आजका समाचार : घुसकाण्डले मन्त्री गुप्ताको पद धरापमा, असार सकिनै लाग्दा आयो काठमाडौं महानगरको बजेट, एमालेमा बढ्दो दुई लाइन टकराव र अमेरिकासँग वार्ता गर्न इरान तयार | Khabarhub Khabarhub

आजका समाचार : घुसकाण्डले मन्त्री गुप्ताको पद धरापमा, असार सकिनै लाग्दा आयो काठमाडौं महानगरको बजेट, एमालेमा बढ्दो दुई लाइन टकराव र अमेरिकासँग वार्ता गर्न इरान तयार


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 6 मिनेट


762
Shares
  • change font
  • change font
  • change font

झापाबाट प्रधानमन्त्रीको घोषणा- ओलीबिनाको एमाले देख्ने चहाना पूरा हुँदैन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलले पार्टीभित्रको एकता मजबुत बनाएर संकल्पसहित लाग्न सके अरूले हराउन नसक्ने बताएका छन् ।

एमालेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई आइतबार दमकमा सम्बोधन गर्दै उनले लामो समय बसेर विभिन्न जिम्मेवारी र लाभको अवसर लिएका स्वार्थी नेताहरूले विगतमा विभाजन र पार्टी सिद्धयाउने षड्यन्त्र गरेको बताए ।

तर उक्त प्रयासविरुद्ध कार्यकर्ता र जनताले एमालेलाई बचाएर पुनः राष्ट्रिय शक्ति बनाएको उनले बताए ।

पछिललो समय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्किएको घोषणा गरिसकेको अवस्थामा प्रधानमन्त्रीसमेत रहेका उनले आफूबिनाको एमाले देख्न नचाहने प्रतिक्रियावादीले खेल्न थालेको बताए ।

ओलीले भने- एमालेबिनाको देश सम्भव छैन, माकुराको जालोमा भैँसी कहिल्यै पर्दैन

प्रधानमन्त्री गृहनगर दमक पुग्दा रास्वपाको हस्ताक्षर कार्यक्रममा प्रहरी हस्तक्षेप

प्रधानमन्त्रीले भने- स्पेनमा मान्छे छाडेर आयो भनेर झुट प्रचार गरियो

गृहमन्त्री लेखकद्वारा ट्राफिक सचेतना कक्षा शुभारम्भ

रसुवा बाढीबारे गृहमन्त्रीले भने- क्षति भएका संरचनाको छिटै पुन:निर्माण सुरु हुन्छ

सञ्चारमन्त्री गुरुङ स्वदेश फिर्ता

केन्द्रीय कमिटीले विधान महाधिवेशनमा ७० वर्षे उमेर हद हटाउने प्रस्ताव लैजान्छ : महासचिव पोखरेल  

शंकर पोखरेलविरुद्ध आक्रमक कर्ण थापा- अध्यक्ष ओलीलाई गुमराहमा राखेर आफैं मुखिया बन्न खोजेको आरोप

नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा पछिल्लो समय महासचिव शंकर पोखरेलविरुद्ध आक्रमक बनेका छन् ।

एमालेको राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीनिकट मानिने थापाले महासचिव पोखरेलको कार्यशैलीलाई लिएर आक्रमण अभिव्यक्ति दिइरहेका छन् ।

एमालेमा अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति भण्डारी नेतृत्वको दुई लाइन संघर्ष बढ्न थालेको चर्चाबीच आइतबार पार्टी केन्द्रीय कार्यालयमा विधान महाधिवेशनसम्बन्धी भेला आयोजना गरिएको थियो ।

एमालेको सचिवालयद्वारा आयोजित भनिएको उक्त भेलामा महासचिव पोखरेलले एकोहोरो भाषण गरेर कार्यक्रम सकेको भन्दै थापाले आपत्ति जनाएका हुन् ।

एमालेभित्र अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारी पक्षधरबीचको आन्तरिक लाइनको संघर्ष चुलिँदो अवस्थामा आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित विधान महाधिवेशनसम्बन्धी भेलाले थप विवाद निम्त्याएको हो ।

