ओलीका यी विश्वासपात्रहरूको विद्रोहले पोखरेल समूह उत्साहित
भदौमा भएको दोस्रो विधान महाधिवेशनको निर्णय उल्ट्याउँदै पदाधिकारी संख्या १९ पुर्याउँदा पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहमा देखिएको कलह अब विद्रोहसम्म पुगेको छ।
उक्त समूहमा महासचिव पदलाई लिएर सुरू भएको कलह अन्य पदमा पनि सर्न थालेपछि एकपछि अर्को नेताले विद्रोह गर्न थालेका छन् । ओली पक्षबाट पदाधिकारी दाबेदारहरूबीचको विवाद गुण्डुबाट भृकुटीमण्डपसम्ममै पोखिँदा अध्यक्षका दाबेदार ईश्वर पोखरेल पक्ष उत्साहित भएको छ।

महासचिव पद नपाए कुनै पदमा नउठ्ने घोषणा चार दिनअघि नै गुण्डुमा गरेका उपमहासचिव ज्ञवाली अहिले भृकुटीमण्डपबाट बाहिरिएका छन् । ओली समूहको प्यानलमा उपाध्यक्ष पदमा राखिएका ज्ञवाली महाधिवेशनस्थल छाडेर घर पुगेका छन् ।
ज्ञवालीलाई फकाउन अध्यक्ष ओलीले उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव विष्णु रिमाल र पृथ्वी सुब्बा गुरुङ लगाएका थिए । तर उनले आफू कुनै हालतमा महासचिव पदमा उठ्ने अड्डी कसेका छन् ।
केन्द्रीय सदस्यमा मनोनयनपछि प्रदीप ज्ञवालीले भने : मेरो मन एकदमै दुख्यो, अब कार्यकर्ता मात्रै रहेँ
पृथ्वीसुब्बाले पनि दिए उपाध्यक्षमा उम्मेदवारी
ओलीले नसमेटेपछि सुहाङले दिए खुला केन्द्रीय सदस्यमा उम्मेदवारी
ज्ञवालीको असन्तुष्टिबीच शंकरले दिए महासचिवमा उम्मेदवारी
ओलीले नपत्याएपछि लालबाबुले एक्लै दिए सचिवमा उम्मेदवारी
ओलीलाई पेलेको उपमा दिने कृष्णगोपाललाई गुण्डुको ‘रातोकार्ड’, जोडिए पोखरेल समूहतिर
डा. दीपक भट्ट सुदूरपश्चिम भूगोलबाट केन्द्रीय सदस्यका उम्मेदवार
सुनिता उपत्यकाबाट केन्द्रीय सदस्यको उम्मेदवार सुवाङ समेटिएनन्
शंकर पोखरेलले दिए महासचिव पदमा उम्मेदवारी, ज्ञवाली असन्तुष्ट
ओलीले दिए अध्यक्ष पदमा उम्मेदवारी
केपी शर्मा ओलीले नेकपा एमालेको अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। सोमबार महाधिवेशनस्थल पुगेर उनले औपचारिक रूपमा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्।

ओलीले उम्मेदवारी दर्ता गराए पनि उनको प्यानल भने अहिलेसम्म सार्वजनिक भएको छैन। उपाध्यक्ष पदमा उपमहासचिव प्रदीप ज्ञवालीले उम्मेदवारी नदिने निर्णय गरेपछि प्यानल घोषणा ढिलाइ भएको बताइएको छ।
महाधिवेशनको निर्वाचन तालिका अनुसार उम्मेदवारी दर्ता प्रक्रिया अघि बढिरहेको छ भने विभिन्न पदका लागि आकांक्षीबीच आन्तरिक छलफल र समन्वय जारी छ।
महासचिवमा उम्मेदवारी दिएपछि सुरेन्द्र पाण्डे भन्छन् : दबाब होइन, विश्वासले निर्णय लिँदैछ
पोखरेल अध्यक्ष र पाण्डेले महासचिवमा दिए उम्मेदवारी
उपाध्यक्षमा उम्मेदवारी दिएका रघुजीलाई पोखरेल समूहले समेट्ने
महेश बस्नेत भन्छन् : मुलुकका लागि केपी ओलीको नेतृत्व अपरिहार्य
ईश्वर पोखरेलसहितका नेता भन्छन् : पुरानो नेतृत्वमाथि अनेक प्रश्न छन्, हामी विकल्प दिन्छौँ
लेखराज उपमहासचिवमा चढ्दा भानुभक्त सचिवमा ओर्लिए, राजेन्द्रको स्वतन्त्र उम्मेदवारी
एमालेको महाधिवेशन : निर्वाचन कार्यक्रम पछाडि धकेलियो
ओलीको प्रशंसा गर्दै एमाले फर्किएकी रामकुमारी अटाइनन् कुनै प्यानलमा
महाधिवेशनस्थलमै पुगेर भोट माग्दै ईश्वर पोखरेल
एमाले महाधिवेशन– पोखरेल प्यानलबाटः महासचिव पाण्डे, उपमहासचिव भट्टराई र सचिव बास्कोटा
ओली समूहले रातभरमा पनि टुंग्याउन सकेन महासचिवको उम्मेदवार: के गर्दैछ पोखरेल समूह ?
प्रदीपले स्वीकारेनन् शंकरलाई महासचिव, कुनै पदमा उम्मेदवारी नदिने भन्दै गुण्डुबाट बाहिरिए
केपी ओलीले महासचिवमा शंकरलाई नै निरन्तरता दिने, अरू नेता असन्तुष्ट
जेन-जीको आन्दोलनपछि ओलीको रक्षा कवच बनेका महेशलाई सचिवको टिकट
एमाले उपाध्यक्षमा बिन्दा पाण्डेको उम्मेदवारी, प्रस्तावकमा अष्टलक्ष्मी शाक्य
राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न उच्चस्तरीय संवाद समिति गठन
सरकारले विभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानूनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय गरेको हो ।
समितिको सदस्यमा सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन् ।निर्वाचनका साथै राजनीतिक वातावरण बनाएर सहज रुपमा निर्वाचन सम्पन्न गर्नका लागि वार्ता र संवाद गर्न उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

मन्त्रिपरिषद्ले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाश कुमार श्रेष्ठ, सदस्यमा प्राडा सुनिती श्रेष्ठ हाडालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बैठकले प्रचलित कानुनमा व्यवस्था भए बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजातको आधिकारिकताका लागि आय टिकटका रुपमा हुलाक टिकट टाँस्ने अभ्यास, प्रचलन वा व्यवस्थालाई हटाउने निर्णय भएको प्रवक्ता खरेलले जानकारी दिए ।
अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ
कृषि क्षेत्रको समस्या समाधान गर्न सरकार तत्पर छ : कृषिमन्त्री परियार
निर्धारित मितिमा निर्वाचन गर्न सरकार दृढ : गृहमन्त्री अर्याल
कांग्रेस देश सम्हाल्ने जिम्मेवार महत्त्वपूर्ण शक्ति हो : गगन थापा
सरकारले दलहरूसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल
कांग्रेसले नेता उपाध्यायको निधनमा पार्टीको झण्डा तीन दिन आधा झुकाउने
‘अन्तर-जिल्ला मतदानका लागि पहल होस्’
नेपाल राष्ट्र बैंक र आईएफसीबीच जलवायु वित्तको रणनीति विकाससम्बन्धी समझदारी
कालिका नगरपालिका चक्रपथ : गैरीबारी, चापागौँडीदेखि शेरबास सडक शिलान्यास
चितवनको कालिका नगरपालिकाको चक्रपथ (रिङ रोड) भएको गैरीबारी, चापागौँडीदेखि शेरबास जाने सडक शिलान्यास गरिएको छ । कालोपत्र सडक र पक्की नालाको कालिका वडा नम्बर ८ गैरीबारीमा कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले आइतबार शिलान्यास गरे ।

कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले कालिका नगरपालिका र बागमती प्रदेश सरकारको संयुक्त लगानीमा एक हजार ६५० मिटर कालोपत्र सडक र दुई हजार ६५० मिटर पक्की नाला निर्माणको शुभारम्भ गरेका हुन् ।
नगरप्रमुख रेग्मीले विकास निर्माणमा सबैलाई सघाउन आग्रह गरे । यो सडक निर्माणले वैकल्पिक सडकमार्ग, पर्यापर्यटन कृषि उपज, बाटोको जनघनत्व एवं न्यूनीकरण कम गर्न, रणनीतिक हिसाबले कालिका नगरपालिकाको आर्थिक रूपमा टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
पोखरा शहरसँगै माछापुच्छ्रे र अन्नपूर्ण हिमाल (तस्बिरहरू)
कोरलास्थित सीमाक्षेत्रमा नेपाल–चीन संयुक्त गस्ती
पाँच मुरीभन्दा बढी बदाम फलाउने किसान पुरस्कृत
पालिकास्तरीय बाल कचहरी : बालविवाह अन्त्य गर्न माग
पालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण हुँदा सेवाग्राहीलाई सहज
पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुईको मृत्यु
योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ
गण्डकी प्रज्ञा प्रतिष्ठान आठ महिनादेखि पदाधिकारीविहीन
प्रधानाध्यापक ठाकुरविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर
युक्रेन शान्ति वार्तामा युरोपको समर्थन
अमेरिकी पक्षबाट अमेरिका–मध्यस्थतामा अघि सारिएको शान्ति सम्झौता छिटो स्वीकार गर्न बढ्दो दबाब आइरहेका बेला युरोपेली नेताहरूले युक्रेनलाई निरन्तर र स्पष्ट समर्थन जनाउने अपेक्षा गरिएको छ । युरोपको शान्ति र सुरक्षा सुनिश्चित गर्ने उद्देश्यका साथ युक्रेन, अमेरिका र युरोपेली पक्षबीच जारी शान्ति प्रयासहरू सोमबार पनि बर्लिनमा जारी रहेका छन् ।

अमेरिकी दूतहरू, युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की तथा युक्रेनी र युरोपेली अधिकारीहरूबीचको शान्ति वार्ता बढ्दो रूपमा आक्रामक देखिएको रुसको सन्दर्भमा महादेशीय स्थायित्व सुरक्षित गर्ने प्रयासको अङ्गका रूपमा अघि बढाइएको हो ।
बर्लिनमा भइरहेको वार्ताको दोस्रो दिन स्थानीय समयअनुसार सोमबार दिउँसो सुरु भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र राष्ट्रपति जेलेन्स्कीबीच प्रमुख युरोपेली वार्ताकारहरूमध्ये एक मानिनुहुने फिनल्यान्डका राष्ट्रपति अलेक्जान्डर स्टब सोमबार बिहान बर्लिनको सहर क्षेत्रमा देखिएका थिए ।
मोरोक्कोमा आएको आकस्मिक बाढीबाट १४ जनाको मृत्यु
कङ्गोबाट यसवर्ष झण्डै पाँच लाख मानिस विस्थापित
थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी–८ लाई तोकियो
थाई सेनाले हवाई आक्रमण विस्तार गर्दा १२ जना नागरिकको मृत्यु













प्रतिक्रिया