साप्ताहिक ब्रिफिङ : एक महिनापछि मुख खोल्यो सेनाले, चुनावमा भाग नलिने ओलीको घोषणा, ११ देशबाट राजदूत फिर्ता, माधव नेपालको मागियो राजीनामा, देउवाले छाडे कांग्रेसको नेतृत्व, विपिनको मृत्यु पुष्टि र अपराजित नेपालले चुम्यो उपाधि | Khabarhub Khabarhub

साप्ताहिक ब्रिफिङ : एक महिनापछि मुख खोल्यो सेनाले, चुनावमा भाग नलिने ओलीको घोषणा, ११ देशबाट राजदूत फिर्ता, माधव नेपालको मागियो राजीनामा, देउवाले छाडे कांग्रेसको नेतृत्व, विपिनको मृत्यु पुष्टि र अपराजित नेपालले चुम्यो उपाधि


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 12 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

फागुनको चुनावमा भाग नलिने ओलीको घोषणा, अष्टलक्ष्मी र युवराजले बैठकमै गरे प्रतिवाद

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी २१ फागुनमा हुने भनिएको मध्यावधि निर्वाचनमा सहभागी नहुने घोषणा गरेका छन् ।

तीन दिनदेखि जारी केन्द्रीय कमिटीको दशौँ बैठकलाई शुक्रबार समापनका क्रममा सम्बोधन गर्दै ओलीले निर्वाचनमा नजाने घोषणा गरेका हुन् ।

ओलीले उक्त घोषणा गरेपछि उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले प्रतिवाद गरे । त्यसक्रममा केहीबेर बैठक हलमा हल्ला भयो । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पनि ज्ञवाली र शाक्यले ओलीको उक्त भनाइमा फरक मत राखेको जानकारी दिएका छन् ।

एमालेले भन्यो- सरकार देशलाई मुठभेटमा लग्दैछ, चुनाव नगरी आयु लम्ब्याउने प्रपञ्च गर्दैछ

ओलीले भने- सरकार मलाई थुन्‍ने तयारीमा छ, अध्यक्षबाट राजीनामा दिन्नँ

ओलीलाई प्रदेश अध्यक्ष ढुंगेलले सोधे- अन्त गएकालाई बोलाइरहँदा घरभित्रकै विद्या भण्डारीलाई कहिलेसम्म रोकिरहने ?

एमाले नेताहरूलाई ओलीको जवाफ- कोही पनि विद्या भण्डारीको माइती बनेर आउनु पर्दैन

प्रचण्ड, रवि र बालेनमाथि खनिएका महेश बस्नेतले भने : केपी ओलीविरुद्ध विदेशीले षड्यन्त्र गरे

उषाकिरणले भनिन्- एउटा व्यक्तिको महत्वाकांक्षाका लागि पार्टीलाई विनाशतिर लानु हुँदैन, ओलीले बिदा लिनै पर्छ

ईश्वरी जीएमले भनिन्- टीके प्रथाले एमाले बिगाऱ्यो, सल्लाहकारले नेतृत्वलाई गलत सूचना दिएर डुबाए 

अरबिन्द सिंहले भने- २४ घण्टामै फेल भएको ओलीको प्रतिवेदन बोकेर जनतामा जान सकिँदैन

एमाले बैठकमा ‘सिंहदरबार संसद् भवन जलाउन प्रयोग भएको’ म्याग्नेशियम र सोडियमको चर्चा

एमाले बैठकमा नवीना लामाले भनिन् : हामी साँच्चिकै खोक्रो राष्ट्रवादमा अल्झिएका रहेछौँ

सिंहदरबार र सर्वोच्च जलेकोमा सेनाको जवाफ : भिडलाई रोक्न सकिएन, मानवीयभन्दा ठूलो भौतिक क्षति होइन

नेपाली सेनाले गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा सिंहदरबार र सर्वोच्च अदालतसहितका सरकारी संरचना जोगाउन अन्तिमसम्म कोसिस गरेको जवाफ दिएको छ ।

नेपाली सेनाका युद्धकार्य विभाग प्रमुख अनुपजंग थापाले भदौ २४ गते राति १० बजेदेखि सडकमा निस्किनुनअघि नै उपत्यकाका १८ मध्ये १२ वटा दमकल प्रयोग गरेर आगो निभाउने कोसिस गरिएको जवाफ दिएका छन्।

देशको मुख्य प्रशासनिक केन्द्र, राष्ट्रपतिको कार्यालय, सर्वोच्च अदालत र संसद् भवन जोगाउन नसकेको आरोप खेपिरहेको सेनाले भौतिक क्षतिभन्दा मानवीय क्षति ठूलो भएकाले त्यसतर्फ सोचिएको बताएको छ ।

जेन-जी आन्दोलन अनुमान गरेभन्दा ठूलो : सेना

जेन-जी आन्दोलनमा मारिने २२ जना मात्रै प्रदर्शनकारी, अन्यमा राखिएका ४१ जना को थिए ?

सेनाले देखायो क्षतिको अत्यास लाग्दो विवरण, ३०७ प्रहरीका भवन र ६६८ सरकारी कार्यालयमा मच्चिएको थियो विध्वंश

जेन-जी आन्दोलनका क्रममा नेतासहित ६१ भीआईपीको गरेको थियो सेनाले उद्धार

सानेपामा देउवाले भने : सधैँ एउटै घरमूली हुँदैन, १५औँ महाधिवेशनबाट अरू नै सभापति हुनेछन्

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्काल सभापति पद नछाड्ने घोषणा गरेका छन्। गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि पहिलोपटक केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक भएका उनले लिखित सम्बोधन गरे ।

उनले केन्द्रीय कार्यसमिति बैठकमा लिखित मन्तव्य दिँदै मंसिरमा हुने भनिएको १५औँ महाधिवेशनबाट विधिवत रुपमा नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने बताएका हुन्।

देउवाले सम्बोधनका क्रममा घरमा सधैँ एकजना मात्रै मूली नहुने तर्क गर्दै १५औँ महाधिवेशनबाट अरू नेतालाई सभापति बनाउने बचन दिए ।

‘पार्टीको आन्तरिक जीवन, आगामी १५औँ महाधिवेशन र नेतृत्व हस्तान्तरणका सवाहरू उठेका छन्। म साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने घरमा सधैँ एकजना मुली रहँदैन’, उनले भने, ‘पार्टीमा पनि हमेसा एउटै सभापति रहिरहँदैन। जहाँसम्म मेरो विषय छ( मैले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औँ महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्ने भनिसकेको छु। १५औँ महाधिवेशनबाट मबाहेक कुनै साथी सभापति बन्नु हुनेछ। त्यसमा द्विविधा छैन।’

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक, देउवाको कुर्सी खाली राखियो

जेन-जीका नाममा भएको हिंसा योजनाबद्ध, संसद् विघटनले संविधन संकटमा (सम्बोधनका मुख्य १५ बुँदा)

पूर्णबहादुर खड्का बने कांग्रेसको कार्यवाहक सभापति

देउवाले भने- अन्तरिम सरकारले दलहरूसँग सहकार्य गर्न खोजेको देखिएन

देउवाको स्वास्थ्यमा अझै समस्या, नेताहरू भन्छन् : धेरै कमजोर देखिनु भयो

सरकारले निर्वाचनको वातावरण तयार पार्नुपर्छ, कांग्रेस भाग लिन्छ : कृष्ण सिटौला

ओलीको राजीनामा माग्नेहरूलाई पासाङ शेर्पाले दिए विदेशी एजेन्टको संज्ञा

भारतबाहेक ११ देशबाट राजदूत फिर्ता बोलायो सरकारले

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले विभिन्न ११ देशमा रहेका नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा नियुक्त ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले बिहीबार जानकारी दिएका छन् ।

खरेलले चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूतलाई फिर्ता बोलाउने निर्णय बताएका छन् । तर सरकारले भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मालाई भने फिर्ता बोलाएको छैन ।

सरकारले फिर्ता बोलाएकामध्ये जापानस्थित दुर्गाबहादुर सुवेदी परराष्ट्र सेवाका कर्मचारी हन् । उनलाई ओली सरकारमा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राजदूत बनाएर पठाएकी थिइन् । अरू सबै राजदूत परराष्ट्र सेवाबाहिरका छन् ।

सहकारी पीडितको समस्या समाधानबारे प्रधानमन्त्री : जे गर्नुपर्छ गरौँ, ठगेर हिँड्नेलाई नछाडौँ

निर्वाचन आयोगमा एमालेले भन्यो- जनादेशमा जान तयार छौँ, सरकार चुनाव गराउने बाटोमा छैन

बैठकस्थलमा तीन घण्टा बिजुली गायब, एमालेले भन्यो- कुलमान कता हराए ?

राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस

राष्ट्रपति पौडेलसमक्ष थारू आयोगको प्रतिवेदन पेस

सरकार, निर्वाचन आयोग र दलहरूबीच त्रिपक्षीय संवादमा जोड

जेन-जी आन्दोलनको भावनाअनुरूप गर्नुपर्ने काम पूरागर्न अहोरात्र खट्छु : जगदीश खरेल

‘जेनजी’ प्रदर्शन – विश्वभर फैलिएको युवा असन्तुष्टिको लहर

आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

एमालेका यी नेताले भने- यथास्थितिमा पार्टी चल्न सक्दैन, ओलीले छोड्नुपर्छ

नेकपा एमालेको बुधबारदेखि ललितपुरमा जारी दशौँ केन्द्रीय कमिटी बैठकमा केपी शर्मा ओलीले अध्यक्ष पदबाट बिदा हुनुपर्ने दबाब नेताहरूले दिइरहेका छन् । बुधबारदेखि बोल्न थालेका केन्द्रीय सदस्यहरूले बिहीबार पनि ओलीलाई पद छाड्न दबाब दिएका छन् । बिहीबार बिहानदेखि सुरू दोस्रो दिनको केन्द्रीय कमिटी बैठक दिउँसो १ बजे खानाका लागि स्थगित गरिएको छ।

बिहीबार बोल्ने अधिकांश वक्ताहरूले ११ औँ महाधिवेशनबाट एमाले थप सुदृढ भएर अगाडि जानुपर्ने मत राखेका थिए। उनीहरूले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि फेरिएको परिस्थितिमा एमालेले पनि आफूलाई व्यापक समीक्षा र सुधार गरेर अघि बढ्नुपर्ने बताए ।

केन्द्रीय कमिटी बैठकमा बोलेका केही नेताहरूले यथास्थितिमा एमाले चल्न नसक्ने निष्कर्ष सुनाए । त्यसैले तत्काल अध्यक्ष पदबाट केपी शर्मा ओलीले राजीनामा दिएर अन्य पदाधिकारीलाई कार्यवाहक तोक्नुपर्ने कुरा पनि उनीहरूले बैठकमा उठाए ।

ओलीले छाडेपछि कुनै नेतालाई कार्यवाहक तोकेर उनैको नेतृत्वमा ११ औँ महाधिवेशन गरेर नयाँ नेतृत्व तय गर्नुपर्ने मत उनीहरूको थियो ।

अध्यक्ष ओलीले बुधबार पेश गरेको ६ पृष्ठ लामो राजनीतिक प्रस्तावमाथि धारणा राख्दै नेताहरूले अब पार्टीलाई नयाँ नेतृत्वमा लैजानुपर्ने मत बलियोसँग राखेका छन् ।

एमालेमा रोचक प्रस्ताव : नयाँ पुस्तालाई व्यस्त बनाउन शहरका चोक-चोकमा कन्सर्ट गरौँ

झपट रावलको माग : विद्या भण्डारी र भीम रावलसहितका नेताको कारबाही फिर्ता हुनुपर्छ

ओलीको राजीनामा माग्नेहरूलाई पासाङ शेर्पाले दिए विदेशी एजेन्टको संज्ञा

एमाले बैठकमा नवीना लामाले भनिन् : हामी साँच्चिकै खोक्रो राष्ट्रवादमा अल्झिएका रहेछौँ

एमाले बैठकमा ‘सिंहदरबार संसद् भवन जलाउन प्रयोग भएको’ म्याग्नेशियम र सोडियमको चर्चा

एमाले केन्द्रीय कमिटी बैठक: केन्द्रीय सदस्यले धारणा राख्नेक्रम जारी

प्रचण्डको निष्कर्ष : यति धेरै धनजनको क्षति हुँदा पनि ओली पश्‍चाताप गर्न तयार भएको देखिएन

नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेन–जी युवाहरूको आन्दोलन विशुद्ध शान्तिपूर्ण रहेको बताएका छन् ।

तर उक्त आन्दोलनलाई लिएर तत्कालीन सरकारले सुरक्षा संयन्त्रको तयारी नगरेको र संवेदनशीलता नअपनाउँदा हिंसात्मक बनेको उनले बताएका छन् ।

बिहीबार चितवनमा नेता तथा कार्यकर्तासँग भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘युवाहरूको आन्दोलन विशुद्ध शान्तिपूर्ण थियो । तर, सरकारले सुरक्षा संयन्त्रको तयारी नगरेको र संवेदनशीलतापूर्वक व्यवहार नगरेकाले स्थिति हिंसात्मक बन्यो’, उनले भने, ‘गोली हानिँदा कलेज ड्रेसमा रहेका युवाहरूको टाउको र छातीमा लक्षित गरिनु अन्तर्राष्ट्रिय रूपमा नै लज्जास्पद बन्यो ।’

