साप्ताहिक ब्रिफिङ : निर्वाचन आचारसंहिता माघ ३ देखि लागू हुने, फुटतिर कांग्रेस, राष्ट्रियसभामा कांग्रेस-एमाले मिले र ग्रीनल्यान्डबारे अमेरिकालाई डेनमार्कको चेतावनी « Khabarhub

साप्ताहिक ब्रिफिङ : निर्वाचन आचारसंहिता माघ ३ देखि लागू हुने, फुटतिर कांग्रेस, राष्ट्रियसभामा कांग्रेस-एमाले मिले र ग्रीनल्यान्डबारे अमेरिकालाई डेनमार्कको चेतावनी


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 7 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आदरणीय पाठकवृन्द ! यो साता नेपाली मिडियामा केही सनसनीपूर्ण समाचारहरु छाए । राजनीति, प्रवास क्षेत्रमा तरंग ल्याउने घटना भए ।

खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने गरेको छ । एक सातामा मुख्य घटनामा ‘रि–भिजिट’ गरिएको यो सामग्री पाठकहरुका लागि उपयोगी हुन सक्छ ।

प्रधानमन्त्रीसँग आयुक्तको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने

प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी हुने निर्वाचन आचारसंहिताबारे आज जानकारी गराइएको छ ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्त र उच्च अधिकारीहरूले प्रधानमन्त्री कार्कीलाई भेटेर सो जानकारी गराउनुका साथै निर्वाचनको व्यवस्थापन र तयारीका विषयमा छलफल भएको हो ।

रास्वपामा सम्मानजनक ठाउँ नपाए उज्यालो आफ्नै ढङ्गले अगाडि बढ्छ : डकेन्द्र थेगिम

सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल

देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा नजाने

आगामी निर्वाचनपछि धेरै युवाहरू नीति निर्माण गर्ने तहमा पुग्छन् : मन्त्री खरेल

पार्टी एकता जोगाउन संस्थापन पक्षको देशव्यापी आह्वान

कृष्ण सिटौलालाई प्रश्न- पार्टी जोगाउनलाई के गर्नुहुन्छ ? 

वनमन्त्री चौलागाईंद्वारा भौतिक मन्त्रालयको पदभार ग्रहण

कांग्रेस कमजोर हुँदा लोकतन्त्र नै कमजोर हुन्छ : गुरु बराल

कांग्रेसको दोस्रो विशेष महाधिवेशनअघि काठमाडौंमा जुलुसका लागि तोकियो ६ रुट

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले उद्घाटन सत्रअघि काठमाडौंमा जुलुस प्रदर्शन गर्ने भएको छ । २७ र २८ पुसमा हुने विशेष महाधिवेशनको उद्घाटन समारोह आइतबार मध्याह्न १२ बजे भृकुटीमण्डपमा सुरु हुने छ ।

शुक्रबार काठमाडौंको बागबजारमा आयोजित विशेष महाधिवेशन पक्षको जनपरिचालन एवम् जुलुस व्यवस्थापन समितिका संयोजक जगदीश्वर नरसिंह केसीका अनुसार उद्घाटनअघि बिहान ११ बजेदेखि विभिन्न स्थानबाट जुलुस निकालेर भृकुटीमण्डपमा प्रवेश गराइने तयारी गरिएको छ ।

बागमती प्रदेश उपसभापति महर्जनसहितका नेताहरू विशेष महाधिवेशनको पक्षमा उभिए

काठमाडौंका ९ जना सभापतिले भने : विशेष महाधिवेशन अवैधानिक

पश्चिम नेपालको नौ जिल्लाका कांग्रेस सभापतिको एकैस्वर- विशेष महाधिवेशनमा सहभागी नहुनू

देशभरीबाटै हिँड्न थाले कांग्रेस महाधिवेशन प्रतिनिधि, ७ भाइको काउन्टरले कति असर गर्ला 

बालेन लक्षित शंकरको प्रश्न : सिंहदरबार जलाउन उक्साउने को हो ?

चुनाव हारे पनि विष्णु रिमालको ‘कमब्याक’: नीति प्रतिष्ठानको अध्यक्षका रूपमा सचिवालय बैठकमा ‘इन्ट्री’

भेनेजुएलामाथि अमेरिकी दमनमा सरकारको अभिव्यक्तिप्रति बाबुरामको आपत्ति

एनआरएनए अमेरिकाको स्पष्टिकरण- मन्त्री गुप्तालाई कुनै कार्यक्रममा बोलाइएको छैन

गोरखा-१ बाट चुनाव लड्ने सुदन गुरुङको घोषणा

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच तीन घण्टा बढी एक्ला एक्लै वार्ता, मुख्य एजेन्डा चुनाव

प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार तीन घण्टा लामो वार्ता भएको छ। प्रधानमन्त्री पति दुर्गा सुवेदीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बिहीबार बिहान ११ बजे गुन्डुबाट बालुवाटार पुगेका ओलीले लामो संवाद गरेका हुन् ।

बिहीबार बिहान ११ साढे बजेदेखि दुईजना शीर्ष नेताबीच तीन घण्टाभन्दा लामो संवाद भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले बताएका छन्।

दुईजनाबीच बिहान ११ बजेदेखि साढे २ बजेसम्म एक्ला एक्लै कुराकानी भएको हो । दुईजनाबीचको यो वार्ताले फागुन २१ को निर्वाचन हुने नहुने भनेर देखिएको संशय र आशंकालाई कम गर्न मद्दत गरेको रावलले खबरहबलाई बताएका छन्।

निर्वाचन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

भेनेजुएलामा अमेरिकी आक्रमणको पाँच दिनपछि बोल्यो नेपाल, दुवै पक्षलाई संयम हुन अपील

संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त हो : गृहमन्त्री

नागरिकता नियमावली चौथो संशोधन लागू, आमाको नामबाट नागरिकता पाउने बाटो खुल्यो

म्यादी प्रहरीमा भर्ना हुन युवाको भीड (तस्बिरहरू)

बयानपछि केपी ओलीको स्थानहद फुकुवा

पत्र लिएर पुगेको जाँचबुझ आयोगको टोलीले गुण्डूमै लियो ओलीसँग बयान

रास्वपाको कडा नियम : आफूखुसी उम्मेदवारी घोषणा गर्दै फेसबुकमा लेख्न नपाइने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का आकांक्षीलाई आफूखुसी उम्मेदवारी घोषणा नगर्न निर्देशन दिएको छ।

पार्टीले बिहीबार जारी गरेको सूचनामा प्रत्यक्षतर्फका केही आकांक्षी उम्मेदवारले औपचारिक आवेदन दिएको वा नदिएको अवस्थामा पनि सामाजिक सञ्जालमार्फत् आफ्ना उम्मेदवारीको प्रचार–प्रसार गरेको पाइएको जनाएको छ।

यस्तो गतिविधिले नयाँ तथा अन्य आकांक्षी सदस्यहरूलाई निरुत्साहित गर्ने भन्दै रास्वपाले तत्काल सबै प्रकारका प्रचार सामग्री हटाउन र यस्ता गतिविधि रोक्न निर्देशन दिएको छ। उम्मेदवारका लागि आवेदन दिने सदस्यले आफ्नो आकांक्षा जनाउन सादा फोटोसहित वा बिनाफोटो सामाजिक सञ्जालमा एक पटक मात्रै पोस्ट गर्न सक्ने व्यवस्था रास्वपाले गरेको छ।

त्यस्तै, प्राइमरी निर्वाचनमा सहभागी हुने सदस्यले प्राइमरीसम्बन्धी सूचना प्रकाशित भएपछि मात्रै पार्टीको निर्वाचन आचारसंहिता अनुसार भद्र, मर्यादित र सीमित ढंगले प्रचार–प्रसार गर्न पाउने उल्लेख गरिएको छ।

चितवन पुगेर रविले भने : रास्वपा कसैसँग गठबन्धन गर्दैन, एक्लै सबै सिट जितेर देखाउँछौँ

बालेनले लौरो चुनाव चिह्न ‘अपहरण’ गरेर रास्वपामा बुझाएको आरोप

रवि भेटेका राजेन्द्र भन्छन्, ‘हामीबीच मनमुटाव छैन, पृथ्वी जयन्तीको निम्तो दिएँ’

निर्वाचनमा रास्वपा संयमित हुन जरुरी छ : सभापति लामिछाने

रास्वपाद्वारा उम्मेदवार आकांक्षीका लागि आचारसंहिता जारी

रास्वपा सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता

निषाद जातिको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ 

प्रधानमन्त्रीले भनिन्- पृथ्वीनारायणलाई सच्चा नेपालीले श्रद्धा र सम्मान गर्नुपर्छ

फुटतिर कांग्रेस : शुक्रबार संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला

देशकै ठूलोमध्ये एक नेपाली कांग्रेस विभाजनतिर अघि बढेको छ। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गते दोस्रो विशेष महाधिवेशन बोलाएपछि संस्थापन पक्षले केन्द्रीय सदस्यहरूको भेला गर्न लागेको हो ।

संस्थापन पक्षले शुक्रबार केन्द्रीय सदस्यहरूको भेला बोलाएको छ। सभापति शेरबहादुर देउवासँग बिहीबार भएको छलफलपछि संस्थापन पक्षले केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय गरेको हो ।

देउवासँगको छलफलपछि एकजना केन्द्रीय सदस्यले दिएको जानकारी अनुसार शुक्रबार बिहान साढे १० बजे नयाँ बानेश्वरमा उक्त भेला आयोजना गरिएको बताए । त्यस भेलामा संस्थापन पक्षतिरका शीर्ष नेताहरूलाई डाकिएको छैन ।

‘शुक्रबार साढे १० बजे संस्थापन पक्षका केन्द्रीय सदस्यहरू जुट्दैछौँ । यो भेलामा शीर्ष नेताहरूलाई डाकेका छैनौँ’, उनले भने, ‘संस्थापन पक्षीय २५ जना केन्द्रीय सदस्यहरूको समूह पनि यसमा सहभागी हुने छ ।’

विशेष महाधिवेशन र नियमित महाधिवेशनलाई लिएर विवाद चर्किँदै जाँदा संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले पटक पटक छलफल गरिसकेका छन् ।

कांग्रेसको सिन्धुपाल्चोक र बाँके जिल्लाले पनि विशेष महाधिवेशनको पक्षमा निकाले विज्ञप्ति

नेकपानिकट महिला संगठनले भने : भेनेजुएलामा अमेरिकी आक्रमण अर्को साम्राज्यवादी प्रहार

‘विशेष महाधिवेशनकै दिन पार्टी कार्यालयमा भेला राखेर संस्थापन पक्षले मुठभेड गर्न खोज्यो’

विशेष महाधिवेशनमा सहभागिताका लागि जिल्ला कार्यसमितिको आह्वान

विशेष अधिवेशन पक्षधर युवाहरुको आक्रोश- ‘पार्टी फुटाउने होइन, कुर्सी हल्लाउने हो’

कुलमान र बब्लु निर्वाचन लड्न तम्तयार, अन्योलमा जगदीश र ओमप्रकाश

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिमा सक्रिय मन्त्रीहरूको राजीनामा मागेको विषयले यतिबेला सञ्चार जगत तरंगित छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गतेको निर्वाचनमा भाग लिन चाहने र दलमा आबद्धहरूलाई राजीनामा दिन भनेकी हुन् । राजनीतिमा लाग्नेलाई आफूले स्वतन्त्र छाडिदिने बताएसँगै चारजना मन्त्रीहरूबारे सार्वजनिक प्रश्न उठेको हो।

प्रधानमन्त्रीले नामै तोकेर मन्त्रीहरूको राजीनामा भने मागेकी होइनन् । तर राजनीतिमा सक्रिय हुन लागेका र निर्वाचनमा उठ्नेहरूलाई आफूले स्वतन्त्रता छाडिदिने सन्देश कार्कीले दिएकी हुन् ।

ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकाससहित तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको राजनीतिक सक्रियताबारे सबैभन्दा प्रश्न उठेको छ।

जेन-जी आन्दोलनका ४ महिना : सरकारले देखेन भ्रष्टाचार, उच्चस्तरीय छानबिन आयोग पनि गफमै सीमित

गगन-विश्वलाई संस्थापनको जवाफ : व्यक्तिले बोलाउँदैमा विशेष महाधिवेशन हुँदैन, अब औचित्य सकियो

कुलमानलाई प्रश्न गर्दा माइक खोसिएका इन्जिनियर भन्छन् : ‘देवत्वकरण’ गरिएकाहरू आलोचना सुन्नै नसक्दा रहेछन्

गण्डकीमा दुई जना राष्ट्रियसभा सदस्यका लागि छ जनाको मनोनयन दर्ता

राष्ट्रियसभा सदस्य निर्वाचन : सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता

अबको निर्वाचन महत्त्वपूर्ण छ : उपेन्द्र यादव

राष्ट्रिय सभा निर्वाचन : यी हुन जसपा नेपालका ३ जना उम्मेदवार 

विशेष महाधिवेशनबाट कांग्रेसको नेतृत्व परिवर्तन कति सम्भव ?

जनयुद्धका बालसिपाही दिवस नेकपाको समानुपातिक सूचीमा, यसपाली पाउलान् न्याय ?

कोशि सरकारद्वारा मन्त्रिपरिषदको कार्यसम्पादनलाई सहयोग गर्न समिति गठन

कोशी प्रदेश सरकारले मन्त्रिपरिषदको कार्यसम्पादनलाई सहयोग गर्न विभिन्न समिति गठन गर्ने निर्णय गरेको छ ।

कोशी प्रदेशको मन्त्रिमण्डल पुनर्गठन भएपछि पहिलो पटक बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार कार्य सम्पादन नियमावली २०७९ को दफा २६ बमोजिम मन्त्रिपरिषद्को कार्यसम्पादनमा राय सुझाव, सल्लाह र मन्त्रिपरिषद्लाई सहयोग गर्न विभिन्न समिति गठन गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए ।

जस अनुसार पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुली संयोजक रहेका राजनीतिक तथा प्रशासन समिति, आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुली संयोजक रहेको कानुन न्याय तथा प्रदेश मामिला समिति र पूर्वाधार विकासमन्त्री प्रदिप सुनुवारको संयोजकत्वमा आर्थिक सामाजिक तथा पूर्वाधार समिति बनाइएको छ ।

बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी

बागदरबार रेट्रोफिटिङले लियो गति, २०८४ मंसिरमा सक्ने लक्ष्य (तस्बिरहरू)

मिथिलाञ्चलमा माघे सङ्क्रान्तिको भव्य तयारी गरिँदै

अवैध उत्खननविरुद्ध बोल्दा मारिएका दिलीप, दिदी भन्छिन्- छ वर्ष भयो न्याय पाएनौँ

सडक नभएको छेकम्पारमा गुड्छन् स्कुटर र ट्रयाक्टर

खोला मापदण्ड खारेजी तथा गैर-न्यायिक सडक विस्तारविरुद्ध र्‍याली (तस्बिरहरू)

असन्तुष्ट समूहलाई वार्तामा आउन प्रतिष्ठानको आव्हान

जय बागेश्वरीका ७५ वटा घरलाई मौलिक स्वरूपमा रूपान्तरण गरिँदै, लागत ९ करोड रुपैयाँ

जेन-जी आन्दोलनको शहीद परिवारका सदस्यलाई विद्युत प्राधिकरणमा जागिर

ग्रीनल्यान्डबारे अमेरिकालाई डेनमार्कको कडा जवाफ : कब्जा गर्न आए पहिले गोली, त्यसपछि कुरा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्डमाथि कब्जा गर्ने धम्की दिएपछि डेनमार्कले कडा प्रतिक्रिया दिएको छ।

सीएनएनको रिपोर्टअनुसार डेनमार्कको रक्षा मन्त्रालयले कुनै पनि विदेशी शक्तिले आफ्नो भूभागमा आक्रमण गरेमा सैनिकले आदेश नकुरी तुरुन्तै जवाफी कारबाही गर्ने चेतावनी दिएको छ।

सन् १९५२ देखि लागू नियमअनुसार, विदेशी आक्रमणको अवस्थामा सैनिकले वरिष्ठ अधिकारीको अनुमति नलिइ सिधै प्रतिकार गर्न सक्छन्।

यो नियम पहिलो पटक सन् १९४० मा जर्मनीले डेनमार्कमाथि आक्रमण गर्दा लागू गरिएको थियो, जब सञ्चार प्रणाली अवरुद्ध भएर सैनिक अन्योलमा परेका थिए। रक्षा मन्त्रालयले उक्त नियम अहिले पनि प्रभावमा रहेको स्पष्ट पारेको छ।

यो चेतावनी अमेरिकाको तर्फबाट ग्रीनल्यान्डलाई कब्जा गर्ने वा किन्ने जस्ता अभिव्यक्ति आउन थालेको बेला आएको हो। ग्रीनल्यान्ड अटलान्टिक महासागरमा अवस्थित द्वीप हो, जुन विगत ३०० वर्षदेखि डेनमार्कको पकडमा छ। यहाँको विदेश र रक्षा नीति डेनमार्कले नै हेर्दै आएको छ।

८५ प्रतिशत नागरिक अमेरिकी कब्जाको विपक्षमा

गत वर्ष गरिएको एक सर्वेक्षणमा ग्रीनल्यान्डका ८५ प्रतिशत नागरिकले अमेरिकी कब्जाको विरोध गरेका थिए। ग्रीनल्यान्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निलसनले पटक–पटक ‘हाम्रो देश बिक्रीका लागि होइन’ भन्दै आएका छन्।

छिमेकी देशबाट दुई हजार पाँच सय अफगान कैदी स्वदेश फिर्ता

जापान र चीनबीच बढ्दो तनाव

ग्रीनल्यान्डबारे अमेरिकालाई डेनमार्कको कडा जवाफ : कब्जा गर्न आए पहिले गोली, त्यसपछि कुरा

इन्टरनेट बन्द भएपनि इरानमा उग्र प्रदर्शन जारी

भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा

अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा

मैरिनेरा जहाज पक्राउ गैरकानुनी भएको रुसको दाबी

तेहरानसहित इरानका विभिन्न शहरमा उग्र प्रदर्शन

अमेरिकाको ‘पीस प्लान’ले रुस–युक्रेनमा हलचल

भेनेजुएलामाथि अधिपत्य जमाउँदै ट्रम्प, अब अमेरिकी सामान मात्रै किन्न बाध्य बनाउँदै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाले नयाँ तेल सम्झौताबाट प्राप्त हुने रकमले अमेरिकामा मात्रै बनेका सामान खरिद गर्ने बताएका छन्।

ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मा लेखेका छन्, ‘मलाई जानकारी दिइएको छ कि भेनेजुएलाले हाम्रो नयाँ तेल सम्झौताबाट प्राप्त रकमले अमेरिकामा बनेका सामान मात्रै खरिद गर्नेछ।’

उनले ती खरिदमा अमेरिकी कृषि उत्पादन, औषधि, मेडिकल उपकरण तथा भेनेजुएलाको विद्युत् ग्रिड र ऊर्जा केन्द्र सुधारका लागि आवश्यक मेसिनरी समावेश हुनेछन्।

ट्रम्पले भने, ‘अर्को शब्दमा भन्नुपर्दा भेनेजुएलाले अब अमेरिकालाई आफ्नो मुख्य व्यापारिक साझेदार बनाउने प्रतिबद्धता जनाएको छ। यो समझदारीपूर्ण निर्णय हो । भेनेजुएला र अमेरिका दुवै देशका जनताका लागि राम्रो कुरा हो।’

बङ्गलादेशमा बीएनपी नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या

ट्रम्प र कोलम्बियाका समकक्षीबीच ह्वाइट हाउसमा वार्ता हुने तय

पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा

राष्ट्रसंघीयसहित ६६ वटा अन्तर्राष्ट्रिय संगठन छोड्ने अमेरिकी निर्णय

बङ्गलादेश–पाकिस्तान प्रत्यक्ष उडान पुनः सुरु

युक्रेनमा रूसी आक्रमण, दश लाख मानिस पानी र विद्युतबाट वञ्चित

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ८ : ०४ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले