आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार एक साताका मुख्य घटनालाई समेटेर साप्ताहिक ब्रिफिङ पस्कन सुरु गरेको छ ।
यो साता माओवादी र रास्वपालक्षित ओलीको टिप्पणी : झिंगाले सराप्दैमा वर्तमान सरकार ढल्दैन, एकीकृत समाजवादीका नेताहरूको जिम्मेवारी हेरफेर, एमालेलाई सर्वोच्चको राहत, मीनबहादुरको दाने जग्गामा कार्यालय बन्ने बाटो खुल्यो, शेखरले भने- सभापति देउवा दाइसमान, हामीबीच तिक्तता छैन, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न सरकारलाई सर्वोच्चको आदेश, एनपीएल फाइनलमा पुगे जनकपुर र सुदूरपश्चिमलगायतका समाचारले प्रमुख स्थान पाए।
माओवादी र रास्वपालक्षित ओलीको टिप्पणी : झिंगाले सराप्दैमा वर्तमान सरकार ढल्दैन
प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले चाहँदैमा, सराप्दैमा नेकपा एमाले र नेपाली कांग्रेस मिलेर बनेको वर्तमान सरकार नढल्ने स्पष्ट पारेका छन् । नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसका बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । मुलुकमा अस्थिरता चाहनेले सरकार ढल्ने कल्पना गरेको भन्दै कसैले चाहेर वर्तमान सरकार नढल्ने पनि उनले जिकिर गरे ।
संविधान संशोधनबारे अध्ययन गर्न एकीकृत समाजवादीको कार्यदल
माओवादी र रास्वपालक्षित ओलीको टिप्पणी : झिंगाले सराप्दैमा वर्तमान सरकार ढल्दैन
कीर्तिपुर क्रिकेट रङ्गशालामा समयमै ‘प्यारापिट’ बनाइन्छ : प्रधानमन्त्री
एकीकृत समाजवादीका नेताहरूको जिम्मेवारी हेरफेर
राष्ट्रपतिद्वारा भारत र मलेसियाका लागि राजदूत नियुक्त
राजनीतिक स्थायित्व कायम गर्न नयाँ सरकार गठन : प्रधानमन्त्री
एमालेलाई सर्वोच्चको राहत, मीनबहादुरको दाने जग्गामा कार्यालय बन्ने बाटो खुल्यो
दिल्लीमा आरजुले भनिन्- ‘पोखरा र भैरहवा विमानस्थललाई हवाई रुट चाहियो’
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रुट चाहेको बताएकी छन् ।
भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजित भारत-नेपाल आर्थिक सम्मेलन (इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स) लाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मन्त्री डा. राणाले यस्तो बताएकी हुन् ।
भारतीय उद्यमीलाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्रीकाे आह्वान
शेखरले भने- सभापति देउवा दाइसमान, हामीबीच तिक्तता छैन
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवा र आफूबीच तिक्तता नरहेको बताएका छन् ।
सुदूरपश्चिम प्रदेशका नेता–कार्यकर्ताहरूसँग भेटघाट गर्न शुक्रबार कैलालीको धनगढी पुगेका कोइरालाले यस्तो बताएका हुन् ।
एकीकृत समाजवादीमा झलनाथलाई रोजेकै विभाग, विद्यार्थीको जिम्मा झाँक्रीलाई
पुस तेस्रो साता संसदको हिउँदे अधिवेशन बोलाउने तयारी
कोशी सरकारबारे माओवादीको कडा आलोचना
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारका कामकारबाहीबारे आलोचना गरेको छ ।
बिहीबार कोशी प्रदेशसभा सचिवालयको बैठक हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै माओवादी दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारको कडा आलोचना गरेका हुन् ।
न्याय परिषद सदस्यको नाम चाँडो पठाउन बारलाई दबाव
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
एकीकृत समाजवादीले आगामी निर्वाचनहरू एक्लै लड्ने
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले आगामी दिनमा हुने सबै किसिमका चुनाव एक्लै लड्ने निर्णय गरेको छ ।
एकीकृत समाजवादीको काठमाडौंमा बसेको स्थायी कमिटी बैठकले आगामी निर्वाचनमा कलम चुनाव चिह्नका उम्मेदवारहरू एक्लै लड्ने निष्कर्ष निकालेको छ ।
‘जनयुद्ध’ शब्द प्रयोग नगर्न सरकारलाई सर्वोच्चको आदेश
सर्वोच्च अदालतले सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदलालतको संवैधानिक इजलासले गत मंसिर २६ गते गरेको निर्णयलाई बिहीबार प्रमाणीकरण गरेसँगै सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्द प्रयोग गर्न नपाइने भएको हो ।
के हो बाफिया ? किन गर्न खोजियो संशोधन ?
