आजका समाचार : संसद्‌मा बजेटमाथि निरन्तर छलफल, अर्थमन्त्रीमाथि प्रश्नै-प्रश्न, विश्वकपमा युद्धको छाया र स्ट्रेट अफ हर्मुज बन्द गर्ने इरानको घोषणाले तेल आपूर्ति धरापमा « Khabarhub

आजका समाचार : संसद्‌मा बजेटमाथि निरन्तर छलफल, अर्थमन्त्रीमाथि प्रश्नै-प्रश्न, विश्वकपमा युद्धको छाया र स्ट्रेट अफ हर्मुज बन्द गर्ने इरानको घोषणाले तेल आपूर्ति धरापमा


२८ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

हर्कको पुरानै अडान : प्रधानमन्त्रीले सदनमा आएर माफी माग्नै पर्छ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा पुरानै अडान दोहोर्‍याएका छन् ।

सभामुख डीपी अर्यालसँग समयमा मागेर बोल्दै उनले गत जेठ १७ गते नेपालले पनि भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाहले माफी माग्नै पर्ने बताए ।

‘हामी सदन चलाउन तयार छौँ । तर हाम्रो माग एउटै छ, ०८३ साल जेठ १७ गते प्रधानमन्त्रीले बोलेको कुरा रेकर्डबाट हटाउनुपर्छ । प्रधानमन्त्रीले संसद्मा आएर माफी माग्नुपर्छ’, उनले भने, ‘संसद्का सबै नियम परिपलाना गरेर बैठक चलाउनुपर्छ ।’

उनले आफूहरू सदनका अन्य कार्यसूचीमा प्रवेश गर्न तयार रहेको बताए। ‘तर हाम्रा माग सम्बोधन हुनुपर्छ’, उनले भने, ‘तर प्रधानमन्त्रीले दिएको राष्ट्रहितविरोधी अभिव्यक्ति सच्याउनुपर्छ।’

महालेखाको प्रतिवेदन देखाउँदै ज्ञानेन्द्रले साँधे अर्थमन्त्री स्वर्णिममाथि निशाना

ज्ञानेन्द्र शाहीले अर्थमन्त्रीलाई भने- एकपटक सरकारी अस्पतालमा लाइन लागेर उपचार गर्नुस्

विदेशमा लगानी गर्ने हो कि देशमा भन्दै अर्थमन्त्रीको ज्ञानमाथि प्रश्न उठाए शाहीले

राष्ट्रियसभामा परराष्ट्रमन्त्रीले भने- सीमा विवादको कूटनीतिक समाधान गर्छौँ

रास्वपाकै सांसद अमरेशको टिप्पणी : यो आफैँमा फुलेको बेलुन हो, लामो समय टिक्दैन

प्रतिनिधिसभा : जनताका घर नभत्काउन आग्रह

प्रतिनिधिसभा : सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

अर्थमन्त्री वाग्लेले दिए आफूमाथि प्रश्न उठाउनेको काण्ड छानबिन गर्ने धम्की
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिपक्षतर्फ इसारा गर्दै आफूमाथि करको दरमा हेरफेरको प्रश्न उठाउनेको काण्ड छानबिन गर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै डा वाग्लेले आफूलाई पनि काण्डहरूको बारेमा थाहा भएको र ती काण्ड खुल्ने बताएका हुन् ।

उनले आफूमाथि केही खोस्टाहरूले लेखेको तर, आफूले दुई रुपैयाँ पनि बदमासी गरेको भए मन्त्री पद र सार्वजनिक जीवन नै त्याग गरिने बताए ।

‘आज मैले सार्वजनिक लेखा समितिमा पनि भने एक दुईटा खोस्टाहरूले लेखे, कि दुई अर्बको आशंका इत्यादी भनेर, दुई अर्ब होइन दुई रुपैयाँ बदमासी बेइमानी म बाट भएको छ भने म मन्त्री पद त्यागिदिन्छु, सार्वजनिक जीवन नै त्याग्न पनि म तयार छु, दुई रुपैयाँ र यो नैतिक आँट, नैतिक उचाइ म प्रति औँलो ठड्याउने माननीयज्यूहरूलाई पनि प्राप्त होस्, शुभकामना छ’, उनले भने ।

सो भनाइमा रास्वपाका सांसदहरूको गडगडाहट तालीपछि डा वाग्लेले फेरि प्रतिपक्षीतर्फ संकेत गर्दै विपक्षीको काण्ड खुल्ने चेतावनी दिए ।

‘तपाईंहरूका काण्डबारे हामी अनविज्ञ हो र ? ति पनि खुल्नेछन्’, उनले भने ।

संसद्‍मा पठाउने विधेयकबारे छलफल गर्दै कानुन मन्त्रालय

१५औँ महाधिवेशनका लागि साझा संयन्त्र गठन गर्नुपर्छ : प्रकाशशरण महत

मल अभाव हुन नदिन सरकार तत्पर छ : मन्त्री चौधरी

कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी

विपद् तयारीमा जुट्न गृहमन्त्री गुरुङको निर्देशन

कांग्रेस एकताका लागि नेतृत्वको गम्भीर पहल आवश्यक : प्रकाशशरण महत

अर्थमन्त्रीको चुनौती- करमा बदमासी गरेको प्रमाणित भए सार्वजनिक जीवन त्याग्न तयार छु

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका लागि उडान सञ्चालन हुन लागेको छ ।

आगामी असोज ७ गतेदेखि नियमित उडान सञ्चालन हुने खबरले यहाँका पर्यटन व्यावसायिक उत्साहित बनेका छन् । विमानस्थल सञ्चालनमा आएको तीन वर्षपछि नियमित अन्तर्राष्ट्रिय उडान सुनिश्चित भएको हो ।

दुबईस्थित वायुसेवा कम्पनी फ्लाई दुबईले उक्त मितिदेखि दैनिक उडान सञ्चालन गर्ने गरी टिकट बुकिङ खुला गरेको छ । यसैसाथ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलोपटक नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन हुने भएको हो ।

पोखरा प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन र सांस्कृतिक सम्पदाले सम्पन्न सहर हो । अब अन्तर्राष्ट्रिय हवाई पहुँच विस्तारसँगै यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा नयाँ सम्भावना खुलेको छ । यसअघि विमानस्थलबाट चीन, भुटानलगायत मुलुकमा चार्टर उडान तथा भारततर्फ आकस्मिक मेडिकल उडान मात्र हुँदै आएका थिए ।

हुरीले टीकापुरमा केराखेती नष्ट

दूधमा अनुदानवापत २१ लाख ५५ हजार वितरण

दक्षिणकालीको सोखेलमा धान रोपाइँ सुरु (तस्बिरहरू)

फिफा विश्वकप प्रसारण गर्नसक्ने यी प्राइभेट वेबसाइट र एप बन्द गर्‍यो सरकारले

विभिन्न ३ प्रकारका औषधीको आयात तथा बिक्रीमा कडाइ, विभागद्वारा नयाँ व्यवस्था लागू

विश्वकपमा युद्धको छाया, इरानी समर्थकको टिकट कोटा पनि रद्द
पश्चिम एशियामा जारी युद्धको प्रभाव विश्वभर परिरहेका बेला फुटबलको महासंग्राम विश्वकप बिहीबारदेखि सुरु हुँदैछ । यो प्रतियोगिताको आयोजकमध्येको एक अमेरिका र विश्वकपमा स्थान सुरक्षित गरेको इरान एक अर्काविरुद्ध युद्ध लडिरहेका छन् ।

संयोगवस इरानका समूह चरणका सबै खेल अमेरिकामा नै परेका छन् । युद्धमा होमिएको शत्रु देशका खेलाडीलाई अमेरिकाले कस्तो आतिथ्य देला भन्ने सर्वत्र चासो छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मार्चमा नै ‘इरान विश्वकपमा सहभागी हुन उपयुक्त नहुने’ टिप्पणी गरेका थिए । उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘इरान राष्ट्रिय फुटबल टोलीलाई विश्वकपमा स्वागत छ । तर, मलाई लाग्छ– उनीहरू आफ्नै जीवन र सुरक्षाका लागि त्यहाँ (विश्वकप) हुनु उचित छैन ।’

राज्य प्रमुख ट्रम्पकै यो अभिव्यक्तिले इरानी खेलाडीहरूमाथिको सुरक्षा चुनौती देखाउँछ । इरानी राष्ट्रिय टोलीले पनि यही बुझेको छ । यस टिमको आधिकारिक समाजिक सञ्जाल खाताबाट तत्काल ट्रम्पलाई जवाफ दिँदै लेखिएको थियो, ‘यसबाट बहिष्कृत हुन सक्ने एक मात्र देशले केवल आयोजकको उपाधि बोकेको छ तर यसमा भाग लिने टोलीहरूलाई सुरक्षा प्रदान गर्ने क्षमताको अभाव छ ।’

विश्वकप उद्घाटनमा साकिरादेखि नोरा फतेहीसम्मले स्टेज तताउने

फिफा विश्वकप-२०२६ आजदेखि : उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

विश्वकपको माहौलमा गोकुल बास्कोटाको कटाक्ष : इटाली त एमाले भइगो

विश्वकप २०२६ का सबैभन्दा महंगा प्रशिक्षक को हुन् ?

विश्वकप उपाधिको भविष्यवाणी : स्पेन र फ्रान्स मुख्य दाबेदार, कसरी गरियो अनुमान ?

विश्वकप सुरु हुनै लाग्दा पसलमा जर्सी किन्नेको घुइँचो (तस्बिरहरू)

कसले जित्ला विश्वकप ? ब्राजिल, इङ्ल्यान्ड र पोर्चुगलसहित ३० देशले नजित्ने संयोग !

विश्वकप उद्घाटनसँगै विवाद

इरानद्वारा जोर्डनमा २० वटा मिसाइल प्रहार
इरानले जोर्डनतर्फ २० मिसाइल प्रहार गरेको छ । जोर्डनको सेनाले इरानबाट प्रहार गरिएका २० वटा मिसाइलहरूलाई सफलतापूर्वक आकाशमै नष्ट गरिदिएको दाबी गरेको छ । जोर्डनको सरकार सञ्चालित पेट्रा समाचार एजेन्सीसँग कुरा गर्दै त्यहाँका एक सैन्य अधिकारीले यससम्बन्धी जानकारी दिएका हुन् ।

सैन्य स्रोतका अनुसार सेनाको रक्षा प्रणालीले मिसाइलहरूलाई बीचमै रोकेर नष्ट गरेपछि तिनका केही अवशेष र टुक्राहरू जमिनमा खसेका थिए । तर, यस घटनामा कुनै पनि मानवीय क्षति वा भौतिक नोक्सानी भने नभएको अधिकारीले स्पष्ट पारेका छन् ।

ती अवशेषहरूमा कुनै पनि प्रकारको विष्फोटक पदार्थ बाँकी नरहेको सुनिश्चित गर्नका लागि सेनाको इन्जिनियरिङ युनिटले आवश्यक जाँच र व्यवस्थापन गरिसकेको छ ।

यसअघि, इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले जोर्डनमा रहेको अमेरिकाको अल(अजराक सैन्य अखडालाई लक्षित गरी लगातार दोस्रो रात पनि आक्रमण गरेको जनाएको थियो । अमेरिकाले इरानमा व्यापक हवाई हमला गरेपछि जवाफमा इरानले मिसाइल प्रहार गरेको हो ।

पाकिस्तानद्वारा अमेरिका-इरान तनावमा मध्यस्थता प्रयास जारी

के हो सामाजिक सञ्जालमा भाइरल ३७० को चिकेन बिरयानी कन्ट्रोभर्सी ?

ओमान आक्रमणमा तीन भारतीयको मृत्यु

पाकिस्तानमा पर्यटक बस दुर्घटना, दश जनाको मृत्यु, १३ घाइते

इरान-अमेरिकाबीच पुनः हवाई र मिसाइल आक्रमण

स्ट्रेट अफ हर्मुज बन्द गर्ने इरानको घोषणा, तेल आपूर्तिमा संकट


















प्रकाशित मिति : २८ जेठ २०८३, बिहीबार  ७ : ५७ बजे

तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा

काठमाडौं – मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले

सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु

खार्तुम – सुडानको रणनीतिक शहर एल–ओबेदमा ड्रोन आक्रमणमा परी २३

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक