आजका समाचार : १२ दिनमै भाँडियो रवि-कुलमान एकता, कांग्रेसका ‘सात भाइ’ मा फुट र जापानी प्रधानमन्त्री मध्यावधि निर्वाचनको तयारीमा « Khabarhub

आजका समाचार : १२ दिनमै भाँडियो रवि-कुलमान एकता, कांग्रेसका ‘सात भाइ’ मा फुट र जापानी प्रधानमन्त्री मध्यावधि निर्वाचनको तयारीमा


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

ओलीको निष्कर्ष : एघारौँ महाधिवेशनले एमालेलाई झन् बलियो शक्तिका रूपमा उभ्यायो 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक सुरु भएको छ। केन्द्रीय कमिटीको पहिलो बैठक सम्पन्न भएको २२ औँ दिनमा पुसको चिसो मौसम र भौगोलिक कठिनाइका बाबजुद देशभरबाट केन्द्रीय सदस्यहरूको उल्लेखनीय सहभागिता छ।

बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले ११औँ राष्ट्रिय महाधिवेशनको संक्षिप्त समीक्षा, त्यसले दिएको मुख्य राजनीतिक सन्देश, भदौ २३–२४ पछि विकसित असामान्य राजनीतिक अवस्था, प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी कानुनी संघर्ष, प्रस्तावित आम निर्वाचन, विश्व राजनीतिक परिदृश्य र पार्टीका तात्कालिक कार्यभारबारे धारणा राखेका छन्।

अध्यक्ष ओलीले मङ्सिर २७ देखि पुस ३ सम्म सम्पन्न ११औँ महाधिवेशन केवल पार्टीको आन्तरिक प्रक्रिया मात्र नभई समग्र राष्ट्रिय राजनीतिलाई सकारात्मक दिशामा प्रभाव पार्ने ऐतिहासिक घटना भएको उल्लेख गरे। 

भदौ २३–२४ का हिंसात्मक र विध्वंसात्मक घटनापछि मुलुक गम्भीर संकटमा फसेको अवस्थामा एमालेले लोकतन्त्र, संविधान र राष्ट्रिय हितको पक्षमा उभिँदै पार्टीलाई पुनःसंगठित गरेको उनको भनाइ थियो। महाधिवेशनले प्रतिकूल परिस्थितिमा पनि एमालेको संगठनात्मक क्षमता, जनाधार, कार्यकर्ताको मनोबल र प्रतिरोधी शक्ति बलियो रहेको स्पष्ट सन्देश दिएको अध्यक्ष ओलीको निष्कर्ष छ। 

भेनेजुएलामा अमेरिकी हस्तक्षेपको विरोधमा उत्रिए एमाले अध्यक्ष ओली

अन्तर्राष्ट्रिय चलखेल रोक्न तोकिएकै मितिमा चुनाव हुनुपर्छ : पुन 

घनश्याम भुसालको टिप्पणी : गगन–विश्वले कांग्रेसको सिन्डिकेट भत्काए देशको राजनीतिक गतिरोध पनि तोडिन्छ

एमाले केन्द्रीय कमिटी बैठक जारी (तस्बिरहरू)

एमाले केन्द्रीय कमिटी बैठक : विधान संशोधनदेखि निर्वाचन तयारीसम्मका एजेन्डा 

भदौ २३ र २४ को घटना इतिहासकै त्रासद : ओली

भाषण, जादू र चमत्कारले देश बन्दैन, देश नै नरहने चिन्ता छ : पूर्वराजा शाह


उनेपाको अध्यक्ष भए कुलमान
पूर्वऊर्जामन्त्री कुलमान घिसिङ उज्यालो नेपाल पार्टी (उनेपा) को अध्यक्ष नियुक्त भएका छन् । शनिबार बसेको उनेपाको केन्द्रीय कमिटी बैठकले कुलमानलाई अध्यक्ष नियुक्त गरेको हो ।

यसअघि उनेपाका संरक्षक रहेका घिसिङले दुई साताअघि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपासँग एकता घोषण गरेका थिए । तर, उक्त एकता शनिबार एकाएक भङ्ग भएपछि घिसिङ उनेपाको अध्यक्ष भएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वमन्त्री कुलमान घिसिङबीच शुक्रबार र शनिबार भएको छलफल निष्कर्षविहीन भएपछि दुई सातामै सहमति भाँडिएको हो।

सुशीला कार्की नेतृत्वको नागरिक सरकारमा दलीय प्रतिनिधित्व गरेको भन्दै चर्को आलोचना भएपछि कुलमानले ऊर्जा, जलस्रोत तथा सिँचाइसहित तीन मन्त्रालयबाट राजीनामा दिएर रास्वपासँग वार्तामा बसेका थिए ।

पुस १४ मा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान र रास्वपा सभापति लामिछानेबीच पार्टी एकतामा सहमति भएको थियो। त्यही सहमतिअनुसार कुलमानलाई रास्वपाको उपसभापति बनाउने निर्णय गरिएको थियो।

रवि र कुलमानको एकता सहमति दुई सातामै भाँडियो, उज्यालो नेपाल ब्युँत्याउने तयारी

बत्ती जान थालेपछि हितेन्द्रदेव आफैँ फिल्डमा

बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ : असिम शाह

रास्वपामा रविको ब्रिफिङ : कुलमानले धेरै मागेकाले एकता जोगाउन सकिनँ

प्रचण्डनिकट सरल सहयात्री भन्छन्-  कुलमानजी तपाईं घर फर्किनुस्  

कुलमानसँगको एकता संकटमा परेपछि रास्वपाले डाक्यो आकस्मिक सचिवालय बैठक

निर्णायकत्व दलहरूकै हातमा ल्याउन नयाँ समझदारी आवश्यक : राजेन्द्र लिङ्देन

तरुण ३५ केन्द्रीय सदस्यले पार्टी कार्यालयको भेलाप्रति जनाए असहमति
नेपाल तरुण दलका केन्द्रीय सदस्यहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा पुस २७ गते अनिवार्य उपस्थितिका लागि जारी गरिएको विज्ञप्तिप्रति गम्भीर असहमति जनाएका छन्। ३५ केन्द्रीय सदस्यले विज्ञप्ती जारी गरेर विशेष महाधिवेशनमा भाग लिन आह्वान गरिएको हो।

तरुण केन्द्रीय कार्यालयबाट जारी उक्त विज्ञप्ति सञ्चार माध्यममार्फत सार्वजनिक भएपछि त्यसले बहुमतको बलमा पार्टीलाई यथास्थितिमा राख्ने प्रयासलाई सहयोग गर्ने भन्दै तरुण केन्द्रीय सदस्यहरूले आपत्ति जनाएका हुन्।

पुस २५ गते जारी विज्ञप्तिमा तरुण केन्द्रीय सदस्यहरूले बदलिँदो राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई समयानुकूल रूपान्तरण र पुनर्गठनमार्फत ‘नवीन कांग्रेस’ निर्माण गर्नुपर्ने बेला यस्ता गतिविधि दुर्भाग्यपूर्ण र लज्जास्पद भएको उल्लेख गरेका छन्।

कांग्रेसका ‘सात भाइ’ मा फुट, गोपालमान विशेष महाधिवेशनको पक्षमा

विशेष महाधिवेशनको ‘काउन्टर’ मा हुने भनिएको युवा भेला स्थगित

विशेष महाधिवेशनका लागि कांग्रेस प्रतिनिधि काठमाडौं आउँदै, भृकुटीमण्डपमा बढ्यो चहलपहल

कांग्रेस जिल्ला सभापतिहरू भन्छन्- विशेष महाधिवेशनको औचित्य छैन, निर्वाचनमा केन्द्रित होऔं  

विशेष महाधिवेशनले कांग्रेस विभाजन हुँदैन : चन्द्र भण्डारी

पूर्वमन्त्री दाहालको निधनमा कांग्रेसद्वारा शोक प्रस्ताव पारित

जेन–जी आन्दोलनले उठाएका मुद्दा सम्बोधनका लागि गगन थापाले मागे सुझाव

प्रजातन्त्र पुनःस्थापना गर्न नेता पाठकको योगदान महत्त्वपूर्ण : विमलेन्द्र निधि

मर्मतपछि यातायात व्यवस्था विभागको आफ्नै भवनबाट सेवा सुरु

नेपाल यातायात व्यवस्था विभागकको कार्यालयले आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ। जेन(जी आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेको भवन मर्मत सम्भारपछि पुनः सेवा सुचारु गरिएको हो।

यातायात व्यवसायी विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडाका अनुसार भवनको मर्मत सम्भार सरकारको लगानीसँगै विभिन्न संस्थाको सहयोगमा गरिएको हो। हाल नेपालभर रहेका ४२ वटै यातायात व्यवस्था कार्यालयबाट सेवा सुचारु भइसकेको छ।

सुरक्षण केन्द्रबाट छपाइ गरिएका करिब १३ हजार थान सवारी चालक अनुमतिपत्र ९लाइसेन्स०मध्ये ९ हजार वितरण भइसकेको छ भने बाँकी ३ हजार वितरण गर्न बाँकी रहेको विभागले जनाएको छ। कार्यालयबाट सेवा प्रवाह सामान्य अवस्थामा फर्किएको बताइएको छ।

चिसोका कारण सडक स्तरोन्नतिको काम स्थगित

दार्चुलाको छाङरु र तिंकरको निर्वाचन खलङ्गामै हुने

कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छ : प्रहरी महानिरीक्षक कार्की

रेशमखेतीको बिस्तारबाट अर्थतन्त्रमा सुधार ल्याउन सकिन्छ : मन्त्री परियार

बाँकेको खजुरापिडारी नालामा बहुकोष्ठ कल्भर्ट निर्माण सुरु

जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर

कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै

तनहुँमा एकैदिन तीन जनाको शव भेटियो

मनाङमा जडीबुटी उत्पादन घट्दै

अलेप्पोलाई नियन्त्रणमा लिएको सिरियाली सेनाको दावी, कुर्द सेनाद्वारा खण्डन

सिरियाको सेनाले शनिबार अलेप्पोको एक छिमेकमा कुर्द सेनासँग भिडन्त भएको र आत्मसमर्पण गर्ने आह्वानलाई बेवास्ता गरे पनि उसले यस क्षेत्रमा नियन्त्रण गुमाएको बताएको छ। युद्धविरामको क्रममा कुर्द लडाकुहरूलाई फिर्ता हुन समयसीमा सकिएपछि सरकारी सेनाले शेख मकसुद जिल्लामा एकाएक आक्रमण सुरु गरेको थियो ।

अलेप्पोमा एएफपीका संवाददाताहरूले यस क्षेत्रमा गोली चलेको र यो बिहानसम्म जारी रहेको र शहरको अन्तिम जिल्ला अझै पनि कुर्दहरूको हातमा रहेको बताएका छन् । सेनाले शनिबार ‘शेख मकसूद र छिमेकको सुरक्षा कारबाही पूर्ण रूपमा पूरा भएको’ घोषणा गरेको छ। सेनाले उक्त क्षेत्रमा कुर्द सेनाको निरन्तर उपस्थितिका कारण बासिन्दाहरूलाई उनीहरूको घरमा बस्न आग्रह गरेको छ।

एसडीएफको कुर्द नेतृत्वको ‘सिरियन डेमोक्रेटिक फोर्सेज’ लाई सङ्केत गर्दै एक सैन्य स्रोतले यसअघि समाचार संस्था सानासँग भनेको छ, “कारबाहीका क्रममा कैयौँ कुर्द लडाकू पक्राउ गरिएको थियो। कुर्दिस सेनाले शेख मक्सुदको विशाल बहुमतलाई सरकारले नियन्त्रण गरेको दाबी ’गलत र भ्रामक’ भएको बताएको छ।

हामी अमेरिकी बन्न चाहँदैनौँ : ग्रीनल्याण्डका राजनीतिक दल

भारतको हिमाचलमा सडक दुर्घटना : मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो

ट्रम्पमाथि खामेनीको चेतावनी : तानाशाह र घमण्डी शासकको एकदिन अन्त्य हुनेछ

पाकिस्तानी रक्षा मन्त्रीले भने– अमेरिकाले नेतन्याहूलाई पनि ‘अपहरण’ गरेर मुद्दा चलाउनु पर्छ

















प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ७ : ५८ बजे

शान र सलिनाको गीत ‘संगी’मा पल र सजिनाको रोमान्स

काठमाडौंं – गायक शान भुसाल र गायिका सलिना बिकको स्वरमा

गगन–विश्वको प्रशंसा, देउवाको खोजी

काठमाडौं- भदै २३ र २४ गतेको जेनजी आन्दोलनपछि कांग्रेस पार्टी

बहुमत महाधिवेशन प्रतिनिधि जहाँ हुन्छन्, त्यहीँ हुन्छ नेता : नेता आचार्य

काठमाडौं– नेपाली कांग्रेसका नेता महेश आचार्यले बहुमत महाधिवेशन प्रतिनिधि भएको

इस्लामाबादमा विवाह समारोहमा ग्यास विस्फोट, ८ जनाको मृत्यु

इस्लामाबाद– पाकिस्तानको राजधानी इस्लामाबादमा एक घरमा आयोजना गरिएको विवाह समारोहपछि