प्रचण्डले घटनापछि भदौ २३ गते राति नै काठमाडौं फर्केर पार्टीको आकस्मिक बैठक बसेको स्मरण गराए । सबैभन्दा पहिले माओवादी केन्द्रले आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने, उच्चस्तरीय छानबिन गठन गर्ने र प्रधानमन्त्रीको राजीनामाको माग गर्दै निर्णय सार्वजनिक गरेको उनले स्मरण गराए।

‘हामीले आन्दोलनलाई वैधानिकता दियौँ । प्रतिपक्षी दलहरूलाई एउटै धारणा बनाउन आग्रह गरियो र प्रत्यक्ष समन्वय गरेर देशलाई शान्तिपूर्ण समाधानतर्फ डोर्याउन पहल गरियो,’ उनले अगाडि भने ।

प्रचण्डको निष्कर्ष : यति धेरै धनजनको क्षति हुँदा पनि ओली पश्‍चाताप गर्न तयार भएको देखिएन

बुद्ध एयरका मालिकले खोले ‘गतिशील लोकतान्त्रिक पार्टी’

शेखरले भने- अब कांग्रेसले देशलाई नयाँ दिशा दिनुपर्छ, मंसिरमै महाधिवेशन हुनुपर्छ 

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु (तस्बिरहरू)

माओवादी छोडेका सचिव शाहले भने- नेतृत्वले एकताको सन्देश दिन सकेन, मैले छोड्ने घोषणा गरे

निर्वाचन आयोग र राजनीतिक दलबीच छलफल

शेखरले भने- अब कांग्रेसले देशलाई नयाँ दिशा दिनुपर्छ, मंसिरमै महाधिवेशन हुनुपर्छ 

समाजवादी मोर्चाबीचको एकता यथाशीघ्र हुन्छ : प्रचण्ड

अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैन : प्रधानमन्त्री कार्की

प्रचण्डले भने- अहिलेको अवस्थामा निर्वाचनबाहेक अर्को उत्तम विकल्प छैन

ओलीपछि नेपाललाई संकट : रामकुमारी र घनश्यासहित सात नेपाले मागे राजीनामा

नेकपा एकीकृत समाजवादी पार्टीमा देखिएको विवाद झन् झन् बढ्दै गएको छ । अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने तयारी गरेपछि पार्टीका देखिएको किचलो उग्र रुप लिएको हो ।

बुधबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा नेताहरूले जेन-जीहरूको माग पूरा गर्नका लागि नेतृत्व अर्थात् अध्यक्ष माधवकुमार नेपालले मार्ग प्रशस्त गर्नुपर्ने आवाज उठाएका हुन्।

नेपालको राजीनामा माग्दै यस्तो आवाज उठाउने नेताहरूमा महासचिव घनश्याम भुसाल, नेतृ रामकुमारी झाँक्री र जीवनराम श्रेष्ठ लगायत सातजना रहेका छन् ।

अध्यक्ष नेपालको राजीनामा मागिएको कुरा नेतृ झाँक्रीले पुष्टि गरेकी छन् । ‘युवा पुस्ताको मुख्य माग नै अहिले सबै दलका नेतृत्वले मार्ग प्रशस्त गर्नुपर्ने हो’, उनले भने, ‘हामीले बैठकमा के भनेको भने नेतृत्वले मात्रै होइन, मार्ग प्रशस्त गर्नुपरे हामी पनि गर्न तयार छौँ, तर सुरुवात नेतृत्वबाट हुनुपर्छ ।’

मोहनमायाको तर्क- एमालेमा नेतृत्व फेर्ने बहस बेमौसमी बाजा, ओलीलाई साथ दिनुको विकल्प छैन

अध्यक्ष ओलीको राजीनामा माग्ने पदाधिकारीहरूकै एमाले बैठकमा मागियो राजीनामा

ओलीकै गृह जिल्लाका नेताले मागे राजीनामा

केन्द्रीय कमिटी बैठकमा बर्तौलाले भने- संसद् पुनर्स्थापनाको नेतृत्व एमालेले गर्नुपर्छ

काठमाडौं महानगरको बैठकमा प्रश्न : जेन-जी आन्दोलन हुँदा मेयर र उपमेयर कहाँ थिए ?

