आजका समाचार : बालेनले स्वीकारे अख्तियारमा हस्तक्षेप, कांग्रेस-एमालेको विवाद मिलाउन रविको सुझाव, ९२ प्रतिशत इजरायलीको निष्कर्ष : इरानले जित्यो र विश्वकपमा जापानको गोल वर्षा, ट्युनिसिया बाहिरियो « Khabarhub

आजका समाचार : बालेनले स्वीकारे अख्तियारमा हस्तक्षेप, कांग्रेस-एमालेको विवाद मिलाउन रविको सुझाव, ९२ प्रतिशत इजरायलीको निष्कर्ष : इरानले जित्यो र विश्वकपमा जापानको गोल वर्षा, ट्युनिसिया बाहिरियो


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

बालेनले स्वीकारे अख्तियारमा सरकारी हस्तक्षेप, भने : पाँच घण्टा होइन, पाँच वर्ष सोध्न सक्छौँ

संवैधानिक आयोगमध्ये सबैभन्दा शक्तिशाली अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सरकारको हस्तक्षेप प्रधानमन्त्री वालेन्द्र शाहले स्वीकारेका छन् ।

तीन दिनअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारका प्रमुख प्रेमकुमार राईसहितका पदाधिकारीलाई ९ घण्टासम्म थुनेर केरकार शैलीमा दबाब दिएको कुरामा आलोचना भइरहेको सन्दर्भमा बालेनले त्यसलाई स्वीकारेका हुन् ।

सरकारमाथि निगरानी राख्न र सन्तुलन कायम गर्न गठित संवैधानिक अंग अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सबै पदाधिकारीलाई प्रधानमन्त्री बालेनका सहयोगीहरूले आफ्नो कार्यालयमा ९ घण्टासम्म थुनेर करकापमा गराएको खुलेको थियो ।

मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका मान्नु पर्दैन : प्रधानमन्त्री शाह

रास्वपा महाधिवेशनमा मोहीको क्रेज !

हामी पुरानो पुस्तासँग लड्न होइन नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौँ : डा वाग्ले

तीन दिन पार्टीबारे सोचौँ, त्यसपछि देशको बारेमा सोचौँला : वालेन्द्र

हाम्रो पार्टी विकासवादी हो : प्रधानमन्त्री बालेन

एमाले नेता प्रदीपलाई बालेनको झटारो : गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ

रास्वपा महाधिवेशन प्रतिनिधिले प्रदीप ज्ञवालीलाई किन भने ‘नो’ ?

बाबुरामले भने- ७२ वर्षको भए सधैँ २७ वर्षको जस्तो अनुभूति भयो 

बाबुराम भट्टराईलाई पूर्व प्रधानमन्त्रीको हैसियतमा बोल्न दिइयो

कांग्रेस-एमालेलाई शक्तिशालीको संज्ञा दिँदै रविले भने : दुवै दलका अप्ठ्यारा नमिले देशलाई समस्या पर्छ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछिल्लो समय नेपाली कांग्रेस र नेकपा एमालेमा देखिएको विवाद मिल्नुपर्ने बताएका छन्।

आइतबार पार्टीको पहिलो महाधिवेशनलाई चितवनको भरतपुरमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

कांग्रेस र एमालेलाई शक्तिशाली दल भन्दै उनीहरूभित्र देखिएका अप्ठ्यारा मिल्नुपर्ने बताएका छन् ।

‘राष्ट्रिय राजनीतिमा आफ्नो मात्रै होइन, अरू सबै दल पनि ठिक हुनुपर्छ । अहिले देशका दुई शक्तिशाली दलमा समस्या देखिएका छन् । अप्ठ्यारा देखिएका छन्’, उनले भने, ‘कांग्रेस र एमालेभित्र कहीँ न कहीँ अप्ठ्यारा देखिएका छन् । दुवै दलका शीर्ष नेताहरूले आफ्नोभित्रका अप्ठ्यारा मिलाउनु होला ।’

रास्वपाले पाएको जनमत असाधारण छ, सत्ताको उन्मादबाट जोगिएर अघि बढोस् : सभापति थापा

विगतका गल्ती स्वीकार्दै गगनले भने : १० वर्षयता मेरै पार्टीका निर्णयले शिर निहुरियो, रास्वपासँग सिक्न तयार छौं’

रास्वपालाई वर्षमानको सुझाव : जनमत सधैँ अस्थायी हुन्छ, बहुमतको बलमा अहंकार नगर्नू

रास्वपालाई क्रान्ति, सुशासन र रूपान्तरणमा हाम्रो समर्थन छ : वर्षमान पुन

वर्षमानले भने- प्रचण्डको आउने चाहना थियो ,स्वास्थ्य अवस्थाले दिएन

रास्वपाले पाएको जिम्मेवारी पुरा नगरे देश र जनतालाई धोका हुन्छ : राजेन्द्र लिङ्देन

बालेनले राजा ल्याउँछ भनेर पनि रास्वपालाई भोट हालेका छन् : राजेन्द्र लिङ्देन

सीके राउतले गरे रास्वपा र प्रधानमन्त्रीको प्रशंसा

रास्वपाको महाधिवेशनमा सहभागी भएनन् अमरेशकुमार सिंह

बालेनले राजा ल्याउँछ भनेर पनि रास्वपालाई भोट हालेका छन् : राजेन्द्र लिङ्देन

जब सीके राउतले रविलाई बीपीपछिको नेता भने…

जब रविले गगनसँग गरे अंकमाल…

रविले गरे श्रीमती निकितासहित आफ्नी दिदीको प्रशंसा

सर्वेक्षणको दाबी : ९२ प्रतिशत इजरायलीले इरानलाई युद्धको विजेता माने

इजरायलमा गरिएको एक नयाँ सर्वेक्षणअनुसार अधिकांश नागरिकले इरानसँगको युद्धमा देश हारेको बताएका छन् ।

युद्धपछि अमेरिका–इरान सम्झौताबाट सबैभन्दा धेरै फाइदा तेहरानले लिएको उनीहरूले बताएका छन्। सर्वेक्षणमा सहभागी ९२.१ प्रतिशत उत्तरदाताले यस सम्पूर्ण घटनाक्रममा इरान विजेता बनेर उभिएको धारणा व्यक्त गरेका छन्।

हिब्रु युनिभर्सिटी अफ जेरूसेलमद्वारा गरिएको सर्वेक्षणअनुसार ८२.९ प्रतिशत सहभागीले उक्त सैन्य अभियानले इजरायलको सुरक्षालाई कमजोर बनाएको बताएका छन् ।

८६ प्रतिशतले यसको नतिजालाई नकारात्मक रूपमा मूल्यांकन गरेका छन्। सर्वेक्षणले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूप्रतिको जनविश्वासमा पनि कमी आएको देखाएको छ।

७२.५ प्रतिशत उत्तरदाताले इजरायलले ठूलो रणनीतिक सफलता हासिल गरेको भन्ने नेतन्याहूको दाबीमा विश्वास नगर्ने बताएका छन्।

इरान-अमेरिका वार्तामा लेबनान द्वन्द्व मुख्य एजेन्डा

पूर्वी युक्रेनमा रुसी आक्रमणमा तीन जनाको मृत्यु

वैज्ञानिकले क्वान्टम प्रकाश स्रोत नियन्त्रणको नयाँ विधि विकास गरे

उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

विश्वकपमा जापानको गोल वर्षा : ट्युनिसिया समूह चरणबाटै बाहिरियो

विश्वकपको समूह ‘एफ’ को खेलमा जापानले ट्युनिसियामाथि ४–० को सानदार जित निकालेको छ । खेलको सुरुवातदेखि नै आक्रामक बनेको जापानका लागि ड्याची कामाडा, आयुसे उएडा र जे आइटोले गोल गरे ।

खेल सुरु भएको चौथो मिनेटमै कामाडाले गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि उएडाले उत्कृष्ट ‘लो स्ट्राइक’ मार्फत ३१ र ८३ मिनेटमा गोल गरेका हुन् । जापानका लागि ६९ मिनेटमा जे आइटोले गोल गरेका हुन् ।

पहिलो हाफमा दुई गोल गरेको जापानले दोस्रो हाफमा थप दुई गोल गरेको हो । आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग २–२ को रोमाञ्चक बराबरी खेलेको जापान आजको खेलमा विजयी भएसँगै अन्तिम ३२ नजिक पुगेको छ ।

वैभव सूर्यवंशीले तोडे विश्व रेकर्ड, ११ बलमै पूरा गरे अर्धशतक

‘रोनाल्डो आलोचनासँग अभ्यस्त छन्, विश्वकपअघि नै सामाजिक सञ्जाललाई झेल्न तयार थियौँ’

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

जापानको सानदार प्रदर्शन : पहिलो हाफमा ट्युनिसियामाथि दुई गोलको अग्रता

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ८ : ०५ बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको