आजका समाचार : महाधिवेशनमा गगनको प्रशंसा, सांसदलाई कठपुतली बनाएको ओलीको आरोप, न्यूरोडमा दसैँ लाग्यो र कूटनीतिज्ञलाई सहर छाड्न रुसको चेतावनी « Khabarhub

आजका समाचार : महाधिवेशनमा गगनको प्रशंसा, सांसदलाई कठपुतली बनाएको ओलीको आरोप, न्यूरोडमा दसैँ लाग्यो र कूटनीतिज्ञलाई सहर छाड्न रुसको चेतावनी


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा एउटै अनुहार दोहोरिरहने ‘म्युजिकल चियर’ जस्तो राजनीतिक प्रवृत्तिले जनतामा तीव्र असन्तुष्टि बढाएको र त्यसकै परिणतिका रूपमा भदौ २३ र २४ गतेको परिस्थिति सिर्जना भएको बताएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति थापाले प्रधानमन्त्री, मन्त्री र पार्टी नेतृत्वमा सधैँ उही व्यक्तिहरू दोहोरिँदा सबै दल र नेताहरू खराब हुन् भन्ने गलत सन्देश समाजमा गएको उल्लेख गरे।

“राजनीति म्युजिकल चियरजस्तो बनेको थियो। प्रधानमन्त्री बनेका फेरि बन्न मन लाग्ने, नेता बनेका फेरि बनिरहने, मन्त्री पनि बनिरहने र सत्ता नछोड्ने,” उनले भने, “यसले सबै पार्टी र नेता एउटै हुन्, सबै खराब हुन् भन्ने सन्देश गयो।”

गगनलाई रवि लामिछानेको सुझाव- देउवालाई फकाउनुभन्दा छोडिदिनु नै उपयुक्त हुन्छ

गगन थापालाई प्रचण्डले भने – निरन्तरताको क्रमभङ्ग भयो, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस्

पार्टीले निष्ठालाई महत्त्व दिएको भए म पनि कांग्रेस हुन्थे होला : रवि लामिछाने

मैले गगनजीलाई भन्ने गर्थेँ कुनैदिन तपाईंले देशको नेतृत्व गर्ने अवस्था आउनसक्छ : प्रचण्ड

७५ वर्ष अघिका कांग्रेस १५ औँ महाधिवेशनमा सहभागी : मातृकाले बनाएका थिए सदस्य

रवि लामिछाने दलहरूलाई एक ठाउँमा ल्याउन प्रयत्न गर्नुहुन्छ, सरकार गर्दैन : महासचिव पोखरेल

हाम्रो पुस्ता राजनीतिक नेतृत्वबाट बिदा भएर नयाँलाई मौका दिउँ : बाबुराम

लोकतन्त्रको भविष्यप्रति एमाले महासचिवको चिन्ता : ‘जनताको शासन हो कि अधिनायकको बाटो ?’

ओलीको आरोप- सरकारले सांसदलाई उत्तरदायी बनाउन सकेन, कठपुतली बनाउन खोज्यो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि संघर्षको तयारीमा जुट्न निर्देशन दिएका छन् ।

पार्टी कार्यालय च्यासलमा आइतबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि शान्तिपूर्ण संघर्षका दुईवटा मोर्चा—‘सडक’ र ‘सदन’ रहेको भन्दै सशक्त आन्दोलन र संघर्षको तयारी गर्न निर्देशन दिएका हुन् ।

संसदमा एमाले संख्यात्मक रूपमा सानो प्रतिपक्ष भए पनि लोकतन्त्र र संविधान निर्माणमा खेलेको ऐतिहासिक भूमिकाका कारण यसको रक्षा गर्ने मुख्य दायित्व एमालेकै काँधमा रहेको उनले बताए ।

इतिहासले शक्ति होइन, शिक्षा दिन्छ; इतिहासबाट सिकेर नयाँ उत्तर खोज्नुपर्छ : गगन थापा

गगनलाई रवि लामिछानेको सुझाव- देउवालाई फकाउनुभन्दा छोडिदिनु नै उपयुक्त हुन्छ

महाधिवेशन यात्राको सुरुवात हो, अब ऊर्जाशील कांग्रेस लिएर अघि बढ्छौँ : विश्वप्रकाश शर्मा

गगन र रविले अब ‘क्रम भङ्ग’ गर्दै देश बनाउनुपर्छ : प्रचण्ड

आगामी १० वर्षमा देश कहाँ पुर्‍ याउने ? दीर्घकालीन योजना बनाऔँ : पूर्वप्रधानमन्त्री भट्टराई

गगनको राजनीतिक प्रतिवेदन : दुई कार्यकाल मात्रै प्रधानमन्त्री हुन पाइने

महाधिवेशनको लागि गगनले तयार गरेको राजनीतिक प्रतिवेदनमा आर्थिक दृष्टिकोण के छ ?

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

आरेन राईले कांग्रेसको प्रसंशा गरेपछि खुलामञ्चमा हुटिङ

दसैँ नजिकिएसँगै न्यूरोडमा बढ्यो किनमेल गर्नेको भीड (तस्बिरहरू)

दसैँ नजिकिएसँगै काठमाडौँको न्यूरोड क्षेत्रमा किनमेल गर्ने सर्वसाधारणको भीड बढेको छ ।

आइतबार दिउँसो न्यूरोडमा सरसामान खरिद गर्न आउनेको चाप उल्लेख्य देखिएको छ । दसैँका लागि कपडा, जुत्ता चप्पललगायत दैनिक उपभोग्य सामग्री खरिद गर्नेको भीड बढेसँगै बजार क्षेत्रमा चहलपहलसमेत बढेको छ ।

पैदलयात्रीको चाप बढेपछि न्यूरोड क्षेत्रमा सवारी आवागमनसमेत प्रभावित भएको छ । पैदलयात्रीको बाक्लो उपस्थितिका कारण सवारीसाधन जाममा पर्ने गरेका छन् ।

दसैँ नजिकिएसँगै काठमाडौँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल

‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारण लाइनको निरीक्षण

किसानका घरआँगनमा कृषिमन्त्री चौधरी

कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू)

किभमा रुसको तीव्र हवाई प्रहार : विदेशी कूटनीतिज्ञलाई तत्काल सहर छाड्न रुसको कडा चेतावनी

रुसले युक्रेनको राजधानी किभमा थप भीषण प्रहार गर्ने चेतावनी दिँदै विदेशी कूटनीतिज्ञ र विदेशी नागरिकहरूलाई तत्काल सहर छोड्न र युक्रेन भ्रमण नगर्न पुनः आह्वान गरेको छ ।

रुसी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आफ्ना अघिल्ला चेतावनीहरू सबैले नसुनेकोमा चिन्ता व्यक्त गरेको छ र मानिसहरू जानीजानी आफ्नो ज्यान जोखिममा पारिरहेको दाबी गरेको छ ।

साथै, यी चेतावनी बेवास्ता गर्नेहरूमाथि आइपर्ने जुनसुकै नकारात्मक परिणामको सम्पूर्ण जिम्मेवारी उनीहरू स्वयंको हुने रुसको भनाइ छ ।

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी : राष्ट्रपति ट्रम्प

पाकिस्तानी महिलाको ‘हनी ट्र्याप’ मा परी सैन्य सूचना चुहाएको आरोपमा भारतीय नौसेनाका जवान पक्राउ

भारतमा विरोध प्रदर्शनका क्रममा प्रहरीमाथि यौन दुर्व्यवहारको आरोप, अनुसन्धान सुरु

फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ७ : ५३ बजे

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति