको सीमित साधन नभई विश्वव्यापी साझा सम्पत्ति बन्नुपर्ने धारणा व्यक्त गरेका छन् । उनले एआई प्रविधि खुला, पहुँचयोग्य र समावेशी भए मात्रै यसको वास्तविक लाभ मानव समुदायले पाउने बताए ।

ग्लोबल एआई शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले एआईको ‘लोकतान्त्रिकरण’ अपरिहार्य रहेको उल्लेख गरे । ‘एआईलाई लोकतान्त्रिकरण गर्नुपर्दछ ताकि मानिस एआईका लागि डाटा पोइन्ट मात्र बन्न नपरोस् वा एआईका लागि कच्चा माल बन्न नपरोस्’, उनले स्पष्ट गरे ।

उनका अनुसार विशेषतः ग्लोबल साउथका देशहरूका लागि एआई समावेशीकरण र सशक्तिकरणको प्रभावकारी माध्यम बन्नुपर्नेछ ।

एआई इम्प्याक्ट समिट द्रुत गतिमा विस्तार भइरहेको यस क्षेत्र केन्द्रित चौथो वार्षिक अन्तर्राष्ट्रिय भेला हो । प्रविधि, नीति र नवप्रवर्तनबारे छलफल गर्न विश्वका विभिन्न देशका प्रतिनिधि सहभागी भएका छन् ।

चीनमा पटाका विस्फोट : १२ जनाको मृत्यु

दक्षिणी पाकिस्तानको आवासीय भवनमा विस्फोट : छ जनाको मृत्यु, १२ घाइते

मार्सल ल प्रकरण : पूर्वराष्ट्रपति युन दोषी ठहर

प्रधानमन्त्री रहमानद्वारा १८० दिनको प्राथमिकता योजनाको रूपरेखा प्रस्तुत

चिनियाँ रोबोट कुकुरलाई आफूले बनाएको दाबी गर्ने भारतको गलगोटिया विश्वविद्यालय प्रश्नको घेरामा

एआई विश्वकै साझा सम्पत्ति बन्नुपर्छ : मोदी

एआई नियममा सहकार्य चाहन्छौँ : म्याक्रोन

इजरायली दमन र प्रतिबन्धका बावजुद ईशा अल–अक्सामा ६० हजार मानिसहरू भेला
































प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  ७ : ५६ बजे

क्यानडाविरुद्ध अफगानिस्तानको फराकिलो जित, मोहम्मद नाबीले लिए चार विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

जुम्ला जिप दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरबाट उद्धार

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा आज जिप दुर्घटनामा परी

हाम्रो सरकार नढालेको भए जेनजी आन्दोलन नै हुने थिएन : नारायणकाजी

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले कांग्रेस र

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना

चुनाव बिथोल्ने गतिविधि गरेको आरोपमा वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ

काठमाडौँ- आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ परेका