साप्ताहिक ब्रिफिङ : ६ महिनामै चुनाव चाहन्छन् राष्ट्रपति, ओली १० दिनपछि सार्वजनिक, जेन–जी आन्दोलनमा २ हजार ७९ भवन जले, र अमेरिकी प्रतिबन्ध छल्दै रुस-भियतनाम गोप्य सम्झौता | Khabarhub Khabarhub

साप्ताहिक ब्रिफिङ : ६ महिनामै चुनाव चाहन्छन् राष्ट्रपति, ओली १० दिनपछि सार्वजनिक, जेन–जी आन्दोलनमा २ हजार ७९ भवन जले, र अमेरिकी प्रतिबन्ध छल्दै रुस-भियतनाम गोप्य सम्झौता


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 8 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने गरेको छ । एक सातामा मुख्य घटनामा ‘रि–भिजिट’ गरिएको यो सामग्री पाठकहरुका लागि उपयोगी हुन सक्छ ।

शीतल निवासबाट राष्ट्रपतिले भने- ६ महिनाभित्र चुनाव गरेर प्रतिनिधि सभा ल्याउनु पर्छ

राष्ट्रपति रामचन्द्र पौडेलले ६ महिनाभित्र प्रतिनिधिसभा ल्याउने चुनाव सम्पन्न गर्न आह्वान गरेका छन् ।

प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएपछि आमसहमतिले संकटबाट निकास दिएको पनि उनले बताए ।

संविधान दिवस (राष्ट्रिय दिवस) २०८२ का अवसरमा राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

यो घडीमा सबै राजनीतिक दल, मुलुकको प्रशासन तथा व्यवस्थापनमा आबद्ध निकाय बौद्धिक समुदाय र नागरिकलाई असहमति र द्वन्द्व छोडेर पूर्वाग्रहरहित भएर समन्वय र सहकार्यसाथ निर्वाचनको सफलताका लागि क्रियाशील हुन पनि उनले भनेका छन् ।

टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)

शीतल निवासको संविधान दिवसमा को-को सहभागी ? (तस्बिरहरू)

थला पर्‍यो यातायात विभाग : सेवाग्राही जलेको भवन हेर्छन्, निराश भएर फर्किन्छन्

जेन–जी आन्दोलनमा जलाइए देशभर २ हजार ७९ वटा आवासीय तथा व्यापारिक भवन

तीन ठूला दलमा बढ्दैछ नेतृत्वको परिवर्तनको माग

प्रचण्डको निष्कर्ष- कांग्रेस-एमालेको अहंकारले देशमा भयानक अवस्था आयो

पेरिसडाँडामा प्रचण्ड : सेनापतिसँग रातभर वार्ता गरेर राष्ट्रपति र संविधानलाई जोगाएँ

माफी माग्दै सुहाङले भने- यो अवस्था आउनुमा मेरो पनि अलिकति भूमिका रह्यो होला

रास्वपा सुधार्दै मध्यममार्गी राजनीतिक शक्ति बनाउन तोसिमाले सुझाइन् ४ उपाय

जलाइएका सामग्रीको विवरण सङ्कलन गर्न समिति गठन

गगनको प्रस्ताव : कांग्रेस अहिले घाइते छ, विशेष महाधिवेशन गरेर नेतृत्व फेरौँ

एमाले अध्यक्ष ओली १० दिनपछि सैनिक ब्यारेकबाट भक्तपुरको गुन्डु झरे

निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली १० दिनपछि सार्वजनिक भएका छन् ।

गत भदौ २३ र २४ गते भएको जेन-जीको आन्दोलनपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट सेनाको हेलिकप्टर चढेर सम्भवतस् शिवपुरी पुगेका ओली बिहीबार गुन्डु झरेका हुन् ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष ओलीका लागि गुन्डु क्षेत्रमा बसोबासको व्यवस्था गरिएको जानकारी खबरहबलाई दिएका छन् । ‘अध्यक्षज्यू गुन्डु क्षेत्रमा बस्ने गरी आउनु भएको छ। उनका लागि अस्थायी बसोबासको व्यवस्था भइसकेको छ’, उनले भने ।