रुपन्देही क्षेत्र नं ३ को मतदाता नामावली अद्यावधिक गर्दै आयोग

धवल शमशेरको चुनौती : लिङ्देको हैकमवाद स्वीकार्दिनँ

नवराज सुवेदीको तर्क- राप्रपा छोड्छु भनेकै थिइनँ, लिङ्देन स्वेच्छाचारी हुन थाले

लौरो टेक्दै उजुरी लिएर निर्वाचन आयोग पुगे नवराज सुवेदी (तस्बिरहरू)

काठमाडौं महानगरको बजेट : प्राथमिकतामा पूर्वाधार र सामाजिक क्षेत्र

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।

उपप्रमुख सुनिता डङ्गोलले आइतबार महानगरको १७ औँ नगरसभा अधिवेशनको पहिलो बैठकमा बजेट प्रस्तुत गरिन् । बजेटमार्फत पूर्वाधार निर्माण, सामाजिक विकास, स्वरोजगार सिर्जना, सम्पदा संरक्षण र सफाइ तथा वातावरणीय सुधारलाई प्राथमिकता दिइएको छ ।

उपप्रमुख डङ्गोलले प्रस्तुत गरेको बजेटमा सबैभन्दा बढी १२ अर्ब ८० करोड रुपैयाँ कुल बजेटको ५१ प्रतिशत पूर्वाधार क्षेत्रमा विनियोजन गरिएको छ । सडक, ढल, सार्वजनिक भवन, खानेपानी र यातायात व्यवस्थापन जस्ता विषय बजेटको प्राथमिकतामा परेको छ ।

कुल बजेटको २० प्रतिशत अर्थात् ५ अर्ब २ करोड रुपैयाँ सामाजिक क्षेत्रमा विनियोजन गरिएको छ । सामाजिक क्षेत्र अन्तर्गत विद्यालय सुधार, स्वास्थ्य सेवा विस्तार, महिला र युवा लक्षित स्वरोजगार कार्यक्रम तथा ‘एक वडा, एक उद्यम’ जस्ता कार्यक्रम छन् ।

यस्तो छ १९ दिन ढिला गरी काठमाडौं महानगरले ल्याएको बजेट (पूर्णपाठ)

काठमाडौं महानगरको बजेट : प्राथमिकतामा पूर्वाधार र सामाजिक क्षेत्र

यस्ता छन् उपमेयर डंगोलले सार्वजनिक गरेको महानगरको बजेटका उद्धेश्य

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ७३ लाखको बजेट

काठमाडौं महानगरले २५ अर्ब बढीको बजेट ल्याउँदै, कार्यपालिकाबाट पारित

काठमाडौंको नगरसभामा प्रमुख प्रशासकीय अधिकृतको छटपटी (तस्बिरहरू)

बालेनले सुनाए काठमाडौंको १९ बुँदे नीति तथा कार्यक्रम

काठमाडौं महानगरको नगरसभा : आगामी वर्षको बजेट ल्याइँदै (लाइभ)

सुमनाको प्रश्न- मन्त्री गुप्ताको घुस काण्डमा भनिएका ‘बा’ को हुन् ?

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा जोडिएको अडिओ प्रकरणबारे छानबिन हुनुपर्ने माग गरेकी छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा उनले मन्त्री गुप्ता जोडिएको अडिओ प्रकरणको छानबिन हुनुपर्ने माग गरेकी हुन् ।

पूर्वशिक्षामन्त्री समेत रहेकी उनले दुई दिनअघि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ताले घुस डिल गरिरहेको अडिओ बाहिरिएको अवस्थामा सरकार चुप बस्न नसक्ने बाइन् ।

उक्त अडिओमा भूमिमन्त्रीको नाम पनि पटक–पटक लिइएको उनले बताइन् । ‘मन्त्रीको घुस काण्डमा भनिएका ‘बा’ को हुन् ?’, उनले प्रश्न गरिन् ।

