साप्ताहिक ब्रिफिङ : आयो निर्वाचनको सबै परिणाम, रास्वपा विशाल बन्दा कांग्रेस र एमालेलाई इतिहासकै ठूलो धक्का, इरानसँगको युद्धले रुसी तेललाई अनुमति दिन बाध्य भयो अमेरिका « Khabarhub

साप्ताहिक ब्रिफिङ : आयो निर्वाचनको सबै परिणाम, रास्वपा विशाल बन्दा कांग्रेस र एमालेलाई इतिहासकै ठूलो धक्का, इरानसँगको युद्धले रुसी तेललाई अनुमति दिन बाध्य भयो अमेरिका


२९ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 7 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आदरणीय पाठकवृन्द ! यो साता नेपाली मिडियामा केही सनसनीपूर्ण समाचारहरु छाए । राजनीति, प्रवास क्षेत्रमा तरंग ल्याउने घटना भए ।

खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने गरेको छ । एक सातामा मुख्य घटनामा ‘रि–भिजिट’ गरिएको यो सामग्री पाठकहरुका लागि उपयोगी हुन सक्छ ।

गृहमन्त्रीसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलको प्रतिवेदन पेस

गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलले प्रतिवेदन बुझाइएको छ ।

गत फागुन ११ गते पृथ्वी राजमार्गअन्तर्गत पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबस राति धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसेगौँडाबाट त्रिशूली नदी किनारमा खसेर दुर्घटना भएपछि सरकारले सो घटनाको अध्ययनका लागि कार्यदल गठन गरेको थियो ।

निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा सरकारलाई नागरिक अभियानद्वारा धन्यवाद ज्ञापन

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

निर्वाचन प्रहरीलाई तालिम दिएर स्वरोजगार बनाइने

उम्मेदवारको चुनावी खर्च पारदर्शी नभएको निर्वाचन संयुक्त पर्यवेक्षण समितिको निष्कर्ष

निगमले भन्यो- भारतबाट आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू
नेपाल आयल निगमले नेपालमा भारतबाट एलपी ग्यास आपूर्तिमा कुनै समस्या नरहेको जनाएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निगमका प्रवक्ता मनोजकुमार ठाकुरले अहिलेसम्म माग अनुसार नै भारतबाट ग्यास आपूर्ति भइरहेकाले आपूर्तिमा कुनै समस्या नरहेको जानकारी दिए ।

अभाव हुने हल्लाका कारण अनावश्यक रुपमा ग्यासको सञ्चिति बढाएका कारण अहिले बजारमा ग्यास अभावजस्तो देखिएको उनले बताए ।

बुबाको पार्थिव शरीरमा दागबत्ती दिँदै केपी ओली (तस्बिरहरू)

इरानका नागरिकले ‘अनअराइवल’ भिसा नपाउने

अब कसरी बन्छ बालेन नेतृत्वको सरकार ?

फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको अहिलेसम्म प्रत्यक्षतर्फको सबै नतिजा आइसकेको छ भने समानुपातिकतर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ ।

मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ गरेर झण्डै दुई तिहाइ मत प्राप्त गर्ने अवस्था देखिएको छ । मतपरिणामअनुसार अबको सरकार रास्वापाले एक्लै बनाउँछ ।

रास्वपाले आफ्नो चुनावी अभियानमा नै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई आगामी प्रधानमन्त्रीको रूपमा अघि सारेको थियो । सोही कारण नै विगतमा रवि लामिछानेको पक्षमा नदेखिएको मत निर्वाचनमा शाहकै कारण प्रकट भएको धेरैले अनुमान गरेका छन् ।

कसरी बन्छ सरकार ?

