काठमाडौं– आदरणीय पाठकवृन्द ! यो साता नेपाली मिडियामा केही सनसनीपूर्ण समाचारहरु छाए । राजनीति, प्रवास क्षेत्रमा तरंग ल्याउने घटना भए ।
खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने गरेको छ । एक सातामा मुख्य घटनामा ‘रि–भिजिट’ गरिएको यो सामग्री पाठकहरुका लागि उपयोगी हुन सक्छ ।
राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश
राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले शुक्रबार ‘विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेका हुन् ।
एसियाली खेलकुदमा पदक जित्ने खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कार दिने सरकारको निर्णय
महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, सहयोगको प्रतिबद्धता
ग्यास अभावबाट प्रभावित विद्यार्थीलाई वैकल्पिक ऊर्जा केन्द्रले दियो इन्डक्सन चुलो
प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?
बढ्यो त्रिविको बजेट, कुन शीर्षकमा कति?
बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने
दसैँअघि नै उखु किसानलाई भुक्तानी दिन मन्त्री चौधरीको निर्देशन
एआईजी दाहालले संवेदनशील सूचना चुहाएको पुष्टि : गृहमन्त्रीको हातमा पुगेको छानविन प्रतिवेदनमा के छ ?
कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको मतको गणना आजै राष्ट्रिय सभागृहमा हुने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन्।
सभापतिबाहेक अन्य पदका लागि खसेको मतपत्र भने आजै पार्टी केन्द्रीय कार्यालय सानेपामा लगिने र सभापतिको नतिजा आएपछि मात्रै गणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ।

त्यसैगरी, नेपाली कांग्रेसका निर्विरोध निर्वाचित वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले खुलामञ्चस्थित तराई मधेस हलमा मतदान गर्दैछन् ।
गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान
एमालेले पार्टीका रिक्त पदमा मनोनयन गर्ने
‘कांग्रेस बूढापाकाको मात्र होइन, सबैको साझा पार्टी हो’
कात्तिक ७ देखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने नेकपाको निर्णय
एमालेले मङ्सिरमा वडा र पुसमा पालिका अधिवेशन गर्ने
नेकपा एमालेले स्थानीय तहअन्तर्गतका वडा र पालिका कमिटीका अधिवेशनको मिति तय गरेको छ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटीको प्रथम बैठकले वडा कमिटीको अधिवेशन आगामी मङ्सिर २६ गते र पालिका कमिटीको अधिवेशन पुस ४ गते गर्ने निर्णय गरेको हो।
बैठकको प्रारम्भमा केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पार्टीको वरिष्ठ नेतामा मनोनीत विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ लिएकी थिइन्।

एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार बैठकले आगामी मङ्सिरको पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय पनि गरेको छ। भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष र विभिन्न तहका जनप्रतिनिधिको सहभागिता रहनेछ।
वडा र पालिका अधिवेशन सम्पन्न भएपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णय पनि बैठकले गरेको आचार्यले जानकारी दिए।
यसैगरी, मधेस प्रदेशसभामा समानुपातिकतर्फ रौतहटबाट प्रतिनिधित्व गरेकी जैनब खातुनको निधनपछि रिक्त भएको स्थानमा समानुपातिक सूचीकी उम्मेदवार नाजमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय बैठकले गरेको छ।
एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी
झलनाथ अब नेकपामा सक्रिय नहुने, समाजवादी जागरण अभियान सञ्चालन गर्ने
एमाले स्थायी कमिटी बैठक सुरू, वरिष्ठ नेता बनेपछि पहिलोपटक विद्या पनि सहभागी
खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणी रवि लक्षित : महेश बस्ने
अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ
गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सडक ठप्प
धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको छ ।
शुक्रबार साँझ धादिङ गजुरी–५ गलौदीमा सडक भासिँएपछि सडक अवरुद्ध भएको हो ।

प्रहरीका अनुसार धादिङ गजुरी गाउँपालिका ५ गलौदी स्थित पृथ्वीलोकमार्गमा त्रिशुली नदीले सडक कट्टान गरी सडक तलबाट भाँसिएर बाटो दुई तर्फी रुपमा अबरुद्ध भएको हो।
अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन
दसैँमा तपाईँको घर पुग्न कति भाडा तिर्नुपर्छ ? हेर्नुहाेस् सूची
स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन
२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक
दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए
शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त
मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गरी शनिबार हुने प्रदर्शनअघि भारतको राजधानी नयाँ दिल्लीमा २० हजारभन्दा बढी प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ ।
भारतको निर्वाचन आयोगले मतदाता सूचीको ‘विशेष गहन पुनरावलोकन’ प्रक्रिया अघि बढाएपछि यसै महिना विरोध प्रदर्शन चर्किएको हो ।

आयोगले दोहोरो नाम भएका र अयोग्य मतदातालाई हटाउन प्रक्रिया सञ्चालन गरिएको बताएको छ । तर, विपक्षी दल तथा आलोचकहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) लाई फाइदा पुग्ने गरी मतदातालाई मतदानको अधिकारबाट वञ्चित गर्न खोजिएको आरोप लगाएका छन् ।
विरोध प्रदर्शनमा प्रमुख विपक्षी भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीसहित अन्य नेताहरू सहभागी हुँदै आएका छन् ।
मलेसियामा कार्यरत श्रमिकको ज्याला बढ्यो
नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी न्यायाधीश पिल्लेलाई, ट्रम्पले किन पाएनन् ?
कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम
मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु
मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु
मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने
अन्तर्राष्ट्रिय साहित्यतर्फको नोबेल पुरस्कार क्यानेडाली कवयित्री एवम् निबन्धकार एन कार्सनलाई
क्यानेडाली कवयित्री, निबन्धकार तथा अनुवादक एन कार्सनले यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गरेकी छिन् । ७६ वर्षीया कार्सन साहित्यमा नयाँ प्रयोगका लागि चर्चित छिन् ।
“शास्त्रीय परम्परासँगको रोचक संवादमार्फत् समकालीन साहित्यका लागि नयाँ रूपहरू सिर्जना गर्ने उनको साहसिक र नवीन कृतिहरूका लागि” कार्सनलाई यसपालि सम्मानित गर्ने निर्णय गरिएको नोबेल समितिले जनाएको छ।

जीवनभरको साहित्यिक योगदान र उत्कृष्ट कृतिहरूका आधारमा प्रदान गरिने यो सम्मानलाई विश्व साहित्यकै सबैभन्दा प्रतिष्ठित पुरस्कार मानिन्छ । यसको पुरस्कार राशि १२ मिलियन स्विडेनी क्रोनर ९करिब १२ लाख अमेरिकी डलर० रहेको छ ।
पुरस्कार विजेता कार्सनले विगत ३० वर्षभन्दा बढी समयदेखि ग्रीक भाषा र साहित्यको प्राध्यापन गर्दै आउनुका साथै प्राचीन ग्रीक साहित्यका चर्चित कृतिहरूको अनुवादमा समेत महत्त्वपूर्ण योगदान पुर्याएकी छन् ।
पाकिस्तानलाई १.२ अर्ब डलर सहयोग गर्न आईएमएफ सहमत
सैनिक कर्मचारी सवार मिनीबसमा आक्रमण, एक जनाको मृत्यु
इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका
मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान
ऊर्जा निर्भरताबाट जोगिन रुबियोको चेतावनी
साउदी विमानस्थलमा हुथीको आक्रमण
इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी
मलेसियाको जोहोरमा वायु प्रदूषण बढेपछि विद्यालय बन्द
मस्कको स्टारलिङ्क आरोपमा भारतको जवाफ– ‘निष्पक्ष र गैरभेदभावपूर्ण’













प्रतिक्रिया