काठमाडौं महानगरपालिकाको शुक्रबार बसेको ४३ औँ नगर कार्यपालिका बैठकमा गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा लुकेको भन्दै मेयर बालेन्द्र साह र उपमेयर सुनिता डङ्गोलको भूमिकाबारे प्रश्न उठेको छ ।

बैठकमा बोल्ने क्रममा काठमाडौंमा त्यति ठूलो आन्दोलन हुँदा मेयर र उपमेयर बेपत्ता भएको भन्दै वडाध्यक्षले प्रश्न उठाएका हुन् ।

महानगरको वडा नम्बर ११ का अध्यक्ष तण्डुकारले आफ्नै भूगोलमा त्यति ठूलो आन्दोलन हुँदा पनि मेयर र उपमेयरले आफ्नो कर्तव्य पूरा नगरेको बताए ।

‘त्यति ठूलो आन्दोलन भएको थियो । फेरि हाम्रै महानगरपालिकाभित्र आन्दोलन केन्द्रित थियो’, उनले भने, ‘अहिले उहाँहरू देखिनु भएको छ त्यत्रो आन्दोलन भइरहँदा, आगजनी हुँदा मेयर र उपमेयर कहाँ थिए ? उहाँहरूको कर्तव्य के थियो ?’

सिंहदरबार र सर्वोच्चको आगो निभाउन सबैभन्दा पहिले काठमाडौंकै दमकल पुगेको दाबी

१५ वटा प्रस्ताव पारित गर्दै काठमाडौं महानगरको ४३ औँ कार्यपालिका बैठक सम्पन्न

कार्यपालिका बैठकमा मेयर बालेन्द्र र वडाध्यक्ष तण्डुकारबीच भनाभन

बालेनसामु वडाध्यक्षले भने, ‘सिंहदरबार जल्दा रमिते बन्यौँ, पुनर्निर्माणको जिम्मा काठमाडौं महानगरले लिनुपर्छ’

दल खोल्ने मिराज ढुंगानाको घोषणा, विचार मिल्नेसँग वार्ता गर्न बनाए समिति

मधेसका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ
मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहबीच मुख्यमन्त्रीमा नियुक्त भएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रदेशसभा सदस्य सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष भोजपुरी भाषामा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

प्रदेश प्रमुख भण्डारीले उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२)बमोजिम सोनललाई बुधबार साँझ पाँच दलको ५६ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री पदमा नियुक्त गरेकी थिइन् ।

विपिन जोशीका आमा र बहिनी स्वदेश फर्किए

मधेस प्रदेश सरकारका दुई नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण

कोशी सरकारद्वारा बाढीपहिरोमा मृत्यु भएकाका परिवारलाई राहत वितरण

निर्धारित समयमा निष्पक्ष निर्वाचन गर्नका लागि सरकार बनेको हो : गृहमन्त्री 

एमालेसँग एकताबारे प्रचण्डले भने : केपी ओली नेतृत्वबाट हटेमा सम्भव छ

नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँगको सम्भावित एकताबारे बोलेका छन् । धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा संयोजक प्रचण्डले युवा तथा पार्टी नेताकार्यकर्तासँग कुरा गर्दै आगामी चुनावलाई पार्टीको प्रमुख एजेन्डा बनाउँदै अघि बढ्ने बताए ।

‘अबको माओवादीको लाइन चुनाव हो’, उनले भने, ‘तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलसँग एकता प्रक्रिया अघि बढ्छ ।’एमालेसँग एकताको सम्भावनाबारे बोल्दै उनले भने, ‘केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन। तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ।’

कार्यक्रममा सहभागी युवा तथा नेता कार्यकतासँग छलफल गर्दै प्रचण्डले युवा पुस्ताले माओवादीको विचार र मार्गदर्शनलाई सही ठहर गर्न थालेको बताए ।

‘अहिले मेरो जेन-जी युवासँग पनि छलफल भइरहेको छ । युवाहरूले माओवादी सही रहेछ भन्ने बुझ्नु भएको छ’, उनले भने ।

उक्त भेटघाटमा उनले नेताकार्यकर्ताहरूलाई आगामी निर्वाचनका लागि योजनाबद्ध रूपमा लाग्न निर्देशन दिएका छन् ।

सर्वोच्च बारद्वारा निष्पक्ष चुनावका लागि सघाउने प्रतिबद्धता

सबै दल एकताबद्ध भएर अगाडि बढ्नुपर्छ : ओली

जेन-जीहरूको असली प्रतिनिधि पार्टी माओवादी हो : प्रचण्ड

जेन-जी आन्दोलनपछि पहिलोपल्ट सार्वजनिक भए देउवा दम्पती (तस्बिरहरू)

