राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
राष्ट्रिय सभाको बैठकले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आजको बैठकमा राखेको उक्त प्रस्ताव बहुमतले स्वीकृत गरेको हो । सांसदहरूले राखेको प्रश्नहरूको जवाफ दिदैँ उनले बजेटमा आमजनताको हितका लागि शिक्षा, स्वास्थ्य र विद्युत्मा केही मात्रामा कर लगाइएको स्पष्ट पारे ।

मुलुकका तीन चौथाई विद्यार्थी सामुदायिक विद्यालयमा पढ्ने गरेको उल्लेख गर्दै मन्त्री डा वाग्लेले ‘सक्नेले नसक्नेलाई दिने’ भन्ने उद्देश्यका साथ निजी विद्यालयमा प्रगतिशील कर लगाइएको स्पष्ट पारे । त्यसैगरी मध्यमवर्गको राहतका लागि आय कर नलाग्ने रकम वृद्धि गरिएको जानकारी दिए।
वर्तमान सरकार आउनुअघि नै बजेट सिलिङ तोकिसकेकाले संवैधानिक निकायको बजेट वृद्धि गर्न नसकिएको मन्त्री डा वाग्लेको भनाइ छ । सरकारले महत्वाकांक्षी आर्थिक विकासको लक्ष्यअनुसार बजेट र कार्यक्रम ल्याएको तथा अर्थ मन्त्रालयलाई सुधार गरी कार्यान्वयन प्रभावकारी हुने व्यवस्था मिलाएको उनले बताए।
स्वर्णीमको जवाफ- १२ वर्षकै सबैभन्दा अनुशासित बजेट ल्यायौँ, कार्यान्वयनमा शंका नगरौँ
झलनाथको टिप्पणी- पार्टी विभाजन गरेर नयाँ खोल्न लागेको भन्दै कुप्रचार गरियो
विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालत लगियो
एउटै प्रकृतिका बेरुजु वित्तीय अनुशासनका लागि चिन्ताको विषय : सभामुख अर्याल
खाद्यान्नमा आत्मनिर्भर हुने नीति ल्याउन सांसदको आग्रह
नवनियुक्त धितोपत्र बोर्ड अध्यक्षको शपथ: लोभ र प्रलोभनमा नपरी काम गर्न अर्थमन्त्रीको निर्देशन
रास्वपा निर्वाचित छ पदाधिकारीको शपथ कहिले ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट निर्वाचित ६ पदाधिकारीले अझै शपथ ग्रहण गरेका छैनन्।
गत शुक्रबार महाधिवेशन सम्पन्न भए पनि आइतबार र सोमबारसम्म उनीहरूको शपथ ग्रहण कार्यक्रम तय गरिएको छैन। पार्टी स्रोतका अनुसार यसै साताभित्र शपथ ग्रहण गराउने तयारी भए पनि हालसम्म आधिकारिक मिति सार्वजनिक गरिएको छैन।

पार्टी सभापति रवि लामिछानेले भने यसअघि नै शपथ ग्रहण गरिसकेका छन्। महाधिवेशनबाट निर्वाचित उपसभापतिद्वय स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्री विपिनकुमार आचार्य तथा सहमहामन्त्रीहरू हरि ढकाल, निशा डाँगी र असिम शाहले भने अझै शपथ लिन बाँकी छ।
रास्वपाको विधानअनुसार पार्टीमा १९ पदाधिकारी रहने व्यवस्था छ। निर्वाचित पदाधिकारीबाहेक बाँकी पदाधिकारी सभापति लामिछानेले मनोनयन गर्नेछन्।
कीर्तिपुरको होल्डिङ सेन्टरबाट एक जना पक्राउ
विद्यार्थी संगठन हटाउन क्याम्पसहरूलाई त्रिविको निर्देशन
नेतृत्वको कमजोरीले कम्युनिष्ट आन्दोलन कमजोर बन्यो : जनार्दन शर्मा
कोशी प्रदेश योजना आयोगको सदस्यमा थापा नियुक्त
किसानका समस्या समाधान गर्नुपर्छ : संयोजक प्रचण्ड
राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन
राष्ट्रियसभा बैठक : ‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण
नारामा धानमा आत्मनिर्भरता तर, वर्षेनी अरबौँको धान चामल आयात
आज देशभरी २३ औैँ राष्ट्रिय धान दिवस मनाइँदैछ । संघीय सरकारले ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ नारामा सो दिवस मनाउने घोषणा गरेको छ । तर, सरकारले दुई दशकदेखि धान दिवस मनाउँदै आएपनि धान, चामल, धानको बिउमा भने राज्य परानिर्भर बन्दै गएको देखिन्छ ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष ०८२-८३ को ११ महिनामा नेपालमा १८ अर्ब ९५ करोड २४ लाख ७८ हजार रुपैयाँ बराबरको चामल आयात भएको छ । साथै, सो अवधिमा १७ अर्ब २३ करोड ७२ लाख २६ हजार रुपैयाँ बराबरको धान र १ अर्ब २९ करोड ९४ लाख ३२ हजार रुपैयाँको धानको बिऊ आयात भएको थियो ।

