साप्ताहिक ब्रिफिङ : जाँचबुझ आयोगको प्रतिवेदन चुनावको भोलिपल्ट, राष्ट्रियसभाको अधिवेशन अन्त्य, विश्वकपमा नेपाललाई एकपछि अर्को झट्का र बंगलादेशका जेन-जीको पार्टी नराम्रोसँग पराजित « Khabarhub

साप्ताहिक ब्रिफिङ : जाँचबुझ आयोगको प्रतिवेदन चुनावको भोलिपल्ट, राष्ट्रियसभाको अधिवेशन अन्त्य, विश्वकपमा नेपाललाई एकपछि अर्को झट्का र बंगलादेशका जेन-जीको पार्टी नराम्रोसँग पराजित


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 8 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आदरणीय पाठकवृन्द ! यो साता नेपाली मिडियामा केही सनसनीपूर्ण समाचारहरु छाए । राजनीति, प्रवास क्षेत्रमा तरंग ल्याउने घटना भए ।

खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने गरेको छ । एक सातामा मुख्य घटनामा ‘रि–भिजिट’ गरिएको यो सामग्री पाठकहरुका लागि उपयोगी हुन सक्छ ।

बालेनको तीन वर्षे रिपोर्ट कार्ड : ६ महानगरबीच कहिल्यै अब्बल बनेन काठमाडौं

यतिबेला मुलुक फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनतिर होमिएको छ । गाउँदेखि सहरसमेत चुनावमय बनेको छ । यसबीच प्रत्यक्ष निर्वाचित कार्यकारीकै शैलीमा केही दलले आगामी प्रधानमन्त्रीको समेत घोषणा गरिसकेका छन् ।

यद्यपि, संसदीय व्यवस्थामा निर्वाचन पश्चात् संसदीय दलले मात्रै संसदीय दलको नेतृत्व चयन गर्छ, त्यही प्रक्रियाबाट नेतृत्व चयन हुने व्यक्तिले प्रतिनिधिसभामा बहुमत जुटाउन सके प्रधानमन्त्री बन्ने कानुनी हैसियत राख्छ ।

चुनावी घोषणापत्रमा आजपाको मुख्य एजेण्डा : प्रत्यक्ष कार्यकारी र एक घर-एक रोजगारी

जसपा नेपालको घोषणापत्र : वैदेशिक रोजगारीमा जानेलाई ‘फ्री भिसा, फ्री टिकट’

कांग्रेसको प्रतिज्ञापत्र आइतबार दिउँसो सार्वजनिक हुने

देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्छ : उपसभापति शर्मा

‘विकल्प नै खोजिएको हो भने नेतृत्व र नीति दुवैमा कांग्रेस नयाँ भएर आएको छ’

रास्वपाबारे मौन जसपा नेपाल संविधानको रिस पोख्दै कांग्रेस, एमाले र माओवादीमाथि खनियो

‘जनयुद्ध’कालीन सेल्टरमा प्रचण्ड, भने : ८० प्रतिशत भूभाग माओवादीले कब्जा गरेको राष्ट्रसंघले पनि स्वीकारेको थियो

सरकारले तेस्रो पटक थप्यो जाँचबुझ आयोगको म्याद

सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगको म्याद थप गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न गठित जाँचबुझ आयोगको समयावधि २५ दिन थप गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । अहिले सम्म म्याद तीन पटक थपिएको छ ।

मन्त्रिपरिषद्को २०८२ असोज ५ गतेको बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो । त्यस्तै मन्त्रिपरिषद् बैठकले राष्ट्रिय आर्थिक गणना २०८२ को तथ्यांक संकलन गर्ने आदेश २०८२ स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता अर्यालले जानकारी दिए ।

सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय सर्वसम्मतिले पारित

‘संविधान कार्यान्वयनका लागि कानुन निर्माण सरकारको प्राथमिकतामा’

राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित

राष्ट्रियसभाको शून्य समयमा सरकारको ध्यानाकर्षण

नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

गगन टिमले कपी गर्‍यो ओलीको ‘झोले’ स्टाइल : गगनलाई समर्थन गर्दा बाख्रा कराउने

अहिले पनि झिनो रूपमा जारी रहेको तर, विगतमा एमालेका नेता तथा कार्यकर्तामाथि ‘झोले’ को रूपमा विपक्षीहरूले नकारात्मक टिप्पणी गर्ने गर्थे ।

