आजका समाचार : दलहरूले मानेनन् मौनअवधि, सबै सिमाना ७२ घण्टालाई बन्द, कालोसूचीले रास्वपाका साहको उम्मेदवारी खारेज र अमेरिकाले गर्‍यो खाडी मुलुकका दूतावास बन्द « Khabarhub

आजका समाचार : दलहरूले मानेनन् मौनअवधि, सबै सिमाना ७२ घण्टालाई बन्द, कालोसूचीले रास्वपाका साहको उम्मेदवारी खारेज र अमेरिकाले गर्‍यो खाडी मुलुकका दूतावास बन्द


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

आयोगले भन्यो- सुरक्षाको भरपर्दो प्रबन्ध गरेका छौँ, ढुक्कसँग मतदान गर्नुस्
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदानको पूर्व गर्नुपर्ने सबै काम सम्पन्न भइसकेको जनाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचनका लागि आयोगको तर्फबाट गर्नुपर्ने सम्पूर्ण तयारी पुरा गरेर मतदान केन्द्रमा समेत मतदानको पूर्व गर्नुपर्ने कामहरू सम्पन्न भइसकेको जानकारी दिए ।

आयोग सम्पूर्ण रुपमा मतदान केन्द्रमा केन्द्रित भएको भन्दै उनले मतदान केन्द्रको हाता तोक्ने, निषेधित क्षेत्र तोक्ने सूचना टाँस्ने लगायतका कामहरू भएको बताए ।

आयोगले अहिले जिल्ला तह र मतदान केन्द्र तहबाट आएका विभिन्न विषयहरूलाई सम्बोधन गर्ने काम गरिरहेको उनको भनाइ छ । प्रवक्ता भट्टराईले निर्वाचन पर्यवेक्षणका लागि आएका विदेशी प्रतिनिधिहरूलाई सहजीकरण गर्ने काम भइसकेको भन्दै निर्वाचनमा पाँच हजारभन्दा बढी पर्यवेक्षकहरू परिचालन हुने उल्लेख गरे ।

कालीकोटका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पुर्‍याइयो

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

निर्वाचनका लागि सीमा नाका ७२ घण्टा बन्द

राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

प्रतिनिधिसभा निर्वाचन : वीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौंका मतदान केन्द्रमा सामग्री पठाउन सुरु

मध्यपूर्वमा तनाव : अहिलेसम्म एक जनाको मृत्यु, ट्रान्जिटमा रोकिएकासहित सबै सुरक्षित, कोही घाइते छैनन्

सर्वोच्चसहितका सरकारी निकाय जलाउने १३ जनाविरुद्ध चुनावकै मुखमा चलाइयो मुद्दा

एक पटक होइन, आठ पटकसम्म कालोसूचीमा परेका थिए रास्वपा उम्मेदवार साह
उम्मेदवारी खारेजीमा परेका किशोरी साह कमल एक पटक नभएर, आठ पटसम्म कालोसूचीमा परेको भेटिएको छ।

धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार साह ८ पटकसम्म कालोसूचीमा परेको विवरण भेटिएको हो ।

साह बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेकोले उनको उम्मेदवारी खारेज गरिएको जानकारी मंगलबार निर्वाचन आयोगले दिएको छ।

मधेश प्रदेश सभाका पूर्वसदस्य साहलाई रास्वपाले उम्मेदवार बनाएपछि यसअघि नै आयोगमा उजुरी परेको थियो । कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको उजुरी परे पनि आयोगले बेवास्ता गरिरहेको थियो ।

रास्वपाका किशोरी साहको उम्मेदवारी खारेज

सर्लाहीमा ड्युटीमा खटिएका मतदान अधिकृतको मृत्यु 

रवि लामिछानेको फेसबुक ह्याक, सचिवालय भन्छ- पुनः सञ्चालनको प्रयास जारी छ

प्रतिनिधिसभा सदस्य निर्वाचन : निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ९५ लाई आयोगले सोध्यो स्पष्टीकरण

मौनअवधिको मध्यराति काठमाडौंमै गाडीमा आगजनी

प्रतिनिधिसभा निर्वाचनको मौनअवधि सुरू भएकोसँगै राजधानी काठमाडौंको दुई स्थानमा आज बिहान दुई वटा गाडीमा आगजनी गरिएको छ ।

राजधानीको सुकेधारा र नैकापमा बिहान करिब ३ बजेतिर सो गाडीमा आगजनी गरिएको प्रहरीले जानकारी दिएको छ । आगजनी भएको गाडीमा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँको पर्चा समेत भेटिएको छ ।

निर्वाचन बिथोल्न लागि विभिन्न अभिव्यक्ति र क्रियाकलापमा संलग्न अभियन्ता प्रसाईँलाई नेपाल प्रहरीले पटक पटक पक्राउ गर्दै आएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबि नारायण काफ्लेका अनुसार दुई वटा सवारी साधनमा आगजनी गरिएको र नेपाल प्रहरीले त्यसको अनुसन्धान गरी रहेको जानकारी दिए । उनका अनुसार सुकेधारा बा ७ च १४०१ र नैकापमा बीएए २८३६ नम्बरको गाडीमा आगजनी गरिएको बताए ।

मौन अवधिमा आचारसंहिता पालना गर्न अनुरोध

मतदानका लागि आफ्नो क्षेत्र फर्किँदै मतदाता (तस्बिरहरू)

मौनअवधि उल्लङ्घन हुन थालेपछि झापा-५ मा प्रहरीको सक्रियता (तस्बिरहरू)

निर्वाचनका लागि मोरङमा तयारी पूरा

चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम

पेट्रोलियम पदार्थ अभाव हुने हल्लाले पेट्रोल पम्पमा भीड

पेट्रोलियम पदार्थ अभाव हुने हल्ला फैलिएकोबीच राजधानीमा इन्धन भर्न सर्वसाधारणको भीड बढेको छ ।

भद्रकालीस्थित नेपाल आर्मीको पेट्रोल पम्प र नक्सालस्थित नेपाल प्रहरीको पेट्रोल पम्पमा सोमबार बिहानैदेखि सवारीसाधनको लामो लाइन देखिएको छ ।

हल्लाका कारण मोटरसाइकल, कार र सार्वजनिक सवारी साधन लिएर इन्धन भर्न आउनेको संख्या ह्वात्तै बढेको हो ।

पुल्चोकको दाउरा थकालीमा आगलागी (तस्बिरहरू)

नियन्त्रणमा आयो दाउरा थकालीको आगलागी, क्षतिको मूल्यांकन हुँदै (तस्बिरहरू)

नाग्म–गमगढी सडक कालोपत्र गर्न ठेक्का आह्वान

रूपन्देहीमा निर्वाचनको तयारी पूरा

डाँपराजुलमा गाडी दुर्घटना, ८ जना घाइते

बढ्दो तनावबीच अमेरिकाले गर्‍यो खाडी मुलुकका दूतावास बन्द

बढ्दो तनावका बीचमा संयुक्त राज्य अमेरिकाले मध्यपूर्व र खाडी मुलुकस्थित दुतावास तथा कूटनीतिक मिसनहरू बन्द गर्ने घोषणा गरेको छ । यस्तै तनावग्रस्त देशमा रहेका कर्मचारी र नागरिकलाई देश छोड्न आदेश पनि दिएको छ ।

साउदी अरबको रियाद स्थित अमेरिकी दूतावासमा मंगलबारदेखि अर्को सूचना नआउन्जेल सम्मका लागि सबै कार्यहरू बन्द गरिएको छ । 

सामाजिक सञ्जाल एक्समा दूतावासले साउदी अरबमा रहेका अमेरिकी नागरिकहरूलाई दुतावास परिसरबाट टाढा रहन आग्रह गरेको छ । यस अघि साउदी अरबका अधिकारीहरूले रियादमा रहेको दूतावासमा दुईवटा ड्रोन प्रहार गरेको पुष्टि गरेका थिए । 

कुवेत स्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल एक्स मार्फत अर्को सूचना जारी नभए सम्म सम्पूर्ण सेवाहरू निलम्बन गरेको छ । अमेरिकी विदेश विभागले गैरआवासीय कर्मचारी उनीहरूका परिवारका सदस्यहरूलाई बहराइन, जोर्डन र इराक छोड्न आदेश दिएको छ । 

सीमामा पाँचौँ दिनको युद्ध : ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी

रुसको दाबी : इरानले आणविक हतियार विकास गरेको प्रमाण भेटिएन

भारतीय एयरलाइन्सद्वारा मध्यपूर्वमा उडानहरू पुनः सुरु

ईरान–इजराइल युद्धका कारण चिनियाँ रिफाइनरीले सञ्चालन घटायो

लेबनानले हिजबुल्लाहको सैन्य गतिविधिमा लगायो प्रतिबन्ध

इजरायली सेनाद्वारा लेबनानमा नयाँ निकासी आदेश जारी

फ्रान्सले युरोपलाई जोगाउन आणविक हतियार बढाउने

कतारले उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि

इरान आक्रमणका लागि अमेरिकी राष्ट्रपतिको निर्देशन र कारबाहीको थालनी र लक्ष्य

द्वन्द्व चर्किँदै जाँदा व्यापारिक जहाजका लागि खाडीको जलक्षेत्र असुरक्षित बन्दै

बहराइन, जोर्डन र इराक छाड्न अमेरिकी नागरिकलाई निर्देशन

बुल्गेरियाली पूर्वराष्ट्रपति गठबन्धन गरेर निर्वाचनमा जाने

फिलिपिन्समा हेलिकप्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

बेरुतमा इजरायको भीषण हमला सर्वसाधारणलाई ठाउँ छाड्न उर्दी













प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ८ : ०१ बजे

उदयपुरमा भेटिएको शंकास्पद वस्तु नष्ट गरियो

उदयपुर – जिल्लाको चौदण्डीगढी नगरपालिका–२ लाटीखोलास्थित मदन भण्डारी सडकमार्गमा फेला

इजरायल–अमेरिकी आक्रमण : इरानको नयाँ सर्वोच्च नेता चयन गर्ने भवन निशानामा

तेहरान – इजरायल र अमेरिकाले मङ्गलबार इरानको नयाँ सर्वोच्च नेता

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौं – देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौं – इजरायल–अमेरिका र इरानबीचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक

खोटाङमा मतगणनास्थल निर्माण

खोटाङ – खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल तयार पारेको