उनलाई त्यहाँ एमालेका नेता-कार्यकर्ताहरूले स्वागत गरेका छन् । ओलीलाई एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको घर नजिकैको क्षेत्रमा बसोबासको व्यवस्था मिलाइएको छ।

च्यासलबाट एमालेको उद्घोष- चुनौतीको सामना गर्दै हामी फेरि उठ्नेछौँ

सिंहदरबार र अदालत जलाउनेलाई कांग्रेसले दियो आपराधिक र अराजकको संज्ञा

विष्णु रिजालको चिन्ता : आसनग्रहण गराउन युवा पनि भेटिँदैनन्, जेन–जी त परको कुरा

प्रचण्डको जिकिर- माओवादीले अधुरै छाडेका एजेन्डालाई जेन-जीहरूले बोकिदिए

फेरि कांग्रेस-कम्युनिस्ट हाबी भए जेन-जीको आन्दोलन व्यर्थ हुन्छ : कमल थापा

समयको माग र चुनौतीअनुसार कांग्रेस अगाडि बढ्नुपर्छ : नेता सिंह

‘वर्तमान सरकारको मुख्य कार्यभार तोकिएको मितिमा निष्पक्ष निर्वाचन’

जेन-जीलाई राष्ट्रपतिले भनेका थिए- बरू सहिद हुन तयार छु, संविधान तलमाथि हुने गरी निर्णय गर्दिनँ

राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन पेश

प्रधानमन्त्रीलाई मोदीको आश्वासन-नेपाली जनताको प्रगतिमा भारतको सधैँ साथ छ

गत भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनेयता दक्षिणी छिमेकी भारत निरन्तर संवादमा छ । शीतल निवासमा कार्कीले अन्तरिम सरकारको शपथ लिँदा भारतीय राजदूत नवीन श्रीवास्तवले त्यहीँ पुगेर बधाई दिए ।

त्यसको भोलिपल्ट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मणिपुर पुगेर प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै नेपाल-भारत सम्बन्धको लामो चर्चा गरे । त्यसपछि ३१ भदौमा सिंहदरबार छिरेर भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री कार्कीलाई बधाई दिए । त्यही दिन मोदी र कार्कीबीच हुने भनिएको टेलिफोन संवाद सम्भव भएन ।

जुन बिहीबार सम्भव भएको छ । मोदी कार्कीबीच भएको टेलिफोन संवादमा दुई देशबीचको सम्बन्ध बलियो बनाउन कुराकानी भएको दुवै पक्षको सचिवालय र नेपालस्थित भारतीय दूतावासले पनि जनाएको छ । प्रधानमन्त्री मोदीले कार्कीलाई बधाई दिँदै भारत सरकार र भारतीय जनताको तर्फबाट शुभकामना पनि दिएका छन् । मोदीले भदौ २३ र २४ गते नेपालमा भएका विरोध प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूप्रति समवेदना प्रकट गरे ।

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुने

‘निष्पक्ष निर्वाचन सम्पन्न गराउनु वर्तमान सरकारको मुख्य जिम्मेवारी’ 

मोदीले प्रधानमन्त्री कार्कीलाई भने- शान्ति र स्थिरताको प्रयासमा भारतको दृढ समर्थन छ

प्रधानमन्त्री बनेको सात दिनपछि चिनियाँ राजदूतले कार्कीलाई भेटेर दिए बधाई

मर्यादित र उच्च मनोबलका साथ व्यवसाय गर्ने वातावरणका लागि महासंघद्धारा गृहमन्त्रीलाई आग्रह   

विनियोजित बजेटबाट १२० अर्ब बढी रुपैयाँ निकालिने, निर्वाचन र पुनर्निर्माणमा खर्च गरिने

चिनियाँ र अमेरिकी राजदूतले एकैदिन भेटे प्रधानमन्त्री कार्कीलाई

चुनावका लागि दातृ निकायको मुख ताक्नु पर्दैन : अर्थमन्त्री

खण्डहर बनेको संसद् भवन पुगे तीन मन्त्री

जेन-जी आन्दोलनकारीका नाममा गत भदौ २४ गते जलाइएको नयाँ बानेश्वरस्थित संसद् भवन अवलोकनमा तीन जना मन्त्री पुगेका छन् । संसद् भवन निरीक्षणका लागि ऊर्जामन्त्री कुलमान घिसिङ, गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल र अर्थमन्त्री रामेश्वर खनाल पुगेका हुन् ।