सामाजिक सञ्जालमा स्टाटस लेख्नेदेखि प्रतिक्रिया दिने क्रममा विशेष गरी एमालेमाथि आक्रमणको शैलीमा नै झोले टिप्पणी हुन थालेपछि एमालेको नेतृत्व तहबाट नै त्यसलाई सकारात्मक अभिव्यक्तिमा बदल्ने नयाँ शैली ‘म झोले हुँ’ भन्ने क्याम्पिङ सुरु गरिएको थियो ।

नकारात्मक प्रहारमाथि आक्रमण गर्ने उद्देश्यले सुरु गरिएको सो अभियानमा एमालेभित्र नै एक प्रकारको धार जस्तो बन्न पुग्यो । जहाँ सबै एमालेका नेता तथा कार्यकर्ता नै सहभागी नभएको स्पष्ट देखिन्थ्यो ।

राजनीतिक रूपमा विचार तथा नीति फरक हुने हुँदा एक पक्षले अर्को पक्षको राजनीति तथा विचारमाथि स्वाभाविक रूपमा सहमति जनाउँदैन । तर, विशेष गरी नेतृत्वले गरेको र भनेको कुरालाई आलोचनात्मक दृष्टिले हेर्ने र ग्रहण गर्ने भन्दा पनि सबै कुरालाई सही भन्ने नकारात्मक प्रवृत्तिको रूपमा एमालेका नेता तथा कार्यकर्तामाथि झोलेको टिप्पणी भएको स्पष्ट बुझ्न सकिन्थ्यो ।

गगनलाई सभापति मानेरै म उम्मेदवार भएको हो, अरु हिसाब चुनावपछि हुन्छ : डा. शेखर कोइराला

अबको प्रशासनिक संरचना चुस्त र नतिजामुखी : गगन

प्रतिनिधिसभा निर्वाचन : कांग्रेस मधेस झर्दा रास्वपा सुदूरपश्चिमतिर

रास्वपाले धनगढीबाट चुनावी अभियान सुरु गर्दै

दोलखाका युवा नेता खड्काले लिए उम्मेदवारी फिर्ता, कांग्रेसका शिवाकोटीलाई सघाउने

झापामा ओलीले भने : ग्यास उत्खनन भइसकेको छ, पाइपबाट घरघरमा पठाउने दिन आउँदैछ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधिक तत्वहरूले आफूमाथि विभिन्न आरोप लगाउने गरेको बताएका छन् ।

सोमबार झापाको गौरीगञ्जमा स्थानीय मतदातासँग छलफलका क्रममा अध्यक्ष ओलीले भदौ २३ र २४ गते जेन(जीहरूको आन्दोलनमा आपराधिक तत्व घुसेर विध्वंस मच्चाएको बताए ।

तिनै आपराधिक तत्वहरूले उल्टै आफूमाथि गोली चलाएर मान्छे मारेको आरोप लगाउने गरेको पनि उनले बताए।

तत्कालीन प्रधानमन्त्रीको हैसियतमा आफूले कसैलाई गोली चलाउन आदेश नदिएको दोहोर्‍याउँदै अध्यक्ष ओलीले संसद् भवन, सिंहदरबार जलाउने कोसिस गरेर प्रहरीलाई गोली चलाउने वातावरण आपराधिक तत्वले नै बनाएको धारणा राखे।

झापा ५ मा ‘गुइँठा’को राजनीति !

लोकतन्त्रमाथि प्रहार गर्ने विश्व प्रतिक्रियावादी चलखेल नेपालमा पनि देखियो : प्रचण्ड

प्रचण्डले रास्वपालाई भने : साम्राज्यवादले लगानी गरेका पपुलिस्टहरू सामाजिक सञ्जालमा स्टन्ट गर्दैछन्

राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत

सनम हत्या प्रकरण : सुन तस्करीका मुख्य नाइके गोरेलाई थप १० वर्ष कैद सजाय

कांग्रेसको चुनावी नीति : क्रियाशील सदस्यले आफ्नो वडा छोडेर अन्यत्र जान नपाइने

नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभाको निर्वाचनमा पार्टीसम्बद्ध नेता कार्यकर्ताहरूलाई परिचालन गर्न `फागुन २१ का लागि मेरो २१ दिन´ कार्यक्रम शुरू गर्ने तयारी गरेको छ।

आइतबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले निर्वाचनलाई लक्षित गर्दै यस्तो कार्यक्रम गर्ने निर्णय गरेको हो । त्यसका लागि कांग्रेसले `नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका ०८२ को बुँदा नं. २१ मा यो विषय उल्लेख गरेको छ ।

कांग्रेसको चुनावी नीति : ‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियान सुरु गर्दै

सभामुखदेखि उपसभामुखसम्मको विरासत बोकेको झापा-२ राष्ट्रिय चासोको केन्द्र

कार्बन व्यापारमा निजी क्षेत्रको सहभागिता बढाउन आवश्यक : मन्त्री चौलागाईं

जनकपुरधाममा आचारसंहिता उल्लङ्घन गर्ने १५०० बढी सामग्री हटाइयो, सबैभन्दा अगाडि रास्वपा

दुर्गा प्रसाईँको दाबी : विगतमा भनेका धेरै कुरा मिले, बालेन र सोबिताबारे थप खुलासा गर्ने
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानका अगुवा दुर्गा प्रसाईँले विगतमा आफूहरूले भनेको कुरा मिलेको दाबी गरेका छन् । बिहीबार एक भिडियो सन्देश जारी गर्दै प्रसाईँले विगतमा आफूले भनेको कुरा मिलेको र आगामी फागुन २१ गतेअघि बालेन्द्र शाह र सोबिता गौतमको विषयमा नयाँ खुलासा गर्ने बताएका हुन् ।

प्रसाईँले पहिलो भिडियोमार्फत अमेरिकाको एनईडी नामक संस्थाका तर्फबाट नेपालमा भएको लगानीको भण्डाफोर गरेको भन्दै सो कुरा सत्य प्रमाणित भएको दाबी गरे । त्यस्तै, उनले दोस्रो भिडियोमार्फत बालेन्द्र शाह निश्चल खरेलबाट सञ्चालित रहेको भनेर दाबी गरेको भन्दै यसबारे कसैले खण्डन नगरेको जनाएका छन् ।

साथै, सुमना श्रेष्ठ अमेरिकी डिफेन्स र बीसीजी ग्रुपसँग जोडिएकी छिन् भनेको भन्दै यसबारे पनि कसैले खण्डन नगरेको दाबी गरेका छन् ।

त्यस्तै, दोस्रो भिडियोमा डिजिटल बीआरआई हुवावेको बिलिङ ठेक्का तोडिन्छ भनेर दाबी गरेअनुसार नै तोडिएको पनि प्रसाईँले भिडियोमा भनेका छन् ।

ज्ञानेन्द्र शाहलाई विमानस्थलमा राजावादीको स्वागत

सिन्धुलीमा आशिष गजुरेलले रास्वपाबाट टिकट लिनुअघि हरिबोलसँग गरेका थिए सल्लाह

प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन आह्वान

ममाथिका आरोपमा अदालतले न्याय दिनेछ : रवि लामिछाने

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य
नेपाली कम्युनिष्ट पार्टीले सार्वजनिक गर्‍यो चुनावी प्रतिबद्धता पत्र

 नेपाली कम्युनिष्ट पार्टीले आर्थिक सुधारको नयाँ चरणलाई विशेष जोड दिँदै आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । 

पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार आयोजित कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनका पार्टीको संक्षिप्त प्रतिबद्धता सार्वजनिक गरेका हुन् । 

प्रतिबद्धता पत्रमा भाषिक विभेदको अन्त्य गरौँ ! सयौँ फूलहरू फुल्न दिऔँ !, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास, स्थानीय तह र समुदायबाटै समाजवादको अभ्यास !, नेपाली विशेषताको समाजवाद सामाजिक क्रान्तिको मूल बाटो ! लगायतका विषयलाई प्राथमिकता दिइएको छ । 

‘लोकतान्त्रिक शासन प्रणालीको आधार : जनताको घरदैलोसम्म गुणस्तरीय सेवा प्रवाह’ र आर्थिक विकास र समृद्धिका आधारः सुशासन, पारदर्शिता र मितव्ययितालाई विशेष प्राथमिकतामा राखी प्रतिबद्धता सार्वजनिक गरिएको छ । शिक्षा र स्वास्थ्यको गुणस्तरीय पूर्वाधार, समृद्धिको आधार एवं उद्यमशीलता, उद्यमी परिवार, गाउँ–सहर घर–घरमा रोजगार दिलाउने प्रतिबद्धता उल्लेख गरिएको छ । 

निर्वाचनमा कुनै तालमेल हुँदैन, नेकपा एक्लै संसद्‌मा ठूलो पार्टी बन्छ : प्रचण्ड

प्रचण्डका नजरमा कांग्रेस-एमाले यथास्थितिवादी, रास्वपा विध्वंशकारी र राप्रपा प्रतिगामी शक्ति

प्रचण्डले भने- नेकपा पहिलो पार्टी बन्ने सम्भावना छ 

नेकपाको घोषणापत्र : संविधान पुनरावलोकन, निर्वाचन प्रणाली सुधारको एजेण्डा

प्रचण्डको दाबी : जितेकै ठाउँमा रास्वपा ओरालो लाग्दैछ, अब स्टन्ट र भ्रमले चल्दैन

कांग्रेसले भ्रष्टाचार अन्त्य र सुशासनका लागि काम गर्छ : सभापति थापा

निर्वाचन आयोगलाई टेर्दैनन् उम्मेदवार, स्पष्टीकरणको जवाफ दिनै आनाकानी

गजेन्द्रनारायणको शालिकमा गाडीबाटै ‘माला फ्याँकेपछि’ विवादमा बालेन्द्र

मधेशका सम्मानित नेता स्वर्गीय गजेन्द्रनारायण सिंहको शालिकमा परैबाट माला फ्याँकेर हिँडेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह विवादमा परेका छन् ।

मंगलबार सप्तरी सदरमुका राजविराज आउँदा सन रुफसहितको गाडीबाटै हात हल्लाउँदै गजेन्द्रनाराणको शालिकतिर माला फ्याँकेपछि उनी विवादमा परेका हुन् ।

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता तान्न तराई(मधेशमा दोस्रो पटक छिरेका उनी दक्षिण भारतीय फिल्मको शैलीमा देखिएका थिए ।

बालेन्द्र आउने भएपछि मंगलबार बिहानैदेखि सडकमा सयौँ सर्वसाधारण र रास्वपा कार्यकर्ता जम्मा भएका थिए। जब उनी राजविराजस्थित गजेन्द्र चोक पुगे तब उनी त्यहाँ ओर्लिने अपेक्षा थियो ।

‘समृद्धि र विकाससँगै सुशासनका लागि उज्यालो नेपाल’

रामेछाप बस दुर्घटनापछि कांग्रेस र रास्वपाद्वारा दुःख व्यक्त

प्रतिनिधिसभा निर्वाचन : सुनसरी–१ मा २६ जना मैदानमा

शेख हसीनालाई सत्ताबाट हटाएका विद्यार्थीहरूको पार्टी पहिलो चुनावमै बढारियो

बंगलादेशमा सम्पन्न चुनावमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले ऐतिहासिक विजय हासिल गरेको छ।

जमात-ए-इस्लाम र उसका गठबन्धनले ठूलो पराजय भोग्नु परेको छ । ती गठबन्धनका झण्डै नेताहरूमध्ये शेख हसिनालाई सत्ताबाट हटाउन महत्वपूर्ण भूमिका खेल्ने नाहिद इस्लामको पार्टी नेशनल सिटिजन पार्टी (एनसीपी) ले केवल पाँच सीट जितेको छ।

बंगलादेशमा शेख हसिनाको शासनको अन्त्य भएको पहिलो चुनाव सम्पन्न भइसकेको छ । खालिदा जियाको अवसानपछि २०२६ को निर्वाचनबाट बीएनपी करिब दुई दशकयता पहिलो पटक सत्ता नजिक पुगेको छ ।

बङ्गलादेश : जनमतसङ्ग्रहमा सुधारको पक्षमा बहुमत

बंगलादेशको राजनीति दक्षिणपन्थी बाटोमा

चुनाव जितेका बीएनपी नेता तारिकलाई मोदीको बधाई

इरानको तनावबीच पश्चिम एसियामा दोस्रो जहाज तैनाथ गर्दै अमेरिका

१२ कक्षा पढेका तारिक रहमान : १७ महिना जेल र १७ वर्ष निर्वासनपछि बन्दैछन् बंगलादेशको प्रधानमन्त्री

बंगलादेशमा बीएनपी दुईतिहाइतिर, तारिक रहमानको नेतृत्वमा नयाँ सरकार बन्ने पक्का

बंगलादेशमा अवामी लिग प्रतिबन्धित हुँदा बीएनपी ठूलो जिततर्फ

इरानले अमेरिकी वार्तामा कडा अडान दोहोर्‍यायो

इरानका शीर्ष कूटनीतिज्ञले आइतबार तेहरानको शक्ति ‘महान् शक्तिहरूलाई होइन भन्न सक्ने क्षमता’ बाट आएको दाबी गर्दै अमेरिकी वार्ताप्रति कडा अडान प्रस्तुत गरेका छन् ।

आफ्नो आणविक कार्यक्रमलाई लिएर संयुक्त राज्य अमेरिकासँग संवाद भइरहेका बेला र देशभित्र विरोध चर्किएको पृष्ठभूमिमा उक्त टिप्पणी आएको हो ।

तेहरानमा आयोजित शिखर सम्मेलनमा कूटनीतिज्ञहरूसँग बोल्दै विदेशमन्त्री अब्बास अराघचीले इरान युरेनियम संवर्धन गर्न सक्षम हुनैपर्ने अडानमा कायम रहने सङ्केत दिए । यही विषय १२ दिनसम्म चलेको इरान–इजरायल युद्ध र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको तीव्र विवादको केन्द्रमा रहेको थियो ।

उत्तर कोरियाको पार्टी सम्मेलन

थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा

मोस्का दाजुभाइसँग निरीह भएपछि इटालीसँग नेपालको लज्जास्पद पराजय
इटालीसँग नेपालले लज्जास्पद हार व्यहोरेको छ । आईसीसी टी २० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भयो ।

नेपालले दिएको १ सय २४ रनको झिनो लक्ष्य इटालीले ११ ओभर ४ बलमा कुनै विकेट नगुमाइ भेट्टायो ।

ब्याटिङ र बलिङ दुबै क्षेत्रमा निरीह देखिएको नेपालका बलरले इटालीको कुनै पनि विकेट लिन सकेनन् । इटालीको जितमा ओपनिङमा आएका मोस्का दाजुभाइले उत्कृष्ट प्रदर्शन गरे ।

खेलमा दाजु एन्थोनी मोस्काले ३२ बलमा ६२ रन बनाए । यस क्रममा उनले तीन चौका र छ छक्का प्रहार गरे । त्यस्तै, भाइ जस्टिन मोस्काले पनि ४४ बलमा ६० रन बनाए । यस क्रममा उनले पाँच चौका र तीन छक्का प्रहार गरे ।

इटालीविरुद्ध नेपाली बलर निरीह देखिए । एक ओभर बलिङ गरेका ललित राजवंशीले १९ रन दिए । त्यस्तै, एक ओभर बलिङ गरेका नन्दन यादवले १२ रन दिए ।

दुई ओभर बलिङ गरेका करण केसीले २१ रन दिए । तीन ओभर बलिङ गरेका सन्दीप लामिछानेले ३१ रन दिए । यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १२३ रन बनाएको हो ।

चार नेपाली क्रिकेटरको आईसीसी वरीयता सुधार : कसले कति अंक सुधार गरे ?

‘अस्ट्रेलिया र भारत नेपाल आएर खेलिदिए हाम्रो क्रिकेट अझै फैलिने थियो’

टी-२‍० विश्वकपमा श्रीलंकाद्वारा ओमन १ सय ५ रनले पराजित

इटालीसँगको खेलअघि रंगशाला बाहिर नेपाली समर्थक (तस्बिरहरू)

टी–२० विश्वकपमा इटालीले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा

नेपालले गुमायो पहिलो विकेट, कुशल भुर्तेल सस्तैमा आउट

रोचक खेलमा इंग्ल्याण्डसँग नेपाल पराजित

आईसीसी टी–२० विश्वकपअन्तर्गत आइतबार भएको रोचक खेलमा इंग्ल्याण्डसँग नेपाल पराजित भएको छ । भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा भएको खेलमा इंग्ल्याण्डसँग नेपाल ४ रनले पराजित भयो ।

इंग्ल्याण्डले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८० रनमा समेटियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रन बनाए । २९ बलको सामना गरेका उनले छ चौका र एक छक्का प्रहार गरे ।

तस्बिरमा हेर्नुस् नेपाल र इङ्ल्यान्डबीचको प्रतिस्पर्धा

वानखेडेमा नेपाली क्रिकेटको रौनक (तस्बिरहरू)

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ८ : ०८ बजे

निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्ध प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

सङ्घर्ष जारी छ, अबको सङ्घर्ष उत्पादनका लागि हुन्छ : प्रचण्ड

रुकुमपूर्व – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

जनताको शिर झुक्न दिने छैन : रविकिरण हमाल

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुर्खेत क्षेत्र नम्बर–१ का

मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमूना मतदान’ अभ्यास

खोटाङ – जिल्ला निर्वाचन कार्यालय खोटाङले यही फागुन २१ गते

वीरगञ्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने छ जना पक्राउ

पर्सा – गत सोमबार वीरगञ्जको अवैध गोदाममा छापा मार्न जाँदा