मोहन बस्नेतको आरोप : क्रियाशील सदस्यता विवाद नटुंग्याई गगन-विश्व ‘जम्प’ गर्न खोज्दैछन्

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा पाँचवटा रिट दायर भएको छ । सिन्धुलीका युवराज सफलसहितले मंगलबार रिट दायर गरेका हुन् ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि अन्तरिम प्रधानमन्त्री बनेकी सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागु २१ गते निर्वाचनको मिति तोक्दै प्रतिनिधिसभा विघटन गरेका थिए ।

रिटमा सफलले प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक रहेको जिकिर गर्दै उनको नियुक्ति बदर गर्न समेत माग गरेका छन् ।

रिट दर्ताको प्रक्रियामा रहेको र सर्वोच्च प्रशासनले अध्ययन गरिरहेको छ ।

सर्वोच्चमा रिट हाल्नेको जिकिर : सुशीला कार्कीको नियुक्ति असंवैधानिक, संसद् फर्किनु पर्छ
ऊर्जा दक्षता प्रवर्द्धन गर्ने उद्योगलाई अनुदान वितरण

बुद्ध एयरका मालिकले खोले ‘गतिशील लोकतान्त्रिक पार्टी’

मधेसको मुख्यमन्त्रीमा लोसपाको स्वाभाविक दाबी : महन्थ ठाकुर

‘विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक अध्ययन गरेर बस्ती विकास गर्न आवश्यक’

मधेशका मुख्यमन्त्रीको राजीनामा स्वीकृत 

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको राजीनामा स्वीकृत भएको छ । प्रदेशसभामा आफ्नो पक्षमा विश्वासको मत नआउने भएपछि सिंहले राजीनामा दिएका हुन् । मंगलबार नै प्रदेश प्रमुख सुमित्रा भण्डारीले सिंहको राजीनामा स्वीकृत गरेकी हुन् ।

मंगलबार विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको मधेश प्रदेशसभा बैठकमा सम्बोधन गर्दै सिंहले नयाँ सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्न आफूले राजीनामाको घोषणा गरेको बताए  । 

सो क्रममा सिंहले आफू राजनीतिक गणितका लागि नभई जनताको हित र संवैधानिक सर्वोच्चताका लागि उभिएको बताए । सङ्कटमा सच्चा मित्र र सच्चा चरित्रको परीक्षा हुने भन्दै सिंहले आज आफू यही परीक्षामा रहेको बताए । उनले मधेश र मधेशी जनताको भलाइ भन्दा व्यक्तिगत स्वार्थ आफूले नराखेको धारणा राखे । 

जनमत पार्टीबाट मुख्यमन्त्री रहेका सिंहलाई पार्टीका अध्यक्ष डा. सीके राउतले राजीनामाको निर्देशन दिएपछि उनले राजीनामा दिएका थिए । 

मतदाता नामावलीमा नाम दर्ता गराउन युवामा उत्साह

मुस्ताङ भन्सारबाट दुई अर्ब २४ करोड राजस्व संकलन

कडा रोग लागेका बीमितका लागि पुनः ‘रिफर’ आवश्यक नपर्ने

गृहमन्त्री अर्याल र चिनियाँ राजदूत साँगबीच भेटवार्ता, एक चीन नीतिप्रति जनाए प्रतिबद्धता

इलाममा बाढीपहिरोले क्षतिग्रस्त सडक खुलाउन धमाधम काम हुँदै

पूर्वी पहाडका जिल्लाहरु जोड्ने मेची राजमार्ग असोज १८, १९ र २० गते परेको अविरल वर्षाका कारण इलामको राजदुवालीमा पहिरो खस्दा राजमार्ग ११ दिनदेखि ठप्प छ । अन्य सडकका पुलहरु पनि बग्दा वैकल्पिक मार्गहरु समेत सुचारु हुन सकेका छैनन् ।

तर पनि सडक विभाग माइजोगमाई गाउँपालिका ४ नामसालिङ र इलाम नगरपालिका १० गोदाक जोड्ने जोगमाई खोलामा अस्थाई डाइभर्सन निर्माणमा जुटेको छ । सोमबार जोगमाई हाइड्रोको केनल पल्टाउन नसकेपछि काम रोकिएको थियो ।

‘आज डाइभर्सनमा त्यो केनल पनि प्रयोग गर्ने गरी ३ ठाउँबाट फुटाउने काम भइसकेको छ । सोमबार काम गर्दा डाइभर्सन निर्माण गर्न अपुग भएको ह्यूमपाइप हिजै पाँचथरबाट सडक डिभिजन कार्यालयमा आइसकेको छ ।’ सडक डिभिजन कार्यालयका प्रमुख पवन भट्टराईले भने ।

सडक विभागलगायत सबै सरोकारवाला निकाय राजदुवालीसँगै जोगमाई खोलाको पुल बगाएको स्थानमा डाइभर्सन निर्माणको काममा जुटेको उनले बताए । ‘निर्माणका लागि एक जनालाई जिम्मा दिएका छौँ, हामी पनि लागेका छौँ । सम्भवतः आज साँझसम्ममा तिल्केनी–माइबेनी–सिमलगोलाई खण्ड खुलाउँछौं । त्यहाँबाट सकेसम्म साना ठूला गाडी आवतजावत हुनेगरी डाइभर्सन निर्माण हुनेछ ।’ उनले भने ।

ठेक्का अवधि सकिँदा पनि सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुल अधुरै

कर्णाली मन्त्रिपरिषद् बैठक : सहिद स्मृति तथा जीवन निर्वाह भत्ता दिने निर्णय

पर्यटकको पर्खाइमा गण्डकीका पर्यटकीयस्थल

जेनजी प्रदर्शनका बावजुद राष्ट्रपति जेरीद्वारा राजीनामा अस्वीकार

पेरुका नयाँ राष्ट्रपति जोसे जेरीले जेनजी कार्यकर्ताहरूको नेतृत्वमा भएको ठूलो विरोध प्रदर्शनमा एक प्रदर्शनकारीको मृत्यु र सयभन्दा बढी घाइते भएपछि पनि राजीनामा दिन अस्वीकार गरेका छन् ।

अधिकारीहरूका अनुसार करिब एक सय जना घाइते भएका छन्, जसमा ८० जना प्रहरी अधिकारी र १० जना पत्रकार पनि समावेश छन् । प्रहरीले प्रदर्शनका क्रममा भएको गोलीकाण्ड र एक प्रदर्शनकारीको हत्याको अनुसन्धान गरिरहेको जनाएको छ ।

“मेरो कर्तव्य देशको स्थिरता कायम राख्नु हो, यो मेरो जिम्मेवारी र प्रतिबद्धता हो”, राष्ट्रपतिले पेरुको संसद् भ्रमणपछि स्थानीय सञ्चारमाध्यमसँग भने । उनले अपराध नियन्त्रणका लागि संसद्सँग थप अधिकार माग्ने तयारीमा रहेको पनि बताए ।

युवाहरूका लागि राम्रो पेन्सन र तलबको माग गर्दै सुरु भएको विरोध प्रदर्शनले पछिल्लो एक महिनामा भ्रष्टाचार, अपराध र शासनप्रतिको मोहभङ्गबाट थकित पेरुवासीहरूको आक्रोशको रूप लिँदै गएको छ ।

विश्व खाद्य कार्यक्रमको बजेट कटौतीले भविष्यमा भोकमरी बढाउने चिन्ता

आक्रमण जारी राखे अमेरिकाले हमासविरुद्ध सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी

मलेसियामा अपराध बढ्यो

दक्षिण कोरियाको निर्यात १४.४ प्रतिशतले वृद्धि

युक्रेनलाई टोमहाक मिसाइल नपठाउने ट्रम्पको सङ्केत

हमासले बुझाएको शव विपिनकै भएको पुष्टि, इजरायली सेनाको दाबी स् बन्धक अवस्थामै हत्या गरिएको हुन सक्छ

हमासले सोमबार हस्तान्तरण गरेका मृतक चार बन्दीको शवमध्ये एउटा नेपाली २४ वर्षीय युवक विपिन जोशीकै भएको पुष्टि स्वास्थ्य परीक्षणले गरेको छ।

जेरुसेलम पोस्टका अनुसार इजरायली सेनाले (आईडीएफ) ले मंगलबार मृतकमध्ये गाई इलुज र विपिन जोशीका अवशेष प्राप्त भएको जनाएको छ। हमासले रेडक्रसमार्फत् बुझाएका शवका अवशेषमध्ये गाई इलुज र विपिनको भएको पुष्टिपछि आईडीएफले परिवारलाई जानकारी गराएको छ ।

इजरायलस्थित राष्ट्रिय फरेन्सिक मेडिसिन संस्थाले पहिचान प्रक्रिया पूरा गरेपछि यो घोषणा गरिएको हो। उक्त प्रक्रिया इजरायल प्रहरी र सैनिक रब्बिनेटको सहकार्यमा सम्पन्न गरिएको आईडीएफले जनाएको छ।

गाई इलुजलाई जिउँदै अपहरण गरिएको थियो । उनको बन्धक अवस्थामै उपचार नपाएका चोटका कारण उनको मृत्यु भएको हुन सक्ने आईडीएफले जिकिर गरेको छ ।

उता नेपाली युवक विपिन जोशीको भने बन्धक अवस्थामै हत्या गरिएको हुन सक्ने विश्वास इजरायली सेनाले गरेको छ । यद्यपि यस कुराको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

कम्बोडियामा ८० जना दक्षिण कोरियाली बेपत्ता

भारतमा गुगलको १५ अर्ब डलर लगानी, अमेरिका बाहिरको सबैभन्दा ठूलो एआई हब निर्माण हुने

जेलेन्स्कीको अमेरिका भ्रमणमा ट्रम्पसँग हवाई सुरक्षा र रूसमाथि दबाबबारे छलफल हुने

अमेरिकी राष्ट्रपतिको वार्ता प्रस्तावलाई इरानले दियो आपराधिक व्यवहारको संज्ञा

देश छाडेर भागेका राष्ट्रपति राजोलिनाद्वारा राजीनामा दिन अस्वीकार

इजरायलले बन्धकको अवशेष फिर्ताका लागि दबाब दिन सीमा नाकामा पुनः कडाइ

गाजा र इजिप्टबीचको सहायता मार्ग राफा सीमा बुधबार पुनः बन्द गरियो । इजरायलले हमासलाई आफ्नो अन्तिम मृतक बन्धकको अवशेष हस्तान्तरण गर्न आग्रह गर्दै उक्त सीमालाई बन्द गरेको हो।

इजरायली सार्वजनिक प्रसारक (कान)ले सीमा पार विन्दु पुनः खुल्ने जानकारी दिए पनि बुधबार अवेरसम्म यो नाका खुल्न सकेको छैन। इजरायली सरकारका एक प्रवक्ताले यस विषयमा सोधिएको प्रश्नबारे कुनै प्रतिक्रिया दिन चाहेनन्।

संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख टम फ्लेचरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको युद्धविरामले ध्वस्त प्यालेस्टाइन क्षेत्रमा आवश्यक राहतका लागि सहयोग गर्न नसकेकोमा निराशा व्यक्त गरेका छन्।

“हमासले बन्धकका सबै शव तत्काल फिर्ता गर्न कडा प्रयास गर्ने सहमति जनाएको छ । मलाई गाजामा हमासबाट भएको नागरिकहरूविरुद्धको हिंसाले पनि गम्भीर रूपमा चिन्तित बनाएको छ,” फ्लेचरले भनेका छन्।

‘चिनियाँ प्रभाव बढेसँगै दक्षिण चीन सागर हेपाहाको खेलमैदानजस्तो बन्न पुग्यो’

‘ताइवान र भारतबीचको स्वतन्त्र व्यापार सम्झौताबाट दुबै देशलाई लाभ’

भारतको इनोभेसन यात्रामा नयाँ कोशेढुङ्गा

राष्ट्रपति ट्रम्पको स्वीकृतिसँगै सीआईएले भेनेजुएलाविरुद्ध कारवाही गर्ने

जापानमा सन् २०२५ मा भालु आक्रमणबाट सात जनाको मृत्यु

उरुग्वेमा इच्छामृत्युलाई कानूनी मान्यता

सामोआविरुद्ध नेपालको उत्कृष्ट जित

आईसीसी टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तरगत सामोआविरुद्धको खेलमा नेपाल विजयी भएको छ ।

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा नेपालले सामोआलाई १ सय २४ रनले पराजित ग¥यो । नेपालले सामोआलाई २ सय १२ रनको चुनौती दिएको थियो ।

जवाफी ब्याटिङ गरेको सामोआ निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८७ रनमा समेटियो । नेपालका ललीतनारायण राजवंशीले सर्वाधिक तीन विकेट लिए ।

त्यसअघि सामोआले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ११ रन बनाएको थियो ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ७ : ५६ बजे

चितवनको गाईघाट दुर्घटनामा २१ जना घाइते

चितवन– भरतपुर महानगरपालिका– २९ गाइघाटमा सातवटा सवारीसाधन एकापसमा ठोक्किँदा २१

जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट

पर्वत– गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै

बर्दिया र कैलालीको सान चिसापानी पुल (तस्बिरहरू)

कर्णाली– एउटा मात्रै पिल्लरबाट बनेको केबुल तारयुक्त पाँच सय मिटर

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत