आजका समाचार : सर्वोच्चको फैसलापछि बिलखबन्दमा देउवा समूह, प्रत्यक्षतर्फ नजितेका जिल्लामा रास्वपाका समानुपातिक सांसद खटिने, घरबाटै ‘नो अब्जेक्सन’ लेटर लिन सकिने र इरानले फेरि बन्द गरिदियो स्ट्रेट अफ हर्मुज « Khabarhub

आजका समाचार : सर्वोच्चको फैसलापछि बिलखबन्दमा देउवा समूह, प्रत्यक्षतर्फ नजितेका जिल्लामा रास्वपाका समानुपातिक सांसद खटिने, घरबाटै ‘नो अब्जेक्सन’ लेटर लिन सकिने र इरानले फेरि बन्द गरिदियो स्ट्रेट अफ हर्मुज


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

पूर्णबहादुर नेतृत्वको भेलाको निष्कर्ष : गगनले पहल नगरे दुईवटा महाधिवेशन भएर कांग्रेस फुट्छ
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आइतबार धुम्बाराहीमा भेला आयोजना गरेको छ।

सर्वोच्च अदालतले गगन थापाको नेतृत्वलाई मान्यता दिएसँगै देउवा समूहले पार्टी एकता जोगाउन विशेष महाधिवेशनबाट आएका सभापति गगन थापाले नै पहल गर्नुपर्ने निष्कर्ष निकालेको छ।

भेलामा निवर्तमान उपसभापति पूर्णबहादुर खड्काको नेतृत्व रहेको थियो। बैठकपछि बोल्दै देउवा समूहका नेता मीन विश्वकर्माले भने, ‘अब पार्टी एकता बचाउने जिम्मेवारी सभापति गगन थापा र उहाँको कार्यसमितिकै काँधमा आएको छ।’

नेता विश्वकर्माले सर्वोच्च अदालतको फैसलामा उल्लिखित कयौँ तर्कमा आफूहरूको असहमति रहेको पनि बताए ।

‘सर्वोच्च अदालतले विरोधाभाषपूर्ण निर्णय गरे पनि हामीले फैसलालाई मानेर जाने निर्णय गरेका छौं। तर फैसलामा रहेका गम्भीर असहमतिहरूबारे हामीले स्पष्ट रूपमा आफ्नो मत प्रकट गर्नैपर्छ’, उनले भने, ‘फागुन २१ गतेको निर्वाचनपछि नेपाली कांग्रेस इतिहासमै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ। अब यसलाई मजबुत बनाउने जिम्मेवारी सबैको हो।

देउवा समूहको भेला, नेताहरूले भने : अब अलग्गै पार्टी बनाएर अघि बढौँ

गगनलाई वीरबहादुरको चुनौती : हिम्मत भए पूर्णबहादुरलाई कारबाही गरेर देखाऊ

सर्वोच्चको फैसलाप्रति देउवा समूह असन्तुष्ट, गगनको आधिकारिकताविरूद्ध पुनरावलोकनमा जाने

प्रदीप पौडेलको प्रष्टिकरण : क्रियाशील सदस्यता डिजिटल बनाउँछौँ, पुरानो खारेज गर्न खोजिएको होइन

धुम्बाराहीमा देउवा समूहको निष्कर्ष : कांग्रेस एकता जोगाउन सानेपाले नै नेतृत्वदायी भूमिका खेलोस्

देउवा समूह छाडेका धनराज भन्छन् : कांग्रेसलाई एक बनाउन गगनलाई सभापति मान्नुको विकल्प छैन

गगनलाई सभापति स्वीकार्दै शेखर, शशांक र धनराजसहितले छोडे देउवा समूह

धुम्बाराहीमा जुट्यो बिलखबन्दमा परेको देउवा समूह (तस्बिरहरू)

 प्रत्यक्षतर्फ नजितेका जिल्लामा रास्वपाले समानुपातिक सांसद खटाउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन क्षेत्रमा समानुपातिक तर्फका सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ।

पार्टीले जिल्ला र निर्वाचन क्षेत्रसहितको सूची भोलि (सोमबार) बस्ने केन्द्रीय समिति बैठकबाट पारित गर्ने योजना बनाएको छ।

रास्वपा प्रवक्ता मनिष झाले उक्त जानकारी दिएका छन्। झाका अनुसार, समानुपातिक सांसदहरूलाई आफ्नो जिम्मेवारी तोकेर उनीहरूलाई सम्बन्धित निर्वाचन क्षेत्र र जिल्लामा सक्रिय बनाउन लागिएको हो।

पार्टी संगठन सुदृढ गर्न यो निर्णय लिइएको हो। यसले पार्टीको उपस्थिति देशभर फैलाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

रास्वपा प्रवास प्रमुखमा दीपक बोहरा, वैशाख १५ देखि जिल्ला अधिवेशन थाल्दै

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

प्रश्न गर्ने स्तर उकास्नुहोस्, रुपको होइन विचारको चर्चा गरौँ : सांसद धिताल

उपसभापति भुसालको नेतृत्वमा कांग्रेसले गठन गरेको संविधान संशोधन सुझाव समितिलाई पूर्णता

घरबाटै ‘नो अब्जेक्सन’ लेटर लिन सकिने
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र ‘नो अब्जेक्सन सर्टिफिकेट’ ९एनओसी० लिन सक्ने भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको सानोठिमीस्थित एनओसी शाखाले एनओसी सर्टिफिकेट लाई फेसलेस बनाउन एनओसी अनलाइन पोर्टल र त्रिभुवन विश्वविद्यालय (त्रिवि) तथा काठमाडौँ विश्वविद्यालय९केयू०बीच एपीआई गर्ने कार्य सम्पन्न गरेको हो ।

उक्त प्रयोजनका लागि यही वैशाख ४ गते त्रिविसँग सम्झौता भएको छ भने केयूसँग यसअघि नै सम्झौता भइसकेको छ । योसँगै विद्यार्थीहरूले घरमै बसेर अनलाइनमार्फत एनओसीका लागि आवेदन दिन सक्नेछन् । साथै सम्पूर्ण प्रक्रिया पूरा भएपछि आफ्नो प्रमाणपत्र आफैँले प्रिन्ट गरी प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ ।

दुवै विश्वविद्यालयसँग अन्तरआवद्धता हुनुभन्दा अगाडि आवेदकले आवेदन दिइसकेपछि, आवेदकले राखेको नागरिकताको विवरण गृह मन्त्रालयसँग अन्तरआवद्धता भएको ‘सिटिजन इन्फरमेसन म्यानेजमेन्ट’ ९सीआइएमएस० मा भेटिएको अवस्थामा र आवेदकले राखेको एनईबीको रजिस्ट्रेसन नम्बर, जन्ममिति विवरणको आधारमा एनईबीसँग अन्तरआवद्धता भएको सिस्टमबाट प्रमाणपत्र देखिएमा आवेदक विवरणहरू रुजु गर्न भौतिक रूपमा कार्यालयमा उपस्थित हुनु नपर्ने भएको छ ।

मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका छ : महामन्त्री घिमिरे

आइतबार पनि काठमाडौंका चोकमा सवारी चाप (तस्बिरहरू) 

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्य : सञ्चारमन्त्री तिमिल्सिना

राष्ट्रियसभा अध्यक्ष र टर्किस सभामुखबीच भेटवार्ता : दूतावास स्थापना गर्न अनुरोध

राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट

वर्षाले रोशी खोलाको ‘डाइभर्सन’ बगाएपछि बीपी राजमार्ग अवरुद्ध
वर्षाका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मङ्गलटार सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ ।

कटुञ्जे–मङ्गलटार सडकखण्डको विभिन्न स्थानमा ‘डाइभर्सन’ बगाएका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डाइभर्सन मर्मत सुरु गरिए पनि आवागमन सुचारु गर्न केही समय लाग्ने कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।

उनका अनुसार वर्षाका कारण रोशी खोलामा पानीको बहाव बढेपछि राजमार्गमा यसअघि निर्माण गरिएको अस्थायी डाइभर्सन बगाएको हो ।

गत सालको बाढीपहिरोले रागमार्गको रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो । यस्तै गत चैत तेस्रो साता पनि सोही क्षेत्रको विभिन्न स्थानको चार किलोमिटर बगाएपछि पुनः अस्थायी डाइभर्सन निर्माण गरिएको थियो ।

यसैबीच, राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनलाई अहिले राजमार्गको प्रवेशमार्ग धुलिखेलको काभ्रेभञ्ज्याङ र सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गरेर राखिएको छ । राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई प्रहरीले अनुरोध गरेको छ भने अर्को सूचना जारी नभएसम्म उक्त खण्डमा यात्रा नगर्न अपिलसमेत गरिएको छ ।

