आजका समाचार : बालेनको तरंगबीच भारततिर रवि, सभामुखले बनाए जाँचबुझ समिति, प्रधानमन्त्रीले माफी माग्नुपर्ने विपक्षीको अडान र फेरि चर्कियो इरान-अमेरिका तनाव « Khabarhub

आजका समाचार : बालेनको तरंगबीच भारततिर रवि, सभामुखले बनाए जाँचबुझ समिति, प्रधानमन्त्रीले माफी माग्नुपर्ने विपक्षीको अडान र फेरि चर्कियो इरान-अमेरिका तनाव


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

अमर्यादित गतिविधि आरोपमा सांसदलाई कारबाही तयारी, सभामुखले बनाए समिति
प्रतिनिधिसभामा आइतबारको बैठकमा भएको घटनाको जाँचबुझ गर्न समिति गठन गरिएको छ ।

आइतबारको बैठकमा केही सांसदहरूले अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन गरी भौतिक हानि नोक्सानी एवं क्षति पुर्‍याउने कार्य गरेको भन्दै घटनाको जाँचबुझ गर्न समिति गठन गरिएको सभामुख डोलप्रसाद अर्यालले जानकारी दिए ।

संसद् बैठकमा भएको भौतिक हानि नोक्सानी एवं क्षतिको मुचुल्का तयार भएकाले यस विषयमा जाँचबुझ गरी सात दिनभित्र सभामुखसमक्ष प्रतिवेदन तयार पार्नका लागि प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको उनले जानकारी दिए ।

समितिको सदस्यमा संघीय संसद् सचिवालयका आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेका छन् ।

सभामुखको गुनासो- संसद्‌का समस्या समाधान गर्न विपक्षीको साथ पाइनँ

पूर्वसभामुख महरालाई १ लाख धरौटीमा रिहा गर्न आदेश

प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित

पूर्वाधारमन्त्री लम्सालले गरे सेती पुल निरीक्षण

झाँक्रीले भनिन्- रवि भारत जानुपूर्व बालेनले बिनासूचना संसद्‍मा दिएको अभिव्यक्ति नियोजित हुनसक्छ

निश्कलले मागे प्रधानमन्त्रीसँग हिसाब : नेपालले कहाँ–कहाँ भारतीय भूमि मिचेको छ ?

ऐन महरको टिप्पणी : सेनाकहाँ दौरासुरूवालमा जाने प्रधानमन्त्री फुटबल पोशाकमा सदन आउँछन्

सांसद र सभामुखबीचको दूरी बढाइयो, प्रतिनिधि सभा १५ मिनेटलाई स्थगित

बालेनको ‘बबन्डर’बीच भारततिर रवि, मोदीसँग होला भेट ?
नेपालले पनि भारतीय भूमि अतिक्रमण गरेको भन्दै प्रधानमन्त्री बालेन शाहले आइतबार संसद्मा उभिएर दिएको विवादास्पद अभिव्यक्तिको भोलिपल्टै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारततिर लागेका छन् ।

भारतीय जनता पार्टीका अध्यक्ष नीतिन नवीनको निम्तो स्वीकारेर रवि भारततिर लागेका हुन् । उनीसँग पत्नी निकिता पौडेल लामिछाने, केही सहयोगी र रास्वपाका सांसदरहरू पनि छन् ।

पाँचदिने भ्रमणका क्रममा उनले भाजपा अध्यक्ष नवीन, कूटनीतिक अधिकारीहरू र भारतस्थित नेपाली समुदायका प्रतिनिधिसँग भेटघाट गर्ने कार्यक्रम छ।

बालेनले भूराजनीतिक समस्या ल्याउने गरी दिएको अभिव्यक्तिले नेपाल–भारत सम्बन्धबारे नयाँ बहस सुरू भएको छ। यस्तो अवस्थामा रविको भारत भ्रमण हुन लागेको हो।

अर्थमन्त्री भन्छन् : बजेटमार्फत् धेरै सुधारका प्रयास भएको छ, भ्रम छर्ने काम बन्द गरौँ

कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षीको बैठक

रास्वपा सभापति लामिछाने भारत प्रस्थान (तस्बिरहरू)

स्वास्थ्यमन्त्री मेहता र चिनियाँ राजदूत मिङबीच भेट, जनस्वास्थ्य सहकार्यमा छलफल

विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ११३ जनाको आवेदन 

विश्वव्यापी शान्तिको लागि नेपाली सेना हरदम समर्पित : प्रधानसेनापति सिग्देल

रास्वपा महाधिवेशन : सभापति लामिछानेको नेतृत्वमा मूल आयोजक समिति गठन

एमालेले प्रधानमन्त्रीलाई भन्यो : संसद् र जनतासँग माफी माग्नू
प्रतिपक्षी नेकपा (एमाले) ले नेपालको सिमासम्बन्धी विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसद्मा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ।

पार्टीका महासचिव शंकर पोखरेलले सोमबार जारी गरेको विज्ञप्तिमा ‘नेपालले पनि भारतको जग्गा मिचेको’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई तथ्यहीन, गैरजिम्मेवार तथा राष्ट्रहितविपरीत भएको उल्लेख छ। एमालेले राष्ट्रिय सीमा र स्वाधीनतासम्बन्धी विषय कुनै दल वा सरकारको मात्र नभई सम्पूर्ण नेपाली जनताको साझा राष्ट्रिय सरोकार भएको उल्लेख गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको स्थापित राष्ट्रिय अडान र कूटनीतिक दाबीलाई कमजोर बनाएको जनाएको छ।

विज्ञप्तिमा २०७७ साल जेठ ७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरिएको स्मरण गराइएको छ।

उक्त नक्सा ऐतिहासिक तथ्य, नापनक्सा, सन्धि–सम्झौता र उपलब्ध प्रमाणका आधारमा जारी गरिएको तथा संघीय संसद्ले सर्वसम्मत रूपमा अनुमोदन गरी संविधानको अनुसूचीमा समेत समावेश गरिसकेको एमालेको भनाइ छ।

वालेन्द्रले संसद् र नेपाली जनतासमक्ष तत्काल माफी मागून् : झपट रावल

विपक्षी दलको मोर्चामा श्रम संस्कृति पनि जोडियो

विपक्षीको एकस्वर- प्रधानमन्त्रीले माफी नमागेसम्म संसद् चल्न दिदैनौँ

प्रधानमन्त्रीमाथि खनियो नेकपा, विवादित भनाइ तत्काल सच्याउन माग

सीमाबारे प्रधानमन्त्रीले राखेको अभिव्यक्तिप्रति विमति छ : उपसभापति शर्मा

सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा

प्रधानमन्त्रीले माफी नमागेसम्म जनताले छाड्ने छैनन् : गगन थापा

कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक

ऐन महरको टिप्पणी : सेनाकहाँ दौरासुरूवालमा जाने प्रधानमन्त्री फुटबल पोशाकमा सदन आउँछन्

गुरुराज घिमिरेले भने- अगली बार गगन सरकार

तरुण दलले माग्यो बालेन्द्रको राजीनामा
प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामाको माग गर्दै नेपाली कांग्रेस निकट भ्रातृ सङ्गठन तरुण दलले काठमाडौंमा प्रदर्शन गरेको छ ।

नेपालले भारतको सीमा मिचेको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै तरुण दलले प्रधानमन्त्रीको राजीनामा माग गर्दै सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो ।

सीमाका बारेमा प्रधानमन्त्रीको अभिव्यक्ति नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानको विरुद्ध भएको तरुण दलले जनाएको छ ।

प्रदर्शनमा सहभागीहरूले कार्यकारी प्रमुख हो की देशकै बोझ, प्रधानमन्त्रीज्यू चुच्चे नक्सा नबिर्सनु है, वीर पुर्खाको अपमान सहँदैन नेपाल, देशको सीमा र स्वाभिमान हाम्रो प्राण लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

पर्यटन क्षेत्रलाई प्राथमिकता दिन व्यवसायीहरूलाई मुख्यमन्त्रीको आग्रह

अन्नपूर्ण आरोहण दिवस : नारच्याङदेखि आधार शिविरसम्म विविध कार्यक्रम

बचत रकम फिर्ता गर्न छ हजार बढीको उजुरी

दैलेखमा बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु, पाँच घाइते

आगामी वर्ष दश प्रसारण लाइन निर्माण सम्पन्न गरिने

इरान-अमेरिका तनाव फेरि चर्कियो
इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र बन्दै जाँदा दुवै पक्षले एक अर्काका सैन्य तथा रणनीतिक लक्ष्यहरूमा आक्रमण गरेका छन् । अमेरिकी सेनाले इरानका राडार र ड्रोन नियन्त्रण साइटहरूमा हवाई आक्रमण गरेको पुष्टि गरेको छ भने इरानले अमेरिकी ड्रोन खसालेको र जवाफी कारबाही गरेको स्वीकार गरेको छ ।

यसैबीच कुवेतले आफ्नो हवाई सुरक्षाले ड्रोन र क्षेप्यास्त्र आक्रमणहरूलाई रोक्न सफल भएको जनाएको छ । अमेरिकी सेनाका अनुसार यो पछिल्लो कारबाही इरानद्वारा अन्तर्राष्ट्रिय जलक्षेत्रमा सञ्चालन भइरहेको अमेरिकी एमक्यू–१ प्रिडेटर ड्रोनलाई खसालेको घटनाको प्रतिक्रियास्वरूप गरिएको हो । इरानले सप्ताहन्तमा सो ड्रोनलाई निशाना बनाएको थियो ।

त्यसपछि क्षेत्रीय तनाव थप बढेको बताइएको छ । अमेरिकी सेन्ट्रल कमान्डले शनिबार र आइतबार इरानको गेरुक सहर र केशम टापु आसपासका क्षेत्रहरूमा लक्षित आक्रमण गरिएको जानकारी दिएको छ । कमान्डका अनुसार यी आक्रमणहरू ‘मापन गरिएको र योजनाबद्ध’ थिए र इरानका आक्रामक गतिविधिहरूको प्रतिउत्तरस्वरूप गरिएको हो । सेन्ट्रल कमान्डद्वारा जारी वक्तव्यमा भनिएको छ, “अन्तर्राष्ट्रिय जलक्षेत्रमा सञ्चालन भइरहेको अमेरिकी एमक्यू–१ ड्रोनमाथि भएको आक्रमणलगायतका इरानी आक्रामक कार्यहरूको प्रतिक्रियामा यी आक्रमणहरू गरिएको हो ।”

आइबिस पुनः जापानी आकाशमा

अभिजित दिपके भारत फर्किँदै, दिल्लीमा प्रदर्शन गर्ने कक्रोच जनता पार्टीको तयारी

बालबालिकासँग हुँदा फोन टाढा राख्न आग्रह

इरान–अमेरिका सम्झौतामा अन्योल, अधिकार सुरक्षित नभएसम्म सहमति नगर्ने तेहरानको अडान

इरान-अमेरिका तनाव फेरि चुलियो, दुवै पक्षबाट सैन्य लक्ष्यमा आक्रमण

मलेसियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध

लेबनानमा इजरायली सैन्य कारबाहीप्रति जर्मनीको गम्भीर चिन्ता


















प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  ८ : ०२ बजे

कांग्रेसले खोल्यो नयाँ क्रियाशील सदस्यताका लागि आवेदन

काठमाडौँ । नेपाली कांग्रेस नयाँ क्रियाशील सदस्यताका लागि आवेदन खुल्ला

कांग्रेसद्वारा नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान

काठमाडौं – नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान

संविधान संशोधनका लागि ४४ हजार बढी सुझाव प्राप्त

काठमाडौं – संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले संविधान

नाइजेरिया : विद्यालय अपहरणको घटनाप्रति विरोध जनाउँदै शिक्षक हड्तालमा

लागोस – मेको मध्यमा दर्जनौँ बालबालिका र उनीहरूका शिक्षकहरूको अपहरणको

अदालत र न्यायाधीशलाई प्रधानन्यायाधीशले दिए २१ बुँदे निर्देशन

काठमाडौं । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको