आजका समाचार : नवनियुक्त आईजीपीलाई दर्ज्यानी चिन्ह, सरकारलाई कांग्रेसको चेतावनी, मिश्री नेपालमा र मध्यावधि चुनावमा डेमोक्र्याटको जित « Khabarhub

आजका समाचार : नवनियुक्त आईजीपीलाई दर्ज्यानी चिन्ह, सरकारलाई कांग्रेसको चेतावनी, मिश्री नेपालमा र मध्यावधि चुनावमा डेमोक्र्याटको जित


१८ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

गृहमन्त्रीको निर्देशन- अपराध नियन्त्रणमा सक्रिय हुनू, आईजीपीको प्रतिबद्धता : ‘सुरक्षा र निष्पक्षतामा सम्झौता गर्दिनँ’

 नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) मनोज केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । बुधबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच गृहमन्त्री सुधन गुरुङले नवनियुक्त प्रहरी महानिरीक्षक केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । 

बुधबार नै बसेको मन्त्रिपरिषद् बैठकले दान बहादुर कार्कीलाई पदमुक्त गर्दै केसीलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो । दर्ज्यानी चिन्ह प्रदान गर्दै गृहमन्त्री सुधन गुरुङले शान्ति सुरक्षा, अपराध नियन्त्रण, विपद् व्यवस्थापन र नागरिक सेवाका क्षेत्रमा प्रभावकारी रूपमा काम गर्न निर्देशन दिए । 

उनले प्रहरी संगठनले नागरिकसँग कसरी नजिक हुनुपर्छ र नागरिकप्रति कसरी सम्मानित व्यवहार गर्नुपर्छ भन्ने कुरामा विशेष ध्यान दिन सुझाव दिए । 

उनले डिजिटल रूपान्तरण, साइबर ठगी, अनलाइन वित्तीय अपराध, क्रिप्टो कारोबार, डिप फेक, संगठित अपराध, र लागुऔषध बेचबिखन जस्ता नयाँ चुनौतीहरूप्रति सचेत रहनुपर्ने उल्लेख गरे । 

गृहमन्त्रीबाट नवनियुक्त प्रहरी महानिरीक्षक केसीलाई दर्ज्यानी चिह्न प्रदान

तीन दशकमा दोहोरियो आईजीपी हटाउने इतिहास : के भएको थियो ०५३ सालमा ?

नयाँ आईजीपी छानिएपछि गृह मन्त्रालयमा बढ्यो चहलपहल (तस्बिरहरू)

गृह मन्त्रालय पुगे नवनियुक्त आईजीपी केसी, आजै पदभार ग्रहण गर्ने

प्रहरीको आईजीपीमा डा. मनोजकुमार केसी नियुक्त

आईजीपी दानबहादुर कार्कीको जिम्मेवारी खोसियो

सरकारलाई कांग्रेसको चेतावनी : पार्टीको वैधानिकताका सवालमा जस्तोसुकै छानबिनका लागि तयार छौँ

नेपाली कांग्रेसले पार्टीको वैधानिकताका सवालमा जस्तोसुकै छानबिनका लागि तयार रहेको स्पष्ट पारेको छ ।

बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले पार्टीको वैधानिकताका सवालमा पार्टी र नेतृत्व विरुद्ध लगाइएका आरोप, अडियो बयान र प्रचारहरू निराधार, कपोलकल्पित र नियोजित रहेको भन्दै जस्तोसुकै छानबिनका लागि तयार रहेको स्पष्ट पारेको हो ।

यस्ता षडयन्त्रका पछाडिको उद्देश्य, बदनियत र संलग्न पात्रहरू समयक्रममा थप उजागर हुँदै जाने कांग्रेस वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बताए ।

पार्टीका बारेमा उठेका प्रश्नको स्वतन्त्र, निष्पक्ष, विधिसम्मत र विश्वसनीय अनुसन्धान गर्न माग गरिएको उनले बताए ।

त्यस्तै कांग्रेसले इनम सापकोटा प्रकरण लगायत सबै घटना र राज्य संयन्त्रलाई दुरुपयोग गरी अनधिकृत एवं गैरकानुनी कार्य गर्नेमाथी स्वतन्त्र, निष्पक्ष, विधिसम्मत र विश्वसनीय अनुसन्धानका लागि माग गरेको छ ।

भारतका विदेश सचिव मिश्री काठमाडौँमा

भारतका विदेश सचिव विक्रम मिश्री दुई दिने भ्रमणका लागि काठमाडौँ आइपुगेका छन् ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा मिश्री आज बिहान नेपाल आएका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा परराष्ट्र सचिव राई र भारतीय विदेश सचिव मिश्रीबीच द्विपक्षीय छलफल हुनेछ ।

महानिरीक्षक परिवर्तनबारे ओलीको प्रतिक्रिया- आफूले अह्राएको काम गर्छन् भनेर फेरेका होला

छ बुँदामा हेर्नुहोस् डा. केसीका माग कार्यान्वयनको अवस्था के छ ? 

