नारायणीको जलसतह हालसम्मकै उच्च
नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको छ । देवघाटस्थित जलमापन केन्द्रमा मापन गरिएको उक्त जलसतह जलमापन गर्न थालेपछि हालसम्मकै उच्च रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो ।
यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ मिटरलाई खतराको तह मानिन्छ । पछिल्लो मापनअनुसार दिउँसो ३ः४० बजे नदीको जलसतह ११ दशमलव ७५ मिटरमा झरेको छ । नदीको जलसतह घट्दो क्रममा रहे पनि खतराको तहभन्दा निकै माथि छ ।

नारायणी बेसिन फिल्ड कार्यालयका प्रमुख हाइड्रोलोजिस्ट इञ्जिनियर सुमित अधिकारीका अनुसार नारायणीमा जलमापन गर्न थालेपछिकै हालसम्मको उच्च जलसतह आज मापन भएको हो । पहाडी क्षेत्रमा वर्षा भइरहेकाले नदीको जलसतहमा थप उतारचढाव आउन सक्ने उनले बताए ।
गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार
कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक बन्द
झरीपछि खुलेको काठमाडौं (तस्बिरहरू)
नारायणी पुलमा आवतजावत पूर्ण रुपमा बन्द (तस्बिरहरू)
नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो
पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत
नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समयसम्म कायम रहन नसक्ने बताएका छन् ।
आइतबार कांग्रेस इत्तर पक्षका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले स्थानीय निर्वाचनपछि कार्यकर्ताको दबाबका कारण पार्टीका दुवै समुहबीच एकता हुने र मिलेर अघि बढ्नुको विकल्प नरहेको बताए ।

नेता बस्नेतले पार्टीभित्र देखिएको वर्तमान अवस्थाबारे कार्यकर्ताको भूमिका महत्त्वपूर्ण हुने बताए । उनले पार्टीका नेता तथा कार्यकर्ताबीचको सम्बन्ध र संगठनप्रतिको प्रतिबद्धताले आगामी दिनमा पार्टीको दिशा तय गर्ने धारणा राखे ।
नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने
मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशंका
नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने
अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू
रातारात टेकु लगिएका चोलेन्द्रलाई कडा सुरक्षासहित घरमै पुर्याइयो, निगरानी गर्न प्रहरी तैनाथ
सुरक्षा थ्रेट भन्दै शनिबार राति २ बजे अपराध अनुसन्धान कार्यालय, टेकु लगिएका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले कडा सुरक्षासहित महाराजगन्जस्थित निजी निवास पुर्याएको छ ।
अपराध अनुन्धान कार्यालयका एसएसपी सन्तोष खड्का आफैंले जबरालाई महाराजगन्जस्थित घरसम्म पुर्याएका हुन् । अब जबरालाई घरमै थप सुरक्षासहित राखिने भएको छ ।

अपराध अनुसन्धान कार्यालय, टेकुका प्रमुख एसएसपी खड्काले जबरालाई उनले भनेकै स्थानमा पठाइएको बताए । ‘उहाँले भनेकै स्थानमा यहाँबाट पठाइयो,’ खड्काले भने ।
जबरालाई कहाँ पठाइएको हो भन्ने प्रश्नमा उनले सुरक्षाका कारण स्थान खुलाउन नमिल्ने बताएका थि ए। पछि उनलाई महाराजगन्जस्थित निजी निवासमै पुर्याइएको हो ।
पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण
चोलेन्द्र शमशेर रिहा, एसएसपी खड्का भन्छन्- ‘सुरक्षित ठाउँमा पठाएका छौँ’
चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश
चोलेन्द्रशम्शेर पक्राउबारे सरकारलाई जेन-जी अभियन्ताले भने- नाटक र नौटंकी बन्द गर्नुहोस्
हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव सार्वजनिक रूपमा अस्वीकार गरे पनि इरानले अझै पनि मध्यस्थकर्ताहरूमार्फत आधिकारिक अमेरिकी प्रतिक्रियाको पर्खाइमा रहेको जनाएको छ ।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानी प्रस्ताव ‘स्वीकार्य’ नरहेको र तेहरान ‘नराम्ररी हारिरहेकाले’ सात दिनभित्र व्यापारिक जहाजका लागि जलडमरू खोल्ने सम्झौता गर्न चाहेको दाबी गरेका थिए ।
होर्मुज जलडमरूमध्य पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग
ईयूमा उडान वृद्धि २.३ प्रतिशत, स्लोभाकियामा ३७ प्रतिशत
दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु














प्रतिक्रिया