आजका समाचार : ढल्यो दुईतिहाइको सत्ता, देश अनिश्चिततातिर, राज्यका तीनै अंग ध्वस्त र राष्ट्रपतिले आन्दोलनकारीलाई बोलाए वार्तामा | Khabarhub Khabarhub

आजका समाचार : ढल्यो दुईतिहाइको सत्ता, देश अनिश्चिततातिर, राज्यका तीनै अंग ध्वस्त र राष्ट्रपतिले आन्दोलनकारीलाई बोलाए वार्तामा


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

राष्ट्रपति पौडेलले जेन-जीसहित आन्दोलनकारीलाई वार्तामा बोलाए
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विषम परिस्थितिबीच शान्तिपूर्ण समाधान खोज्नका लागि सबै पक्षलाई सहयोग गर्न आह्वान गरेका छन् ।

पौडेलले मंगलबार जारी वक्तव्यमा भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेकाले मुलुक, जनता र लोकतन्त्रलाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयोग गर्नेछन् भन्ने विश्वास लिएको छु।’

वक्तव्यमा नागरिकले उठाएका मागलाई लोकतान्त्रिक प्रक्रियामार्फत् सम्बोधन गर्न सकिने उल्लेख गर्दै आन्दोलनरत जेन(जी प्रतिनिधिलगायत सबै पक्षलाई वार्ता र संवादमा आउन पनि उनले अपील गरेका छन् । पौडेलले शान्ति र स्थिरता कायम गर्न संयमित रहन सबैलाई आग्रह गरिएको छ।

जल्दै गरेको सिंहदरबार (तस्बिरहरू)

सर्वोच्च, विशेष र काठमाडौँ अदालतमा आगजनी

शीतल निवासमा आगो, राष्ट्रपतिलाई सेनाले शिवपुरी लग्यो

सार्वजनिक सम्पत्तिमा आक्रमण नगर्न जेन-जी पुस्तालाई आग्रह

सीके राउतले दिए प्रतिनिधिसभा सदस्यबाट राजीनामा

सचिवालयमार्फत गगनले भने- म सुरक्षित छु

प्रहरी प्रधान कार्यालय वरपर गोली चल्यो

झलनाथ पत्नीलाई घरभित्रै थुनेर आगो लगाइयो, अवस्था गम्भीर

कहाँ गए त ओली ?
सिंहदरबार छोडेका प्रधानमन्त्री केपी शर्मा ओली कहाँ गए भन्ने कसैलाई जानकारी छैन।

तीनवटै सुरक्षा निकायले उनी कहाँ गए भन्नेबारे जानकारी दिएको छैन। उनलाई अज्ञात स्थलतर्फ लगेर सुरक्षा दिइएको छ ।

ओलीलाई सेनाको हेलिकप्टरमा चढाएर अज्ञात स्थलतर्फ लगिएको हो।

जेन-जीको आक्रमणले तहसनहस देउवा निवास (तस्बिरहरू)

राष्ट्रपति निवासमा पनि प्रवेश गरे प्रदर्शनकारी

देउवासँगै पत्नी आरजु रक्ताम्य हुने गरी कुटिइन्

प्रम निवास बालुवाटार छिरे प्रदर्शनकारी

मधेश प्रदेशका दुई मन्त्रालयमा आगजनी

झापाको बिर्तामोड र दमकमा पुनः निषेधाज्ञा

कांग्रेस सांसद राजेन्द्र बजगाईंले दिए राजीनामा

भैंसेपाटीस्थित मन्त्री निवास परिसरमा छिरे प्रदर्शनकारी

ललितपुरको भैंसेपाटीस्थित संघीय सरकारका मन्त्रीहरूको निवासमा प्रदर्शनकारी छिरेका छन् । मन्त्रीहरूलाई उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पुगेसँगै प्रदर्शनकारीहरू गेट फुटाएर मन्त्री निवासमा छिरेका हुन् ।

स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार भैंसेपाटीस्थित मन्त्री निवासमा तीनवटा हेलिकप्टर पुगेका थिए । सेनाको हेलिकप्टर गएको थाहा पाएसँगै उत्तेजित प्रदर्शनकारीहरू मन्त्री निवासको गेट फुटाएर भित्र छिरेका हुन् ।

पुल्चोकस्थित मन्त्री निवास साँघुरो भएको भन्दै दुई वर्षअघि मात्रै मन्त्री निवास बनाइएको थियो । त्यहाँ रहेका मन्त्रीहरूलाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेर अन्यत्र लगेको छ। मन्त्री निवासमा संघीय सरकारका मन्त्री र प्रदेश सरकारका मुख्यमन्त्रीहरूलाई राख्ने गरिएको थियो ।

पोखरा महानगरपालिका कार्यालयमा आगजनी

स्वास्थ्यमन्त्री प्रदिप पौडेलले दिए राजीनामा

एमालेनिकट अखिल अध्यक्ष कडरियाद्वारा पद त्यागको घोषणा 

प्रधानमन्त्री ओलीको घर पूरै ध्वस्त (तस्बिरहरू)

सरकारले बोलाएको बैठकमा राप्रपा नजाने 

पोखराका मेयर धनराज आचार्यको घरमा तोडफोड

विश्वप्रकाश शर्माको घरमा पनि आगजनी

बोहोराटारमा गोली चल्यो

बानेश्वरमा उत्रिएका आन्दोलनकारीसँग अटोमेटिक राइफल (तस्बिरहरू)

प्रदर्शनकारीले घर जलाएपछि महामन्त्री थापाकी श्रीमती अञ्जनाले पोखिन् दुःख

बानेश्वरस्थित संसद् भवनमा आगजनी

पूर्वउपराष्ट्रपति पुनको घरमा आगजनी

रास्वपा सांसदहरूको सामूहिक राजीनामा
राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बसेको संसदीय दलको बैठकले सबै सांसदहरूले आफ्नो पदबाट राजीनामा दिने निर्णय गरेको छ ।

अहिले बसिरहेको संसदीय दलको बैठकले सबै सांसदहरूले राजीनामा दिने निर्णय गरेको हो । निर्णय लगत्तै केही सांसदहरूले सामाजिक सञ्जाल फेसबुक मार्फत आफूले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

रास्वपाका शीर्ष नेताका अनुसार उनीहरूले आफूले सांसद पदबाट राजीनामा दिएको जानकारी आज नै सभामुखलाई गराउने बताइएको छ ।

खानेपानीमन्त्री यादवले बुझाए राजीनामा

गगन थापाको घर नजिक पुगे आन्दोलनकारी

पूर्वराष्ट्रपति भण्डारीले भनिन् : युवापुस्ताको आन्दोलनमा हिंसा गलत, जायज माग पूरा गरौँ

प्रधानमन्त्रीलाई गगन र विश्वप्रकाशको आग्रह- राजीनामा दिएर राष्ट्रिय सहमतिका लागि मार्ग प्रशस्त गर्नुस्

हिल्टनको प्राङ्गणबाट आयो धुवाँको कालो मुस्लो

मधेसका मुख्यमन्त्री सतिस सिंहले राजीनामा दिँदै

नाउपाले पनि सङ्घ र प्रदेशका सांसदको राजीनामा गराउने

एम्बुलेन्सलाई पनि चेक गरेर छोड्दै आन्दोलनकारी  

कलङ्कीमा आन्दोलनरतमाथि प्रहरीले गोली चलायो

ओली क्याबिनेट छाड्ने मन्त्रीको सङ्ख्या चार पुग्यो

त्रिभुवन विमानस्थलका कर्मचारीलाई भीभीआइपी सवारी मिलाउन हाइ अलर्टमा बस्न निर्देशन
जेन-जी प्रदर्शन चर्किएपछि सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका कर्मचारीहरूलाई भीभीआइपी सवारी व्यवस्थापनका निम्ति भन्दै हाइ अलर्टमा बस्न निर्देशन दिएको छ ।

सोमबार भएको जेन(जी प्रदर्शनका क्रममा सरकारले निर्मम दमन गर्दा १९ जनाको ज्यान गएको छ भने सयौँ घाइते छन् । सरकारी दमनविरुद्ध मङ्गलबार चर्किएको आन्दोलनका क्रममा नेताका निजी निवास र पार्टी कार्यालयमा आक्रमण हुन थालेपछि विमानस्थल प्रशासनले यस्तो निर्देशन दिएको विमानस्थलमा कार्यरत एक अधिकृतले जानकारी दिए ।

उनले भने, ‘अनौपचारिक निर्देशन आएको छ, सम्भवतः नेताहरूले काठमाडौँ असुरक्षित देखेर अन्तत्र जान खोजेकाले यस्तो निर्देशन आएको हुन सक्छ, भीभीआइपीको सवारीचाप पर्न सक्ने हुनाले हाइ अलर्टमै बस्न भनिएको छ ।’

आन्दोलनकारीले घेरे रमेश लेखकको कञ्चनपुरस्थित निवास 

प्रधानमन्त्री ओलीको निवास क्षेत्रमा गोली चल्यो

रास्वपा सांसद सुमना श्रेष्ठले दिइन् राजीनामा 

रास्वपा सांसद असिम साहले दिए राजीनामा 

देउवा निवास बूढानीलकण्ठमा छिर्‍यो आन्दोलनकारी समूह

काङ्ग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रदर्शनकारीले आगो लगाए

ट्रमामा उपचाररत १० जनाको अवस्था गम्भीर 

नेपालको आन्दोलनबारे भारतले भन्यो- संयम अपनाएर संवादमार्फत् समाधान खोज्नू

बालाजुको अवस्था (तस्बिरहरू)

जेन–जी पुस्ताको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गर्‍याे : डा. डिला संग्रौला

उषाकिरणको आक्रोश– नानीहरूका हत्याराहरू एक मिनेट पनि सरकारमा बस्नु हुन्न














































प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ६ : ४४ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका