कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन्।
विशेष महाधिवेशनबाट सभापति बनेका थापाले १५औँ महाधिवेशनमा पूर्ण कार्यकालका लागि सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्। गत पुसको अन्तिम साता सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट थापा सभापति बनेका थिए।

यसअघि कांग्रेसको १४औँ महाधिवेशनबाट शेरबहादुर देउवा सभापति निर्वाचित भएका थिए। गत भदौ २३ र २४ गतेको आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिलाई आधार बनाउँदै कांग्रेसले विशेष महाधिवेशन आह्वान गरेको थियो।
यसपटक सभापति पदमा थापासँग प्रतिस्पर्धा गर्न किशोर सिंह राठोरले पनि उम्मेदवारी दर्ता गराएका छन्। यस्तै श्यामकृष्ण खड्कीले समेत सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
सभापति पदमा अन्य नेताहरूले समेत उम्मेदवारी दर्ता गराउन सक्ने सम्भावना रहेको छ। कांग्रेसले उम्मेदवारी दर्ताका लागि मंगलबार साँझ ६ बजेसम्मको समय तोकेको छ।
कांग्रेस महाधिवेशन : भोट माग्ने रोबोट भन्छ- जय नेपाल
कांग्रेस महाधिवेशनमा सीता गुरुङ उपसभापति उम्मेदवार*
कांग्रेसको १५औँ महाधिवेशन : सहमहामन्त्री पदमा आङगेलु शेर्पाले दिए उम्मेदवारी
कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी
धनराज गुरुङले पनि उपसभापतिमा उम्मेदवारी दर्ता गराए
तीन पदका लागि कांग्रेस उपसभापतिमा ६ जनाको उम्मेदवारी
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि मंगलबार राष्ट्रिय सभागृहस्थित निर्वाचन कार्यालयमा नेताको मनोनयन दर्ता तीव्र बनेको छ।
पार्टीको उपसभापति पदका लागि डा. मिनेन्द्र रिजाल, पुष्पा भुषाल, गोविन्द भट्टराई, देवराज चालिसे, विनोद चौधरी र मधु आचार्य गरेर ६ जना नेताहरूले उम्मेदवारी दर्ता गराएका छन्। संशोधित विधानअनुसार यस पटक एक वरिष्ठ र एक महिलासहित कुल चार जना उपसभापति निर्वाचित हुने व्यवस्था गरिएको छ।

उम्मेदवारी दर्तापछि नेविसंघका पूर्वअध्यक्षसमेत रहेका नेता गोविन्द भट्टराईले पार्टीलाई गुटमुक्त, एकताबद्ध र बलियो बनाउन उपसभापतिमा दाबी पेस गरेको बताएका छन्। त्यस्तै, विशेष महाधिवेशनपछि प्रवक्ताको जिम्मेवारी सम्हालेका देवराज चालिसेले साङ्गठनिक सुदृढीकरणका लागि उपसभापतिमा मनोनयन गराएको जानकारी दिए।
उता, मोरङबाट महाधिवेशन प्रतिनिधि बनेका पूर्वमन्त्री डा. मिनेन्द्र रिजाल र काभ्रेका पूर्वसभापति मधु आचार्यले पनि उपसभापतिमा उम्मेदवारी दर्ता गराएका छन्।
उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता
कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय ६ बजेसम्म थपियो
बीपी र गणेशमानका छोरा नअट्ने कांग्रेस हुन सक्दैन : राठोर
महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना
चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता
तीन पदका लागि कांग्रेस उपसभापतिमा ६ जनाको उम्मेदवारी
रामहरि खतिवडाद्वारा कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दर्ता
गगनलाई टक्कर दिन सभापतिमा श्यामकृष्ण खड्कीको उम्मेदवारी दर्ता
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा कुनै पनि अवस्थामा मिलापत्र हुन नसक्ने स्पष्ट पारेकी छन् ।
सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समिति बैठकमा मेलमिलाप सम्बन्धी(दोश्रो संशोधन) विधेयकमाथि सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले फौजदारी मुद्दाहरूमा कुनै पनि अवस्थामा मिलापत्र हुन नसक्ने र कसैले गरेमा कानुन बमोजिम दण्डनीय हुने स्पष्ट पारिन् । मेलमिलाप ऐन केवल देवानी वा वाणिज्य प्रकृतिका मुद्दाहरूमा मात्र लागू हुने उनले बताइन् ।

उनले मेलमिलाप ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयकमा मुद्दाका दुवै पक्षको तारिख जोडिएपछि मुद्दाको सम्भावित समयावधि, अदालती खर्च र मेलमिलापका फाइदाबारे परामर्शरछलफल गर्नुपर्ने प्रावधानहरू समावेश गरिएको जानकारी दिइन् ।
५ वा सोभन्दा बढी न्यायाधीश कार्यरत जिल्ला अदालतमा प्रधानन्यायाधीशले तोकेको न्यायाधीशलाई मेलमिलापकर्ताको रूपमा काम गर्न सकिने व्यवस्था विधेयकमा उल्लेख गरेको उनले बताइन् ।
अर्थशास्त्री डा. वलीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी
दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला
वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल
त्रिशूलीमा हाल्न मिल्ने बेलीब्रिज विश्वमै नभएको मन्त्री लम्सालको दाबी
सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबिच भेटवार्ता
‘तातोपानी र रसुवागढी नाका सञ्चालनका लागि छलफल भइरहेको छ’
परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल
ओलीपछिको दोस्रो वरीयतामा भण्डारी, सचिवालय बैठकमा सहभागी हुने
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको सचिवालय बैठकमा सहभागी हुने भएकी छन्। एमाले सचिवालयको आज बसेको बैठकले भण्डारीलाई अध्यक्ष केपी शर्मा ओलीपछिको दोस्रो वरीयता प्रदान गर्दै आगामी सचिवालय बैठकदेखि सहभागी हुन पाउने व्यवस्था गरेको हो।
एमालेले केही दिनअघि जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा भण्डारीलाई अध्यक्षपछिको दोस्रो वरीयतामा रहने व्यवस्था गरिएको थियो। सोहीअनुसार उनलाई पार्टीका केन्द्रीय कमिटी, पोलिटब्युरोलगायत बैठकमा सहभागी हुने अधिकारसमेत दिइएको छ।

भण्डारी वरिष्ठ नेताको हैसियतमा अब एमाले सचिवालय बैठकमा सहभागी हुनेछिन्। यससँगै एमालेको सचिवालयमा दुई जना महिला नेतृ हुने भएका छन्। यसअघि सचिवालयमा पद्मा अर्याल महिला नेतृका रूपमा रहेकी छन्।
पूर्वराष्ट्रपति भण्डारी यसअघि एमालेको केन्द्रीय सदस्य तथा पोलिटब्युरो सदस्यसमेत रहिसकेकी छन्।
‘आजसम्म जो–जस्ले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने : एमाले अपानी’ (पूर्णपाठसहित)
दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश
त्रिशूलीमा हाल्न मिल्ने बेलीब्रिज विश्वमै नभएको मन्त्री लम्सालको दाबी
रसुवा बाढीपछि नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा खुम्चिने विश्व बैंकको प्रक्षेपण
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
हालजेनलाई भौतिकशास्त्रको नोबेल पुरस्कार
बेल्जियममा जन्मेका वैज्ञानिक फ्रान्सिस हालजेनले खगोलीय मूलका उच्च–ऊर्जा न्युट्रिनोको खोज तथा आइसक्यूब न्युट्रिनो वेधशालामा पुर्याएको योगदानका लागि यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गरेका छन् । रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले मङ्गलबार स्टकहोममा पुरस्कार घोषणा गरेको हो ।
८२ वर्षीय हालजेन अमेरिकाको विस्कन्सिन–म्याडिसन विश्वविद्यालयसँग आबद्ध छन् । उच्च–ऊर्जा न्युट्रिनो ब्रह्माण्डका अत्यन्त ऊर्जाशील स्रोतबाट आउने सूक्ष्म कण हुन् । उनको अनुसन्धान तथा आइसक्यूब न्युट्रिनो वेधशालामा पुर्याएको योगदानले यस्ता कणको खगोलीय मूल पहिचान र अध्ययनमा महत्त्वपूर्ण आधार तयार गरेको छ ।

यस वर्षको नोबेल पुरस्कारको रकम एक करोड २० लाख स्विडिस क्रोनर रहेको छ । यो रकम करिब १२ लाख अमेरिकी डलर बराबर हो । पुरस्कार एक जना व्यक्ति, केही पुरस्कार विजेताको समूह वा कुनै संस्थालाई प्रदान गर्न सकिने व्यवस्था छ । गत वर्ष तीन जना वैज्ञानिकले परमाणुभन्दा साना कणमा देखिने ‘क्वान्टम टनेलिङ’ नामक असामान्य घटनासम्बन्धी अनुसन्धानका लागि भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गरेका थिए ।
कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने
नोबेल साहित्यमा महिला लेखकको चर्चा
भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा
साइबेरियाको प्लेग सेन्टरमै प्राविधिकको मृत्यु : ट्रम्प प्रशासनको कडा निगरानी
मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग














प्रतिक्रिया