बैंक तथा वित्तीय क्षेत्र, पुँजीबजार, व्यवसायिक क्षेत्रदेखि संसद् भवनसम्म यतिखेर ‘बाफिया’बारे चासोचर्चा र छलफल भइरहेको छ । बैंकमा लगानी गरेका व्यवसायीहरूले ‘बाफिया’लाई आफू अनुकूल बनाउन चर्को लबिइङ र पैरवी गरेको देखिन्छ ।
‘बाफिया’ शब्दले ६६ खर्ब ७७ अर्ब रुपैयाँभन्दा बढी निक्षेप राखिरहेका बैंकलाई, ती बैंक खोल्न लगानी गरेका व्यवसायीलाई र संसद्सम्मलाई किन झस्काइरहेको छ त ? यति धेरै चर्चा भइरहेको बाफिया के हो त ? यसबारे चर्चा गरौँ ।
वि.सं. २०६२/६३ को आन्दोलनपछि नेपालले निष्प्रभावी पुराना कानून खारेज या संशोधन गरी समयानुकूल बनाउन थाल्यो । सोही क्रममा साविकका कृषि विकास बैंक ऐन, २०२४, वाणिज्य बैंक ऐन, २०३१, वित्त कम्पनी ऐन, २०४२, नेपाल औद्योगिक विकास कर्पोरेशन ऐन, २०४६ र विकास बैंक ऐन, २०५२ लाई खारेज गरी बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०६३ जारी गर्यो ।
- ‘बैंकर्स र व्यवसायी छुट्याउनैपर्छ’ : नरबहादुर थापा
- बैंकर्स र व्यवसायी छुट्याउन सम्भव छैन : पूर्वगर्भनर चिरञ्जीवी नेपाल
- बाफिया विधेयकमा के छ नयाँ व्यवस्था ? (तीन महलेसहित)
- ‘बैंकमा एक प्रतिशतभन्दा बढी शेयर भएकाले कर्जा नपाउने प्रस्ताव गलत छ’
- ‘तत्कालै बैंकर र उद्योगी छुट्याउन सम्भव छैन’
रविको फोटो सार्वजनिक गर्नेलाई साइबर अपराधमा कारबाही गरिने
सहकारी ठगीसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा गत कात्तिक ३ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक गर्नेलाई साइबर अपराधसम्बन्धी मुद्दा चलाइने भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले यसरी अनधिकृत रुपमा तस्बिर सार्वजनिक गर्नेलाई साइबर अपराधसम्बन्धी कानुनी प्रावधान गरिएको अभियोगमा मुद्दा चलाइने जनाएको हो ।
हिरासतमा सु्तेका ‘रविको फोटो’बारे कास्की प्रहरी भन्छ -अनुसन्धान भइरहेको छ
साङ्लाले रेशमको खुट्टा बाँधेको फोटो हाल्दै रञ्जिताले लेखिन–हामीलाई विभेद भएको रहेछ
हिरासतमा रहेका रविको तस्बिरबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन
इजलासमा रविको गुनासो-मविरुद्ध मिडिया ट्रायल भयो, न्यायाधीशको जवाफ : हेरौँला
निकिताको चुनौती- रविले सहकारीबाट ऋण लिएको प्रमाण देखाऊ
रवि र निकिताको खातामा २८ करोड ९१ लाख !
दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश
महानगरले भाटभटेनीलाई तिरायो २ लाख जरिवाना
साताभरका मनाेरञ्जन खबर हेर्नुहोस् :
ग्ल्याम नेपाल इन्टरनेसनल चौथो सिजनको फेशन शो सम्पन्न
प्रारम्भ फाउन्डेसनले आयोजना गरेको ग्ल्याम नेपाल इन्टरनेसनल चौथो सिजनको फेशन शो सम्पन्न भएको छ । काठमाडौंमा आयोजित एक समारोहबीच नेपाली चलचित्र क्षेत्रका प्रतिष्ठित कलाकारहरूको सहभागीतामा शो सम्पन्न भएको हो ।
विभिन्न १० वटा सिक्वेन्समा सम्पन्न फेसन शोमा आठ जना डिजाइनले तयार पारेका पोसाकमा ३७ जना कलाकारले प्रस्तुति दिएका थिए ।
‘कार्साङ’को भूमिकाबारे जितु भन्छन्- हँसाउने तर गम्भीर चरित्र
‘मेरो भ्वाइस युनिर्भस’ र ‘मेरो डान्स युनिर्भस’का निर्णायकमण्डल
हाम्रो सिफारिस जुन यहाँलाई मन पर्न सक्छन् :
ब्रेन क्यान्सरसँग हारे विवेक, सिर्जनाले गुमाइन् जीवनसाथी
राससका पूर्वनिमित्त महाप्रबन्धक राणाको निधन
मध्पुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पाँच वर्षदेखि थन्किएका बस सञ्चालन
मेलम्चीको ‘पाइप लाइन’ काम शीघ्र पूरा गर्न निर्देशन
मनाङमा ४.७ म्याग्निच्युडको भूकम्प
सुन्तला किन्न व्यापारी बगैँचामै पुगेपछि किसान खुसी
अंगदान र प्रत्यारोपणसम्बन्धी जानकारी अब अनलाइनबाटै
साताका आर्थिक खबरहरु हेर्नुहोस् :
नेपालमा पूर्वाधार बनाउन एडीबीले थप एक खर्ब पाँच अर्ब रुपैयाँ सहयोग दिने
एसियाली विकास बैंक (एडिबी)ले विभिन्न तीन परियोजना कार्यान्वयन गर्न एक खर्ब पाँच अर्ब ६१ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । सहायता रकममध्ये छ अर्ब ५२ करोड रुपैयाँ अनुदान हो भने बाँकी रकम सहुलियतपूर्ण ऋण हो ।
दोस्रो चरणको काठमाडौँ उपत्यका खानेपानी आपूर्ति सुधार परियोजना, दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) विद्युत् प्रसारण तथा वितरण सुदृढीकरण परियोजना तथा समावेशी विकास कार्यक्रम कार्यान्वयन गर्न उक्त ऋण एवं अनुदान उपयोग गरिनेछ । अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा ऋण एवं अनुदान सहायतासम्बन्धी सम्झौता पत्रमा अर्थ सचिव डा रामप्रसाद घिमिरे र एडिबीका देशीय निर्देशक आर्नो कोश्वाले हस्ताक्षर गरे ।
नेपालको अरूण नदीमा भारत र विश्व बैंकको मिलिभगत
एक वर्षदेखि अर्थ मन्त्रालयको दराजमै थन्कियो नेप्से बेच्ने फायल !
टेलिग्राममा स्क्यामरको जालोभित्र नेपाली, ४५ करोड रुपैयाँभन्दा बढी ठगी
सामाजिक सञ्जाल टेलिग्राम सक्रिय स्क्यामर गिरोहले नेपाली प्रयोगकर्ताबाट कम्तिमा ४५ करोड रुपैयाँ ठगी गरेको खुलेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोमै हालसम्म ४५ करोड रुपैयाँभन्दा बढी ठगी भएको भन्दै उजुरी परेको हो ।
आर्थिक ठगी गर्ने उद्देश्यले टेलिग्राम च्यानलमा यतिखेर ठूलो संख्यामा स्क्यामर समूह सक्रिय छन् । ती ठगहरूको तारोमा पछिल्लो समय नेपाली प्रयोगकर्ता छन् । टेलिग्राममा खोलिएका विभिन्न मेसेन्जर ग्रुपबाट स्क्यामर समूहले नेपालीलाई प्रलोभनको जालोमा फसाउँदै लुटिरहेका हुन् ।
धरानमा भोक लाग्यो ? हाजिर छ भोकलाग्योडटकम
कि घरमै खाना बनाउने, या त भोकै बस्ने ! यो कुरा पूर्वको प्रतिष्ठित शहर धरानले लामो समयसम्म भोगिरहेको व्यथा थियो । तर, अहिले धरानबासी तथा धरान घुम्न पुग्नेले आफैँ खाना बनाउनुपर्ने वा भोकै बस्नुपर्ने बाध्यता हटेको छ ।
अब धरानको जुनसुकै ठाउँमा आफूलाई खान मन लागेको खाना आफूले रोजेको रेस्टुराँबाट आउन थालेको छ । धरानमा यो सब ‘भोकलाग्योडटकम’ले गर्दा सम्भव भएको हो । यस्तो सम्भव गराउने व्यक्ति हुन् – नरेन कुलुङ । उनैले गर्दा धरानमा खाना खान रेस्टुराँ नै जानुपर्ने बाध्यता अन्त्य भएको छ ।
प्रतिबन्धित क्रिप्टोमा हजारौँ नेपालीले दैनिक गर्छन् अर्बौंको कारोबार
नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गर्न पाइँदैन । क्रिप्टोकरेन्सीको कारोबारसम्बन्धी कुनै कानुनी व्यवस्था छैन । विभिन्न समयमा सार्वजनिक सूचना जारी गर्दै केन्द्रीय बैंकले क्रिप्टोको कारोबार र माइनिङको काम गर्न नपाइने बताइरहेको छ ।
तर पनि हजारौँ नेपालीहरूले भने दैनिक ठूलो मात्रामा क्रिप्टोकरेन्सीको कारोबार गर्दै आएका छन् । जुन कारोबार उनीहरूले बैंकिङ प्रणालीसँग आबद्ध भएर नै गरिरहेका छन् । विशेषगरी विश्वमा क्रिप्टो एक्सचेञ्ज कारोबार गर्ने प्रतिष्ठित साइटमा भइरहेको संलग्नता र कारोबारबारे अध्ययन गर्दा यस्तो देखिएको हो ।
नबिलको फेलोसीपले ‘इन्टर्नसीप खोज्नेका साथी’ बनेका कुनाल
विश्वविद्यालय तहको अधिकांश विषयमा अनिवार्य प्रयोगात्मक अङ्कभार व्यवस्था छ । आफूले अध्ययन गरेको विषयमा सैद्धान्तिक परीक्षासँगै विद्यार्थीहरू व्यवहारिक परीक्षामा पनि उत्तिर्ण हुनुपर्ने हुन्छ । अर्थात्, आफूले डिग्री गर्न चाहेको विषयमा निश्चित समय व्यवहारिक अभ्यास (इन्टर्नसीप) गर्नुपर्ने हुन्छ ।
सामान्यतयाः आफूले छनोट गरेको विषयसँग सम्बन्धित वस्तु तथा सेवा उत्पादन गर्ने क्षेत्रमा इन्टर्नसीप गर्नुपर्छ । औद्योगिक तथा व्यवसायिक हिसाबले नेपाल विकासको उच्चतम अवस्थामा नपुगेको हुँदा इन्टर्नसीप गर्नुपर्ने विद्यार्थीलाई सम्बन्धित क्षेत्र खोज्न नै मुस्किल पर्ने गरेको छ ।
थापाथलीस्थित नयाँ भवनबाट राष्ट्र बैंकले थाल्यो काम (तस्बिरहरू)
अन्तर्राष्ट्रिय……
मलेसिया दश वर्षअघि २३९ यात्रीसहित हराएको विमानको फेरि खोजी गर्दै
मलेसियाले १० वर्षअघि हराएको विमानको फेरि खोजी सुरु गर्ने तयारी गरेको छ । चीनको बेइजिङबाट राजधानी क्वालालाम्पुरका लागि उडान भर्ने क्रममा सन् २०१४ मार्चमा हराएको मलेसिया एयरलाइन्सको एमएच ३७० विमानको फेरि खोजी सुरु गर्ने भएको हो ।
बेइजिङबाट २३९ यात्रुसहित उडेको विमान हराएको घटना आजसम्म पनि रहस्यको गर्भमै छ । वर्षौंसम्म उक्त विमानको खोजीका लागि मेलेसियाले प्रयास गरिरहेको थियो ।
चीनको शहरी क्षेत्रमा युवा बेरोजगारी दर अझै उच्च
भारतको पिनाका क्षेप्यास्त्र किन्न विभिन्न मुलुकले देखाए चासो
भारतको ऊर्जा भण्डारण क्षमता सन् २०३२ सम्म १२ गुणाले बढ्ने
दक्षिण कोरियाका राष्ट्रपति भ्रष्टाचार नियन्त्रण निकायसमक्ष उपस्थित हुन मानेनन्
दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले बुधबार देशको भ्रष्टाचार निगरानी निकायसमक्ष उपस्थित हुन अस्वीकार गरेका छन् ।
डिसेम्बर ३ मा सैनिक शासनको अल्पकालीन घोषणापछि संसद्ले उहाँलाई गता साता जिम्मेवारीबाट हटाएको थियो । राष्ट्रपतिको कदमले दक्षिण कोरियालाई दशकौँपछि सबैभन्दा खराब राजनीतिक संकटलाई निम्त्याएको छ ।
दक्षिण कोरियाका राष्ट्रपति पदबाट निलम्बित
गाजामा इजरायली आक्रमण : एक लाख भन्दा बढी घाइते
हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
बेलायतका तीन पूर्व विदेश सचिवले गरे सुकीको रिहाइको माग
क्यान्सरविरुद्धको खोप बनाएको रुसको घोषणा, आगामी वर्ष संसारभर बाँडिने
पाकिस्तानमा यस वर्ष मात्रै ६४ जनामा पोलियो संक्रमण
पाकिस्तानमा पोलियोको प्रकोप अझै नियन्त्रणमा आउन सकेको छैन । त्यहाँ यस वर्षमात्र पोलियोबाट संक्रमितको संख्या ६४ पुगेको छ ।
पछिल्लो समय सिन्ध प्रान्तको ज्याकोबावाद शहरमा एक बालकमा पोलियोको संक्रमण पुष्टि भएको छ । उक्त क्षेत्रमा पोलियोबाट यस वर्ष मात्रै ४ जना बालबालिकालाई पोलियो संक्रमण भइसकेको द न्युज पाकिस्तानले जनाएको छ ।
अफगानिस्तानमा बस दुर्घटना, ५२ जनाको मृत्यु
रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
मोजाम्बिकमा चक्रवातबाट मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो
लेबनानको पुनर्निर्माणका लागि विश्व बैंक तयार
जापानको होन्डा र निसानबीच एकीकरणका लागि वार्ता
हाइटीमा सशस्त्र समूहको आगजनीपछि अस्पताल बन्द
युक्रेनको आक्रमणमा रुसका वरिष्ठ सैनिक अधिकारीको मृत्युले झस्किएको रुसी सरकार
अफ्रिकाका १५ करोड मानिस ‘चरम गरिबी’मा : डब्लुएचओ
खेलकुद….
नेपालमा अहिले खेलकुदको त सिजन नै भन्दा पनि हुन्छ । एनपीएलले नेपाली लगायत विदेशीको पनि मन जितेको छ । यो साता :
कर्णालीविरुद्ध संघर्षपूर्ण जित निकाल्दै फाइनलमा पुग्यो जनकपुर
नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स फाइनलमा पुगेको छ ।
दोस्रो क्वालिफायरमा कर्णालीले दिएको ११९ रनको सामान्य लक्ष्य जनकपुरले १८ दशमलव ५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको हो ।
विपिनले बलमा कर्णालीको कमब्याक, ७ विकेट क्षतिमा जनकपुरले १०० रन कटायो
जनकपुरलाई झट्का, २० रन नकटाउँदै गुमायो ३ विकेट
एनपीएल दोस्रो क्वालिफायर : कर्णालीविरुद्ध जनकपुर फिल्डिङमा
कर्णालीलाई पहिलो झट्का, जयकिशन १ रनमै आउट
५० रन नपुग्दै कर्णालीले ओपनरसहित गुमायो ३ विकेट
ब्याटर नचल्दा सकंटमा कर्णाली, १०० रन पुग्दा गुमायो ७ विकेट
दोस्रो क्वालिफायर : चलेनन् कर्णालीका ब्याटर, जनकपुरलाई ११९ रनको सहज लक्ष्य
प्रतिक्रिया