गत आर्थिक वर्ष ०८१र८२ मा नेपालमा २० अर्ब ३५ करोड ७१ लाख ४ हजार रुपैयाँको धानको बिउ, १ अर्ब १६ करोड ६६ लाख ८० हजा रुपैयाँको धानको बिउ, १८ अर्ब ३६ करोड ५ लाख ४० हजार रुपैयाँ बराबरको चामल आयात भएको थियो । धान, धानको बिउ र चामल बाहेक पनि नेपालमा कनिका, चिउरा, भुजा लगायत धान चामलबाट बन्ने अन्य वस्तु पनि ठूलो परिमाणमा आयात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
कृषि मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा गत आर्थिक वर्षको तुलनामा नेपालमा धान उत्पादनको क्षेत्रफल घटेको छ । गत आर्थिक वर्षमा १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धान बाली लगाइएकोमा चालु आर्थिक वर्षमा ३।८ प्रतिशतले घटेर १३ लाख ७६ हजार ८ सय ७२ हेक्टर क्षेत्रफल कायम भएको छ । पछिल्लो आर्थिक सर्वेक्षणअनुसार चालु आर्थिक वर्षमा ४।२० प्रतिशतले धान उत्पादनमा संकुचन आएर ५७ लाख ५ हजार १ सय २५ मेट्रिक टन रहेको छ ।
टोखामा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव (तस्बिरहरू)
चितवनका विद्यार्थी धान रोप्न सिक्दै
असार १५ : भक्तपुरमा जुजु धौको माग उच्च
खुमलटारमा ड्रोनबाट मल छर्दै मेसिनबाट रोपाइँ (तस्बिरहरू)
धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा
चितवनमा मनाइयो राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव
लुम्बिनीमा धान रोपाइँले लियो गति, २०.५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न
दही–चिउरा खाने पर्व असार १५ : भक्तपुरमा ‘जुजु धौ’ उत्पादनमा व्यस्त व्यवसायी (तस्बिरहरू)
कोशी प्रदेश योजना आयोगको सदस्यमा थापा नियुक्त
कोशी प्रदेश योजना आयोगको सदस्यमा सुनसरी बराहक्षेत्र नगरपालिका–२ का अनिल थापालाई नियुक्त गर्ने निर्णय गरिएको छ ।
कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले थापालाई नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलचन पाठकले जानकारी दिए ।

बैठकले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक स्वीकृत गरेको छ ।
प्रदेशसभा सदस्यका स्वकीय सचिवको पारिश्रमिक रोकिएकै मितिदेखि नियमित गर्ने निर्णय भएको र प्रदेश खेलकुद पहिलो संशोधन अध्यादेश, २०८३ लाई प्रतिस्थापन गर्न बनेको विधेयकलाई स्वीकृत गरेको मन्त्री पाठकले बताए।
नियम विपरित कार्य गर्ने ८ लघुवित्त र तिनका पदाधिकारीमाथि राष्ट्र बैंकको कारबाही
वार्षिक साढे ५ करोड मानिस ओहोरदोहोर गर्ने चीनको विमानस्थल (तस्बिरहरू)
मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयनमा
रेसुङ्गाले गर्यो १० जना उद्यमीलाई सम्मान
उस्तै छ भविष्य खोज्न विदेशिनेको लर्को (तस्बिरहरू)
‘अमेरिका-इरान आक्रमण रोक्ने सहमति, वार्ता जारी रहने’
अमेरिका र इरानबीच एकअर्कामाथि आक्रमण रोक्ने सहमति भएको छ र मध्यपूर्व युद्ध अन्त्य गर्नका लागि वार्तालाई जारी गर्ने एक अमेरिकी अधिकारीले आइतबार राति जानकारी दिएका छन् ।
जुन १७ मा भएको संवेदनशील समझदारीपत्र को बाबजुद पछिल्ला दिनमा अमेरिकी र इरानी सेनाले एकअर्कामाथि आक्रमण गरेका थिए । फेब्रुअरीको अन्त्यतिर सुरु भएको यो द्वन्द्वले महत्वपूर्ण हर्मुज जलडमरुमा ढुवानीलाई प्रभावित गरेको थियो ।
त्यस समझदारीअनुसार तेहरानले व्यावसायिक जहाजहरूलाई जलडमरुबाट सुरक्षित आवतजावत गर्न दिने प्रतिबद्धता जनाएको थियो भने वाशिङटनले इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउने सहमति गरेको थियो ।

‘समझदारीका सबै क्षेत्रमा प्राविधिक वार्ता जारी रहनेछ’, एक अमेरिकी अधिकारीले एएफपीलाई इमेलमार्फत जानकारी गराउनुभएको छ, ‘दुवै पक्षले अहिलेका लागि हमला रोकेका छन् र जहाजहरू स्वतन्त्र रूपमा आवतजावत गर्न सक्नेछन् ।’
अधिकारीले वार्ता कहिले र कहाँ हुने भन्ने विवरण दिएनन् । तर दुई अमेरिकी अधिकारी र एक जानकार स्रोतले अमेरिकी सञ्चारमाध्यम एक्सिओसलाई बताएअनुसार वार्ता मंगलबार कतारमा पुनः सुरु हुनेछ।
सीएनएनले पनि ट्रम्प प्रशासनका एक अधिकारीलाई उद्धृत गर्दै यस्तै कुरा रिपोर्ट गरेको छ । दुवै पक्षले ‘अहिलेका लागि हमला रोक्ने’ र मंगलबार दोहामा थप वार्ता गर्ने सहमति गरेको उल्लेख छ ।
हिजबुल्लाहको आरोप : इजरायलले युद्धविराम सम्झौता उल्लङ्घन गर्यो
भूकम्पपीडित भेनेजुएलालाई चीनको १० करोड युआन आपतकालीन सहायता
आर्मेनियाली नरसंहारलाई मान्यता दिएको इजरायलको निर्णयप्रति अजरबैजान असन्तुष्ट
चीनद्वारा २० जापानी संस्था कालो सूचीमा, दोहोरो उपयोग सामग्रीको निर्यातमा प्रतिबन्ध
प्रधानमन्त्री बन्ने दौडमा बर्नह्याम, आज सार्वजनिक गर्दै आर्थिक एजेन्डा
चीनका राष्ट्रपति सी र बेलारुसका नेता लुकासेन्कोबीच भेटवार्ता












प्रतिक्रिया