उनीहरूले त्यहाँ पुगेको क्षतिको विवरण सुनेर पुनर्निर्माणको योजनाबारे कर्मचारी र सम्बन्धित अधिकारीहरूसँग संवाद गरेका हुन् ।

मन्त्री घिसिङद्वारा जलेका सवारिसाधन व्यवस्थापन गर्न निर्देशन

जनमत वरिष्ठ उपाध्यक्षसहितका नेताले मागे सीके राउतको राजीनामा

जेन-जी आन्दोलनमा राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट

फागुन २१ को निर्वाचनमा भाग लिने कांग्रेसको संकेत

भ्रष्टाचार र सरकारी बेथितिविरूद्ध जेन–जी पुस्ता सडकमा उत्रिएपछि उत्पन्न राजनीतिक संकट समाधानका लागि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ ९४०को उपयोग गर्दै पूर्वप्रधानन्याधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरे ।

जेन–जी आन्दोलनकारीकै मागअनुसार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त कार्कीले शुक्रबार ९फागुन २७० शपथ ग्रहणलगत्तै प्रतिनिधिसभा विघटनको सिफारिस राष्ट्रपतिसमक्ष पेश गरिन् ।

राष्ट्रपति पौडेलबाट शुक्रबार राति ११ बजेबाट लागू हुने गरी संसद् विघटन गर्दै नयाँ प्रतिनिधिसभाको निर्वाचनका लागि आगामी फागुन २१ गतेको मिति घोषणा भएको छ ।

शीतलनिवासले संविधानविपरित अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेर प्रतिनिधिसभा विघटन गर्दै निर्वाचनको मिति घोषणा गरेपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’ बैठक बस्यो ।

सातवटै प्रदेशका पार्टी सभापति, मुख्यमन्त्रीहरू र प्रदेश संसदीय दलका नेताहरूलाई आमन्त्रित रूपमा सहभागी गराइएको उक्त ‘भर्चुअल’को अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गरे ।

एमाले कार्यालय पुगेर शंकर पोखरेलले भने- सरकारलाई सघाउँछौँ, तोकिएकै समयमा निर्वाचन गराओस्

नाना, खाना, छाना गुमेको प्रहरी– ‘माओवादी युद्धमा पनि यस्तो ज्यादती भोगिएन’

जेन-जी आन्दोलनमा आगजनीबाट ध्वस्त भएको संसद् भवन हेर्न पुगे सभामुख
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जेन-जी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको संघीय संसद् भवनको निरीक्षण गरेका छन् ।

बिहीबार सभामुख घिमिरेका साथै उपसभामुख इन्दिरा राना, कांग्रेस र एमालेका नेताहरूले आगजनीबाट ध्वस्त भएको संघीय संसद् भवनको निरीक्षण गरेका हुन् । सभामुख घिमिरेले आगजनीबाट ध्वस्त भएको बैठक कक्षका साथै अन्य संरचनाको निरीक्षण गरे ।

निरीक्षणपछि सभामुख घिमिरेले आन्दोलनका नाममा भएको तोडफोड र आगजनीको घटना निकै दुखद भएको बताए । यस अवस्थाबाट उठेर ठिक ढंगले अगाडी जाने सबैको दायित्व भएको उनले बताए । सभामुख घिमिरेले संसद् विघटन नगरी यसैबाट समस्याको समाधान खोज्न सकेको भए राम्रो हुने प्रतिक्रिया दिए ।

राजेन्द्र लिङ्देनले भने- जेन-जी आन्दोलनमा दमन गर्नेलाई कडा कारबाही हुनुपर्छ

झलनाथकी श्रीमती रविलक्ष्मी चित्रकारको देब्रे हात काटियो

निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह

जनमतका वरिष्ठ उपाध्यक्षसहित छ जनाको सामूहिक राजीनामा

जेन-जी आन्दोलनमा घुसपैठ गरी ऐतिहासिक धरोहरमा आगजनी गर्ने काम भयो : कांग्रेस नेता सिंह

केही मिटर दूरीको सिंहदरबार जल्दा पनि किन रमिते बन्यो सेना ?

भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका कारण देशभरि ७४ जनाको मृत्यु भएको छ। मृत्यु हुने आन्दोलनकारी, कैदी, प्रहरी र अन्यसमेत छन्। कतिपय भाटभटेनीसहितका व्यापारिक प्रतिष्ठानमा आगो लगाउन जाँदा र लुट्ने क्रममा पनि मरेका छन् । जेन-जी आन्दोलनले देशमा मृत्युको शोक दौडिरहँदा महत्वपूर्ण निकायहरू ध्वस्त भएपछि अहिले दैनिक प्रशासन चलाउन मुस्किल परेको छ।

जेन-जी आन्दोलन सुरू भएकै दिन भदौ २३ गते गोली लागेर १९ जनाको मृत्यु भयो। यो मृत्युपछि जनाक्रोश बढ्दा २४ भदौमा सिंहदरबार, राष्ट्रपति कार्यालय, संघीय संसद, सर्वोच्च अदालत, अख्तियार मात्रै नभएर देशैभरि प्रहरी कार्यालय, स्थानीय निकायहरू कार्यालय जलाइए।

प्रमुख दलका नेताहरूका घर र व्यापारिक भवनहरू जलाइए। कारागारहरूमा तोडफोड भएर कैदी भाग्न थाले। ललितपुरको नख्खु कारागारबाट ठगी आरोपमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भागेसँगै देशभरबाट कम्तीमा १५ हजार कैदी निस्किएका थिए ।

काठमाडौँ महानगरको स्पष्टीकरण : बाटो नहुँदा सिंहदरबार र अदालतको आगो निभाउन सकेनौँ

जेन-जी आन्दोलनका क्रममा जलेको अर्थ मन्त्रालयमा रंगरोगन सुरू (तस्बिरहरू)

दाङका सरकारी कार्यालयका १८८ सवारीसाधन जलेर नष्ट

जेन-जी प्रदर्शनका क्रममा जिल्लामा १८८ वटा सवारिसाधन जलेर नष्ट भएका छन् । दाङका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाका अनुसार ४४ वटा चारपाङ्ग्रे पूर्ण रूपमा क्षति भएका छन् । टिपर, ट्रयाक्टर, स्काभेटर, टेलर, लोडर, दमकललगायत सवारिसाधन जलेको उनको भनाइ छ ।

त्यसैगरी १३३ पूर्ण रूपमा क्षति भएका मोटरसाइकलमा ८३ वटा सरकारी, ४७ निजी, तीन थान निजी स्कुटर र १० वटा साइकल रहेका सहायक प्रमुख जिल्ला अधिकारी बुढाले जानकारी दिए । उनका अनुसार उच्च अदालत तुलसीपुरका पाँच वटा सवारीसहित तीनवटा निजी मोटसाइकल जलेर नष्ट भएका छन् ।

तुलसीपुर उपमहानगरमा छ थान सरकारी, एक थान निजी सवारीसहित एक थान दमकल, मोटरसाइकललगायत सवारी जलेर क्षति भएका छन् । घोराही उपमहानगरमा दुईवटा गाडी र सात वटा मोटरसाइकल जलेर नष्ट भएका छन् भने आन्तरिक राजस्व कार्यालय तुलसीपुरका दुईवटा गाडी र पाँच वटा मोटरसाइकल जलेका छन् ।

अन्तर्राष्ट्रिय कार्डबाट पनि राजस्व भुक्तानी गर्न सकिने

बागलुङमा साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा सुपथ मूल्य पसल सञ्चालन

गोकर्णेश्वरमा दिनदहाडै महिलामाथि खुकुरी प्रहार

काठमाडौँको गोकर्णेश्वर नगरपालिका-७ स्थित शिव चोकमा एकजना व्यवसायी महिलामाथि खुकुरी प्रहार भएको छ। गोकर्णेश्वर नगरपालिकाको शिवचोकस्थित घरमा खाना खाइरहेको अवस्थामा सीतादेवी पन्तमाथि खुकुरी हानिएको हो ।

खुकुरी प्रहारबाट पन्तको हात र टाउकोमा गहिरो चोट लागेको छ । अहिले उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । उक्त घटनापछि प्रहरीले सिन्धुपालञ्चोकका ३७ वर्षीय कर्णबहादुर तामाङलाई पक्राउ गरेको छ। तामाङ मदिरा सेवन गरी पन्तको कोठामा पुगेका थिए । तामाङलाई जिल्ला प्रहरी परिसर भद्रकाली लगिएको छ ।

बालेनको घर जलाएको फेक भिडियोमा महेशको आत्मरति 

जेन-जीका नाममा अनलाइनमार्फत चन्दाको धन्दा, पारदर्शितामा प्रश्न

प्रहरी कार्यालयहरूको मर्मतमा जुटे स्थानीयवासी

रोकिराखेको ट्रकमा बस ठोकिँदा दुई जनाको मृत्यु, २२ घाइते

महाकाली राजमार्ग खुल्यो, सिल्लेगडा–पुर्चौडी सडक अवरुद्ध

देशैभरका पालिका कार्यालय खरानी हुँदा काठमाडौं महानगर सुरक्षित !

संविधान मान्दैनौँ, राजाबाहेक जान्दैनौँ भन्दै प्रदर्शन (तस्बिरहरू)

राजावादी समूहले २०७२ को संविधान मान्दैनौँ, राजाबाहेक जान्दैनौँ भन्ने नारा सहित संविधान खारेजको माग राख्दै प्रदर्शन गरेका छन् ।

शुक्रबार संविधान दिवसका अवसरमा उनीहरूले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

हजारौँ हात, आँसु र प्रेरणासँग फेरि उठ्नेछौँ : भाटभटेनी सुपरस्टोर 

जेन-जीको आक्रमणमा घाइते देउवाको गर्दनमाथि १२ टाँका, अझै हिँडडुल गर्न समस्या

सिंहदरबारबाट आगजनी गरिएका सवारीसाधन हटाइँदै

जलेको घाउ मेटाउने प्रयास गर्दै सिंहदरबार (तस्बिरहरू)

‘लोकतन्त्रमा बदलाको भावना र कुण्ठाले नभई कानुनको शासन बाहिर जानेलाई दण्डित गर्नुपर्छ’

अमेरिकी प्रतिबन्ध छल्दै रुस-भियतनामबीच गोप्य सम्झौता, ऊर्जा नाफाबाट हतियार सम्झौताको भुक्तानी

रुस र भियतनामले अमेरिकी तथा पश्चिमी प्रतिबन्धबाट जोगिन हतियार सम्झौताको भुक्तानी ऊर्जा नाफामार्फत लुकाउने संयन्त्र विकास गरेका छन् ।

एसोसिएटेड प्रेसले प्राप्त गरेको आन्तरिक भियतनामी कागजातअनुसार संयुक्त तेल–ग्यास उद्यमको नाफा प्रयोग गरेर ऋण तिर्ने र हतियार खरिद गर्ने व्यवस्था बनेको छ, जसले विश्वव्यापी बैंकिङ प्रणालीलाई बाइपास गर्छ ।

यस योजनाअन्तर्गत भियतनामले मस्कोबाट लडाकु विमान, ट्याङ्क र जहाज ऋणमा लिएको छ र साइबेरियास्थित संयुक्त तेल कम्पनीको नाफाबाट किस्ता बुझाएको छ । लेनदेन नगद बिना तर गोप्य ढङ्गले प्रवाह हुनेगरी डिजाइन गरिएको हो ।

अमेरिकाले दक्षिणपूर्व एसियामा भियतनामसँग सम्बन्ध बलियो बनाउन खोजिरहेको तर ट्रम्प प्रशासनले रुसमाथि कडा प्रतिबन्धको धम्की दिइरहेको बेला यो खुलासा भएको हो । ह्वाइट हाउसले हनोईसँग व्यापारमा २० प्रतिशत भन्सार शुल्क लगाएर वार्ता जारी राखेको छ ।

गाजा युद्धविराम प्रस्तावमा अमेरिकाको भिटो, इजरायललाई समर्थन

रुस र इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

पुटिनले युक्रेन युद्धविराममा निराश पारे : ट्रम्प

राजदूतप्रति कटाक्ष गर्दै ट्रम्पकी विश्वासपात्र भन्छिन्-नेपालमा आन्दोलन हुनुको कारण यूएसएडप्रेरित भ्रष्टाचार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी विश्वासपात्र एवम् दक्षिणपन्थी अभियन्ता लउरा लुमरले नेपालमा भएको जेनजी आन्दोलनबारे कडा टिप्पणी गरेकी छिन् । उनले नेपालमा युवाहरुको आन्दोलन निम्त्याउन अमेरिकी सहायता नियोग यूएसएडबाट प्रेरित भ्रष्टाचार कारक रहेको टिप्पणी गरेकी हुन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले नेपालका लागि अमेरिकी राजदूतप्रति पनि कटाक्ष गरेकी छिन् । सामाजिक सञ्जालमा उनले लेखेकी छिन्, ‘बाइडेनले नियुक्त गरेका अमेरिकी राजदूत डिन थोम्पसन अझै ट्रम्प प्रशासन मातहत आफ्नो पदमा रहँदा यूएसएडप्रेरित भ्रष्टाचारविरुद्ध युवाको विद्रोहपछि नेपालको सरकार ढलेको छ ।’

उनले नेपालमा अमेरिकी करदाताको पैसाका कारण भ्रष्टाचार बढिरहेको पनि टिप्पणी गरेकी छिन् । उनले नेपालमा भ्रष्टाचार बढ्नुमा यूएसएडका साथै सोरोसबाट आर्थिक सहायताप्राप्त नीति फाउन्डेसनजस्ता विश्ववादी साझेदारहरुले नेपालमा लोकतन्त्रको निर्माण गर्न दशौँ लाख डलर खर्च गरेको पनि आरोप लगाइन् ।

उनले लेखेकी छिन्, ‘अमेरिकी करदाताको डलरको सहारामा भएको भ्रष्टाचारको फोहोरी खाडल उजागर गरेको युवा आन्दोलनले सेप्टेम्बर २०२५ मा नेपालको सरकार ढाल्यो । सोरोसको आर्थिक सहायताप्राप्त नीति फाउन्डेसनजस्ता विश्ववादी साझेदारसँगै यूएसएडले लोकतन्त्र निर्माणजस्ता कार्यक्रममार्फत खर्च गरेको दशौँ लाख डलर नेपालका अभिजात वर्गको खल्तीमा गयो, यसका संस्थाहरु खोक्रो भए र क्रान्तिको झिल्को निम्त्यायो ।’

ट्रम्पद्वारा २३ देशलाई अवैध लागुऔषध ट्रान्जिट वा उत्पादक देश घोषणा, चीन र पाकिस्तान पनि समावेश

फासीवादविरोधी अभियान एन्टिफालाई ट्रम्पले घोषणा गरे आतङ्ककारी संगठन

सन् २०३५ सम्ममा ६२ देखि ७० प्रतिशत उत्सर्जन कटौती गर्ने अस्ट्रेलियाको नयाँ लक्ष्य

फ्रान्समा हडताल, नयाँ प्रधानमन्त्रीको बजेट योजनामा चुनौती

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ७ : ५९ बजे

जेनजी प्रदर्शनपछि अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन घट्यो

गण्डकी – जेनजी प्रदर्शनपछि पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्रमा

जेनजी आन्दोलन : विभिन्न क्षेत्रका छ सय २९ भवन पूर्ण क्षति

काठमाडौं – जेनजी पुस्ताका नाममा यही भदौ २४ गते भएको

नेपालमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतीय दूतावासको आग्रह

काठमाडौं – नेपालस्थित भारतीय दूतावासले नेपाल भ्रमणमा आउने भारतीय नागरिकलाई

सुडानमा चर्किएको जातीय हिंसाप्रति राष्ट्रसङ्घद्वारा चासो व्यक्त

जेनेभा – सुडानको जारी युद्ध यस वर्षको सुरुदेखि नै तीव्र

मधेस प्रदेश सरकारले सहिद परिवारलाई रु दुई लाख ५० हजार प्रदान गर्ने

जनकपुर – मधेस प्रदेश सरकारले जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका