आजका समाचार : एमाले विधान महाधिवेशनको तयारी पूरा, संसद्मा रास्वपाको आपत्ति, सरकारले मध्यरातसम्म सामाजिक सञ्जालको ईमेल कुर्ने र बेइजिङमा पुटिन-किम एक घण्टा वार्ता | Khabarhub Khabarhub

आजका समाचार : एमाले विधान महाधिवेशनको तयारी पूरा, संसद्मा रास्वपाको आपत्ति, सरकारले मध्यरातसम्म सामाजिक सञ्जालको ईमेल कुर्ने र बेइजिङमा पुटिन-किम एक घण्टा वार्ता


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 6 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

एमालेले दुई उपाध्यक्षको फरक मतलाई विधान महाधिवेशनमा प्रवेश नदिने
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा फर्किन नदिने गरी संगठित सदस्यता खारेज गर्ने निर्णयविरुद्धको फरक मतलाई दोस्रो विधान महाधिवेशनमा प्रवेशन नदिने तयारी गरेको छ।

एमाले महासचिव शंकर पोखरेलले भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुने दोस्रो विधान महाधिवेशनको तयारीबारे जानकारी आयोजित पत्रकार सम्मेलनमा यस्तो संकेत गरेका हुन् ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले यसपटकदेखि प्रतिनिधिहरूबाट शुल्क नउठाउने र सम्पूर्ण खर्च पार्टी केन्द्रले नै बेहोर्ने निर्णय भइसकेको बताए। खर्चको हिसाब–किताब महाधिवेशनपछि सार्वजनिक गरिने उनले स्पष्ट पारे।

‘हामी भदौ २० गतेदेखि २२ गतेसम्म पार्टीको विधान महाधिवेशन ललितपुरको गोदावरीमा आयोजना गर्दैछौँ । विधान महाधिवेशनका लागि हामीले प्रतिनिधिहरूबाट यस पटकदेखि शुल्क उठाउने परम्परा हटाएका छौँ । पार्टी केन्द्रले नै सबै खर्च व्यवस्थापन गर्ने निर्णय भइसकेको छ’, उनले भने, ‘खर्च कति लाग्छ अनुमान गर्न गाह्रो छ । विधान महाधिवेशन भइसकेपछि हामी हिसाब किताब सार्वजनिक गर्छौँ । खर्चलाई वैधानिक र पारदर्शी रुपमा राख्ने कुरामा एमाले अगाडि छ ।’

एमालेले यसरी सजाउँदैछ गोदावरीको सनराइज हल (तस्बिरहरू)

एमालेले विधान महाधिवेशन प्रतिनिधिबाट पैसा नउठाउने, सबै खर्च केन्द्रले गर्ने

एमालेको दोस्रो विधान महाधिवेशन : सबै तयारी पूरा, अध्यक्ष ओलीले उद्घाटन गर्ने

प्रधानमन्त्री ओली चीन भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान

पर्यटन क्षेत्रको विकास सरकारको प्राथमिकतामा : मन्त्री खड्का

एमाले विधान महाधिवेशनको तयारी : आज च्यासलमा पत्रकार सम्मेलन

अहिलेको सत्ता नेताहरूको होइन, बिचौलियाको सेटिङ हो : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलामाथि हुने हिंसाविरुद्ध आवाज उठाउनुका साथै समाजवादी आन्दोलनलाई तीव्र बनाउने संकल्प गर्न आह्वान गरेका छन् । काठमाडौंको प्रज्ञाभवन, कमलादीमा आयोजित अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘उत्साहका लागि लाल सलाम भन्न चाहन्छु । मलाई विश्वास छ, यो सम्मेलनले महिला हिंसाविरुद्ध एउटा संकल्प प्रस्ताव पारित गर्नेछ ।’

उनले माओवादी जनयुद्धमा महिलाको उल्लेखनीय योगदानबारे चर्चा गर्दै भने, ‘यदि जनयुद्धमा हजारौँ, लाखौँ महिलाहरूको सहभागिता नभएको थियो भने आजको संविधान, गणतन्त्र र महिलाको ३३ प्रतिशत सहभागिता सम्भव हुने थिएन ।’

प्रचण्डले जनयुद्धको सुरुवातमा कालिकोट र रोल्पाका महिलाहरू देखाएको साहसपूर्ण योगदानलाई विशेष रूपमा स्मरण गर्दै भने, ‘यदि उनीहरूले हतियार खोसेर पार्टी नेतृत्वलाई अगाडि बढ भनेर नभनेको थियो भने जनयुद्ध सम्भव नहुन पनि सक्थ्यो ।’ उनले जनयुद्धमा महिलाले देखाएको त्याग र बलिदानबिना गणतन्त्र सम्भव थिएन भन्ने धारणा व्यक्त गरे ।

अध्यक्ष प्रचण्डले गणतन्त्रविरुद्ध भइरहेको षडयन्त्र र प्रतिक्रियावादी शक्तिहरूको षड्यन्त्र अन्त्य गर्न सबैलाई एकताबद्ध हुन आग्रह गरे । ‘म यो विश्वास लिएको छु कि तपाईँहरूले यो सम्मेलनबाट समाजवादी यात्राका लागि पार्टी र संविधानविरूद्व भइरहेको सड्यन्त्रविरुद्धको संकल्प लिनुहुनेछ,’ उनले भने ।

सङ्घीय लोकतान्त्रिक मोर्चाद्वारा जनजागरण अभियान सुरु

समाजवादी आन्दोलनलाई तीव्र बनाउने संकल्प गर्न प्रचण्डको आह्वान

इन्द्रजात्राका सारथीलाई पाँच लाखसम्मको बीमा

‘डिप फेक’ प्रयोग गरेर भिडियो पोस्ट गरिएको भन्दै साइबर ब्युरो जाँदै स्वर्णिम वाग्ले

रास्वपाले भन्यो- सत्तापक्षले हाम्रा नेताको ‘डिप फेक भ्वाइस रेकर्ड’को सहारा लिए
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सदनमा सिर्जनात्मक बहस गर्न नसकेर सत्तापक्षले आफ्नो पार्टीका नेताहरूको ‘डिप फेक भ्वाइस रेकर्ड’हरू बाहिर छरपष्ट पार्न थालेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकको सुरूवातमै सभामुख देवराज घिमिरेले उपलब्ध गराएको समयमा बोल्दै उनले सदनमा सिर्जनात्मक बहस गर्न नसकेर सत्तापक्षले रास्वपाका नेताहरूको ‘डिप फेक भ्वाइस रेकर्ड’हरू बाहिर छरपष्ट पार्न थालेको आरोप लगाएका हुन् ।

‘कर्कस, अराजक, असहिष्णु शैलीसँग मिथ्या आरोपहरू हामी माथि लगाइराख्नुभएको छ । यो सदनभित्र सिर्जनात्मक बहस गर्ने हामीहरू माथि नसकेर हाम्रा नेताहरूको डिप फेक भ्वाइस रेकर्डहरू बाहरि छरपष्ट पार्न थालिएको छ,’ सांसद ढकालले भने, ‘म यो शैलीको, यो चरित्रको निन्दा गर्न चाहन्छु ।’

उनले विगत ९५ दिनदेखि रास्वपाका सांसदहरूले दुई मिनेट सदनमा राखेका कुराहरूको प्रतिवादमा सत्तापक्षीय सांसदहरूले घण्टौँ खर्च गरिरहेका पनि टिप्पणी गरे ।

निजामती विधेयकको सन्देश प्रतिनिधिसभालाई प्राप्त

संसद्‌मा जुम्लाको स्याउको चर्चा गर्दै ज्ञानबहादुर शाहीले भने- सबैले किनिदिनू

रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिष्कार

विनोद चौधरीले भने- सरकारले अनुदान कटौती गर्नु भनेको उखु किसानलाई पीडा थप्नु हो 

जीएसआईमा नेपालको समर्थनबारे संसद्‌मा मागियो सरकारको जवाफ

संसद्‌मा आन्दोलनरत किसानका माग सुनुवाइ गर्नुपर्ने माग

सरकारले १२ बजेसम्म विद्युतीय सामाजिक सञ्जालको मेल कुर्ने, नआए बन्द गर्ने

सूचीकरण नभए बन्द गर्ने चेतावनी दिएको सरकार विद्युतीय सामाजिक सञ्जालको मेल कुरेर बसेको छ । त्यस्ता सञ्जाल सञ्चालक कम्पनीबाट राति १२ बजेसम्म कुर्ने र नआए बन्द गर्ने सरकारी अधिकारीहरूले बताएका छन्‌ ।

फेसबुक, इन्टाग्राम, ट्वीटर, लिङ्क्डइन, युट्यूब, गुगल र जीमेल लगायत सूचीकरण नभएका सबै सञ्जाललाई सूचीकरण हुन आउन सरकारले गत बिहीबार एक सूचना जारी गरेको थियो । सामाजिक सञ्जाललाई नेपालमा सूचीकरण हुन सरकारले दिएको सात दिनको अल्टिमेटम आज सकिँदैछ । तर, हालसम्म कुनै पनि सञ्जाल सञ्चालकले नेपालमा सूचीकरण निम्ति निवेदन दिएका छैनन्‌ ।

‘अल्टिमेटम त दिइयो, तर कुनै सञ्जाल सञ्चालक कम्पनीले पनि नेपालमा सूचीकरण निम्ति खबरसम्म गरेनन्‌’, नेपाल दूरसञ्चार प्राधिकरण स्रोतले भन्यो, ‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अधिकारीहरूले आज राति १२ बजेसम्म मेल आउँछ कि भनी कुर्ने भन्नुभएको छ, अर्कातिर सञ्जाल चलाउने नागरिकहरूले चर्को विरोध गरिरहेका छन्‌, १२ बजेसम्म मेल नआए बन्द गर्ने मोटामोटी कुराकानी भएको छ, तर टुङ्गो छैन ।’

कुन कुन सञ्जाल बन्द गर्ने भन्नेबारे पनि सरकार अलमलमा देखिएको छ । गुगल सर्च इञ्जिन र जीमेलको प्रयोगकर्ता आफैँ पनि रहेकाले यी दुई सञ्जाल बन्द गर्दा सरकारलाई नै अभर पर्नेछ ।

राप्रपा कार्यालयमा शिक्षक महासंघको धर्ना 

निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार भएका छन : ऊर्जामन्त्रीका 

सातै प्रदेशमा अटिजम स्कुल आवश्यक : स्वास्थ्यमन्त्री पौडेल 

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

विद्यार्थीमैत्री विधेयक बनाउन एमालेलाई ध्यानाकर्षण

सङ्घीयताको सफल कार्यान्वयन भएन : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केन्द्रीकृत मानसिकता नै सङ्घीयताको सफल कार्यान्वयनको मुख्य चुनौती भएको बताएका छन्।

पोखरा विश्वविद्यालयद्वारा बुधबार आयोजित १० वर्षको सङ्घीय यात्रा, अभ्यास र उपलब्धि विषयक (प्रादेशिक सरकारको दृष्टिकोणमा सङ्घीयताको कार्यान्वयन) कार्यशालाको उद्‌घाटन गर्दै उनले संविधानमा लेखिएका अधिकारका सन्दर्भमा आवश्यक कानुन नबन्नु, गर्नुपर्ने कामको पहिचान नहुनु आदिले अपेक्षित कामहरू गर्न नसकिएको बताए ।

सङ्घ सरकारबाट बन्नुपर्ने कानुन नहुँदा प्रदेश सरकारले सीमित स्रोत साधनका बीच नागरिकका असीमित आवश्यकता पूरा गर्न सरकारलाई चुनौती थपिएको उल्लेख गर्दै उनले अहिलेको अवस्थामा सङ्घीयता कार्यान्वयन झनै जटिल बन्दै गइरहेको बताए।

सङ्घीयताका कारण जनता सरकारको नजिक पुगेको बताउँदै मुख्यमन्त्री पाण्डेले अपेक्षा बढी र सीमित साधन स्रोतबीचको अपेक्षालाई चाहेअनुसार सम्बोधन गर्न नसकिएको बताए। गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले प्रदेशमा सङ्घीयतापश्चात् धेरै कुरामा सकारात्मक परिवर्तन आएको बताए।

विद्यालय समायोजनलाई लिएर दुई दिनदेखि वडा कार्यालय तालाबन्दी

जनमत पार्टीको राष्ट्रिय परिषद् समन्वय बैठक भदौ अन्तिममा

भरूवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

चौताराका किसान किबीखेतीमा आकर्षित

मुस्ताङ कारागार : एउटै भवनमा कैदीबन्दी र सुरक्षाकर्मी

प्रचारप्रसारको अभावमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ओझेलमा

महोत्तरीमा हालसम्म पनि रोपाइँ हुँदै

‘स्याफ्रु–रसुवागढी सडकखण्ड सञ्चालन गर्न अनुरोध’

बेइजिङमा पुटिन र किमबीच भेटवार्ता

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–उनले चीनको राजधानी बेइजिङमा भेटवार्ता गरेका छन्।दोस्रो विश्वयुद्धको अन्त्यको ८०औँ वार्षिकोत्सवका अवसरमा चिनियाँ राजधानीको मुटुमै आयोजना गरिएको भव्य सैन्य परेडमा सहभागिता जनाएपछि दुवै नेताले दियाओयुताई राज्य अतिथिगृहमा औपचारिक भेट गरेका हुन् ।

क्रेमलिनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पुटिन र किम एउटै कारमा औपचारिक स्वागतदेखि वार्तास्थलसम्म सँगै पुगेको उल्लेख गरेको छ ।

बैठक सुरु हुँदा पत्रकारहरूलाई सम्बोधन गर्दै पुटिनले युक्रेनसँगको युद्धमा रुसी सेनासँगै लडेका उत्तर कोरियाली सैनिकहरूको साहस र वीरताको प्रशंसा गरे ।

दक्षिण कोरियाको अनुमानअनुसार, गत वर्षदेखि उत्तर कोरियाले करिब १५ हजार सैनिक रुस पठाइसकेको छ । यससँगै उसले ब्यालेस्टिक मिसाइल र तोपखानासहित ठूलो मात्रामा सैन्य उपकरण पनि उपलब्ध गराएको छ, जसले युक्रेनमा पुटिनको तीन वर्ष लामो आक्रमणलाई थप बल प्रदान गरेको छ ।

इन्डोनेसियामा विरोध प्रदर्शनका क्रममा १० जनाको मृत्यु, सयौँ घाइते

रूसी ड्रोन आक्रमणले युक्रेनमा हजारौँ घरमा बिजुली कटौती

सुडानको डारफरमा भीषण पहिरो : हजारभन्दा बढीको मृत्यु, १०० शव भेटिए

बेइजिङमा चिनियाँ भिक्ट्री परेड (फोटो फिचर)

चीनले देखायो अमेरिकासम्म हान्न सक्ने मिसाइल : ‘भिक्ट्री डे’ परेडमा माओजस्तै पोशाकमा सजिएर निस्किए राष्ट्रपति सी

पाकिस्तानको क्वेटामा बम विस्फोट, १३ जनाको मृत्यु, ३१ घाइते

किमकी छोरी पहिलो पटक अन्तर्राष्ट्रिय मञ्चमा, उत्तराधिकारी बनाउने अड्कल झन् बलियो

पुटिनसँग किमले भने : रूसलाई सघाउनु हामी दाजुभाइको कर्तव्य हो

ट्रम्पले सीलाई भने- चीनलाई स्वतन्त्रता दिलाउन हामीले लगाएको गुण नभुल्नू




























प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ८ : ०३ बजे

शान्ति सम्झौता नभए युक्रेनमा युद्ध जारी राख्ने पुटिनको चेतावनी

बेइजिङ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार चीनको भ्रमण पूरा

कतारमा मृत्यु भएका मनोज बरामको शव ल्याइदिन आग्रह

गोरखा – कतारमा मृत्यु भएका यहाँको सिरानचोक गाउँपालिका–५ छोप्राक कटहरबारीका

शैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्नेमा जोड

तनहुँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले

नेपाल नागरिकता विधेयकमा आमाको पनि बंश कायम गरिएको छः गृहमन्त्री लेखक

काठमाडौं – गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकले

कमला पुल निर्माणमा ढिलासुस्ती नगर्न ध्यानाकर्षण

सिरहा – सिरहा र धनुषा जोड्ने कमला नदीमाथिको हुलाकी सडकअन्तर्गतको