रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यको चुनावमै भाँडभैलो, भोटिङ मेशिनमा गडबडी गरेको आरोप
चितवनमा पाँच दिनदेखि जारी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको मतदानको परिणाम नआउँदै अनेक विवाद देखिएका छन् ।
जम्मा चार हजार तीन सय ११ प्रतिनिधि सहभागी भएको यो महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि २९ सय ५९ मत मात्रै खसेको छ । १३ सय ५२ प्रतिनिधिहरू मतदान नगरी बाटो लागेका छ।
चितवनको भरतपुरमा जारी महाधिवेशन अति नै भद्रगोल तरिकाले भइरहेको छ । निर्वाचनअघिसम्म पनि महाधिवेशन प्रतिनिधिको समेत टुंगो लागेको थिएन।

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यका लागि विद्य्युतीय मेशिनमै सेटिङ गरेको आरोप लागेको छ। जहाँ पहिलो नम्बरमै डा। स्वर्णिम वाग्लेको नाम राखिएको छ।
९९ केन्द्रीय सदस्यका लागि भएको मतदाननमा ३८४ जना उम्मेदवार मैदानमा छन् । तर नुवाकोटका राम(लक्ष्मण खनालले बनाएको विद्ययुतीय भोटिङ मेशिनमा क्लस्टरअनुसार र वर्णानुक्रमअनुसार उम्मेदवारको नाम राखिएको छेन। मतदानका लागि वर्णानुक्रम र पार्टीको वरीयता दुवैलाई बेवास्ता गरिएको छ।
समस्या के भएको छ भने ९९ जना उम्मेदवारका लागि ३८४ जना मैदानमा हुँदा मतदातालाई समस्या भएको छ। पहिलो नम्बर र शीर्ष १० रहेका नामलाई यस मतदानमा सजिलो भएको छ। यसमा अन्तिक क्रममा राखिएका उम्मेदवारलाई ठूलो घाटा हुने अवस्था छ । प्रतिनिधिहरूले पहिले नै ९९ जनालाई मत हालिसके भने ३८४ सम्म पुग्दा आफूले चाहेकाहरू छुट्ने जोखिम छ।
छ पदाधिकारीका लागि ३० भन्दा बढी आकांक्षी
नेपाल मेडिकल काउन्सिलद्वारा घरमै बसेर उजुरी दिन सकिने पोर्टल सञ्चालन
भद्रगोलबीच रास्वपाका १३ सय ५२ प्रतिनिधिले गरेनन् मतदान
रास्वपाले अघि सारेको प्रस्तावमाथि प्रारम्भिक रूपमा दलहरूसँग पनि छलफल भएको छ : सोविता गौतम
महाधिवेशनले रास्वपालाई थप बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री
मतपत्रबाट ‘ज्वाला’ गायब भएपछि आक्रोशित हुँदै भनिन्- मलाई मत दिनेहरू झुक्किए
संविधानमै ग्यारेन्टी खोजेको रास्वपाले आफ्नै चुनावमा लागू गर्न सकेन ‘नो भोट’
स्थापनाकालबाटै संविधानमा ‘नो भोट’ राखिनुपर्ने वकालत गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी आफैँले भने त्यही कुरा लागू गर्न असफल भएको छ।
पाँच दिनदेखि जारी पहिलो महाधिवेशनअन्तर्गत बुधबार रातिदेखि ९९ जना केन्द्रीय सदस्यका लागि भएको मतदानमा त्यही ‘नो भोट’ बेपत्ता भएको हो ।
नुवाकोटका राम-लक्ष्मण खनालले बनाएको विद्युतीय मेशिनमा मतदान गराइए पनि रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाहले नै उठाउँदै आएको ‘नो भोट’लाई भने लत्याइएको हो ।

