समूहगत दबाबमा रवि-बालेन, जेन-जीका नाममा सुधनको ‘बार्गेनिङ’
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन झन् झन् लम्बिँदै गएको छ। तीन दिनदेखि चितवनमा जारी महाधिवेशन लम्बिँदा अत्यधिक गर्मीका कारण प्रतिनिधिहरूको दैनिक जीवन अस्तव्यस्त बनेको छ।
सोमबार नै गर्ने भनिएको बन्दसत्र अझैसम्म सुरू हुन सकेको छैन। मंगलबार मध्याह्नदेखि बल्ल ४२ सय भन्दा बढी प्रतिनिधिहरूलाई कार्ड बाँड्न थालिएको छ।
महाधिवेशनमा विभिन्न समूहलाई समेट्नुपर्ने बाध्यताका कारण सुरूमा २७ सय अनुमान गरिएका महाधिवेशन प्रतिनिधि बढेर ४२ सय नाघेका छन्।

सोमबार नै प्रतिनिधि कार्ड बाँडेर बन्दसत्र सुरू गर्ने भनिएको थियो । तर विभिन्न समूह नसमेटी एकलौटी प्रतिनिधि बनाइएको भन्दै महाधिवेशनमा उपस्थित विभिन्न समूहका नेताले असन्तुष्टि व्यक्त गरेका थिए। त्यहीकारण रवि र बालेनलाई तीव्र दबाब बढेको थियो ।
महाधिवेशन प्रतिनिधिको सूचीमा प्रधानमन्त्री वालेन्द्र शाह पक्ष, गृहमन्त्री सुधन गुरुङ, थारू र दलित आन्दोलनका नेताहरू र पूर्वविवेकशील साझा पार्टीलाई पनि नसमेटिएको विरोध भइरहेको छ। ती सबै समूहका नेता प्रतिनिधिका लागि दबाब बढाइरहेका छन् ।
रास्वपाको बन्दसत्र सरेको सर्यै, महाधिवेशन प्रतिनिधिमा बढ्दैछ आक्रोश
महाधिवेशन प्रतिनिधिको नामै बेपत्ता, अन्याय भएको भन्दै हलभित्रै नाराबाजी
बन्दसत्रमा नेताहरूलाई रविको आग्रह- गुट उपगुटका नाममा राजनीति नगर्नुस्
दिनभर चल्यो गृहमन्त्री ‘कुटिएको हल्ला’, अहिले आयो होटलका दुई मजदुरलाई थुनाएको खबर
महाधिवेशनमा प्रतिनिधि शुल्क नलिन र लिएको फिर्ता गर्न सभापति लामिछानेको निर्देशन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनका क्रममा अस्वस्थ गतिविधि नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
मंगलबार चितवनमा महाधिवेशनको बन्दसत्रको उद्घाटन गर्दै सभापति लामिछानेले पार्टीको आन्तरिक निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने भन्दै कुनै गुट, उपगुट तथा प्यानल बनाएर प्रतिस्पर्धामा नउत्रन निर्देशन दिएका हुन् । पार्टीभित्र गुट, उपगुट हाबी भए त्यसबाट आउने परिणाम पनि त्यस्तै हुने उनले बताए । पार्टीले कसैलाई पनि उम्मेदवारी दिनबाट वञ्चित नगरेको उल्लेख गर्दै सभापति लामिछानेले पार्टीको केन्द्रीय समितिमा पुग्ने नेतृत्व छनोट गर्दा विवेक प्रयोग गर्न समेत आग्रह गरे ।

महाधिवेशन अगावै पार्टीले झन्डै दुई तिहाइको सरकार प्राप्त गरेको भन्दै सभापति लामिछानेले अव महिमागान गाएर नभई परिणाममा जोड दिनुपर्ने बताए ।
साथै उनले प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिहरूबाट लिइँदै आएको प्रतिनिधि शुल्क नलिन सम्बन्धित निकायलाई निर्देशन दिए । शुल्क बुझाइसकेका प्रतिनिधिहरूमध्ये आर्थिक समस्या भएकाले आवश्यक प्रक्रिया पूरा गरी उक्त रकम फिर्ता लिन सक्ने व्यवस्था गरिएको उनले बताए ।
रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण
रास्वपा महाधिवेशन : पार्टी सदस्य ५ लाख २३ हजार
खगेन्द्र सुनारलाई नयाँ केन्द्रीय कमिटीले कारबाही गर्न सक्छ : मनिष झा
सभापतिमा लामिछानेसँग प्रतिस्पर्धा गर्न खोजेका साहको प्रतिनिधिबाट नै नाम हटाइयो
रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने
रास्वपा महाधिवेशन : प्रत्येक प्रदेशबाट ५–५ जना निर्वाचित हुने व्यवस्था
रास्वपा सहमहामन्त्री हरि ढकालको उम्मेदवारी घोषणा
रास्वपा महाधिवेशनमा प्रतिनिधि छनोट विवाद : सभापति दाबी गरेपछि नाम हटाएको आरोप
रास्वपा सह-महामन्त्रीमा यज्ञमणि न्यौपानेको उम्मेदवारी
पुकार बम भन्छन्- केन्द्रीय सदस्य जित्दा सहमहामन्त्री उठ्छु
रास्वपा महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि भोलि मतदान
विष्णु पौडेलको बचाउमा विशेषमा बहस : मालपानीको गाडी जसले चढ्यो, उसलाई पहिले पक्राउ गरौँ
सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाका लागि सोमबार पक्राउ गरिएका नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई मंगलबार विशेष अदालतमा उपस्थित गराइएको छ।
सोमबार सुर्खेतको वीरेन्द्रनगरस्थित शुभ होटल परिसरबाट पक्राउ गरिएका उनलाई मंगलबार बिहान नेपालगञ्ज हुँदै काठमाडौं ल्याएर म्याद थपका लागि विशेषमा उपस्थित गराइएको हो । अहिले अदालतमा सरकार र विष्णु पौडेलका पक्षबाट बहस भइरहेको छ। जरुरी पक्राउ पुर्जी जारी गरेर पक्राउ गरिएका पौडेललाई हिरासतमै राख्न अनुमति दिने या बाहिरै रहन दिने निर्णय अब विशेषले गर्नेछ। उक्त क्रममा वरिष्ठ अधिवक्ता रमेश बडालले पौडेलको पक्षबाट बहस गर्दै वालेन्द्र शाह नेतृत्वको सरकारले उनलाई राजनीतिक प्रतिशोध साँध्न पक्राउ गरेको तर्क गरे।
‘विष्णु पौडेललाई एमालेको उपाध्यक्ष भएकाले पक्राउ गरिएको छ । राजनीतिक प्रतिशोधका लागि समातिएको हो । एक एक गरेर राजनीतिक दलका नेतालाई पक्राउ गरेर सक्ने कोसिस हुँदैछ । दलका नेता सकेपछि विरोधमा उत्रिने अन्यालाई पनि सक्ने योजनामा सरकार छ।’ उनले बहसका क्रममा पौडेलको संलग्नता भएको भनिएको श्रीराम टोबाकोको सेयर बिक्रीबारे पनि प्रश्न उठाए ।

‘श्रीराम टोबाकोको सेयर अर्को कम्पनीले किन्यो भनेर विष्णुप्रसाद पौडेललाई दोषी देखाइँदैछ । उक्त सेयर खरिद बिक्री प्रकरणमा पौडेलले निर्देशनसँगै कहीँ कतै संलग्ता हुने प्रमाण छैन’, उनले भने । २०८२ फागुन २१ को चुनावअघि ‘करेन्ट’ र ‘लाली’ चाउचाउ तथा सुर्तीजन्य उद्योगका सञ्चालक कमलकिशोर मालपानीले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता बालेन्द्र ९बालेन० शाहलाई करिब ८ करोडको गाडी दिएका थिए ।
‘मालपानी भन्ने व्यक्तिले कसलाई गाडी दिएका थिए ? बालेन शाहलाई होइन र ? मालपानीको गाडी कसले चढ्यो रु प्रयोग कसले गरेको थियो रु ८(८ करोडको गाडी जसले चढ्यो, उसलाई नसमात्ने, उसलाई नछुने अनि सम्पत्ति शुद्धीकरण जस्तो विषयमा यति हचुवा शैलीमा कसैलाई समात्न सकिँदैन’, उनले भने । उनले हचुवाका भरमा यो मुद्दा दर्ता भएपछि सार्वजनिक पदका लागि अयोग्य हुने अवस्था हुनेतर्फ पनि चिन्ता जनाए ।
यस्तो छ विष्णु पौडेलमाथिको आरोप, चुनावी प्रतिस्पर्धी चुन्नप्रसादले दिएका थिए ‘रकम लुकाएको’ बयान
शंकर पोखरेल भन्छन् : एमाले हरेक धक्काबाट उठेको छ, फेरि पनि उठ्नेछ
सम्पत्ति छानबिनको पक्षमा म अझै अडिग छु, भ्रम नफैलाइयोस्: पूर्वअर्थमन्त्री शर्मा
पूर्वअर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालत लगियो
विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइयो
बालेनलाई करोडौँको गाडी दिएका मालपानी र चुन्नप्रसादको बयानबाट समातिए विष्णु पौडेल !
विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
मुख्यसचिव सुमनराज अर्यालले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबै राष्ट्रसेवक कर्मचारीले इमानदारीपूर्वक काम गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा नेपाल सरकारका नव नियुक्त राजपत्राङ्कित तृतीय श्रेणीका शाखा अधिकृतहरूको ४०औँ आधारभूत प्रशिक्षण कार्यक्रमको समापन समारोहमा उनले स्वार्थ केन्द्रित नभई राष्ट्र सेवामा आफूलाई समर्पित गर्न अनुरोध गरे ।
पदको गरिमा कायम राख्दै नागरिकप्रतिको उत्तरदायित्व निर्वाह गर्नुपर्नेमा जोड दिँदै मुख्यसचिव अर्यालले ‘राज्यको नीति र लक्ष्यअनुसार काम गर्दा कर्मचारीले आफ्नो स्वार्थभन्दा माथि उठेर पारदर्शी, जिम्मेवार र सेवामुखी हुनुपर्छ,’ भने
स्वास्थ्यका विभिन्न ८ निकाय र स्वास्थ्य बीमा बोर्डमा पदाधिकारी नियुक्तिका लागि आवेदन खुला
मन्त्री मेहताद्वारा बकुलहर रत्ननगर अस्पतालको निरीक्षण
सरकारले गर्यो सार्वजनिक सवारीसाधनको दर्ता आंशिक खुला
शिक्षा मन्त्रालयको स्पष्टीकरण : कक्षा १२ को नतिजा प्रकाशनमा त्रुटि भएको छैन
काँकरभिट्टा नाकामा एकीकृत जाँच एकाइ पुनः सञ्चालन
सार्वजनिक यातायातमा प्रविधिको निगरानी : सिसीक्यामेरा, जिपिएस जडान
मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको शानदार जित, नकआउट चरण प्रवेश
लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६ मा अष्ट्रियामाथि २–० को जित हात पारेको छ ।
अष्ट्रियाविरुद्धको खेलमा मेस्सीले दुई गोल गर्दै विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । उनले ३८औँ मिनेट र इन्जुरी समयमा गोल गर्दै जर्मनीका मिरोस्लाभ क्लोजेको १६ गोलको कीर्तिमान तोडेका हुन्।

यसअघि अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै मेस्सीले क्लोजेको रेकर्ड बराबरी गरेका थिए । अष्ट्रियाविरुद्ध दुई गोल थपेसँगै विश्वकपमा उनको गोल संख्या १८ पुगेको छ।
खेलको चौथो मिनेटमै पेनाल्टीको अवसर पाए पनि मेस्सी त्यसमा सफल हुन सकेनन्। तर उनले त्यसको केही समयपछि गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए।
लगातार दोस्रो जितसँगै अर्जेन्टिनाले समूहमा ६ अंक जोड्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। यसअघि अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गरेको थियो।
मेसीले रचे इतिहास : १८ गोलसहित बने विश्वकपकै उच्च गोलकर्ता
इराकविरुद्ध एमबाप्पेले गरे दुई गोल
फ्रान्स विश्वकपको अघिल्लो चरणमा : ३-० ले पराजित इराक बाहिरियो
हालान्डको दुई गोलसँगै नर्वे नकआउट चरणमा प्रवेश, सेनेगल ३–२ ले पराजित
टोलीभित्र कुनै तनाव छैन, रोनाल्डो हाम्रा रोल मोडल हुन्: प्रशिक्षक मार्टिनेज
विश्वकपका सुरुवाती दुई खेलमै कीर्तिमानको वर्षा: मेसी, एम्बाप्पे र हालान्डबीच गोलको दौड
अल्जेरियाको सानदार पुनरागमन जित, जोर्डन २-१ ले पराजित
ट्रम्पको चेतावनी : इरानले सम्झौता पालना नगरे फेरि कारबाही हुनेछ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्विट्जरल्यान्डमा भएको वार्तापछि इरानले सम्झौताको पालना नगरे वा उचित व्यवहार नदेखाए आफूहरू फेरि कारबाही गर्न तयार रहेको बताएका छन्।
ट्रम्पले भने, ‘यदि इरान आफ्ना प्रतिबद्धतामा अडिग रहँदैन भने मैले जे गर्नुपर्छ, त्यही गर्नेछु।’

उनले इरानसँग आफू वा अमेरिकामाथि दबाब सिर्जना गर्ने कुनै प्रभावकारी क्षमता नरहेको पनि दाबी गरे। हालैका घटनापछि इरानको सैन्य तथा आर्थिक अवस्था निकै कमजोर बनेको उनको भनाइ थियो।
ट्रम्पले इरानलाई परमाणु हतियार प्राप्त गर्नबाट रोक्नु आफ्नो सबैभन्दा ठूलो प्राथमिकता रहेको दोहोर्याए।
लामो समयसम्म सैन्य कारबाही गर्नुपर्ने अवस्था आएर विश्व अर्थतन्त्रमा मन्दीको जोखिम सिर्जना भए पनि इरानलाई परमाणु हतियार हासिल गर्न नदिनु अझ महत्वपूर्ण विषय भएको उनको तर्क छ।
‘प्यालेस्टिनी बालबालिकाहरू दुर्व्यवहारको उच्च जोखिममा’
नाइजेरियामा भएको आक्रमणमा २० जनाको मृत्यु
होर्मुजमा ढुवानी प्रवाह सहज भए आपुर्तिमा राहत दिनेमा भारत आशावादी
इरानको दाबी : फ्रिज गरिएको १२ अर्ब डलरको कोष फुकुवा हुनु ठूलो जित
अमेरिकाद्वारा इरानमाथिको तेल प्रतिबन्धमा छुट, १२ अर्ब डलरको फ्रिज कोष फुकुवा हुने










प्रतिक्रिया