आजका समाचार : निजामती विधेयक संशोधन प्रस्ताव, दुवै सदनको चालु अधिवेशन अन्त्य कांग्रेश महाधिवेशनको तयारी तीव्र र अफगानिस्तानमा पाकिस्तानी आक्रमण « Khabarhub

आजका समाचार : निजामती विधेयक संशोधन प्रस्ताव, दुवै सदनको चालु अधिवेशन अन्त्य कांग्रेश महाधिवेशनको तयारी तीव्र र अफगानिस्तानमा पाकिस्तानी आक्रमण


१५ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

निजामती विधेयक : अनिवार्य अवकाशको उमेर ६० वर्ष प्रस्ताव, तर विधेयक लागू हुँदा भने ५५-३० लागू हुने

सरकारले बिहीबार संसदमा दर्ता गरेको संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा कर्मचारीको अवकाश सम्बन्धी फरक–फरक व्यवस्थाको प्रस्ताव गरिएको छ ।

विधेयकमा कर्मचारीको अवकाश हुने उमेरलाई ६० वर्ष प्रस्ताव गरिएको छ भने विधेयक लागू हुँदा ५५ वर्ष उमेर पूरा भएका र ३० वर्ष सेवा अवधि पूरा भएका अनिवार्य अवकाश हुने व्यवस्थाको प्रस्ताव छ ।

विधेयकमा निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर हद साबिकको ५८ वर्षबाट बढाएर ६० वर्ष पुरा भएपछि हुने प्रबन्ध गरिएको छ । तर, यो ऐन प्रारम्भ हुँदाका बखत ५५ वर्ष उमेर पुरा भएका वा ३० वर्ष सेवा अवधि पुरा भइसकेका निजामती कर्मचारीको हकमा अनिवार्य अवकाश हुने विशेष प्रतिबन्धात्मक व्यवस्था राखिएको छ ।

यस्तै, राजपत्राङ्कित विशिष्ट श्रेणीका कर्मचारीको हकमा पदावधि वा ६० वर्षको उमेरमध्ये जुन आधारमा पहिले अवकाश हुन्छ, सोही आधारमा अनिवार्य अवकाश हुनेछ ।

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव

संसद्‍मा ध्रुवराज राईले भने- ‘कुरा त्यही हजुर, धन्यवाद’

गणेश पराजुलीको दाबी- सरकार गठन भएपछि सुशासन र सेवा प्रवाहमा सुधार देखिए

‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’

यस्तो छ ५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक (पूर्णपाठ)

बालेनप्रति महामन्त्री आचार्यको टिप्पणी : ‘म आफैँ एक्स्ट्रा अर्डिनरी बन्ने कोसिस गर्दैछु’

सङ्क्रमणकालीन न्याय र जेन-जीका फाइल खोल्न सरकारलाई बाँस्कोटाको आग्रह

कांग्रेसले सरकारलाई भन्यो- साना मुद्दामा अल्झिँदा विकासको सपना मृगतृष्णा बन्ने खतरा छ

कांग्रेसले सरकारको ६ महिने कार्यसम्पादनमा ९ बुँदामा दियो शासकीय सुधारमा सुझाव र प्रश्न

राष्ट्रपतिबाट संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य गरेका छन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतका अनुसार अधिवेशन असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको हो।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गरेका हुन्।

नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को अधिवेशन अन्त्य गर्ने व्यवस्था छ।

मल व्यवस्थापनमा मन्त्रालयले गम्भीरताका साथ काम गरिरहेको छ : मन्त्री चौधरी

कृषि तथा वन विज्ञान विश्वविद्यालय : अध्ययन बिदा छानबिन गर्न समिति गठन

वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

राष्ट्रियसभा : बाढीपहिरो पीडितलाई विशेष राहत प्याकेज घोषणा गर्न माग

नेपाल–पोर्चुगल सम्बन्धमा संसदको नयाँ पहल, बन्यो मैत्री समूह

देउवा समूहले पठाएको पत्रलाई अभिलेखमा राख्न तोकादेश

नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले पठाएको पत्रलाई अभिलेखमा राख्न तोकादेश जारी गरिएको छ । प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले अभिलेखमा राख्न तोकादेश जारी गरेका हुन् ।

देउवासम्मले १५औं महाधिवेशनको गतिविधि अगाडि बढाएकाले सो जानकारी निर्वाचन आयोगलाई हिजो मात्रै पठाएका थिए ।

