एमाले खरानीबाट उठेर अजम्बर बनेको छ : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन समय पार गर्दै पुनः सशक्त रूपमा अघि बढेको दाबी गरेका छन्। पार्टीको एघारौँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले एमाले खरानीबाट उठेर अजम्बर पार्टी बनेको बताए।
अध्यक्ष ओलीले महाधिवेशनमा देखिएको नेताकार्यकर्ताको उपस्थितिलाई महासागरको एउटा थोपा मात्र भएको उल्लेख गर्दै देशभर यस्तै हजारौँ “थोपा” एमाले रहेको दाबी गरे। उनले पार्टीको संगठन र जनआधार अझै बलियो रहेको बताए।

सम्बोधनका क्रममा ओलीले केही समयअघिको परिस्थितिको स्मरण गर्दै भने, ‘ती दिनहरू काला थिए, देश युद्धभूमि जस्तै देखिन्थ्यो। पुराना पार्टीहरू सकिए, नेताहरू गए, एमालेको सान्दर्भिकता सकियो भन्ने प्रचार गरियो। तर, धुवाँ, खरानी र निषेधको अवस्थालाई चिर्दै एमाले अघि बढेको छ ‘।
‘नेकपा एमाले अजम्बर छ’ ओलीले भने, ‘चिसो सिरेटो पन्छाउँदै यहाँसम्म आइपुग्नुभएको सम्पूर्ण प्रतिनिधि र कार्यकर्तालाई हार्दिक स्वागत गर्दछु।’
प्रधानमन्त्री कार्कीलाई एमाले अध्यक्ष ओलीको प्रश्न, ‘यही हो चुनावको वातावरण बनाएको ?’
एमाले बैठकमा नेताहरूबीच भनाभन : को एमाले विरोधी, को ओली विरोधी ?
एमाले महाधिवेशनमा १०८ प्रतिनिधि मनोनीत (नामावलीसहित)
एमालेको मनोनीत सूचीमा वरिष्ठ उपाध्यक्ष पोखरेलको गम्भीर असहमति
एमालेमा फर्किएका विश्वमणिसहित महाधिवेशन प्रतिनिधिमा परेनन्, ‘घर फर्क’ अभियान चलाएकाहरू आक्रोशित
देउवा, प्रचण्ड र माधवपछि कमल थापा पनि एमालेको महाधिवेशन उद्घाटनमा सहभागी नहुने
एमालेले देशलाई गलत दिशामा जान दिँदैन : अध्यक्ष ओली
जेन–जी आन्दोलनको छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्छ : ओली
एमाले महाधिवेशन : तीन हजार सवारीसाधन काठमाडौं भित्रिए
नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन बिपी मार्ग हुँदै करिब तीन हजार सवारी साधनहरू काठमाडौं भित्रिएका छन् ।
महाधिवेशन उद्घाटनलाई लक्षित गर्दै पूर्वी नेपालका विभिन्न जिल्लाबाट ठुलो सङ्ख्यामा नेता, कार्यकर्ता तथा समर्थकहरू सवारी साधनसहित काठमाडौं प्रवेश गरेका हुन् ।

सिन्धुली, रामेछाप, काभ्रेपलाञ्चोक, दोलखा, उदयपुर, खोटाङ, सोलुखुम्बु, महोत्तरी, धनुषा, सिरहा, सर्लाहीलगायतका जिल्लाबाट आएका बस, मिनिबस, जिप, कार तथा भ्यानको सङ्ख्या करिब तीन हजार रहेको अनुमान गरिएको छ ।
ती सवारी साधनहरूमा झण्डा र ब्यानरसहित एमालेका नेता तथा कार्यकर्ताहरू काठमाडौं प्रवेश गरेका छन् ।
धुवाँ, खरानी र निषेध चिर्दै एमालेको पक्षमा जनलहर उर्लिएको छ : ओली
प्रधानमन्त्री कार्कीलाई एमाले अध्यक्ष ओलीको प्रश्न, ‘यही हो चुनावको वातावरण बनाएको ?’
जेन-जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली
कम्युनिस्ट पार्टी बलियो भए लोकतन्त्रले मान्यता पाउँछ : अध्यक्ष ओली
ओलीको प्रशंसा गर्दै रञ्जीताले भनिन्- उहाँको राष्ट्रियताप्रतिको अडान र बफादारिताप्रति सम्मान गर्छु
महाधिवेशनस्थलमा पुगे अध्यक्ष ओली
र्यालीसहित महाधिवेशनस्थल पुग्दैछन् एमाले प्रतिनिधि (तस्बिरहरू)
अन्य शीर्ष नपुग्दा लिङदेन पुगे एमाले महाधिवेशनमा
एमाले महाधिवेशनको उद्घाटन सत्र सुरु, ओलीद्वारा झण्डोत्तोलन
एमालेको उद्घाटन सत्र ४ बजे सक्ने, त्यसपछि बन्द सत्र
वरिष्ठ र युवा पुस्ताबीचको मिलनबिन्दु मै हुँ : शेखर कोइराला
शानदार कमब्याक गर्दै लुम्बिनीले जित्यो एनपीएल-२ को उपाधि
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा फाइनलमा सुदूरपश्चिम रोयल्स हराउँदै लुम्बिनी लायन्सले उपाधि जितेको छ । लिग चरणको सुरुवातमा कमजोर देखिएको लुम्बिनीले उत्कृष्ट कमब्याक गर्दै उपाधि घर लगेको हो ।

लिग चरणको आफ्नो चौथो खेलसम्म तीन हार खेपेको अवस्थामा रहेको लुम्बिनी सुरुवातमा दबाबमा थियो । तर, लिग चरणका पछिल्ला तीनसहित लगातर ६ खेलमा जित निकाल्दै लुम्बिनीले उपाधि जितेको हो । यसलाई लुम्बिनीको उत्कृष्ट कमब्याकको रुपमा हेरिएको छ ।
सुदूरपश्चिमले भने उपविजेतामै चित्त बुझाएको छ । पहिलो सिजनमा पनि यो टोली उपविजेता बनेको थियो ।
७ रन जोड्दा सुदूरपश्चिमले गुमायो २ विकेट
एनपीएलको फाइनलमा लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
लुम्बिनीका कप्तान रोहितले ह्याट्रिक लिएपछि सुदूरपश्चिमको ब्याटिङ संकटमा
उपाधि उचाल्न सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सहज लक्ष्य
शानदार कमब्याक गर्दै लुम्बिनीले जित्यो एनपीएल-२ को उपाधि
एनपीएल-२ : ड्रोनबाट यस्तो देखियो कीर्तिपुर क्रिकेट मैदान (तस्बिरहरू)
रनको खाता नखोली आउट भए सुदूरपश्चिमका विनोद
एनपीएल २ : यी तीन खेलाडीले जिते बाइक
एनपीएल–२ : विजेता टोलीका कप्तान रोहितले जिते कार
पुरानै तरिकाको निर्वाचनबाट मात्रै मुलुकले निकास पाउदैन
नेपाली कम्युनिष्ट पार्टीका नेता लेखनाथ दाहालले पुरानै तरिकाको निर्वाचनबाट मात्रै मुलुकले निकास नपाउने बताएका छन् ।
रिपोटर्स क्लवले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा दाहालले युवा पुस्ताको माग सम्बोधन नगरी पूरा नै तरिकाको निर्वाचनबाट मात्रै मुलुकले निकास नपाउने बताएका हुन् ।

उनले पुरानो निर्वाचन प्रणाली असफल भइसकेकाले अव सर्वपक्षीय छलफल मार्फत निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिए ।
शासकीय स्वरूपको विषयमा, निर्वाचन प्रणालीको विषयमा जेन-जीहरुको उपस्थितिमा सरोकारवाला निकायहरूको सहभागितामा राष्ट्रिय सहमति कायम गर्नुपर्ने उनले बताए ।
जनताको चाहनाअनुसार काम गरे देशमा समृद्धि हासिल हुन्छ : मन्त्री घिसिङ
चम्पादेवी हाइकिङ गएका भारतीय राजदूत बिरामी, ग्रान्डीमा भर्ना गरियो
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ : प्रचण्ड
कांग्रेस पाल्पाबाट २१ उम्मेदवार सिफारिस
देशलाई समाजवादतर्फ उन्मुख गराउनुपर्छ : झलनाथ खनाल
जेन-जी आन्दोलनको जिम्मा सबै राजनीतिक दलले लिनुपर्छ : महामन्त्री बुर्लाकोटी
एमाले महाधिवेशनमा देव गुरुङले उठाए कम्युनिस्ट एकताको मुद्दा
दलहरूले नयाँ पुस्तासँग समझदारी गरेर अगाडि बढ्नुपर्छ : राजेन्द्र लिङ्देन
किरात समुदायले मनाए उँधौली साकेला पर्व
किरात राई यायोक्खा काठमाडौँ जिल्ला कार्यसमितिको आयोजनामा शनिबार यहाँस्थित टुँडिखेलमा उँधौली साकेला पर्व मनाइएको छ ।
त्यस अवसरमा किराती समुदायका मौलिक वेशभूषामा सजिएका सहभागीले आफ्ना सांस्कृतिक परम्परा झल्काउने साकेला नृत्य शिली प्रस्तुत गर्दै आपसमा शुभकामना साटासाट गरेका थिए ।

यस अवसरमा किरात यायोक्खाले विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ । किरात समुदायले वैशाख पूर्णिमामा उँभौली पूजा गरी खेतीपातीका लागि आशीर्वाद माग्ने र उँधौलीमा सफल बालीका लागि भगवान्लाई धन्यवाद दिँदै साकेला नाच्ने परम्परा छ ।
टुँडिखेलमा किरात समुदायले मनाए उधौली (तस्बिरहरू)
युवाको भावनाअनुरूप काम गर्नुपर्छ : पम्फा भुसाल
पाल्पा जिप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो
सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए
मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
ट्रम्पको मध्यस्थतापछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्यान्ड र कम्बोडियाबीच युद्धविराममा सहमति भएको घोषणा गरे पनि थाइल्यान्डले कम्बोडियाविरुद्ध सैन्य आक्रमण जारी राख्ने स्पष्ट पारेको छ ।
थाइल्यान्ड र कम्बोडियाबीचको झडप औपनिवेशिक कालमा तय गरिएको करिब ८०० किलोमिटर लामो सीमासम्बन्धी विवादका कारण यस महिनादेखि पुनः चर्किएको हो । यस द्वन्द्वका कारण दुवै देशमा गरी करिब पाँच लाख मानिस विस्थापित भएका छन् भने पछिल्लो साता मात्र कम्तीमा २० जनाको मृत्यु भएको छ ।

शनिबार थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चार्नभिराकुलले आफ्नो देशको भूमि र जनताको सुरक्षामा खतरा कायमै रहेसम्म सैन्य कारबाही रोकिने सम्भावना नरहेको बताए। बैंककस्थित संयुक्त प्रेस केन्द्रका अनुसार थाइ सेनाले बिहान ५ः५० बजे कम्बोडियाली सैन्य लक्ष्यहरूविरुद्ध प्रतिशोधात्मक आक्रमण गरेको थियो ।
कम्बोडियाले थाइ लडाकु विमानहरूले आफ्ना भूभागमा बम खसालेको आरोप लगाएको छ । यसबारे प्रतिक्रिया दिँदै थाइ नौसेनाका प्रवक्ताले द्वन्द्व क्षेत्रमा हतियार ढुवानी गर्न प्रयोग हुँदै आएका कम्बोडियाका दुई पुल ध्वस्त पारिएको जानकारी दिए।
चम्पादेवी हाइकिङ गएका भारतीय राजदूत बिरामी, ग्रान्डीमा भर्ना गरियो
थाइल्याण्ड-कम्बोडिया सीमा विवाद : हवाई आक्रमण जारी
१४ वर्षपछि भारत पुगे मेसी : चार शहर घुमेर सचिन तेन्दुलकर, शाहरुख र प्रधानमन्त्री मोदीसँग भेट्दै
अष्ट्रेलियामा १६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा कडाइ, ७९ प्रतिशत समर्थन
युरोपेली सङ्घद्वारा रूसविरुद्ध नयाँ आर्थिक प्रतिबन्ध लागू
अमेरिकामा मौसमी फ्लुले अस्पताल भरिभराउ, मृतकको सङ्ख्या बढ्दो
सुडान ड्रोन आक्रमणमा ३० भन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रको कडा निन्दा













प्रतिक्रिया