मधुवा रोगको समस्याले किसान चिन्तित

वीरगञ्जमा अतिक्रमित संरचना भत्काउन सुरु

एसियनको बिस्कुटमा रौं भेटिएपछि २ लाख जरिवाना 

इन्धनको मूल्यवृद्धिले चितवनका १२५ ठेक्का रोकिन सक्ने

दोलखाको सुन्द्रावतीमा खान्डु राजाको दरबार भेटिएको दाबी : थप अनुसन्धान गर्न स्थानीयको माग

सडक विस्तारले वीरगञ्जको विद्युत् अवरुद्ध

आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

हर्मुज पुनः बन्द गर्ने इरानको निर्णय, इन्धनको विश्वव्यापी मूल्य बढ्ने त्रास

इरानले सामरिक रूपमा निकै महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ हर्मुज’ व्यापारिक जहाजका लागि पुनः बन्द गर्ने घोषणा गरेको छ । शनिबार जलसन्धि क्षेत्रमा केही जहाजमाथि आक्रमण भएको खबर सार्वजनिक भएसँगै इरानले सो क्षेत्रमा प्रवेश गर्ने जुनसुकै जहाजलाई निशाना बनाइने चेतावनी दिएको हो ।

इरानको ‘इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स’ (आईजीआरसी) ले अमेरिकाले जारी राखेको नाकाबन्दीका कारण यो निर्णय लिनु परेको जनाएको छ । इरानी विदेशमन्त्रीले जलसन्धि अस्थायी रूपमा खुला गरिएको घोषणा गरेको भोलिपल्टै सेनाले पुनः बन्दको निर्णय लिएको हो ।

इरानी नौसेनाले एक विज्ञप्ति जारी गर्दै फारसको खाडी वा ओमानको सागरमा रहेका कुनै पनि जहाजलाई आफ्नो स्थानबाट अघि नबढ्न चेतावनी दिएको छ । ‘हर्मुज जलसन्धि तर्फ आउनुलाई शत्रुलाई सहयोग गरेको मानिनेछ र त्यस्ता जहाजलाई लक्षित गरी आक्रमण गरिनेछ,’”’ आईजीआरसीको भनाइ उद्धृत गर्दै बिबिसीले लेखेको छ ।

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको यो धम्कीबाट अमेरिका नडराउने प्रतिक्रिया दिएका छन् । ट्रम्पले इरानले ‘ब्ल्याकमेल’ गर्न खोजेको आरोप लगाउँदै जलमार्ग बन्द गरेर विश्वव्यापी ऊर्जा संकट सिर्जना गरेको बताएका छन् । इरानले विगत दुई महिनादेखि यो मार्गलाई प्रभावकारी रूपमा अवरुद्ध पार्दा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य आकाशिएको छ ।

इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने

उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

होर्मुज बन्द हुँदा बंगलादेशमा इन्धन संकट, विश्वविद्यालय बन्द, कार्यालय समय घटाइयो

अमेरिकी सेनामा ठूलो क्षतिको डरले खार्ग टापुमा अपरेसनबाट पछि हटे ट्रम्प

हाफ–म्याराथनमा रोबोटले तोड्यो मानव कीर्तिमान

दक्षिण लेबनानमा आवागमन पुनः सुरु

हर्क साम्पाङकै शैलीमा डोनाल्ड ट्रम्प, एक घण्टाभित्र गरे ३७ वटा सामाजिक सञ्जाल पोस्ट

रूसी तेल छुटप्रति युक्रेनको आपत्ति





























प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ७ : ५५ बजे

निवर्तमान उपसभापति खड्कालाई भेट्न गोल्फुटार पुगे कांग्रेस सभापति थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापा निवर्तमान उपसभापति पूर्णबहादुर

एकता कायम गर्न पहल नगरे विभाजन हुन सक्ने देउवा पक्षको चेतावनी

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीभित्र

कोरलानाका जोड्ने कागबेनी-छुसाङ सडक स्तरोन्नति गरिँदै

मुस्ताङ – छिमेकी मुलुक चीन र भारतलाई जोड्ने कालिगण्डकी करिडोरअन्तर्गत

रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वैशाख १५ गतेदेखि जिल्ला

सरकारी बिदाले सास्ती : शल्यक्रिया ठप्प, बिरामी अलपत्र

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको बढ्दो मूल्य र वैदेशिक मुद्रा