प्रधानमन्त्रीले प्रशंसा गर्दै भनिन् : चुनाव सफल बनाइदिनु भयो, प्रचण्डको जवाफ : निर्वाचन नहुँदा मुलुक दुर्घटनामा जान्थ्यो
प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसहितका नेतालाई बालुवाटारमा बोलाएर संवाद गरेकी छन् ।
उनलले फागुन २१ गतेको निर्वाचन सफल पार्न भूमिका खेलेको भन्दै नेताहरूलाई धन्यवाद दिएकी छन् । प्रधानमन्त्री कार्कीले निर्वाचनमा भाग लिइदिएकोमा पनि आभार व्यक्त गरेकी छन् ।

‘तपाईंहरूले निर्वाचनमा भाग लिइदिनुभयो’, उनले भनिन्, ‘यो निर्वाचनको पक्षमा वातावरण बनाएर मुलुकलाई शान्तिपूर्ण तथा लोकतान्त्रिक विधिबाट निकास दिन सहयोगी भूमिका खेल्नुभयो । यसका लागि धन्यवाद ।’
उनले निर्वाचनमा विजयी नेताहरूलाई बधाई समेत दिइन् । अन्य नेताहरूलाई अर्को पटकका लागि शुभकामना दिएकी छन् ।नेकपाका नेताहरूले प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न भई देशले निकास पाएको भन्दै बधाई दिएका छन् ।
प्रधानमन्त्री कार्कीले पशुपतिनाथको दर्शनसहित गरिन् रुद्राभिषेक पूजा
बालेन लहर हाम्रा लागि शिक्षा हो : महासचिव पोखरेल
अन्य दललाई गोकुलको सुझाव : रास्वपाका एजेन्डा जनताले पत्याए, खाँबो चिथोर्न बन्द गरौँ
बाबुरामको टिप्पणी : रास्वपाप्रति आशा, ईर्ष्या र सतर्कताको नजरले हेरिनु स्वाभाविक
कांग्रेसको कार्यसम्पादन बैठक शुक्रबार बस्दै, चुनावी समीक्षा गर्ने
आफ्ना सांसदलाई रविको चेतावनी- भोलि जनताले नमस्कारै नफर्काउने अवस्थामा पुग्न सक्छौँ
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व र जनता बीचको दूरी खतरनाक रूपमा बढिरहेको भन्दै आफ्ना सांसदहरूलाई सचेत रहन आग्रह गरेका छन्। पार्टीको अभिमुखीकरण कार्यक्रम समापनका क्रममा सम्बोधन गर्दै उनले चुनावका बेला मात्र जनता सम्झिने प्रवृत्तिले जनविश्वास घट्दै गएको बताए। यस्तो अवस्था कायमै रहे भविष्यमा जनताले नेताको अभिवादनसमेत स्वीकार नगर्ने अवस्था आउन सक्ने उनले चेतावनी दिएका हुन्।
‘नेतृत्व र जनता बीचमा ठूलो खाडल छ। कयौँ नेताहरूसँग जनता नजिक हुनै चाहँदैनन्। किनभने उनीहरूलाई यो आफ्नो मान्छे हो भन्ने नै लाग्दैन। आज घर घरमा हामी जनतालाई नमस्कार गर्न पुगेका छौं, भोलि तिनलाई गरेको नमस्कार पनि नफर्काउने ठाउँमा तपाईँ हामी पुग्न सक्छौं’ उनले भने।

उनले सांसदहरूलाई जनतासँग निरन्तर जोडिएर काम गर्न र विश्वास जित्ने गरी पाँच वर्ष काम गर्न निर्देशन दिए।
‘त्यो हुनुहुँदैन भोलि त्यस्तो नेतृत्व हामीले खोजेको होइन। तपाईँहरूको निधारको अवीर पनि कतिको त नुहाउँदा पनि गएको छैन। कतिपय अहिले पनि अबिर माला लगाइरहनुभएको छ हो त्यस्तै सेलिब्रेसन नेपाली जनताले अबको पाँच वर्ष प्रत्येक दिन गर्नेगरी तपाईँले काम गर्नुपर्छ। माननीय भयो भनेर केक काट्नुभयो होला सेलिब्रेसन गर्नुभयो होला खानपिन गर्नुभयो होला। त्यस्तै उत्सव जनताले पाँच वर्ष मनाउनुपर्छ तपाईँलाई चुनेकोमा मलाई चुनेकोमा।’
आशिकाको गुनासो : सोझो रूख पहिले काटिएझैँ बोल्न आउँदैन भनेर उल्लिबिल्ली गर्छन्
राई–लिम्बु समुदायलाई संसद्मा पुर्याउन सकिनँ, माफी चहान्छु : रवि लामिछाने
सांसदहरूलाई रविले भने : सरकार बनेको बेलुकाबाटै ढाल्न लाग्छन्, सचेत हुनुस्
रास्वपाका सांसद प्रशिक्षणमा : शक्तिशाली सरकारको टिम बनाउँदै बालेन
सकेसम्म सरकारी अस्पतालमा उपचार गराउनुस् : रवि लामिछाने
सेमिनारमा होइन, सांसदलाई गाउँ–टोलमै देख्न चाहान्छु : सभापति लामिछाने
सांसदहरूलाई रविले भने : प्रशस्त पानी पिउनुस्, पिसाब रोक्दै नरोक्नुस्
जनताले परिवर्तन चाहेपछि कुनै शक्तिले रोक्न सक्दैन : रवि लामिछाने
रास्वपा सांसदहरूले भने- सुशासनका लागि पाँचवर्ष मुहान सफा गर्छौँ
रविले बोलाउँदा पनि सांसदको तालिममा गएनन् बालेन, दिए ‘सेड्युल प्याक’ रहेको जवाफ
योग आशनसँगै रास्वपा प्रशिक्षणको दोस्रो दिनको सुरुवात
पाटनमा घोडा दौडाएर मनाइयो घोडेजात्रा
घोडेजात्राको अवसरमा आज ललितपुरको बालकुमारीमा परम्परागत रूपमा एउटा घोडा दौडाएर घोडेजात्रा मनाइएको छ ।
पाटन दरबार क्षेत्रको (मूलचोक) देखि बालकुमारीसम्म घोडा लगेर ३ पटकसम्म बालकुमारी मन्दिर परिक्रमा गरी स्थानीयले जात्रा मनाएका हुन् ।

पाटन दरबार स्क्वायरको मूलचोकबाट सुरु भएको जात्रा ओल्खु, नेउत, लोहलँ, भोल गणेश हुँदै बालकुमारीसम्म पुर्याएको हो ।
ललितपुरमा मनाइने यो घोडेजात्रा उपत्यकाका अन्य स्थानभन्दा फरक मानिन्छ।
काठमाडौंमा जस्तै धेरै घोडा प्रयोग नगरी यहाँ एउटा मात्र घोडा कुदाउने परम्परा छ, जसलाई ‘एकल घोडेजात्रा’ भनिन्छ । यस वर्ष भने स्थानीय गुठीका रमेश महर्जनले घोडसवार गरेका हुन् ।
मध्यपूर्वी युद्धको प्रभाव : नेपालका १० लाख निर्माण मजदुरको आम्दानी जोखिममा
सङ्खुवासभाबाट सुत्केरीको हवाई उद्धार
सिलिङमा स्वास्थ्य मन्त्रालयको बजेट नौ अर्ब घट्यो
नवनिर्वाचित सांसदहरूलाई शपथ गराउन अस्थायी हल अन्तिम चरणमा (तस्बिरहरू)
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटन
पर्यापर्यटनको केन्द्रका रूपमा विकास हुँदै ‘म्हाजु भञ्ज्याङ’
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ । खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा काठमाडौंबाट शव लिएर पुगेको हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

वडा नम्बर २ का स्थानीयलाई बोकेर पुगेको एयर डाइनेस्टीको हेलिकप्टर अवतरणपछि दुर्घटनामा परेको हो ।
उक्त हेलिकप्टरमा सवार यात्रु झार्नुअघि दुर्घटनामा परेको हो । अस्थायी हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टर पल्टिएको हो ।
हेलिकप्टर दुर्घटनामा परेका पाइलट र घाइतेलाई काठमाडौं लगिँदै
हेलिकप्टर दुर्घटनाबारे एयर डाइनेस्टीले भन्यो : पाइलटसहित सबै ६ यात्रु सकुशल
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्- ‘दुर्घटनालगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
लुम्बिनी प्राविधिक विश्वविद्यालयले पायो स्थायी संरचना
९ करोडको लागतमा फलेवास नगरपालिका भवन निर्माण
डढेलो नियन्त्रण गर्न स्वयंसेवक नियुक्त
चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी
इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार
इजरायलले दुई जना वरिष्ठ इरानी सुरक्षा अधिकारीको हत्या गरेपछि इरानले खाडी क्षेत्रका छिमेकी देशहरू र इजरायलमाथि मिसाइल र ड्रोनमार्फत जवाफ दिएको छ ।
इरानका वरिष्ठ अधिकारी अली लारीजानी र जनरल गोलाम रेजा सोलिमानीको मृत्यु भएपछि इरानले इजरायलको केन्द्रीय क्षेत्रमा बहु–वारहेड मिसाइल प्रहार गरेको पुष्टि गरेको छ । यस आक्रमणमा रामत गानमा दुई व्यक्तिको मृत्यु भएको छ भने अन्यमा क्षति पुगेको छ ।

साउदी अरेबिया, कुवेत र अन्य अरब देशहरूमा पनि इरानी मिसाइल र ड्रोन आक्रमण भएको छ, जसलाई हवाई सुरक्षा प्रणालीले रोक्न सफल भएको छ ।
इरानी मिसाइल प्रहारपछि इजरायलले तेहरान वरिपरिका बसिज पोस्टहरूमा हवाई आक्रमण गरेको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यस घटनालाई ‘इरानी शासन कमजोर पार्ने प्रयास’ भएको बताएका छन् ।
पाकिस्तानबाट रिहा भएका ३०० अफगानी कैदी स्वदेश फिर्ता
कुर्दिस्तानको इरबिलमा चारवटा विस्फोट, तनाव बढ्दै
विश्व स्वास्थ्य संगठनबाट बाहिरिँदै अर्जेन्टिना
एकपछि अर्को नेता मारिएपछि कसले सम्हाल्लान् इरानको नेतृत्व ? यी ५ नाम चर्चामा
क्युबाविरुद्ध कारबाही गर्ने ट्रम्पको चेतावनी
गाजामा इजरायली आक्रमण, हमासका कमाण्डर मारिएको दाबी
विद्युतीय कार चार्जका क्रममा सल्किएको आगोले कम्तीमा ८ जनाको मृत्यु
मध्यपूर्वमा युक्रेनको सक्रियता बढ्दो, २०१ सैन्य विज्ञ तैनाथ













प्रतिक्रिया