आईजीपी फेरेपछि लिङ्देनको आरोप : जनमतको आडमा सर्वसत्तावादको खतरा देखियो

वायुयान र पार्टपुर्जाको आयात–निर्यात अब अनलाइनबाटै
वायुयान तथा त्यसका पार्टपुर्जाको आयात–निर्यातका लागि आवश्यक सिफारिस र अनुमति प्रक्रिया अब अनलाइन प्रणालीबाटै हुने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल ‘गनेस’को पहलमा भन्सार विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच बुधबार नेपाल राष्ट्रिय एकद्वार प्रणाली (नेसनल सिंगल विन्डो) कार्यान्वयनसम्बन्धी सम्झौता भएको हो ।

सम्झौतासँगै वायुयान तथा तिनका पार्टपुर्जा(एचएस कोड ८८०१ र ८८०२) को आयात–निर्यातका लागि प्राधिकरणबाट लिनुपर्ने सिफारिस तथा अनुमति अनलाइनमार्फत प्राप्त गर्न सकिनेछ ।

यसअघि आवश्यक सिफारिस तथा अनुमति लिन विभिन्न सरकारी निकायमा भौतिक रूपमा उपस्थित हुनुपर्ने र कागजी प्रक्रिया पूरा गर्नुपर्ने अवस्था थियो । नयाँ व्यवस्थाले त्यस्तो झन्झट हटाउनुका साथै सेवा प्रवाहलाई छिटो र सहज बनाउने अपेक्षा गरिएको छ ।

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय विदेश सचिव मिश्रीबीच ऊर्जा सहकार्यबारे छलफल

तीन खर्बको कारोबार डिजिटल बनाउँदै आयल निगम, ईआरपी परियोजना अन्तिम चरणमा

रक्षा मन्त्रालयको पहिलो त्रैमासिक खर्च २६ प्रतिशत

नेपाल र भारतबीच बहुआयामिक साझेदारी थप सुदृढ बनाउन परराष्ट्र सचिवस्तरीय छलफल

अर्थमन्त्री वाग्ले र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

डा. केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन

नेपाल संवत् ११४७ मनाउन १०७ सदस्यीय मूल समारोह समिति गठन

सोलुखुम्बु हेलिकप्टर दुर्घटना : छानबिन गर्न पाँच सदस्यीय समिति गठन

१६ वर्षपछि अघि बढ्यो भरतपुरको ल्यान्डफिल साइट निर्माण प्रक्रिया

ढिलै भए पनि अन्ततः भरतपुर महानगरपालिकाको ल्यान्डफिल साइट निर्माण १६ वर्षपछि अघि बढेको छ । महानगरपालिका–११ स्थित जलदेवी सामुदायिक वनको संरक्षित वन क्षेत्रमा रहेका दुई हजार ५०६ रुख कटान सुरु भएसँगै निर्माण प्रक्रियाले गति लिएको हो ।

उक्त क्षेत्रमा आज वृक्ष तथा भूमिपूजन गरी महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले रूख काटेर कटान कार्यको शुभारम्भ गरे।

महानगरपालिकाका कार्यवाहक प्रमुख अधिकारीले लामो समयदेखि रोकिएको फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको प्रक्रिया अघि बढ्नु महानगरका लागि महत्वपूर्ण उपलब्धि भएको बताए।

उनले फोहरलाई अव्यवस्थित रूपमा फाल्दै आएको अवस्थाको अन्त्य गरी आधुनिक र व्यवस्थित फोहर प्रशोधन केन्द्र निर्माण गर्ने लक्ष्य रहेको बताए।

तिहार नजिकिएसँगै माटोको भाँडा बनाउन भ्याइनभ्याई

तिहारका लागि एक हजार ५९१ भेडाच्याङ्ग्रा मुस्ताङबाट बेँसी झारिए

जलविरे झरनामा कार खस्दा एक भारतीय नागरिकको मृत्यु

जयराम-हलेसी सडक : कालोपत्र उप्किएको १६ वर्षपछि मर्मत 

मध्यावधिमा डेमोक्र्याटको ऐतिहासिक जितसँगै अमेरिकी राजनीति नयाँ मोडमा

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको बाँकी कार्यकालको राजनीतिक दिशा तय गर्ने ठानिएको बहुप्रतिक्षित अमेरिकी मध्यावधि निर्वाचनको नतिजा सार्वजनिक भएसँगै अमेरिकी राजनीतिमा तरङ्ग पैदा भएको छ ।

यस निर्वाचनमा विपक्षी डेमोक्र्याटिक पार्टीले अमेरिकी कङ्ग्रेसका दुवै सदन अर्थात् तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स र माथिल्लो सदन सीनेटमा स्पष्ट बहुमत हासिल गर्दै ऐतिहासिक विजय प्राप्त गरेको छ । यस नतिजासँगै रिपब्लिकन पार्टीका राष्ट्रपति ट्रम्पको राष्ट्रपतीय कार्यकालका बाँकी दुई वर्ष अब विपक्षी दलको कडा कानुनी र राजनीतिक नियन्त्रणमा बित्ने निश्चित भएको छ ।

अमेरिकी कङ्ग्रेस दुई सदन मिलेर बनेको छ । जहाँ तल्लो सदनमा बहुमतका लागि कम्तीमा २१८ सीट र सीनेटमा ५१ सीट आवश्यक पर्दछ। यस पटकको निर्वाचनमा तल्लो सदनका सबै ४३५ सीट, माथिल्लो सदनका १०० मध्ये ३५ सीट तथा विभिन्न राज्यका गभर्नर पदका लागि चुनावी प्रतिस्पर्धा भएको थियो।

यसअघि संसद्का दुवै सदनमा रिपब्लिकन पार्टीको एकलौटी नियन्त्रण रहेकोमा यस पटक मतदाताहरूको स्पष्ट मनोदशा ट्रम्प र उनको दलको विपक्षमा देखिएको छ । निर्वाचन परिणामले वासिङ्टनको शक्ति सन्तुलनमा ठूलो फेरबदल ल्याएको छ भने ट्रम्प प्रशासनमाथि संसदीय निगरानी र अनुसन्धान कैयौं गुणा बढ्ने देखिएको छ ।

ट्रम्पको स्वीकारोक्ति : इरान युद्ध चुनावी हारको कारण

समुद्री बारुदी धरापमा चार तेल ट्याङ्कर ध्वस्त भएको इरानको दाबी

दक्षिण चीन सागरमा सतर्क रहन फिलिपिन्सलाई चीनको चेतावनी

दिल्लीमा वायु प्रदूषण डब्लुएचओको सीमाभन्दा ३० गुणा बढी

इरानका सात सर्त पूरा नभएसम्म हर्मुज जलघाँटी नखुल्ने, के-के हुन सर्त ?

पश्चिमसँग सहकार्य गर्न रुस तयार, द्वन्द्व भए सामना गर्ने चेतावनी

अमेरिकी मध्यावधि निर्वाचनमा एलन मस्कको ४५ करोड डलरभन्दा बढी खर्च

इजरायलमा निर्वाचन धाँधलीको आरोप पुष्टि भएन, नेतान्याहुको सत्ता समीकरण चुनौतीपूर्ण





















प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  ७ : ५८ बजे

संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न महानिरीक्षक केसीको निर्देशन

काठमाडौं – प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीले सङ्गठनको आन्तरिक रणनीति

नेपाल बिमा प्राधिकरणको अध्यक्षमा थापा नियुक्त

काठमाडाैं – सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त

काठमाडौं – सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृतमा

सरकारलाई जवाफदेहिताका आधारमा अघि बढ्न कांग्रेसको आग्रह

ललितपुर – नेपाली कांग्रेसले सञ्चारमाध्यमको स्वतन्त्रता, पत्रकारको सुरक्षा र लोकतान्त्रिक

पाकिस्तानमा टीटीपीका दुई शङ्कास्पद सदस्य मारिए

इस्लामाबाद – पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा प्रहरीले गरेको कारबाहीमा