काठमाडौं– आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार एक साताका मुख्य घटनालाई समेटेर साप्ताहिक ब्रिफिङ पस्किने गरेको छ ।
सभामुख र राष्ट्रियसभा अध्यक्षले भने- अहिलेकै संवैधानिक प्रक्रियाबाट निकास खोजौँ
संघीय संसद्ले मंगलबार र बुधबार जेन-जी युवाद्वारा आयोजित आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ।

संसद् भवन सिंहदरबारबाट वक्तव्य जारी गर्दै राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहाल र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली दिएका छन् ।
संसद्ले आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन राज्यका सम्बन्धित संयन्त्रलाई आग्रह गरेको छ।
‘जेनजी पुस्ता’को माग संवैधानिक रूपमा पूरा गर्नुपर्छ : वरिष्ठ उपाध्यक्ष पाण्डे
प्रधानमन्त्रीमा सुशीला कार्कीलाई बाबुरामको समर्थन
रविसहितका कैदीहरूलाई नख्खु कारागारले भन्यो- फरार भएका सबैले आत्मसमर्पण गर्नू
रविको फोटोसहित सडकको पर्खालमा टाँसियो- नख्खुबाट कैदी भागेकाे सूचना
जलाउन नभ्याएको यो भवनमा गरिनेछ प्रधानमन्त्रीको स्वागत (तस्बिरहरू)
गृह मन्त्रालयको बन्दै गरेको नयाँ भवनमा अन्तरिम सरकारका प्रधानमन्त्रीको लागि कार्यकक्ष तयार गरिएको छ ।
नयाँ सरकार गठनको तयारीसँगै अब बन्ने प्रधानमन्त्रीको कार्यकक्षको व्यवस्थापन सुरू गरिएको हो ।

जेन-जीको आन्दोलनका क्रममा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जलेर खरानी भएपछि नयाँ कार्यालयको व्यवस्थापन सुरू गरिएको हो ।
हालका लागि सिंहदरबारभित्रै निर्माणको अन्तिम चरणमा पुगेको नयाँ गृह मन्त्रालयको भवनलाई नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका रुपमा व्यवस्थापन गर्न लागिएको छ ।
आन्दोलनमा घुसपैठ गरी तोडफोड गर्नेलाई कडा कारबाही गर्न आग्रह
जेन-जी आन्दोलनमा ज्यान गुमाएका प्रहरीको पशुपतिमा अन्त्येष्टि
जेन-जी आन्दोलनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो, क्षतिको विवरण संकलन गरिँदै
६ पूर्वप्रधानमन्त्रीलाई राजनीतिबाट अवकाश गराउने प्रयास
प्रहरीले भन्यो : जेन-जीका नाममा लुटपाट र आगजनी गर्नेको तस्बिर, भिडियो पठाइदिनुस्
नेपाल प्रहरीले यही मंगलबार र बुधबार जेन-जीका नाममा भएको आन्दोलनका क्रममा संघीय राजधानी काठमाडौंसहित देशभर भएका आगजनी र लुटपाटमा संलग्नको तस्बिर-भिडियो तथा सामाजिक सञ्जालका लिङ्क पठाइदिन आग्रह गरेको छ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै सर्वसाधारणलाई यस्तो आह्वान गरेको हो । ‘भिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास फैल्याउने किसिमका अन्य विविध घटनासँग सम्बन्धित तस्बिर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्क तपाइहरूसँग छन् भने कृपया हामीलाई पठाउनुहोला’, प्रहरी प्रधान कार्यालयले भनेको छ।
धरानको भाटभटेनीमा भेटियो खरानी भएको शव
‘वामपन्थी दलप्रति आस्थावान् सबैजना एक ठाउँ उभिने सङ्कल्प गरौँ’
जेन-जी आन्दोलनमा गण्डकी प्रदेशभर १ सय ४३ वटा निजी तथा सरकारी संरचना क्षतिग्रस्त
जेन-जी आन्दोलनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो, क्षतिको विवरण संकलन गरिँदै
पाँच दिनदेखि शवको पखाईमा परिवार
‘जेनजी’ आन्दोलन : काभ्रेमा १८ सरकारी तथा निजी संरचनामा क्षति
सेन्ट्रल जेलबाट भागेका विदेशीले गेस्ट हाउसबाट हामफाले
कहाँ गए त ओली ?
सिंहदरबार छोडेका प्रधानमन्त्री केपी शर्मा ओली कहाँ गए भन्ने कसैलाई जानकारी छैन।

तीनवटै सुरक्षा निकायले उनी कहाँ गए भन्नेबारे जानकारी दिएको छैन। उनलाई अज्ञात स्थलतर्फ लगेर सुरक्षा दिइएको छ ।
जेन-जीको आक्रमणले तहसनहस देउवा निवास (तस्बिरहरू)
राष्ट्रपति निवासमा पनि प्रवेश गरे प्रदर्शनकारी
देउवासँगै पत्नी आरजु रक्ताम्य हुने गरी कुटिइन्
प्रम निवास बालुवाटार छिरे प्रदर्शनकारी
मधेश प्रदेशका दुई मन्त्रालयमा आगजनी
झापाको बिर्तामोड र दमकमा पुनः निषेधाज्ञा
कांग्रेस सांसद राजेन्द्र बजगाईंले दिए राजीनामा
शान्तिपूर्ण निकासका लागि जेनजीलाई प्रचण्डको १० बुँदे अपिल
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी पुस्तालाई शान्तिपूर्ण निकासका लागि अपिल गरेका छन् । जेनजीको दुई दिनको आन्दोलनमा केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि प्रचण्डले यस्तो आह्वान गरेका हुन् ।
प्रचण्डको अपिलमा भनिएको छ, ‘प्रतिकूल अवस्थामा पनि भविष्यप्रति आशावादी हुन र विचलित नभई संविधानको रक्षा र लोकतन्त्रका पक्षमा दृढतापूर्वक उभिन आग्रह गर्दै सबै पक्षलाई संयमता, उच्च सुझबुझ, व्यापक संवाद र शान्तिपूर्णरुपमा निकासका पक्षमा लाग्न आव्हान गर्दछु।’

प्रचण्डले प्रदर्शनकाक्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको स्वास्थ्यलाभको कामना गरेका छन् ।
उनले भनेका छन्, ‘समुन्नत लोकतन्त्रको सपना सांचेर सुशासनका पक्षमा जेनजी पुस्ताले आव्हान गरेको आन्दोलनमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण युवामा भावपूर्ण श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो संवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’
अब राष्ट्रिय सहमतिको सरकार र संविधान संशोधन : प्रदीप पौडेल
संविधानअनुसार जेन–जीको सरकार बनोस्, हामी पछाडि बस्न तयार छौँ : गगन थापा
जेन-जीको बलमा सत्ताबाट बाहिरिएको एमालेले भन्यो : तोडफोड, आगजनी र हिंसाले मुलुक दशकौँ पछाडि धकेलियो
जेन-जीलाई रास्वपा सांसद खनालको आग्रह : निषेधको राजनीतिको भ्रममा नपरौँ
अनेरास्ववियु छाडेका सुजनले दुई दिनमै फेरे कुरा, अब एमालेमै डटेर सक्रिय हुने घोषणा
पूर्वराष्ट्रपति भण्डारीको आह्वान : संवैधानिक दायरामै रहेर समाधान खोज्दै नयाँ सरकार बनाऊँ
यस्ता छन् राजकिशोरले अघि सारेका संकट समाधानका चार विकल्प
सुहाङले भने- १९ जनाको हत्या र जेन–जीका नाममा भएको विध्वंशको न्यायिक छानबिन हुनुपर्छ
इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले जेन-जी आन्दोलनलाई पुनः संयमित र संगठित ढंगले अघि बढाउन अपिल गरेका छन्।
उनले सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध उठेका युवाहरूले देखाएको साहस र संकल्प ऐतिहासिक भएको बताए। तर त्यसै क्रममा भएको दमनलाई अत्यन्तै गलत भन्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन्।

नेम्बाङले भने, ‘सुन्दर सपना बोकेर सडकमा आएका साथीहरूले जीवन गुमाउनु दुर्भाग्यपूर्ण अवस्था हो। यो हदसम्मको विवेकहीनताको कारण खोजिनै पर्छ।’
उनले २४ भदौमा देखिएका तोडफोड, लुटपाट र आगजनीका घटनालाई भने ‘जेन–जी’ पुस्ताले गरेको नभई आन्दोलनलाई बदनाम गर्ने नियतले गरिएको बताएका छन्।
अन्तरिम सरकारको नेतृत्व दिने भए तयार छु : महावीर पुन
राष्ट्रपति पौडेलको अपिल : संवैधानिक दायराबाटै निकास निकालौँ
महेश बस्नेतले भने- हामी सम्पत्ति जलेको सहुँला देशले हार्नु हुन्न
चार दलका युवा संगठनले भने- प्रगतिशील परिवर्तनको संरक्षण गरेर आगामी यात्रा तय गरिनुपर्छ
असली जेनजीको नेतृत्व फेला पर्न सकेन, दाबी गर्ने थपिँदै गए
भागेका कैदीलाई सम्पर्कमा आउन प्रहरीले गर्यो अनुरोध
राष्ट्रपति पौडेललाई सार्वजनिक गर्न सेनासँग रामकुमारीको माग
नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले नेपाली सेनासँग राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक गर्न माग गरेकी छन् ।