जसमा देउवाले आफू कांग्रेसको सभापति भएको पत्र पठाएका छन् । कांग्रेस देउवा पक्षले आजबाट वडा अधिवेशन सुरु गरेको छ ।

प्रतिमा गौतम कांग्रेस सहमहामन्त्रीको उम्मेदवार

मिनेन्द्र रिजाल महाधिवेशन प्रतिनिधिमा निर्वाचित

पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटनका लागि आग्रह गरिसक्यौँ : प्रवक्ता चालिसे

कांग्रेस देउवा पक्षले थाल्यो वडा अधिवेशन (तस्बिरहरू)

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

अर्थशास्त्री डा. वलीले कांग्रेसको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने 

विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने भएको छ ।

वर्षायामका महिनाहरूमा आफ्ना ग्राहकहरूलाई विक्री गरी बढी हुने जगेडा विद्युत भारतीय विद्युत व्यापार कम्पनी टाटा पावर ट्रेडिङ कम्पनी लिमिटेडमार्फत भारतको पावर एक्स्चेन्ज माध्यमबाट भारतीय विद्युत बजारमा बिक्री गर्ने निर्णय भएको प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले बताए ।

फाइल फोटो

शाहीका अनुसार विद्युत खरिदबिक्री सम्झौताको मस्यौदा स्वीकृत गरी सम्झौता गर्ने सम्बन्धमा प्राधिकरण सञ्चालक समितिको असार २५ को बैठकमा छलफलमा विद्युत नियमन आयोगको परामर्श लिई पुन पेश गर्न निर्णय भएको थियो ।

यस सम्बन्धमा विद्युत नियमन आयोगले भदौ २ गते बैठक बसी सहमति प्रदान गर्ने निर्णय गरेको थियो । आयोगबाट सहमतिसहितको निर्णयको जानकारी भदौ ८ मा पाएको प्राधिकरणले असोज ३ गते बिजुली बेच्ने निर्णय गर्दै विद्युत खरिदबिक्री सम्झौताको मस्यौदा स्वीकृत गरेको छ ।

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

एक महिनामा ८८ हजार विदेशी पर्यटक भित्रिए

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

फ्लाईदुबईका पाँच यात्रुलाई ‘वीरता पुरस्कार’ घोषणा

इजरायली राष्ट्रपति आइज्याक हर्जोगले बिहीबार पाँच इजरायली यात्रुलाई ‘वीरता’ पुरस्कार दिने घोषणा गरेका छन् । ती यात्रुले फ्लाईदुबईको सह–चालकलाई नियन्त्रणमा लिई उनीहरू सवार विमान दुर्घटना गराउने प्रयास रोकेका थिए ।

‘तपाईंहरूले अरूलाई बचाउन आफूलाई जोखिममा पार्नुभयो र ठूलो विपत्ति रोके। आज संसारले इजरायली समाजको सुन्दर र साहसी अनुहार देख्यो,’ इररायलमा मुख्यतया औपचारिक भूमिकामा रहनुहुने राष्ट्रपति हर्जोगले जारी गरेको एक वक्तव्यमा भनेका छन् ।

उनले भने, ‘म तपाईंहरूमाथि गर्व गर्छु र इजरायलको तर्फबाट धन्यवाद दिन्छु।’

उनले विमान चालक भारतीय नागरिक स्मित मच्छाको पनि मुक्तकण्ठाले प्रशंसा गरेका छन्।

इजरायली अधिकारीहरूका अनुसार सह–पाइलटले चक्कु प्रहार गरेपछि उनले ककपिटको ढोका खोली यात्रु र चालकदलका सदस्यलाई सूचना गरी उनीहरूको सहयोगमा आक्रमणकारीलाई नियन्त्रणमा लिएर विमान बचाउन सफल भएका थिए ।

रसिया-युक्रेन युद्ध र प्रतिकूल मौसमका कारण विश्वबजारमा कृषि उपजको मूल्यमा सन् २०२२ यताकै ठूलो वृद्धि

अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमण, नौ महिला तथा बालबालिकाको मृत्यु

दुबई–तेल अभिभ उडानका घाइते भारतीय क्याप्टेनलाई मोदीले भने ‘नायक’

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

उत्तर कोरियालाई वार्तामा फर्किन राष्ट्रपति लीको आह्वान

इराकबाट अमेरिकी सेना फिर्तीलाई इरानले ‘ऐतिहासिक विजय’ भन्यो

एआई सुरक्षाबारे एन्थ्रोपिक र ओपनएआईमाथि अनुसन्धान















प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार  ८ : ०० बजे

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण