साताको ब्रिफिङ : पूर्वराष्ट्रपतिकहाँ प्रधानमन्त्री, रावलले ओकले ओलीप्रति आक्रोश र नजिकिँदै माधव-बामदेव | Khabarhub Khabarhub

साताको ब्रिफिङ : पूर्वराष्ट्रपतिकहाँ प्रधानमन्त्री, रावलले ओकले ओलीप्रति आक्रोश र नजिकिँदै माधव-बामदेव


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 10 मिनेट


879
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार एक साताका मुख्य घटनालाई समेटेर साप्ताहिक ब्रिफिङ पस्कन सुरु गरेको छ । यो साता पनि हामीले केही मुख्य घटनाबारे चर्चा गरेका छौं, जुन यहाँहरुलाई रुचीकर लाग्न सक्छ ।

यो साता विशेषगरनेकपा एमालेमा नेतृत्वको विकल्पको खोजी सुरु भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली बूढानीलकण्ठ पुगेका छन्, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भीम रावलको घोषणा, प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले नेपाल शीत युद्धको इपिसेन्टर बन्ने दिशामा अघि बढेको निष्कर्ष निकालेको छ । त्यस्तै स्वर्णलक्ष्मी सहकारीमा ठगी : रविसहितलाई ४४ जनालाई प्रतिवादी बनाउन प्रहरीको रायलगायत समाचार हाबी भए ।

यस्ता छन् साताका मुख्य घटना –

सुरुमा हेर्नुहोस् केहि लिंकहरु

ओलीको अध्यादेशबाट नियुक्तहरू अवकाशतिर, सर्वोच्चले भ्याउँदैन मुद्दा हेर्न

कृषि क्षेत्रमा इजरायली सहयोगलाई निरन्तरता दिन कृषिमन्त्री अधिकारीको आग्रह

बिन्दालाई निलम्बन गरेका ओलीले विभालाई भित्र्याए एमालेमा

पार्टी राजनीतिमा विद्या र पासाङ : सर्वोच्च पद पाएर पनि अझै के को लोभ ?

एमाले सचिवालय बैठकपछि प्रधानमन्त्रीले भेटे पूर्वराष्ट्रपति, दुई घण्टा छलफल

नेकपा एमालेमा नेतृत्वको विकल्पको खोजी सुरु भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली बूढानीलकण्ठ पुगेका छन् ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न ओली बिहीबार अपरान्ह बूढानीलकण्ठस्थित भंगाल पुगेका हुन् ।

बिहीबार दिउँसो सचिवालय बैठकमा पुस २१ गतेदेखि बस्ने केन्द्रीय समितिमा पेश गर्न लेखिएको राजनीतिक प्रतिवेदन पारित गरेपछि ओली भंगाल पुगेका हुन् ।

नेकपा एमालेकी पूर्वउपाध्यक्ष रहेकी भण्डारीसँग ओलीले करिब २ घण्टा लामो वार्ता गरेको उनको सचिवालयले जनाएको छ ।

दुई घण्टासम्म भएको भेटमा एमालेको पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको ओलीको सचिवालयले उल्लेख गरेको छ ।

पछिल्लो समय पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किने कोसिस गरिरहेकी छन् । दुई कार्यकाल राष्ट्रपति बनिसकेकी उनी एमालेको नवौँ महाधिवेशनमा उपाध्यक्ष बनेकी थिइन् । त्यसपछि उनलाई वर्तमान प्रधानमन्त्री ओलीले नै राष्ट्रपति बनाएका थिए ।

प्रधानमन्त्री भन्छन्- ढुक्क हुनुहोस् सरकारले समृद्धि र सुशासनका लागि काम गर्छ

पर्सामा प्रधानमन्त्रीले भने- व्यवहारबाट पुष्टि भइसक्यो, देश बनाउने पार्टी एमाले मात्रै हो

सुशासनमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिन्छ : गृहमन्त्री

कर्ण थापाको टिप्पणी : विधानअनुसारको बहसलाई बन्देज लगाउनु उचित होइन

भीम रावलको आरोपबारे एमालेले भन्यो : प्रचण्ड-बाबुराम र रविले दिने गालीकै निरन्तरता

कर्ण थापाको टिप्पणी : विधानअनुसारको बहसलाई बन्देज लगाउनु उचित होइन

वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भीम रावलको घोषणा
गत पुस ११ गते नेकपा एमालेबाट निकालिएका नेता डा. भीमबहादुर रावलले नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणको घोषणा गरेका छन् ।बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत् उनले यस्तो घोषणा गरेका हुन् ।

‘‘यस्ता मान्यताहरूको आधारमा देश र जनतासँग सम्बन्धित समग्र विचार, कार्यक्रम र नीति तय गर्दै, देश र प्रवासमा अभियान सञ्चालन गर्दै, देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको छ’, उनले पत्रकार सम्मेलनमा भने, ‘यसैतर्फ हाम्रा पाइला र प्रयासहरू अगाडि बढ्ने छन् । हाम्रा यी पाइला र प्रयासहरू अगाडि बढ्ने सन्दर्भमा विभिन्न संगठित रुपमा रहनुभएकासँग सहकार्य हुन सक्छ ।’

उनले सम्बोधनका क्रममा बीपी कांग्रेस, पूर्व देशभक्त सैनिक संगठनसहितलाई एक ठाउँमा राखेर नयाँ पुस्ताको जीवन सुरक्षित बनाउन लागेको पनि बताएका छन् । उनले देशभक्तहरू सबैको सम्मान गर्ने पनि बताए । रावलले वैकल्पिक शक्ति निर्माणका लागि मातृभूमि जागरण अभियान सञ्चालन गर्ने पनि बताएका छन् ।

भीम रावलले सोधे केपी ओलीलाई ७४ प्रश्‍न

भीम रावलको निष्कर्ष : ओली तानाशाही बनेपछि वैकल्पिक बाटो हिँड्न बाध्य भएँ

भीम रावलको गुनासो : पटक-पटक फोन गर्दा पनि ओलीले उठाएनन्

रावलको प्रश्न- अध्यक्षमा प्रतिस्पर्धा गरेकै कारण पार्टीबाट निकालिएको हो ?

ओलीले जवाफ नदिए मिसन ०८४ पतन हुनेछ : भीम रावल

ओलीलाई कटाक्षसहित रावलको कविता : सामूहिक घर कसरी भन्छौ एकलौटी मेरै हो ?

बालुवाटार प्रकरणमा विष्णु पौडेल पुत्रलाई ओलीको इशारामा जोगाइयो : भीम रावल

यस्तो छ आगामी यात्राबारे भीम रावलको धारणा (पूर्णपाठ)

भिडियोमा हेर्नुहोस् भीम रावलको गुनासो :

पूर्वराष्ट्रपति भण्डारीले गरिन् ईश्वर पोखरेलको प्रशंसा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अराजकता, विकृति र विसंगतिलाई रोक्न प्रगतिशील कला संस्कृतिको महत्वपूर्ण भूमिका हुने बताएकी छन्।

शुक्रबार काठमाडौंमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संस्मरण ‘आमा, सपना र ताराहरू’ लोकार्पण गर्दै भण्डारीले यस्तो बताएकी हुन् ।

सर्जकहरूले आफ्ना सिर्जनामार्फत देश र जनताको सेवामा थप समय खर्चिनुपर्ने खाँचो देखिएको उनले बताइन् ।

भण्डारीले नेपाली राजनीतिक परिवर्तनमा पोखरेलले खेलेको भूमिकाको प्रसंसा गरिन् । त्यस्तै उनले पार्टी वा राजकीय जुनसुकै भूमिकामा भए पनि आफ्नो जिम्मेवारी प्रभावकारी रुपमा निर्वाह गर्नुपर्ने मान्यता पोखरेलमा रहेको बताइन् ।

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको ‘आमा, सपना र ताराहरू’ लोकार्पण

खानेपानीमन्त्री भन्छन्- हरेक नागरिकको घरमा शुद्ध खानेपानीसहित नलको व्यवस्था गर्छु

२८ हजार मेगावाटमा ६५ खर्ब लगानी हुँदा ४० खर्ब स्वदेशमै रहन्छ : इप्पान अध्यक्ष कार्की

ओलीलाई विश्वप्रकाशको जवाफ- कांग्रेसमा फरक मत राख्नेलाई ठाउँ छ, एमालेले कारबाही गरेछ
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गत पुस ११ गते नेकपा (एमाले)का तीन नेतालाई गरिएको कारबाहीको प्रसंग मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा झिकेका छन् ।

पूर्वकर्मचारी समाज नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधनका क्रममा शर्माले एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावललाई एमालेबाट निष्कासन तथा स्थानीय कमिटी सदस्य डा. बिन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिमल्सिनालाई निलम्बन प्रकरणमा बोलेका हुन् ।

शर्माले एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेको नेतृत्वलाई प्रश्न उठाउँदै फरक मत राखेकै कारण तीन नेतामाथि कारबाही गरिएको दाबी पनि गरेका छन् ।

गुठी ऐन सदनमा प्रस्तुत गर्न राष्ट्रिय सरोकार समितिको निर्देशन

प्रहरीका पाँच एसएसपीको सरुवा, ललितपुरमा अधिकारी

फागुन १६ र १७ गते काठमाडौंमा रोजगार सम्मेलन

मर्स्याङ्दी जलाधार क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् काठमाडौँ ल्याइने

ट्र्याक खोलेको ७ वर्ष नबित्दै नाम्दु-पाँडु सडक ढलान

माओवादीको निष्कर्ष : नेपाल शक्तिराष्ट्रबीच शीतयुद्धको केन्द्र बन्दैछ

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले नेपाल शीत युद्धको इपिसेन्टर बन्ने दिशामा अघि बढेको निष्कर्ष निकालेको छ ।

बिहीबारदेखि काठमाडौंमा सुरु स्थायी समिति बैठकबारे पत्रकारहरूलाई जानकारी गराउँदै माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले भूराजनीतिक जटिलताबारे यस्तो निष्कर्ष निकालिको बताएका हुन् ।

आगामी पुस २१ गते बस्ने केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले लामो ब्रिफिङ गरेका थिए ।

‘अन्तराष्ट्रिय परिस्थिति अन्यत्नै द्वन्द्वग्रस्त भइरहेको, शक्ति राष्ट्रबीचमा प्रतिद्वन्द्विता झन्झन् तीव्र हुँदै गएको छ । यो परिस्थितिमा राष्ट्रिय एकताको सबैभन्दा बढी खाँचो परेको छ’, सापकोटाले अध्यक्ष प्रचण्डको भनाइ उद्धृत गर्दै पत्रकारलाई सुनाए, ‘देश विपद्को भूमरीमा पर्दैछ । हाम्रो देश शीतयुद्धको इपिसेन्टरतिर जाँदैछ । त्यसकारण यो देशको रक्षा गर्ने दायित्व सबै नेपालीको हो ।’

प्रचण्डको आरोप : ‘ठूला मिडिया’का मालिकहरू योजना बनाएरै बदनाम गर्न लागेका छन्

वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध काम गर्न सकेन : प्रचण्ड

झापामा ओलीबारे प्रचण्डले भने-धेरै जालीझेली गर्ने मान्छेको ठाउँमा आइपुगेँ

प्रचण्डलाई महेश बर्तौलाले- भोलि फेरि कुनै घुम्तीमा भेट हुन सक्छ

माओवादीको निष्कर्ष : सरकारले नियतवश संसद्को अधिवेशन आह्वान गरेन

सुशासनका पक्षमा सबै एकताबद्ध हुन जरुरी छ : अध्यक्ष दाहाल

माधव नेपालसँग वार्तापछि वामदेवले भने-समाजवादीमा जाने सम्भावना छ
नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको भेटवार्तामा पुराना स्मरण पुनर्जीवित गरिएको प्रतिक्रया दिएका छन् ।

आलोकनगरस्थित एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा सोमबार अध्यक्ष नेपालसँगको छलफलपछि गौतमले पुराना स्मरण पुनर्जीवित गरिएको प्रतिक्रया दिएका हुन् ।


एकीकृत समाजवादीको पार्टी कार्यालयबाट बाहिरिने क्रममा एमालेका पूर्वउपाध्यक्ष गौतमले भने, ‘पुराना स्मरणहरू पुनर्जीवित गरियो । नयाँ आकाशतर्फ फेरि हिँड्न पर्छ भन्ने पनि कुरा भयो । अनि आजलाई स्थगित भयो ।’

उनले एकीकृत समाजवादीमा आफू जान सक्ने सम्भावना रहेको पनि बताए । ‘सम्भावना छँदै छ नि त,’ पत्रकारले एकीकृत समाजवादीमा जानेबारे राखेको जिज्ञासामा गौतमले भने ।

एकीकृत समाजवादीको कार्यालयमा वामदेव, माधव नेपालसँग वार्ता

भीम रावलबारे कर्ण मल्ल : उहाँलाई केपी बाले निकाले, मलाई शेरबहादुर दाइले

नेपाली संस्कृतिले अन्तर्राष्ट्रिय तहमा गौरव बढाएको छ : माधव नेपाल

वर्तमान सरकार विकास र समृद्धिका पक्षमा छ : महासचिव पोखरेल

स्वर्णलक्ष्मी सहकारीमा ठगी : रविसहितलाई ४४ जनालाई प्रतिवादी बनाउन प्रहरीको राय

स्वर्णलक्ष्मी सहकारीबाट रकम अपचलन प्रकरणमा अनुसन्धान गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाउन राय दिँदै प्रतिवेदन बुझाएको छ ।

पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा हाल कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति लामिछानेमाथि काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीबाट पनि रकम अपचलन गरेको जाहेरी परेको थियो ।

सो उजुरीमाथि अनुसन्धान गरेको प्रहरी परिसरले बिहीबार जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा प्रतिवेदन बुझाउँदै लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाउन राय दिएको हो ।

कास्की जिल्ला अदालतमा लामिछाने लगायतविरुद्ध बहस चलिरहँदा अब काठमाडौँमा पनि मुद्दा प्रक्रिया अघि बढ्ने भएको हो ।

प्रहरी प्रतिवेदनमा स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछानेसहित ४४ जनालाई प्रतिवादी कायम गर्नुपर्ने उल्लेख छ। सो सहकारीको रकम हिनामिना भएको ठहर गर्दै लामिछानेसहित ४४ जनासँग एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदावी गर्न प्रहरीको राय छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरण : जाहेरवालाले पहिलो दिन बहस सके, शुक्रबार पनि जारी रहने

सर्वोच्चका अधिकृतले १० लाख घुस लिएको आरोप, पैसा फिर्ता माग्दै निवेदन

राष्ट्रिय सभाबाट पारित मर्यादासम्बन्धी विधेयकमा नास्ट उपकुलपति गायब

साताका आर्थिक खबर : सहकारीपछि बैंकमा जोखिमको घण्टी, शेयर बजारमा धान खाने मुसो, चोट पाउने भ्यागुतो !

नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबिच सहकार्य गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्य र बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयका अध्यक्ष त्वाङ फङबीच सहमतिपत्र आदानप्रदान भएको हो।


समझदारीअनुसार दुवै मुलुकका ती विश्वविद्यालयले संस्कृति आदानप्रदान भाषा शिक्षण, अनुसन्धान कार्य सञ्चालनका लागि काम गर्नेछन् । यसैगरी, बेइजिङमा नेपाल इन्स्टिच्यूट र लुम्बिनीमा चाइना इन्स्टिच्यूट स्थापना हुनेछन्।

परिणाममुखी काम गर्न सीडीओ र सुरक्षा निकायका प्रमुखलाई गृहमन्त्रीको निर्देशन

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक

हाम्रा सिफारिस जुन यहाँलाई मन पर्न सक्छन् :

एमसिसीले थप छ अर्ब ८० करोड प्रदान गर्ने

सशस्त्र प्रहरीमा भर्ना खुल्यो, ११७९ जनालाई रोजगारीको अवसर

विमानको आपतकालीन ढोका खोल्ने यात्रुलाई जरिवाना

कुनैबेला पेट पाल्न भारतमा भाँडा माझेकी गौमुलकी सीता बनिन् ‘शी लिड्स आइकन’

महिला जनप्रतिनिधिको उल्लेखनीय योगदानलाई सम्मानका लागि दिइने ‘शी लिड्स आइकन अवार्ड’ घोषणा गरिएको छ ।

आयोजक संस्था शी लिड्स आइकन (कल्प) ले प्रधानमन्त्री केपीशर्मा ओलीको उपस्थितिमा विजेता तीनजनाको नाम घोषणा गरेको हो । जसमा बाजुराको गौमुल गाउँपालिकाकी उपाध्यक्ष सीता थापा पनि परेकी छन् ।

एक सय ४० जना आवेदकमध्ये २७ जनाबीच प्रतिस्पर्धी भएको थियो । प्राप्त आवेदनमध्ये कोशी प्रदेशबाट २४, मधेश प्रदेशबाट १४, बागमती प्रदेशबाट १२, गण्डकी प्रदेशबाट ११, लुम्बिनी प्रदेशबाट ३६, कर्णाली प्रदेशबाट १६ र सुदूरपश्चिम प्रदेशबाट १५ महिला जनप्रतिनिधि सहभागी थिए ।

प्रतिस्पर्धाबाट बाजुराको गौमुल गाउँपालिकाकी उपाध्यक्ष सीता थापा, सिंगास गाउँपालिका बैतडीकी उपाध्यक्ष धाना धामी र बडिगाड गाउँपालिका, बागलुङकी अध्यक्ष गण्डकी थापा अधिकारीले ‘शी लिड्स आइकन अवार्ड’ जिते ।

एकै वर्षमा ३४ लाखको अलैँची उत्पादन

किसानले बेचे ११ करोडको धान

स्याङ्जाबाट एक अर्ब १२ करोड सुन्तला बिक्री

मनाङमा विदेशी पर्यटकको आकर्षण बढ्दै

प्रहरीका पाँच एसएसपीको सरुवा, ललितपुरमा अधिकारी

मर्स्याङ्दी जलाधार क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् काठमाडौँ ल्याइने

स्कारपियोमा १५५ केजी गाँजा, भरिया बनाइएका दुई युवा पक्राउ

अन्नपूर्णमा अहिले सम्मकै बढी पर्यटक, दुई लाख ४४ हजार बढी विदेशीले गरे भ्रमण

‘२० वर्ष नपुगेकालाई मन्दिरमा पनि विवाह गर्न दिनुहुँदैन’

कोशीमा दुई लाख ६५ हजार किशोरीलाई एचपीभी खोप दिइँदै

जनकपुरधाममा मांसमदिरा बेच्नेलाई कारबाही गरिने

साताका मनोरञ्जन खबरहरु…

कन्दरा ब्याण्डको गीत ‘हुनेछ : द सङ अफ होप’ सार्वजनिक

कन्दरा ब्याण्डले अङ्ग्रेजी नयाँ वर्ष सन् २०२५ को अवसर पारेर नयाँ गीत ‘हुनेछ : सङ्ग अफ होप’ सार्वजनिक गरेको छ । यो म्युजिक भिडियो प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका हुन् ।

सकारात्मक समाज निर्माण, सम्भावना, समृद्धि र स्थायित्वबारे प्रधानमन्त्री ओलीका अभिव्यक्तिहरूलाई समेटेर यो गीत तयार पारिएको कन्दरा ब्यान्डले बताएको छ ।

गीत सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्री ओलीले गीतको प्रशंसा गरे । कन्दराका प्रमुख भोकलिस्ट विवेक श्रेष्ठलाई ओलीले भने, ‘साह्रै राम्रो गाउनुभएको रहेछ, कति मिठो गीत । ठ्याक्कै देशले खोजे जस्तो ।’

‘लाज शरणम्’का तीन पोस्टर सार्वजनिक

यस्तो बन्यो ‘कार्साङ’को ट्रेलर

स्वास्थ्यका महत्वपूर्ण खबरहरु…

आपतकालीन रगतका लागि ‘ब्लड फर मी’ मोबाइल एप्स सार्वजनिक

आपतकालीन अवस्थामा ताजा रगत खोज्न सहजीकरणका लागि ‘ब्लड फर मी’ ‘एप्स’ सार्वजनिक गरिएको छ ।

ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) जिल्ला शाखा ललितपुरको विशेष अधिवेशनका अवसरमा आज बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले एप्स सार्वजनिक गरेका हुन् ।

मन्त्री महर्जनले मानवीय सेवासँग जोडिएको रक्तदानलाई व्यवस्थित बनाउन र आपतकालीन अवस्थामा रगतको अभाव पूर्ति गर्न प्रविधिको प्रयोगले महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।

उनले रक्तदान जस्तो महान् कार्यलाई बढावा दिन जनचेतनामूलक क्रियाकलाप अगाडि बढाउनुपर्नेमा जोड दिए ।

बीमाको रकमबाट निजी अस्पतालमा पनि उपचारको व्यवस्था मिलाउछौँ : स्वास्थ्यमन्त्री

स्वास्थ्य बीमा क्षेत्र सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन

बाँकेमा १ सय ४६ जना नयाँ कुष्ठरोगका बिरामी फेला

तराई-मधेशमा चिसो बढ्दै, सतर्कता अपनाउन चिकित्सकको आग्रह

राखेपका नवनियुक्त सदस्यले लिए पद तथा गोपनियताको शपथ

राष्ट्रिय खेलकुद परिषद्मा नियुक्त भएका सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराइएको छ ।

शुक्रबार सिंहदरबारस्थीत खेलकुद मन्त्रालयमा खेलकुदमन्त्री तेजुलाल चौधरीले परिषद्को सदस्यमा नियुक्त भएका ८ जनालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

केही दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले खेलकुद परिषद्को सदस्यमा शान्तिकुमारी चौधरी, आनन्दकुमार झा, सुवर्ण श्रेष्ठ, कमलबहादुर भट्टराई, हिमालकुमार श्रेष्ठ, नन्दा बस्याल, जगतसिंह धामी र भानबहादुर चन्दलाई चार वर्षका लागि नियुक्त गरेको थियो ।

परिषद्का सदस्यहरूलाई शपथ गराउँदै मन्त्री चौधरीले खेलकुद क्षेत्रको विकासका लागि आवश्यक भूमिका निर्वाह गर्न आग्रह गरे ।

 एलीट कपका लागि पुलिस क्लबको टोली घोषणा

बागमती प्रदेशस्तरीय तेक्वान्दो लिग आजबाट, ३ सय खेलाडी सहभागी हुने

भारतका कप्तान रोहित प्लेइङ ११ बाहिर : टेस्टबाट सन्यासको सम्भावना

अन्तर्राष्ट्रिय…

क्यालिफोर्नियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, १८ घाइते

अमेरिकाको क्यालिफोर्निया राज्यको एक व्यापारिक भवनमा एउटा सानो विमान ठोक्किँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै अन्य १८ जना घाइते भएका छन् ।

स्थानीय समय अनुसार बिहीबार लस एन्जलसबाट ४० किलोमिटर दक्षिणपूर्वमा रहेको फुलर्टन म्युनिसिपल एयरपोर्ट नजिकै दुर्घटना भएको हो । यसको कारण भने खुल्न सकेको छैन ।

फुलर्टन प्रहरीले एक्समा भनेको छ, ‘दुई जनाको मृत्यु भएको पुष्टि भएको छ ।’

यसका साथै १० जनालाई अस्पतालमा भर्ना गरिएको छ भने अन्य आठ जनाको घटनास्थलमै उपचार गरिएको छ ।

इजरायलद्वारा लेबनानमा आक्रमण जारी

बाइडेन श्रीमतीलाई २० हजार डलरको हिरा दिएका थिए मोदीले

दक्षिण कोरियामा तनाव : राष्ट्रपतिलाई पक्राउ गर्न घरमा पुग्यो प्रहरी

किम जोङ उनकी बहिनी पहिलो पटक सन्तानसँग देखिइन्

 बन्धक वार्ताका लागि इजरायली प्रतिनिधिमण्डल कतार जाँदै

वर्ष २०२५ को स्वागतका लागि संसारभर के-के भयो?

काठमाडौं – संसार भरी नयाँ वर्ष २०२५ को भव्य स्वागत गरिएको छ। सिरियाली नागरिकले आसाद सरकार ढलेपछिको पहिलो पटक नयाँ वर्ष हर्षोल्लासका साथ मनाइरहेका छन्।

बेलायत तथा अन्य धेरै युरोपेली देशमा वर्षको पहिलो दिनको पहिलो बिहानीमा नै मौसम खराब छ। त्यसका बाबजुद हर्षोल्लासका साथ नयाँ वर्ष मनाइएका छन्।

संसारमा विकसित देशका मुख्य सहरहरू अहिले रङ्गाएका छन्। संयुक्त अरब इमिरेट्सको दुबई र अबुधाबी, बेलायत, रोम र बर्लिन पुरै रङ्गिएका छन्।

थाइल्याण्डका प्रधानमन्त्रीको २० लाख डलरका ह्यान्डब्याग र ५० लाख डलरका घडी

दक्षिण कोरियाले जेजु एयर फ्लाइट डाटा रेकर्डर अमेरिका पठाउने

भारतको स्टिल प्लान्टमा आगलागी हुँदा चार जनाको मृत्यु

बंगलादेशमाथि प्रतिबन्ध लगाउन अमेरिकी सांसदको माग

भियतनामलाई ड्रोन प्रतिरोधी प्रणाली बिक्री गर्ने भारतको प्रस्ताव

पाकिस्तानी क्षेप्यास्त्र कार्यक्रममा संलग्नमाथि अमेरिकाले लगायो प्रतिबन्ध

चीनको सिन्जियाङमा रहेको कारखाना बन्द गर्ने भक्सवागनको घोषणा

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

दक्षिण कोरियाको राजधानी सियोलको एक अदालतले पूर्व राष्ट्रपति युन सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

युनले गत डिसेम्बर ३ मा लगाएको मार्सल ‘ल’ का कारण यो वारेन्ट जारी गरिएको योनहाप समाचार एजेन्सीले जनाएको छ ।

पूर्व राष्ट्रपति युनले डिसेम्बर ३ मा देशमा अप्रत्याशित रूपमा मार्सल ल लगाएका थिए । यसको चर्को विरोध मात्रै भएन, संसद्ले केही घण्टामा नै उनको सो कदममाथि रोक लगाएको थियो ।

अमेरिकामा ‘नोरोभाइरस’ को प्रकोप बढ्दै

वार्षिक निर्यात ६० अर्ब पुर्‍याउने पाकिस्तानको लक्ष्य

सिंगापुरको आर्थिक वृद्धि अपेक्षाभन्दा बढी

गाजामा इजरायली हमला, पूर्वप्रहरी प्रमुखसहित ११ जनाको मृत्यु

सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी

ट्युनिसियामा डुङ्गा पल्टिँदा २७ आप्रवासीको मृत्यु, ८३ को उद्धार

कोरियामा जहाज दुर्घटना : १७९ जनाको मृत्यु, दुई यात्रुमात्रै जीवित भेटिए

दक्षिण कोरियामा आइतबार बिहान १८१ यात्रु बोकेको जहाज दुर्घटनामा ज्यान गुमाउनेको संख्या १७९ पुगेको छ ।

जेजु एयरको बोइङ्ग ७३७-८०० विमान ल्यान्डिङ गियरमा समस्या हुँदा रनवेबाट चिप्लिएर बाहिर पुगेपछि पर्खालमा ठोक्किएको थियो ।


यस दुर्घटनामा अहिलेसम्म १७९ जनाले ज्यान गुमाइसकेका छन् । योनहाप न्यूज एजेन्सीले उद्धारकर्मीलाई उद्धृत गर्दै जनाएअनुसार अब जहाजमा सवार २ जना मात्रै जीवित भेटिएका छन् ।

अन्य सबै यात्री र चालक दलका सदस्यले ज्यान गुमाइसकेका छन् । राहत र उद्धारको काममा लागेकाहरूले जनाएअनुसार अहिलेसम्म १२० जनाको शव भेटिएको छ ।

दुर्घटनाग्रस्त दक्षिण कोरियाली यात्रुवाहक विमानको ‘ब्ल्याक बक्स’ भेटियो 

निमेषभरमै धुँवाको मुस्लोमा परिणत भयो जहाज (तस्बिरहरू)

अजरबैजान विमान दुर्घटना : दुःख व्यक्त गरेका पुटिनले जिम्मेवारी लिएनन्

पाकिस्तान : लाहोर विश्वको सबैभन्दा प्रदूषित सहर

बङ्गलादेशद्वारा राजद्रोहको आरोपमा हिन्दु भिक्षुको जमानत अस्वीकार

‘सन् २०२४ चीनको सबैभन्दा गर्मी वर्ष’

युक्रेनको बाटो हुँदै रुसी ग्यास आपूर्ति बन्द

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ८ : २३ बजे

सुनको मूल्य आज पनि स्थिर, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य आज पनि स्थिर रहेको छ

तिब्बतको भूकम्पबाट मृत्यु हुनेको संख्या ५३ पुग्यो

काठमाडौं– चीनको तिब्बतस्थित शिगात्से क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै मंगलबार बिहान गएको

‘भूकम्पबाट हालसम्म मानवीय तथा भौतिक क्षतिको सूचना आएको छैन’

विराटनगर – चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर ७

एक सातामा दुई जलविद्युत् आयोजनामा जुट्यो लगानी

काठमाडौं – विभिन्न जलविद्युत् आयोजनामा लगानी जुट्नेक्रम सुरु भएसँगै पछिल्लो

सचिनमा देखिएको दुर्लभ रोग अरु बालबालिकामा दोहोरिएला ?

बाल कलाकार सचिन परियारको १३ वर्षको उमेरमा निधन भयो। टिचिङ