‘नो भोट’को व्यवस्था नगरिएपछि बुधबार राति महाधिवेशनस्थलमा प्रतिनिधिहरूले नाराबाजी पनि गरे। आफैंले उठाएको एजेन्डालाई अस्वीकार गरेको भन्दै प्रतिनिधिहरूले नेतृत्वविरूद्ध नाराबाजी पनि गरे ।
रास्वपा आफैंले उठाएको एजेन्डा ‘नो भोट’को व्यवस्था केन्द्रीय सदस्यको निर्वाचनमा नगरिएपछि नेताहरूले असन्तुष्टि जनाएका छन् । रास्वपाका नेता एवम् सांसद सागर ढकालले केन्द्रीय सदस्यको निर्वाचनमा ‘नो भोट’को व्यवस्था नभएपछि निराशा प्रकट गरेका छन्। उनले केन्द्रीय सदस्यमा ‘नो भोट’ लागू नभएकोमा दुखेसो गर्दै अब पार्टी पदाधिकारीको हकमा भने त्यसलाई लागू गर्नुपर्ने मत राखेका छन् ।
भरतपुरस्थित महाधिवेशनस्थलमा पत्रकारसँगको कुराकानीका क्रममा उनले केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा सम्भव नभए पदाधिकारीको निर्वाचन यसलाई लागू गर्न माग गरे।
केन्द्रीय सदस्यको मतगणना जारी, दुई घण्टाभित्र नतिजा आउने
रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आजै निर्वाचन हुँदै
रास्वपा महाधिवेशन : प्रवासमा रहेका प्रतिनिधिले मोबाइल एपमार्फत मतदान गर्ने
दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय
रास्वपाको पहिलो चरणको मतदान सम्पन्न
आशिकाले भनिन्- महाधिवेशनबाट बुझेँ, दुःख पाउने त भुईँ मान्छे नै रहेछन्
‘नतिजा प्रक्रियामा स्पष्ट छौँ, थप जाँचका लागि समिति गठन भइसक्यो’
शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाप्रति मन्त्रालय विश्वस्त रहेको बताउँदै उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण, परीक्षाङ्क र डेटा इन्ट्रीको प्रमाणीकरण गर्न विशेष समिति गठन गरिएको जानकारी दिएका छन् । उनले यस समितिमा शिक्षा तथा खेलकुद मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका उपसचिवहरूको समेत प्रतिनिधित्व रहने मन्त्री पोखरेलले उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरिएको बरु आवश्यक जनशक्ति थप गरेर तथा अनावश्यक प्रशासनिक झन्झटहरू छोट्याएर तोकिएकै समयमा नतिजा ल्याइएको प्रष्ट पारेका छन् ।
नतिजा प्रक्रियालाई लिएर भइरहेको शान्तिपूर्ण आन्दोलनप्रति सम्मान व्यक्त गर्दै मन्त्री पोखरेलले लोकतान्त्रिक समाजमा आफ्ना आवाज उठाउन पाउने सबैको अधिकार सुरक्षित रहने उल्लेख गरेका छन् । उनले आन्दोलनरत विद्यार्थीहरूलाई लक्षित गरी सामाजिक सञ्जालमा भइरहेका नकारात्मक र असम्मानजनक टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
शिक्षामन्त्री पोखरेलद्वारा बोर्डको नतिजा प्रक्रियाको बचाउ
उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण
यातायात व्यवसायी महासंघको नेतृत्वलाई श्रमिकको सम्मन
ओमानमा नेपाल-ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना
प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग
औषधि परामर्श परिषद् र औषधि सल्लाहकार समिति गठन
सैन्य अभ्यास गर्दा ग्रिनेड विस्फोट : हुद्दाले ज्यान गुमाए, सहसेनानी घाइते
कैलाली बिहीबार एक सैनिक तालिमका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका एक हुद्दाले ज्यान गुमाएका छन् । घटनामा एकजना सहसेनानी घाइते भएका छन्।
कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालित फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट भएको हो ।
त्यसक्रममा हुद्दा हिमाल विक्रम विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् डीएसपी योगेन्द्र तिमिल्सिनाले बताए ।