मन्त्री गुप्ताको अडियो प्रकरण छानबिन गर्न रास्वपाको माग

जनताबीच गएर झुट बोल्ने मन्त्रीलाई कारबाही हुनुपर्छ :  ज्ञानेन्द्र शाही

प्रतिनिधिसभाबाट विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

निजामती विधेयकको त्रुटि छानबिन गर्न गठित समितिको संयोजक पदलाई सभापतिमा परिणत

मन्त्री गुप्ता जोडिएको ७८ लाख घुस प्रकरणमा विपक्षीले घेरे सरकारलाई

गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणको घुस प्रकरणमा मुछिएको घटना सेलाउन नपाउँदै गठबन्धन सरकारका अर्का मन्त्री पनि लाखौँ रुपैयाँको घुसमा लेनदेनमा जोडिएका छन् ।

भिजिट भिसामा जानेहरूबाट त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयबाट दैनिक ५० लाख रुपैयाँभन्दा उठाइने घुस गृहमन्त्रीको सचिवालयसम्म पुग्ने गरेको प्रकरणमा छानबिन चलिरहँदा अर्का मन्त्रीको घुस प्रकरण बाहिरिएको हो ।

दुई दिनअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता ७८ लाख रुपैयाँ घुस प्रकरणमा जोडिएको अडियो बाहिरिएको थियो । गुप्ता स्वयम्ले उक्त अडियो आफ्नो भएको स्वकारिसक्दा पनि सरकारले अहिलेसम्म कुनै कारबाही अघि बढाएको छैन ।

रसुवा बाढीपीडितको राहत, उद्धार र पुनः स्थापनामा सांसदको जोड

मन्त्री गुप्ता जोडिएको अडियो प्रकरणमा प्रधानमन्त्रीले छानबिन गर्नुपर्छ : योगेश भट्टराई

‘सरकारले एक वर्षमा जनअपेक्षा पूरा नगरे पनि केही राम्रा काम भए’

वर्तमान सरकारले आफ्नो औचित्य गुमाउँदै गइरहेको छ : शक्ति बस्नेत

आफ्ना हक अधिकार प्राप्तिका लागि उत्पीडनमा परेका समुदाय एक हुनुपर्छ : उपेन्द्र यादव 

बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान ! थुनिएको पानी खोल्नेसहित क्षतिको विवरण लिने काम सुरु

चिनियाँ पक्षले उपकरणको प्रयोग गरी ल्हेन्दे खोलामा आएको बाढीले थुनिएको केरूङ खोलाको पानी खोल्न सुरु गरेको छ ।

ल्हेन्दे खोलाको बाढीले केरूङतर्फबाट आएको खोलाको बहाव रोकिदिएपछि सीमापारी तिब्बततर्फ जमेको पानी उपकरणका सहायताले खोल्न सुरु गरेको हो ।

स्थानीय सीमासुरक्षा अधिकारीका अनुसार ल्हेन्दे र कुरुङ खोलाको दोभानमा ठूलाठूला ढुङ्गा, रुख तथा काठका मुढा थुप्रिएपछि चीनतर्फको सडकमा पानी जम्न गई ३० भन्दा बढी कन्टेनर डुबेका छन् ।

यही असार २३ गते केरूङबाट सामान लिई फर्केका ती कन्टेनर समय अभावका कारण नेपालतर्फ प्रवेश गर्न नपाएपछि तिब्बततर्फ नै थन्किएका ती कन्टेनर सोही दिन राति आएको बाढीका कारण डुकानमा परेका हुन् । स्थानीय केरुङ खोलामाथिको राजमार्गमा लामबद्ध राखिएका कन्टेनरसहित आसपासमा रहेका केही घरसमेत डुबानमा परेको सीमासुरक्षा अधिकारीहरूले जनाएका छन् ।

बीमा बोर्डले बिपी प्रतिष्ठानलाई दिएन ७४ करोड, प्रथम सेवाविन्दुबाटै बाहिरिएपछि धराने आन्दोलित

बैंककमा पनि मनाइयो २१२औँ भानु जयन्ती

जिल्ला अदालत काठमाडौंमा पाँच वर्षमा दोब्बर मुद्दा

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको भूमिकालाई प्रभावकारी बनाइनुपर्ने

नवराज सुवेदीले चैत ४ मा भनेका थिए- राजा ल्याउन लागेँ, आजैदेखि राप्रपाको साधारण सदस्यसमेत रहन्न

क्यान्सरको प्रकार थाहा पाउने ‘आईएचसी’ उपकरण सञ्चालनमा

क्यान्सरको महँगो औषधी निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय  

बालुवा, धुलोको आँधीले विश्वव्यापी ३३ करोड मानिसमा असर, वार्षिक ७० लाखको अकाल मृत्यु : संयुक्त राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) को हालैको एक प्रतिवेदनले जलवायु परिवर्तनले तीव्र बनाएको बालुवा र धुलोको आँधीले गम्भीर स्वास्थ्य र वातावरणीय समस्याहरू निम्त्याउँदै एक सय ५० देशका ३३ करोडभन्दा बढी मानिसलाई असर गरिरहेको खुलासा गरेको अल जजिराले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले शनिबार बालुवा र धुलोको आँधीसँग लड्ने अन्तर्राष्ट्रिय दिवस मनाउँदै सन् २०२५–२०३४ लाई बालुवा र धुलोको आँधीसँग लड्ने संयुक्त राष्ट्रसङ्घको दशकका रूपमा घोषणा गरेको छ ।

‘यी आँधीहरू हाम्रो समयको सबैभन्दा बेवास्ता गरिएका तर व्यापक पहुँच भएका विश्वव्यापी चुनौतीहरूमध्ये एक बन्दैछन् यी जलवायु परिवर्तन, भूमिको क्षरण र अस्थिर अभ्यासहरूद्वारा सञ्चालित छन्’, महासभाका अध्यक्ष फिलेमोन याङले भने ।

डब्लुएमओका महासचिव सेलेस्टे साउलोले यी आँधीहरूको प्रभाव दृश्यताका समस्याहरूभन्दा धेरै व्यापक भएको कुरामा जोड दिइन् । उनले यसले जनस्वास्थ्यलाई उल्लेखनीय रूपमा असर गरेको र कृषि, यातायात र सौर्य ऊर्जा जस्ता नवीकरणीय ऊर्जा स्रोतहरूमा बाधा पुर्‍याएको उल्लेख गरिन् ।

गुटखा खाने प्रहरी सेवाबाटै बर्खास्त हुन सक्ने

श्रीलङ्कामा जुनमा ६३ करोड ५० लाख डलर रेमिट्यान्स प्राप्त

अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजको व्यापारमा केन्द्रित चीन भ्रमण सुरु

एयर इन्डिया दुर्घटनामा ताजा फोरेन्सिक प्रमाणले भन्यो– ‘चालक दल’ जिम्मेवार

आप्रवासी बन्दी गृह निर्माणको तयारीमा अमेरिकी अधिकारी

थप आक्रमण नहुने ग्यारेन्टी पाएमा अमेरिकासँग आणविक वार्ता पुनः सुरु गर्ने : इरान

स्पेसएक्सले एक्सएआईमा दुई अर्ब अमेरिकी डलर लगानी गर्ने

गाजाको ८६ प्रतिशत भन्दा बढी क्षेत्र इजरायलको कब्जामा

मेक्सिको र युरोपेली देशको सामानमा ३० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ८ : ०६ बजे

उदयपुरमा सुत्केरीको बाटोमै ज्यान गयो

उदयपुर – त्रियुगा नगरपालिका–९ गैरुनकी एक सुत्केरीको अस्पतालमा प्रसूति गराउन

घोडाघोडीमा हरिहाँसको सङ्ख्या घट्यो

कैलाली – विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालमा हरिहाँसको सङ्ख्या

साइबर ब्यूरोमा उजुरी परेपछि खाँणले भने : मलाई पहिल्यै डर थियो

काठमाडौं – गायक रामजी खाँणले आफूविरुद्ध सामाजिक सञ्जालमा भइरहेको आलोचना

खाल्डोमा डुबेर बालकको मृत्यु

काठमाडौं । काठमाडौं कीर्तिपुर नगरपालिका–६ चोभारमा आज खाल्डोमा जमेको पानीमा

भानु जयन्तीको अवसरमा कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौं – विश्व शान्ति तथा एकीकृत परिवार संघले भानु जयन्तीको