काठमाडौं– आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार एक साताका मुख्य घटनालाई समेटेर साप्ताहिक ब्रिफिङ पस्कन सुरु गरेको छ ।
यो साताको अन्तिम दिन शुक्रबार प्रतिनिधिसभाको बैठक सुरु भएको छ । लामो समयको प्रतिक्षापछि सुरु भएको बैठकमा सत्तारुढ र सांसदले सरकारलाई घेरेका छन् ।
गत साता ताप्लेजुङको पाथीभरामा केबलकारको विषयलाई लिएर आन्दोलनकारी र प्रहरीबीच झडप पछिको आन्दोलन काठमाडौंसम्मै आएको छ ।
त्यसैगरी इजरायल र हमास बीचको युद्धविरामपछि बन्दी साटासाटको क्रम जारी छ । यहि साता अमेरिकामा जहाज र हेलिकप्टर ठोकिदाँ ठूलो मानविय क्षति भएको छ ।
हेर्नुहोस् विस्तृत रुपमा पुरा समाचार :
अर्थतन्त्र सुधार्न ओली सरकारलाई डा. वाग्लेका पाँच टिप्स
देउवाले गरे अध्यादेशको प्रतिरक्षा, भने – लगानी गर्ने वातावरण बनाउन ल्याएका हौँ
देउवाले भने- सात बुँदेमा कांग्रेस दृढ, सरकारले केही राम्रा काम गरेको छ
संविधान संशोधनबारे ओली – साझा धारणा बनाएरै प्रस्ताव आउँछ
समय मागेर बोल्न पाउने अधिकार सभामुखले खोसे : विजभक्त श्रेष्ठ
संविधान संशोधन गर्दा आधारभूत विशेषता कमजोर हुनुहुँदैन : सभापति देउवा
संविधान संशोधन विधेयक ल्याउने काम भइरहेको छ : प्रधानमन्त्री ओली
ओलीको दाबी- अध्यादेशमार्फत कानून संशोधन गर्दा देशले अभूतपूर्व सुधारको थालनी गर्छ
प्रधानमन्त्रीले भने- संसद्समक्ष बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट मुक्त छौँ
अध्यादेशबारे प्रधानमन्त्रीको जवाफ- संसद् कुर्न सकेनौँ, चाँडो नतिजा निकाल्न ल्याएका हौँ
संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठक शुक्रबार दिउँसो सुरु भएको छ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सबैभन्दा पहिले सम्बोधन गरिरहेका छन् । उनले सम्बोधनका क्रममा संसद् नचलेको बेला अध्यादेश ल्याउनुलाई सरकारको बाध्यता भनेका छन् ।
ओलीले सत्ता पक्ष र प्रतिपक्षीका रुपमा अध्यादेशलाई नहेरी छिटो छरितो काम गर्नका लागि ल्याउनुपरेको बताएका छन् ।
जनताको अभिमत बोकेका राजनीतिक दल साँघुरो गल्लीमा सीमित हुनुहुँदैन : सभामुख
प्रधानमन्त्री ज्यू जनताले नेपालमा भविष्य देख्न छाडे : प्रभु शाह
मौन बसेको भन्दै अमरेशले संसद्मा खोजे गगन र विश्वप्रकाश
सहकारीबाट ठगिएका जनतालाई क्षतिपूर्ति दिनुपर्छ : चित्रबहादुर केसी
संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप संस्थागत गरौँ : अशोक राई
पाथीभरा घटनामा घाइते भएकाको उपचार निःशुल्क गराऔँ : सांसद यादव
‘दुर्घटनाका समाचार पढ्दा आङ सिरिङ्ग भयो, सिद्धबाबामा अब यात्रा सुरक्षित’
प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद्को पाँचौँ अधिवेशनलाई सम्बोधन गर्दै सडक दुर्घटनाप्रति चिन्ता व्यक्त गरेका छन् ।
सबै खाले सवारी दुर्घटनामा ज्यान गुमाएका परिवारका सदस्यहरूको वेदनाले आफू केही भावुक बनेको, तर दिनदिनै यस्तो खबर सुन्न अभिसप्त रहेको ओलीले बताएका हुन् ।
केही काम देखाउन नसकेपछि सरकारले अध्यादेशको सहारा लियो : राजेन्द्र पाण्डे
राजेन्द्र लिङ्देनको खबरदारी- अध्यादेशबाट देश चलाउन सत्ताको दुरुपयोग नगरियोस्
प्रतिनिधिसभामा गएर पनि बोलेनन् प्रचण्ड
संवैधानिक प्रावधानअन्तर्गत नै सरकारले अध्यादेश ल्याएको हो : सीके राउत
अध्यादेश ल्याएर सरकार गलत बाटोमा हिँड्यो : हितराज पाण्डे
संसद्मा उठ्यो आईजीपी वसन्त कुँवरमाथि छानबिन हुनुपर्ने माग
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरमाथि छानबिन गर्न प्रतिनिधिसभामा कुरा उठेको छ।
शुक्रबार सुरू भएको प्रतिनिधिसभाको पाँचौँ अधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रहरी प्रमुखमाथि छानबिन माग गरे ।
हिउँदे अधिवेशनको पहिलो बैठकमै प्रतिपक्षी रास्वपाको अवरोध
राष्ट्रिय सभामा आधादर्जन अध्यादेश पेस
सामाजिक सञ्जाल विधेयकले नागरिकलाई आतंकित पार्यो : नारायणकाजी श्रेष्ठ
सभामुखलाई रविको पत्र- थुनामुक्त भइसकेँ, निलम्बन फुकुवा गरिदिनुस्
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गत पुस ८ गते संसद् सचिवालयले आफूलाई सांसदबाट गरिएको निलम्बन फुकुवा माग गर्दै सभामुख देवराज घिमिरेकहाँ निवेदन दिएका छन् ।
रास्वपाका अन्य सांसदहरूसहित सिंहदरबारस्थित संसद् सचिवालय पुगेका उनले आफू थुनामुक्त भइसकेको अवस्थामा सांसद पदबाट गरिएको निलम्ब फुकुवा गरिदिन सभामुखलाई भनेका हुन् ।
लोकतन्त्रका नाममा देशलाई विभाजित गर्न दिँदैनौँ
प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रका नाममा देशलाई विभाजित गर्ने काम स्वीकार्य हुन नसक्ने बताएका छन् ।
राष्ट्रिय सहिद दिवस, २०८१ का अवसरमा नेपाल सरकारद्वारा सिंहदरबार परिसरमा आयोजित मूल समारोहमा प्रधानमन्त्री ओलीले लोकतन्त्र अराजकता नभएको भन्दै लोकतन्त्रका नाममा देशलाई विभाजित गर्ने काम स्वीकार्य हुन नसक्ने बताए ।
उनले मुलुकको व्यवस्था वा शासकहरूमा कुनै परिवर्तन गर्नुछ भने लोकतान्त्रिक बाटो र विधिबाट गर्न सकिने धारणा राखे।
देशको रक्षा, विकास र सुशासनका लागि वर्तमान सरकार अगुवाइ गर्न तत्पर रहेको उनले बताए । ओलीले संविधान कार्यान्वयनमा देखिएका समस्या समाधान गर्नका लागि सवैका साथ सहमति बनाएर संविधान संशोधन गर्न प्रतिवद्ध रहेको बताए ।
सामाजिक सञ्जाल नियमन विधेयकले कसैको स्वतन्त्रता खोस्दैन : प्रदीप ज्ञवाली
दिगो शान्ति, सुशासन र आर्थिक समृद्धिको यात्रामा सरकार प्रतिबद्ध
स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत
निजी मेडिकल कलेजका आवासीय चिकित्सकले निर्वाह भत्ता पाउने
कांग्रेसमा प्रस्ताव- स्थानीय तहको भन्दा पहिले संघीय निर्वाचन गरौँ
कांग्रेस संसदीय दल- माघ २४ को बैठकमा देउवाले जवाफ दिने
नियमनका नाममा सामाजिक सञ्जाल नियन्त्रण कांग्रेसले स्वीकार्दैन : विश्वप्रकाश शर्मा
ओली जन्मिएको घरनजिकै प्रचण्डले शिलान्यास गरे ‘जनयुद्ध स्मारक‘
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मस्थान तेह्रथुमको आठराईमा जनयुद्ध तथा शान्ति स्मारकको शिलान्यास गरेका छन् ।
मङ्गलबार उपमहासचिव वर्षमान पुनलाई लिएर तेह्रथुम पुगेका प्रचण्डले आठराई गाउँपालिका-३ मा जनयुद्ध शान्ति सङ्ग्रहालयको शिलान्यास र त्यहीँ निर्मित ह्वाकू बगाले शहीद पार्क उद्घाटन गरेका हुन् ।
माओवादी तेह्रथुमका नेता रघु गौतमका अनुसार स्मारक निर्माणका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चालु आर्थिक वर्षको बजेटमा एक करोड रुपैयाँ विनियोजन गरेको छ ।
वि।सं। २०५८ माघ १४ गते उक्त स्थानमा तत्कालीन सुरक्षा फौजले १८ जना माओवादी सेनाका लडाकु र ३ जना स्थानीयको गोली हानी हत्या गरेका थिए ।
प्रचण्ड र माबुहाङको संयोग – १२ वर्षमा खोलो फर्कियो
एमालेसँग सहकार्य हुने कुनै सम्भावना छैन : प्रचण्ड
अध्यादेशविरुद्ध एकीकृत समाजवादी सडकमा उत्रिन पनि तयार
नेकपा (एकीकृत समाजवादी)ले निश्चित वर्ग समूहलाई फाइदा हुने गरि सरकारले अध्यादेश ल्याएको भन्दै विरोध गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय आलोकनगरमा बिहीबार बसेको समाजवादीको सचिवालय बैठकले कालाबजारी र निश्चित वर्ग र समूहलाई फाइदा हुने गरी सरकारले अध्यादेश ल्याएको भन्दै विरोध गर्ने निर्णय गरेको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए ।
अध्यादेशले २० प्रतिशतभन्दा बढी नाफा खान नपाउने ऐन खारेज गरेको जनाउँदै समाजवादीले सिमेन्टको भाउ बढेको निष्कर्ष निकालेको छ।
उनले भूमिसम्बन्धी अध्यादेशले गिरिबन्धु जस्ता जग्गालाई वैध बनाउने काम भएकाले त्यसको विरोध गरिने उल्लेख गरे ।अध्यादेशविरुद्ध संघर्षमा जान पनि तयार हुनुपर्नेबारे बैठकमा छलफल भएको उनले पत्रकारहरूलाई जानकारी दिए ।
अध्यादेश अस्वीकार गर्ने विपक्षी दलहरूको निर्णय
युवाहरूको ऊर्जा समाज रूपान्तरणमा प्रयोग हुनुपर्छ : प्रचण्ड
मधेश केन्द्रित दलहरूद्वारा आठ सदस्यीय कार्यदल गठन
समाजवादी मोर्चाले काठमाडौंमा आमसभा गर्ने, संयोजकमा विप्लव निरन्तर
क्रान्तिकारीको महासचिवमा जनार्दननिकट रोशनले बाजी मारे
मधेश केन्द्रित ८ दलीय मोर्चाद्वारा ड्राफ्ट कमिटी गठन
ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह
बङ्गलादेशको ढाकास्थित नेपाली राजदूतावासले ‘नेपाल र बङ्गलादेशबीचको व्यापार र लगानी सम्बन्ध’ विषयमा कार्यशाला आयोजना गरेको छ । साथै दूतावासले ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह पनि गरेको छ ।
बुधबार साँझ भएको कार्यक्रममा राजदूत घनश्याम भण्डारीले नेपाल र बङ्गलादेश बीचको बढ्दो आर्थिक संलग्नताबारे चर्चा गर्दै व्यापार, ‘कनेक्टिभिटी’, ऊर्जा र पर्यटनलगायत क्षेत्रमा हासिल भएको प्रगति, नेपालबाट पहिलोपटक ४० मेगावाट जलविद्युत् बङ्गलादेश आयात, ऊर्जा सहयोगले दुई देशलाई मात्र नभई सम्पूर्ण दक्षिण एसिया क्षेत्रलाई त्यसबाट लाभ हुने बताए ।
सञ्चार मन्त्रालयले सार्वजनिक गर्यो दोस्रो सय दिनमा गरेका काम
आशिका तामाङलाई धरौटीमा छाड्न अदालतको आदेश
क्रिप्टो कारोबारसहित ३ अर्ब बढी ठगी गरेको आरोपमा ७ जना पक्राउ
पाथीभरामा केबलकार : स्थानीयबासीका यी सात माग पूरा हुनुपर्ने पक्षमा योगेश
नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले ताप्लेजुङको पाथीभर केबलकार बन्नुपर्ने बताएका छन् ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ताप्लेजुङबाट प्रतिनिधिसभाका सदस्यसमेत रहेका भट्टराईले केबलकार निर्माण अघि बढाउने क्रममा स्थानीयलाई कम्पनीले सुविधा उपलब्ध गराउनुपर्ने शर्त राखेका छन् ।
केबलकारका कारण उत्पन्न विवाद र तनावलाई वार्ताबाट समाधान गर्न आग्रह गरेका उनले स्थानीयको सांस्कृतिक अधिकार, आर्थिक अधिकार र धार्मिक भावनाको पनि सम्मान गरिनुपर्नेमा जोड दिएका छन् ।
बुधबार १९ बुँदे वक्तव्य निकाल्दै उनले‘नो केबलकार समूह’ र प्रहरीबीच यही माघ १२ गते भएको झडपका २४ जनाभन्दा बढी घाइतेको निस्शुल्क उपचार गराउन पनि सकारसँग माग गरेका छन् ।
‘पाथीभरामा केबलकारले कसैको धर्म, संस्कृति र आस्थालाई कमजोर बनाउँदैन’
पाथीभरमा केबलकार विवाद वार्ताबाट मिलाउन भोजपुरका दलहरूको आग्रह
काठमाडौं पस्यो पाथीभरामा केबलकारविरुद्धको आन्दोलन (तस्बिरहरू)
केबलकारले ताप्लेजुङमा बढ्दो तनाव : प्रदर्शनकारी घरेलु हतियारसहित उत्रिए, प्रहरीले गोली चलायो
ताप्लेजुङको पाथीभरा मुक्कुमलुङको आन्दोलनमा मधेश केन्द्रित दलको ऐक्यबद्धता
हाम्रा सिफारिस जुन यहाँलाई मन पर्न सक्छन्…
अछाम घटनामा सीआईबीको सहयोगमा अनुसन्धान
दुई किशोरी मृत भेटिएको अछाम घटनामा सीआईबीको सहयोगमा अनुसन्धान थालिएको छ । शनिबार मृत फेला परेका ढकारी गाउँपालिका– ८ पल्साताका १४ वर्षीया इसरा खड्का र सरस्वती खड्काको पोस्टमार्टम सकिएसँगै सीआईबीको सहयोगमा अनुसन्धान थालिएको हो ।
किशोरीहरूको सोमबार भेरी अस्पताल नेपालगञ्जमा पोस्टमार्टम गरिएको हो । पोस्टमार्टम रिपोर्ट भने आउन बाँकी छ ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार केही दिनमा रिपोर्ट आउने जनाएको छ। अनुसन्धान जारी रहे पनि पोष्टमार्टम रिपोर्ट पछि घटनाबारे थाहा हुने अछामका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए ।
अछाममा दुई किशोरीको मृत्यु, सांसदसहितले गृहमन्त्रीसँग गरे निष्पक्ष छानविन माग
अछाममा दुई किशोरीको हत्या आशङ्कामा दुईजना पक्राउ, अनुसन्धान जारी
खाँदबारी–किमाथांका सडक ‘ब्रेक थ्रु’
आवासीय चिकित्सकलाई निर्वाह भत्ता- ४८ हजार दिनुपर्ने सिफारिस लत्याएर २५ हजारमा टार्यो सरकारले
म्याग्दीमा साढे ३३ करोडको सुन्तला बिक्री
म्याग्दीमा यस वर्ष सुन्तलाको उत्पादन बृद्धि हुँदा किसानले राम्रो आम्दानी गरेका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बास्तोलाका अनुसार सुन्तला पकेट क्षेत्रबाट बिक्री भएको सुन्तलाको विवरणअनुसार जिल्लामा ३३ करोड ४६ लाख रुपैयाँ बराबरको सुन्तला बिक्री भइसकेको छ ।
उनका अनुसार क्रप कटिङ विधिबाट सुन्तला उत्पादनको अध्ययन गरेको थियो । यस वर्ष जिल्लाका छवटै स्थानीय तहमा चार हजार ७८१ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष तीन हजार ६ सय मेट्रिक टन सुन्तला उत्पादन भएको थियो भने सुन्तला बिक्रीबाट २४ करोड भित्रिएको थियो ।
टोकन प्रणाली लागू भएपछि सेवा प्रवाहमा सहजता
सरकारी वेबसाइट, डाटा र नेट्वर्क सुरक्षाका लागि १०२ बुँदे ‘एडभाइजरी’
पृथ्वीको सतहमुनि भेटियो सगरमाथा भन्दा अग्लो पहाड
एलिनाको वैवाहिक जीवन नौ महिनामै भताभुंग, विष्णुविरुद्ध हालिन् सम्बन्ध विच्छेदको मुद्दा
गायिका एलिना चौहानको वैवाहिक जीवन भत्किने अवस्थामा पुगेको छ। अस्ट्रेलिया बस्दै आएका बागलुङ निवासी विष्णु सापकोटासँग गत वैशाख ५ गते बिहे गरेकी एलिनाले शुक्रबार काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी हुन् ।
लामो समय प्रेम सम्बन्धमा रहेको यी जोडीबीच बिहेपछि कलह सुरु भएको थियो । कलहले घरेलु हिंसाको समेत अवस्था निम्तिएपछि छुट्टिने निर्णय गरेकी एलिनाले विष्णुविरुद्ध वारेस विष्णु खरेलमार्फत् सम्बन्धविच्छेदको मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता गराएकी हुन् ।
अन्तर्राष्ट्रिय…
अमेरिकाको घातक हवाई दुर्घटनामा ६७ जनाकै मृत्यु
आकाशमै एउटा सैनिक हेलिकप्टर र एउटा यात्रुवाहक विमान ठोक्किँदा दुवै विमानमा सवार सबै ६७ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
बुधबार राति रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै गरेको अमेरिकन एयरलाइन्सको क्षेत्रीय जेट विमानको मार्गमा हेलिकप्टर उडेपछि पोटोमाक नदीको चिसो पानीबाट कम्तीमा २८ शव निकालिएको अधिकारीहरूले बताए ।
भारतको संसद् अधिवेशन पनि आजैदेखि, सरकार र प्रतिपक्षीबीच रस्साकस्सी सुरु
इसीबीद्वारा प्रमुख ब्याजदरमा २५ प्रतिशत अंकको कटौती
ब्रिक्स शुल्कको खतरा दोहोर्याउँदै ट्रम्प
हसिनाको पार्टी युनुस सरकारप्रति आक्रामक, फ्रेबुअरी १८ मा हडताल घोषणा
इराकी कुरान जलाउने सलवान मोमिकाको गोली हानी हत्या
आप्रवासी अपराधी राख्न जेल विस्तार गर्ने ट्रम्पको निर्णय
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्वान्टानमाओ खाडीमा रहेको बन्दी गृहलाई बढाउने विषयमा हस्ताक्षर गरेका छन्।
आप्रवासी राख्नका लागि नै सो निर्णय गरिएको अमेरिकी सञ्चार माध्यमले उल्लेख गरेका छन्। उनले अमेरिकामा रहेका उच्च प्राथमिकतामा रहेका अपराधीलाई उक्त स्थानमा लगेर राख्नका लागि गृह र रक्षा मन्त्रालयलाई निर्देशन दिइसकेका छन्।
क्युबाको दक्षिण पूर्वमा रहेको ग्वान्टान्माओ क्षेत्र सन् १८९८ मा भएको स्पेन अमेरिका युद्धपछि अमेरिकाले कब्जामा लिएको हो।
सन् २००२ मा त्यस स्थानमा जेल खडा गरेर आठ सय जना शङ्कास्पद आतङ्कवादी राखिएको थियो। बाइडेन प्रशासनको समयमा त्यहाँ ३० जना रहेको जनाइएको छ।
लिङ्ग परिवर्तन रोक्न ट्रम्पको अर्को निर्णय
हमासले ४८२ दिनपछि छाड्यो तीन इजरायली र पाँच थाई नागरिक
अमेरिकामा हेलिकप्टर र विमान आकाशमै ठोक्किए, १८ जनाको शव भेटियो
हमासले आज ८ बन्दी रिहा गर्ने, तीन इजरायली र पाँच थाई नागरिक
इजरायली बन्धक बर्जरलाई रेडक्रसको जिम्मा लगाइयो
रुसी ड्रोन आक्रमणबाट चार युक्रेनीको मृत्यु
दक्षिण कोरियाली विमानमा आगलागी, सबै जनाको सफल उद्धार
दक्षिण कोरियाको विमानस्थलमा मंगलबार राति उडान गर्नुअघि यात्रु विमानमा आगलागी भएको तर जहाजमा रहेका सबै १७६ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको अधिकारीहरूले बताएका छन् ।
दक्षिण कोरियाली एयरलाइन्स एयर बुसानद्वारा सञ्चालित एयरबस विमान हङकङका लागि प्रस्थान गर्ने तयारी गरिरहेको बेला दक्षिणपूर्वको गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा यसको पछाडिका भागहरूमा आगलागी भएको यातायात मन्त्रालयले विज्ञप्तिमा जनाएको छ ।
विमानका १६९ यात्रु, छ जना चालकदलका सदस्य र एक जना इन्जिनियरलाई एस्केप स्लाइड प्रयोग गरेर बाहिर निकालिएको मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय अग्नि नियन्त्रण निकायले जारी गरेको विज्ञप्तिमा उद्धारका क्रममा तीन जना सामान्य घाइते भएको जनाएको छ । अग्नि नियन्त्रण निकायले घटनास्थलमा दमकल र दमकलकर्मीहरू परिचालन गरेको एक घण्टापछि स्थानीय समयानुसार राति ११ः३१ बजे आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको बतायो ।
खेलकुद…
संकटाले जित्याे सभापति कप फुटबलको उपाधि
टाइब्रेकरमा आयोजक लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती)लाई पराजित गर्दै ए डिभिजन लिग क्लब संकटाले सभापति कप फुटबल प्रतियोगिता जितेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न फाइनलको निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो। योसँगै खेल टाइब्रेकरमा पुगेको हो।
टाइगर कप भलिबल : गण्डकी एलिमिनेटरमा
त्रिदेशीय महिला टी-२० : आज नेदरल्याण्ड्स र थाइल्याण्ड भिड्दै, नेपालको खेल शनिबार
प्रतिक्रिया