गम्भीर घाइते विष्टको लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका क्रममा बिहीबार मध्याह्न १२ बजे मृत्यु भएको हो। विस्फोटका क्रममा विष्टको दाहिने हातको हत्केला र शरीरका विभिन्न भागमा छर्रा लागेको थियो ।
उक्त घटनामा नजिकै रहेका सहसेनानी हिमराज जोशी पनि छर्रा लागेर घाइते भएका छन्। जोशीको अवस्था सामान्य छ। थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको डीएसपी तिमिल्सिनाले बताए।
बिहीबार बिहान सवा ९ बजे सुदूरपश्चिम पृतना तालिम शिक्षालय, गोराङ्गे ब्यारेकबाट फायरिङ अभ्यासमा गएको टोली तालिमकै क्रममा दुर्घटनामा परेको हो ।
१२ वर्षको मिहिनेत खेर गयो भन्दै सडकमा विद्यार्थी (तस्बिरहरू)
सर्वोच्चले दिएन विष्णु पौडेलको पक्षमा अन्तरिम आदेश, सरकारसँग सोध्यो पक्राउ गर्नुको कारण
नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच सम्झौता
असार १५ गते ७५ लाख लिटर दही खपत हुने अनुमान
नेपाल मेडिकल काउन्सिलद्वारा घरमै बसेर उजुरी दिन सकिने पोर्टल सञ्चालन
भेनेजुएला भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या १ सय ६४ पुग्यो, ९ सय ७१ घाइते
दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा गएको विनाशकारी भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या १ सय ६४ पुगेको छ । भूकम्पमा परी अरु ९ सय ७१ जना घाइते भएका छन् ।
भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पमा परी व्यापक जनधनको क्षति भएको पुष्टि गर्दै पछिल्लो विवरण सार्वजनिक गरेकी हुन् ।
बुधबार बेलुकीपख गएका ७.२ र ७.५ म्याग्निच्युडका दुई वटा शक्तिशाली भूकम्प भेनेजुएलाको इतिहासमा एक शताब्दीभन्दा बढी समयपछिकै सबैभन्दा ठूला र विनाशकारी मानिएका छन्। भूकम्पको धक्का भेनेजुएलाका अधिकांश स्थानका साथै आसपासका छिमेकी देशहरूमा समेत महसुस गरिएको थियो ।

भूकम्पका कारण ठूला र बहुतले भवनहरू भत्किँदा कैयौँ मानिसहरू भग्नावशेषमा पुरिएका छन् । सरकारी टेलिभिजनले सार्वजनिक गरेको भिडियोमा सबैभन्दा बढी प्रभावित भएको ला गुआइरा राज्यमा उद्धारकर्मीहरूले तीन जना बालबालिकालाई भग्नावशेषबाट जीवितै बाहिर निकालेको दृश्य देखाइएको छ ।
ती बालबालिकाहरू धूलोले लतपतिएका भए पनि सकुशल फेला परेका हुन् । कार्यवाहक राष्ट्रपति रोड्रिगेजले ला गुआइरा क्षेत्रलाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्दै भवनहरू भत्किएका कारण यो क्षेत्र सबैभन्दा बढी प्रभावित भएको र त्यहाँ युद्धस्तरमा उद्धार कार्य जारी रहेको जानकारी दिएकी छिन् ।
भेनेजुएलामा दुई शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षति भएको आशंका
भेनेजुएलामा ठूलो भूकम्पपछि २० भन्दा बढी पराकम्प, ट्रम्पद्वारा सहयोगको प्रतिबद्धता
‘अमेरिकी आप्रवासी हिरासतमा मृत्युदर उच्च’
बेलायतका राजा चार्ल्सले सार्वजनिक गर्दै व्यक्तिगत कर विवरण
केही हप्ताभित्र होर्मुजमा फसेका अधिकांश जहाज खाली गरिने : आईएमओ
नाटोमाथि इरानले लगायो यस्तो आरोप
जापानमा ७.२ म्याग्निच्युडको भूकम्प, चार जना घाइते
पूर्वअनुमतिबिनाको समुद्री आवागमनविरुद्ध इरानको चेतावनी, हर्मुजमा कारबाहीको संकेत












प्रतिक्रिया