बिहीबार एक्स (ट्विटर) पोस्टमार्फत् उनले राष्ट्रपति पौडेललाई सार्वजनिक गर्न माग गरेकी हुन् । नेतृ झाँक्रीले पूर्व प्रधानमन्त्रीहरूलाई सक्रिय राजनीतिबाट बिदा लिन सुझाव दिँदै राजनीतिक पार्टीहरूको व्यापक पुनर्गठनको प्रस्ताव पनि गरेकी छन् ।
उनले जेन–जीका भ्रष्टाचार नियन्त्रणलगायतका उचित माग पूरा गरेर सबै समस्याको समाधान विद्यमान संविधानबाटै खोजिनु पर्ने पनि उल्लेख गरेकी छन् ।
विद्यार्थीले गरे कर्फ्यूको अवज्ञा, त्रिचन्द्र अगाडि संयुक्त प्रदर्शन
पर्साका बालसुधारगृहबाट भागेका ६७ बालबिज्याइकर्ता फरार
‘संकट समाधानको नेतृत्व राष्ट्रपतिले गर्नुपर्छ’
एमाले विधान महाधिवेशन : अध्यक्ष ओली, महासचिव पोखरेल र उपाध्यक्ष पौडेलको प्रतिवेदन सर्वसम्मतिले पास
नेकपा एमालेको दोस्रो राष्ट्रिय विधान महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीकोसहित तीनवटै प्रतिवेदन पास भएको छ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नाराका साथ शनिबार सुरू भएको महाधिवेशनमा तीनवटै प्रतिवेदनमाथि शनिबार दिनभर छलफलपछि आइतबार अपरान्ह सर्वसम्मतिले पास भएका हुन् ।

प्रतिवेदनमाथि छलफलका लागि १० वटा समूह बनाइएको थियो । जसमा सात भौगोलिक प्रदेश, उपत्यका विशेष, जनसङ्गठन र सम्पर्क समन्वय र प्रवास तथा केन्द्रीय निकाय एवं आयोजक समूह थियो ।
विधान महाधिवेशनमा शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
बालेनसँग आक्रोशित हर्क : संकट पर्दा लुकेर मैदानमा नउत्रिएको आरोप
संवाद र सहमतिबाट मात्रै देशलाई अगाडि लैजान सकिन्छ : विद्यार्थी नेताहरू
जंगीअड्डामा वार्ता चल्दै गर्दा गेटमा जेनजीको आक्रोश : हामीलाई पनि भित्र जान दिइयोस्
जंगीअड्डा भद्रकाली पुगेका केही जेन-जी युवाहरूले आफूलाई पनि वार्तामा सहभागी गराउन आग्रह गरेका छन् ।
उनीहरूले केहीले मिलेर छानेको नेतृत्व आफूलाई सर्वमान्य नहुने भन्दै भित्र जान दिन नेपाली सेनालाई आगह गरेका छन् । सेनाले उनीहरूलाई आफ्नो लिडर तोकेर आउन आग्रह गरिरहेको छ।

जंगीअड्डा भद्रकालीमा अहिले पूर्वप्रधानन्यायधीश सुशीला कार्की, उनका दर्गा सुवदी,मेडिकल व्यवसायी दुर्गा प्रसाईं र केही जेनजी युवा प्रधानसेनापति अशोक सिग्देलसँग वार्तामा बसेका छन् ।
माओवादीले राख्यो पार्टी कार्यालयमा झण्डा
दुर्गा प्रसाईँ जंगी अड्डामा छिरेकोप्रति केही जेनजीको आपत्ति
गभर्नर पौडलको भावुक स्टाटस : विदेशमा काम गरेर बनाएको घर जलेपछि हामी शरणार्थी भयौँ
राष्ट्रपति पौडेललाई सार्वजनिक गर्न माग गर्दै नेविसंघको प्रदर्शन
पूर्व महान्यायाधिवक्ता संग्रौलाकाे प्रश्न– ‘के संविधान खारेज गर्नु उचित हुन्छ ?’
यस्तो छ सिंहदरबारको अवस्था
जेन्जी आन्दोलनको चौथो दिन बिहीबार प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार स्थित विभिन्न मन्त्रालयहरूको अवस्था नाजुक रहेको छ ।

अधिकांश मन्त्रालय जलेको र त्यहाँ रहेको गाडीहरू पनि जलेका छन् । विशेषगरी काङ्ग्रेस एमालेले नेतृत्व गरेका मन्त्रालयहरूमा ठूलो क्षति भएको छ ।
यस्तो छ सिंहदरबारको अवस्था (तस्बिरहरू)
राष्ट्रपति खोज्दै सडकमा उत्रिए तरूण (तस्बिरहरू)
राष्ट्रपतिको निजी निवास बिहीबार यस्तो देखियो (तस्बिरहरू)
जलिसकेको देउवाको घरमा सर्वसाधारण, केही भेटाउने आशमा खरानी पन्छाउँदै (तस्बिरहरू)
जंगीअड्डा अगाडि जेन-जीको नाराबाजी, माइकिङ गर्दै सेना (तस्बिरहरू)
‘लोकतन्त्रका लागि खतरा’ : ट्रम्पका सहयोगी चार्ली कर्कको हत्या प्रकरणमा कसले के भने ?
अमेरिकी दक्षिणपन्थी कार्यकर्ता तथा राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी चार्ली कर्कको राजनीतिक हत्यापछि विश्व नेताहरूले राजनीतिक रूपमा प्रेरित हिंसाको खतराबारे चेतावनी दिएका छन् ।
केवल ३१ वर्षको उमेरमा रूढीवादी राजनीतिमा उदाउँदो शक्तिशाली स्वर बनेका कर्कलाई युटाको युटाह भ्याली विश्वविद्यालयमा एक कार्यक्रममा बोल्दै गर्दा गोली प्रहार गरिएको थियो ।

“यो अमेरिकाका लागि कालो क्षण हो”, राष्ट्रपति डोनाल्ड ट्रम्पले हत्या भएको केही घण्टापछि ट्रुथ सोसलमार्फत जारी भिडियो सन्देशमा भने । उनले कर्कलाई ‘सत्यका लागि शहीद’ को उपाधि दिँदै भने, “मेरो प्रशासनले यस अत्याचारमा संलग्न हुने हरेकलाई पत्ता लगाउनेछ, जसमा यसलाई कोष वा समर्थन गर्ने संस्थाहरू पनि पर्नेछन् ।”
क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले एक्समा लेखेका छन्, “चार्ली किर्कको हत्याबाट म स्तब्ध छु । राजनीतिक हिंसाको कुनै औचित्य छैन । यसको हरेक कार्यले लोकतन्त्रलाई गम्भीर खतरा पुर्याउँछ ।”
आक्रमणअघि गाजा छोड्न इजरायली सेनाको निर्देशन
इजरायली सेनाले गाजा सहरका बासिन्दाहरूलाई शनिबार योजनाबद्ध आक्रमणअघि यस क्षेत्र छोड्न निर्देशन दिएको छ । सेनाले आक्रमणका लागि कुनै समय–सीमा नतोकी आक्रमणको घोषणा गरेको जनाइएको छ । घोषणालाई आत्मसात गरी मानवीय क्षेत्रबाट चाँडै सर्न सैन्य प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जालमार्फत् निर्देशन दिएका हुन् ।
गाजाको दक्षिणी तटमा रहेको अल–मवासीमा खाना, शिविर, औषधि र चिकित्सा उपकरणको निरन्तर आपूर्तिको साथै घुम्ती अस्पताल, पानी लगायतका सुविधाहरु भएको सेनाले बताएको छ ।

अल–मवासीमा संयुक्त राष्ट्र र अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहकार्यमा राहत सहयोगका प्रयासहरू निरन्तर जारी रहनेसमेत जनाइएको छ । सुरुवाती समयमा इजरायलले अल–मवासीलाई सुरक्षित क्षेत्र घोषणा गरेको थियो, तर नागरिकहरूबिच लुकेका हमास लडाकुहरूलाई लक्षित गरेको भन्दै हाल त्यहाँ बारम्बार आक्रमण गरिरहेको छ ।
सिड्नीमा ‘सार्क’ को आक्रमणबाट एक व्यक्तिको मृत्यु
थाइल्याण्डका भावी प्रधानमन्त्रीद्वारा नयाँ चुनावी प्रतिबद्धता
चिनियाँ नियामक निकायका पूर्वप्रमुखलाई भ्रष्टाचारको अभियोग
अमेरिकासँगको सम्बन्ध सकारात्मक रहेको भारतका प्रधानमन्त्री मोदीको भनाइ
दक्षिण अफ्रिकामा हुने जी–२० शिखर सम्मेलनमा सहभागी नहुने ट्रम्पको घोषणा













प्रतिक्रिया