विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारीमाथि कारबाही सिफारिस
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका ४ कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ।
मन्त्रालयले सूचना जारी गर्दै बिदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकोले उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाएको हो। उनीहरूले अस्थायी आवासीय अनुमति, स्थायी आवासीय अनुमति र डाइभर्सिटी भिसा(डिभी) लिएको पाइएको मन्त्रालयको सूचनामा उल्लेख छ ।

निजामती कर्मचारीले पदमा बहाल रहँदै विदेशी मुलुकको आवासीय अनुमति लिन वा सोका लागि आवेदन समेत दिन नपाइने कानुनी व्यवस्था छ । स्वीकृत बिदा समाप्त भएपछि ३० दिन भित्र कार्यालयमा उपस्थित हुनुपर्नेमा अनुपस्थित रही निजामती सेवा ऐनविपरीतको कार्य गरेकोले उनीहरूलाई स्पष्टीकरणको सोधिएको हो ।
मन्त्रालयका अनुसार निजामती सेवा ऐन, २०४९ बमोजिम उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरि कारबाही अघि बढाउनुपर्ने अवस्था देखिएकाले १५ दिनभित्र चित्तबुझ्दो आधार र प्रमाणसहित सफाइ पेश गर्न भनिएको छ ।
भारतीय अवरोध हटेपछि फेरि भारत जान थाल्यो नेपाली चिया
नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनप्रति अर्थ समितिको गम्भीर ध्यानाकर्षण
सुस्तावासीको माग- भारतको सामना गर्न लालपुर्जा, नागरिकता र ‘जङ्गे पिलर’ देउ
गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्रीको गाडीको कालो सिसा हटाइयो
‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग
निर्वाचनमा ८७ प्रतिशत मिथ्या सूचना सामाजिक सञ्जालबाट फैलियो : अध्ययन
प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित हुन्छ : राष्ट्रपति पौडेल
गुणस्तरहीन खाना बेच्ने होटल–रेस्टुरेन्टलाई गृह मन्त्रालयले हदैसम्मको कारबाही गर्ने
ओलीको दाबी-सरकारको हस्तक्षेपका कारण एन्फा कारबाहीमा परेको हो
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भाद्र २३ र २४ गते भएको तोडफोड, हिंसा, हत्या र लुटपाटका घटनालाई वैधानिकता दिने काम भएको बताएका छन् ।
मंगलबार काठमाडौंमा नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विभिन्न शक्तिहरूले संवैधानिक रूपमा नसकेपछि असंवैधानिक तवरले तोडफोड, हिंसा, हत्या र लुटपाट जस्ता उपद्र मचाएर सरकार ढाल्ने बाटो रोजेको र त्यसलाई अहिले वैधानिकता दिने काम भएको बताएका हुन् ।

उनले भूकम्प, कोभिड–१९ महामारीका कारण ध्वस्त भएको अर्थतन्त्रलाई माथि उठाउनुका साथै शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रलाई अगाडि बढाउने प्रयत्न गरेको तर कसैलाई त्यो कुरा सह्य नभएको तर्क गरे ।
उनले सबै जनताले न्याय पाउने र भयमुक्त, शान्तिपूर्ण नेपाल निर्माणको प्रणालीबाट आफूहरू पुनः अगाडि बढ्ने उल्लेख गरे ।
त्यस्तै अध्यक्ष ओलीले विश्वकप फुटबलमा नेपालभन्दा साना र भर्खरै विकासशील चरणमा प्रवेश गरेका देशहरूले उत्कृष्ट प्रदर्शन गर्दा नेपालमा भने सरकारको हस्तक्षेपका कारण एन्फा कारबाहीमा परेको तर्क गरे ।
सरकारको कामभन्दा प्रोपागाण्डा र स्टन्टबाजी बढी देखियो : कांग्रेस महामन्त्री घिमिरे
लुम्बिनीमा कांग्रेस इतर पक्षको भेला
सभामुख डीपी अर्यालद्वारा नागढुंगा सुरुङमार्गको निरीक्षण (तस्बिरहरू)
सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छ : परराष्ट्रमन्त्री खनाल
राज्यका सबै निकायले आफ्नो स्वतन्त्रता गुमाइसके : कृष्ण सिटौला
स्थानीय तहका समस्या समाधानमा संघ–प्रदेश समन्वय आवश्यक : मन्त्री रावल
नारायणगढ-मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण र जनशक्ति तयारी अवस्थामा
वर्षायाम सुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा सम्भावित पहिरोका कारण सडक अवरुद्ध हुन नदिन आवश्यक उपकरण र जनशक्ति तयारी अवस्थामा राखिएको छ।
सडक डिभिजन कार्यालय भरतपुरले आफ्नो कार्यक्षेत्रअन्तर्गत पर्ने नारायणगढ–मुग्लिन सडकखण्ड तथा कालीगण्डकी करिडोरमा पहिरोको जोखिमलाई मध्यनजर गर्दै उपकरण अपरेटरसहित तयारी अवस्थामा राखेको जनाएको छ।

कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर नारायण लामिछानेका अनुसार वर्षात्का बेला पहिरो खस्ने जोखिम भएका स्थानमा सडक अवरुद्ध हुन सक्ने भएकाले तत्काल सञ्चालनमा ल्याउन आवश्यक उपकरण व्यवस्थापन गरिएको हो।
उनका अनुसार मुग्लिन क्याम्पमा एक लोडर तथा सेती दोभान क्याम्पमा एक एक्स्काभेटर, एक लोडर र एक ब्याकहोलोडर तयारी अवस्थामा राखिएको छ। त्यसैगरी सडक डिभिजन कार्यालय परिसरमा एक ब्याकहोलोडर र कालीगण्डकी करिडोरमा एक लोडर पनि तयारी अवस्थामा छन्। पहिरोका कारण सडक अवरुद्ध भएमा तत्काल हटाएर सवारी आवागमनलाई नियमित र सहज बनाउन उपकरण अपरेटरसहितको टोली चौबीसै घण्टा तयारी अवस्थामा रहेको कार्यालयले जनाएको छ।
निजी क्षेत्रले डेढ वर्षमै बनायो प्रसारण लाइन
मानव र वन्यजन्तुबीच बढ्दो द्वन्द्व अवस्था, १७ जनाको मृत्यु
नौ दिनदेखि राज्यलाई पुकारिरहेका सडकपेटीमा आश्रित दृष्टिविहीन (तस्बिरहरू)
वैशाखयता विपद्मा परेर १२१ को मृत्यु
हराभरा चक्रपथको सानेपा क्षेत्र (फोटो फिचर)
भारतीय सुरक्षाकर्मीबाट दुःख पाएको भन्दै लालपुर्जा र नागरिकता माग्दै काठमाडौं आइपुगे सुस्तावासी
विदेशिएका नागरिकलाई स्वदेशमा फर्किने वातावरण बनाउनुपर्छ : सभामुख
नेदरल्यान्ड्सलाई टाइब्रेकरमा हराउँदै मोरक्को विश्वकपको अन्तिम १६ मा : अब क्यानडासँग खेल्ने
निर्धारित र थप गरिएको समयको रोमाञ्चक खेल १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउट (टाइब्रेकर) मा नेदरल्यान्ड्सलाई ३–२ ले स्तब्ध पार्दै मोरक्को फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।
मेक्सिकोको मोन्टेरे रंगशालामा मंगलबार भएको राउन्ड अफ ३२ को खेलमा मोरक्कोले डच टोलीको चुनौती पन्छाएको हो ।

टाइब्रेकरमा मोरक्कोका लागि इस्माइल सइबारीले बल जालीमा चुमेपछि मोरक्कन खेलाडी र समर्थक खुसीयालीमा झुमेका थिए । निर्णायक पेनाल्टी प्रहार गरेलगत्तै सइबारीले जर्सी फुकालेर जितको उत्सव मनाएका थिए ।
यसअघि खेलको ७२ औँ मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा मोरक्कोका इसा डियोपले हेडमार्फत बराबरी गोल फर्काएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।
विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा
जर्मनीलाई हराउँदै पाराग्वे विश्वकपको अन्तिम १६ मा
‘इन्जुरी टाइम’को गोलसँगै जापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा
इरानद्वारा अमेरिकासँग तत्काल प्रत्यक्ष वार्ता अस्वीकार
इरानले अमेरिकासँग निकट भविष्यमा कुनै पनि स्तरमा प्रत्यक्ष वार्ता नहुने स्पष्ट पारेको छ। तेहरानले नयाँ राजनीतिक संवादभन्दा विद्यमान समझदारी (एमओयू) को प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिएको जनाएको छ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईलाई उद्धृत गर्दै तस्निम समाचार एजेन्सीले जनाएअनुसार, इरानले सम्झौताको प्राविधिक कार्यान्वयनको अनुगमन गर्न यसै साता विशेषज्ञहरूको प्रतिनिधिमण्डल कतारको दोहा पठाउने तयारी गरेको छ।

बाघाईले सम्झौताअनुसार अमेरिकाले इरानी तेलको बिक्री सहज बनाउन आवश्यक अनुमतिहरू जारी गरिसकेको उल्लेख गर्दै अब इरानको ध्यान विशेषगरी सम्झौताको धारा ११ को प्रभावकारी कार्यान्वयनमा केन्द्रित रहेको बताए। उक्त धाराले इरानका वित्तीय सम्पत्तिको व्यवस्थापन र नियन्त्रणसँग सम्बन्धित विषय समेटेको छ।
उनले कतारमा अमेरिकी प्रतिनिधिहरूको सम्भावित भ्रमणलाई इरानी प्रतिनिधिमण्डलको कार्यसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पार्दै हाल थप कूटनीतिक वार्ताको तयारी भइरहेको भन्ने अनुमानलाई अस्वीकार गरे।
भेनेजुएलामा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त
अफगानिस्तानमा बारुती सुरुङ हटाउन नयाँ पहल, १८ लाख वर्गमिटर क्षेत्र खतरा मुक्त गरिने
पाकिस्तानमा चिकित्सकको विरोध प्रदर्शन जारी, स्वास्थ्य सेवा अवरुद्ध
पश्चिम बङ्गालको पेट्रोकेमिकल प्लान्टमा आगलागी, २० जना घाइते
युरोपमा तीव्र गर्मीको लहर, ९ करोड ५० लाखभन्दा बढी प्रभावित
कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध
मध्यपूर्व युद्धविरामपछि श्रीलङ्कामा इन्धनको मूल्य घट्यो
‘मध्यपूर्व द्वन्द्व समाधानको प्रयास विकासशील देशहरूलाई बोझिलो’












प्रतिक्रिया