प्रधानमन्त्रीले भने- खेलकुद क्षेत्रमा कसैले पनि राजनीति नगर्नुस्
बिहीबार ललितपुरमा राष्ट्रिय खेलकुद परिषद्ले अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटोमा निर्माण गरेको नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स ल्याबको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारमा राजनीतिक दलका नेताहरूको प्रतिनिधि हुने भए पनि खेलकुद क्षेत्रमा भने कसैले पनि राजनीति गर्न नहुने बताएका हुन् । खेल क्षेत्रमा आएका व्यक्तिहरूले राजनीति गर्न नभई खेल क्षेत्रको विकास गर्न ध्यान दिनुपर्ने उनले बताए ।

प्रधानमन्त्री ओलीले नेपाल प्रिमियर लिगको तयारी गर्न समेत निर्देशन दिए । नेपाल प्रिमियर लिग राष्ट्रको गौरवको विषय भएकाले यसलाई अघि बढाउन खेलकुद मन्त्रालय, राखेप र क्यान सबैको ध्यान जानुपर्ने उनले बताए । त्यस्तै प्रधानमन्त्री ओलीले राष्ट्रिय खेलकुद पटक–पटक स्थगित गरिनु लज्जाको विषय भएको भन्दै अव २०८२ मंसिरमा जसरी पनि राष्ट्रिय खेलकुद आयोजना गर्न निर्देशन दिए ।
उनले भक्तपुर र झापामा ५० हजार दर्शक अट्ने रंगशाला बनाइने र कीर्तिपुर रंगशालाको पनि विभिन्न फेजमा विस्तार गर्ने जिकिर गरे । प्रधानमन्त्री ओलीले वर्तमान सरकार खेल क्षेत्रको विकासका लागि गम्भीर रहेकाले आगामी वर्षका लागि यस क्षेत्रको बजेट दोब्बर बनाइएको बताए ।
महाधिवेशनले पास गरेका कुराको विरोध गर्दै हिँड्नु संगठनात्मक अराजकता : शंकर पोखरेल
एनपीएल दोस्रो संस्करण तयारी अघि बढाउन राखेपलाई प्रधानमन्त्रीको आग्रह
प्राकृतिक प्रकोप न्यूनीकरणमा चीनसँग सहकार्य अपरिहार्य : ऊर्जामन्त्री खड्का
किसानलाई सहजरूपमा रासायनिक मल उपलब्ध गराउन सरकारलाई निर्देशन
राष्ट्रिय महाधिवेशनले पारित गरेको विषयमा प्रश्न उठाउनु सङ्गठनात्मक अराजकता : महासचिव पोखरेल
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेसलिष्ट पारित
अझै पनि ९१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ : कृषिमन्त्री
शेखर समूहको बैठक : कारबाहीमा परेका विष्णुदेखि मन्त्रीसमेत सहभागी भए
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहका नेताहरूको बैठक बिहीबार बसेको छ । पार्टी संस्थापन पक्षले गरेको अनुशासनको कारबाही प्रतिशोधपूर्ण भएको निष्कर्ष बैठकले निकालेको छ ।

कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बिहीबार बिहान बसेको बैठकले बैठकले आनन्दप्रसाद ढुङ्गाना संयोजक रहेको केन्द्रीय अनुशासन समितिले गरेको कारबाहीको राजनीतिक प्रतिरोध गर्ने निर्णय गरेको छ ।
यो बैठकमा कांग्रेसबाट निकालिएका खोटाङ जिल्ला सभापति विष्णुकुमार राई, खेलकुद मन्त्री तेजुलाल चौधरी, नेता गुरु घिमिरे, बलबहादुर केसी पनि सहभागी थिए ।
कांग्रेस नेताहरूमाथिको कारबाही अवैधानिक र प्रतिशोधपूर्ण : कोइराला समूह
सबै संघीय अस्पतालले मेडिकल उपकरणको अडिट अनिवार्य गर्नुपर्ने
विद्यालय भवन बनाउँदा घुस खाएको आरोपमा दुई जिसिअसहित नौ विरुद्ध भ्रष्टाचार मुद्दा
आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐनको परिमार्जन गरी कार्यान्वयन गर्न सरकारलाई निर्देशन
कांग्रेस नेता कोइराला समूहको बैठक बस्दै, पार्टीको अनुशासन कारबाहीबारे छलफल हुने
वातावरणीय असन्तुलन सबैका लागि चिन्ताको विषय हो : मुख्यमन्त्री सिंह
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वातावरणीय असन्तुलन सबैका लागि चिन्ताको विषय भएको बताएका छन्।
राष्ट्रपति चुरे तराइ मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन एकाइ जनकपुरधामद्वारा आज लालगढ़मा आयोजित प्रदेशस्तरीय स्रोत परिचालन समिति तथा प्रदेश समन्वय समितिको संयुक्त बैठक उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले पछिल्लो समय खोलाको सतह बढ्दै जानु खतरापूर्ण रहेको बताए ।

मौसमको प्रतिकूलता र वातावरणीय असन्तुलनले प्राकृतिक प्रकोप बढ्ने खतरा रहेको बताउँदै उनले चुरे संरक्षणमा तीनै तहका सरकारको साझा प्रयासको आवश्यकता औँल्याए । चुरेको मरुभूमिकरण रोक्न नदीजन्य पदार्थको वातावरणमैत्री उत्खनन गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री सिंहले वातावरणमैत्री उत्खननबाट प्राप्त नदीजन्य पदार्थ बिक्री गरी आम्दानी वृद्धि गर्नेतर्फ अग्रसर हुनुपर्ने बताए।
लम्पी स्किनबाट झापामा १० हजार पशु सङ्क्रमित
श्रमिकको मागमा सरकार गम्भीर छ : मन्त्री राई
आफ्नो गाउँ आफैँ बनाउँदै सामुदायिक वन
भरतपुरमा अब नमस्ते चोकदेखि मेयर चोकसम्म रात्रीकालीन बजार
छुआमाखोला बाढीले क्षतिग्रस्त कुलो र सडक मर्मत सुरू
बालेनले बोलाए कार्यपालिकाको बैठक
रविको पक्षमा हस्ताक्षर गर्न रास्वपा कार्यालयमा मनिषा
अभिनेत्री मनिषा कोइराला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको न्यायका लागि भन्दै चलाइएको अभियानमा हस्ताक्षर गर्न वनस्थली पुगेकी छन् ।

मनिषाले वनस्थलीस्थित रास्वपा कार्यालयमै पुगेर हस्ताक्षर गरेकी हुन् । हस्ताक्षरपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले राज्यबाट रविमाथि अन्याय र दुर्व्यवहार भइरहेको बताइन् ।
राजधानीमा श्रमिकको र्याली (तस्बिरहरू)
पहिरोमा बेपत्ता एक बालकको शव भेटियो
कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु
स्रोत नखुलेको रकमसहित एक जना पक्राउ
आगलागीमा परेर एक महिलाको मृत्यु
बाढी र पहिरोले क्षतविक्षत रसुवागढी-स्याफ्रुबेँसी सडक (तस्बिरहरू)
बन्दीपुरमा ‘आफ्नो गाउँ, रमाइलो बनाउँ’ अभियान
जाऊँ है हेर्न चित्लाङको भेडाफार्म (तस्बिरहरू)
गाजामा इजरायली हमला, २३ जनाको मृत्यु
गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा आठ बालबालिका सहित २३ जनाको मृत्यु भएको बताएको छ ।
गाजामा शासन गर्ने हमासले कतारमा युद्धविराम वार्ताको एक हिस्साका रूपमा १० इजरायली बन्धकलाई रिहा गर्न इच्छुक रहेको घोषणा गरेको केही घण्टापछि आक्रमणको शृङ्खला आएको हो ।

एजेन्सीले बुधबार गाजामा २६, मङ्गलबार २९ र सोमबार १२ जनाको मृत्यु भएको बताएको छ । एजेन्सीका अधिकारी मोहम्मद अल–मुगैरले मध्य र दक्षिणी गाजामा बम विस्फोटको पछिल्लो लहर आएको र सबैभन्दा घातक देइर अल–बलाहमा १२ जनाको मृत्यु भएको बताए। मृतकमध्ये आठ बालबालिका र दुई महिला थिए । नुसिरात शिविरमा छुट्टै आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने मध्य गाजाको बुरेज शिविरमा चार जनाको ज्यान गएको छ ।
ब्रिक्स शिखर सम्मेलनमा सहभागी भई प्रधानमन्त्री मोदी स्वदेश फिर्ता
पाकिस्तानमा भारी वर्षा, ११ जनाको मृत्यु
श्रीलंकासहित सात देशमा ट्रम्पले लगाए अतिरिक्त कर
इजरायली सेना गाजामा रहेसम्म युद्धविराम असम्भव : हमास
हुती विद्रोहीले लाल सागरमा डुबाइदिए एउटा जहाज, चालक दलका सदस्यको अपहरण
इन्धन अभावले गाजाका अस्पतालमा समस्या : एम्बुलेन्स चल्नसमेत कठिन
प्रतिक्रिया