नेपालको संविधानले प्रतिनिधिसभा सदस्यको निर्वाचनपश्चात नयाँ सरकार बनाउने विषयमा स्पष्ट व्यवस्था गरेको छ । रास्वपाले झण्डै दुई तिहाइ मत प्राप्त गरेकाले संविधानको धारा ७६ को उपधारा १ अनुसार सरकार गठन गर्न सक्छ ।

‘राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुनेछ’, धारा ७६ को उपधारा १ मा भनिएको छ ।

समानुपातिकका विजेता छान्दै रास्वपा, थाल्यो आन्तरिक छलफल

किरण गुरुङ भन्छन् : लज्जास्पद हारको जिम्मा नेतृत्वले लिनैपर्छ, अन्टसन्ट कुरा गरेर उम्किन पाइँदैन

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

समानुपातिक सिट बाँडफाँट, रास्वपालाई ५७ सिट मिल्दा श्रमसंस्कृति र राप्रपालाई ४-४ सिट

हतार हतार हर्कको चन्दा अभियान, भारतले सहमति नदिँदा हट्न सकेको छैन दार्चुलामा महाकालीको तुइन

रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार : इन्धन र खाद्यान्नमा सबैभन्दा बढी खर्च

समानुपातिकको सम्भावित सिट: घण्टी ५८, रुख २०, सूर्य १६, तारा, माटो र हलोको कति ?

राप्रपाका एकमात्रै सांसद ज्ञानेन्द्र शाहीको चुनाव खर्च २० लाख ५५ हजार रुपैयाँ

गगन थापा हराएको सूचना !

फेक रेस्क्यु प्रकरण : तानिँदै एकपछि अर्का पर्यटन व्यवसायी, ट्रेकिङ कम्पनी सञ्चालक पासाङ पनि पक्राउ

कुष्ठ प्रभावित व्यक्तिमाथि गरिने व्यवहार सुधार्न आवश्यक : मन्त्री सिन्हा

रास्वपा वाचापत्र : विज्ञ मन्त्री बनाउने प्रस्ताव कार्यान्वयन हुन्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो चुनावी बाचापत्रमा संघीय सरकारमा भएको मन्त्रालयको सङ्ख्या घटाएर विज्ञ मन्त्री नियुक्त गर्ने विषय उल्लेख गरेको छ ।

फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपा एक्लैले झण्डै दुई तिहाइ मत प्राप्त गरेपछि अब सो विषय कसरी कार्यान्वयन होला भन्ने कुराको चासो धेरैले राखेका छन् । रास्वपाले आफ्नो घोषणापत्रलाई कसरी कार्यान्वयन गर्ला त ?

रास्वापाले आफ्नो चुनावी बाचापत्रको १७ नम्बर बुँदामा ‘संघीय मन्त्रालयहरूको संख्या १८ मा सीमित गर्दै ‘विज्ञ मन्त्री’ र विशेषज्ञतामा आधारित कर्मचारी प्रशासनको नयाँ मानक स्थापित’ गर्ने उल्लेख गरेको छ । बाचापत्रमा स्पष्ट रूपमा गैर सांसदलाई मन्त्री बनाउने भने भनिएको छैन ।

किरण गुरुङ भन्छन् : लज्जास्पद हारको जिम्मा नेतृत्वले लिनैपर्छ, अन्टसन्ट कुरा गरेर उम्किन पाइँदैन

ओलीप्रति घिमिरेको कटाक्ष : सबै ठिक छ महाराज !

निर्वाचन परिणाम अपेक्षित भएन, जनमतको सम्मान गर्छु : एमाले अध्यक्ष ओली

अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच आर्थिक विषयमा छलफल

पश्चिम एसियामा द्वन्द्व : उद्धार तथा आवश्यक सहायताका लागि विवरण दर्ता क्रम जारी

अध्यक्ष लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गरिने
नेपाल आयल निगमले उपभोक्तालाई अब खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको निगमको सञ्चालक समितिको बैठकले बजारमा देखिएको अभावलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो।

निगमका कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टका अनुसार उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्न थालेपछि बजार व्यवस्थापनका लागि आधा सिलिन्डर मात्रै वितरण गर्ने व्यवस्था लागू गरिएको हो।

पछिल्लो दुई महिनादेखि नेपालि बजारमा ग्यासको अभाव देखिएको छ। पछिल्लो समय मध्यपूर्वमा बढ्दो युद्धको प्रभाव नेपालमा पनि देखिएको हो ।

निगमले इण्डियन आयल निगमबाट ग्यास खरिद गरी नेपालमा बिक्री गर्दै आएको छ।

राजधानीको टेकुमा आधा सिलिण्डर ग्यास लिनेको लाइन (तस्बिरहरू)

पश्चिम एसिया सङ्कट : आपत्कालीन प्रतिकार्य टोलीको बैठक

यस्तो बन्दैछ जेन-जी शहीद स्मारक पार्क (तस्बिरहरू)

बिदा भए सशस्त्रका निर्वाचन प्रहरी

निर्वाचन प्रहरीको सम्मान पत्रसहित बिदाइ (तस्बिरहरू)

रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश

धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको नाम कालोसूचीमा रहेको भन्दै निर्वाचन आयोगले गरेको उम्मेदवारी खारेज गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

सर्वोच्च अदालतकी न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले साहको नाम कालोसूचीमा रहेको भन्दै उम्मेदवारबाट हटाउने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न कारण देखाऊसहित अन्तरिम आदेश दिएको हो ।

साहको नाम कर्जा सूचना केन्द्रले कालोसूचीमा नाम राखेको थियो । त्यहीकारण उनको उम्मेदवारी आयोगले खारेज गरिदिएको थियो । साहले गत फागुन १९ गते दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले बिहीबार उनको नाम उम्मेदवारको सूचीबाट नहटाउन अन्तरिम आदेश जारी गरेको हो ।

धनुषा-१ मातृका यादव विजयी भएको विवरण आयोगले गर्‍यो वेबसाइटमा अपडेट

नयाँ सरकारको प्राथमिकतामा वातावरण र जलवायु हुनुपर्छ: नेता गुरुङ

खाडी तनावले नेपाली श्रमिक त्रासमा छन् : शंकर पोखरेल

स्वच्छ तथा स्वस्थ वातावरणको हक सुनिश्चित गर्न आग्रह

त्रिशूलीमा अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव सम्पन्न 

इनिशा हत्या प्रकरण : छानबिन र दोषीलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन
इनिशा बिक हत्या प्रकरणको छानबिन र दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै विभिन्न समूहहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

उत्पीडित जेन-जी फोर्स, जात व्यवस्था उन्मूलन मोर्चा नेपाल, वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन नेपाल लगायतले गम्भीर ढंगले इनिशा बिक हत्या प्रकरणको छानबिनका साथै उक्त घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्दै बिहीबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले इनिशा बिकको हत्यारालाई कारबाही गर, बालबालिकामाथि हुने हिंसा अन्त्य गर, पितृ सत्ता मुर्दावाद, बलात्कारी जन्माउने व्यवस्थालाई ध्वस्त पारौँ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

साथै उनीहरूले सबै बलात्कारका घटनाहरूको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग समेत राखेका छन् ।

इनिसाको न्यायका लागि बोले कलाकार

प्रतिकूल मौसमले रेसुङ्गा विमानस्थलमा उडान प्रभावित

रातो मच्छिन्द्रनाथ रथ निर्माणको काम अन्तिम चरणमा

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

काभ्रेमा नौ ‘आपराधिक उपद्रव’विरुद्ध अभियोग दर्ता

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

इरानको आक्रमण बढेपछि सबै देशलाई रुसी तेल किन्ने बाटो खोल्न बाध्य भयो अमेरिका

अमेरिका–इजरायल र इरानबीच जारी युद्धका कारण विश्व बजारमा कच्चा तेलको मूल्य १०० डलर प्रतिव्यारेलभन्दा माथि पुगेको छ।

मूल्य नियन्त्रण गर्न अमेरिकी प्रशासनले अन्य देशलाई पनि अस्थायी रूपमा रूसबाट तेल किन्न अनुमति दिएको छ। अहिले रूसका धेरै तेल ट्यांकर समुद्रमा रोकिएर बसेका छन्।

यसअघि अमेरिकाले भारतलाई पनि रूसबाट कच्चा तेल खरिद गर्न प्रतिबन्धमा केही लचकता दिने संकेत गरेको थियो। तर भारतीय अधिकारीहरूले भारत तेल खरिदका लागि कुनै देशको अनुमति आवश्यक नपर्ने बताएका छन्।

अमेरिकी विमानवाहक युद्धपोतमा आगो लाग्दा दुई जना घाइते

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, शेयर बजार घट्दै

२४ घण्टाभित्र इरानका दुई सय बढी ठाउँमा हमला

ओमानमा ड्रोनको भग्नावशेषले लागेर दुई आप्रवासी कामदारको मृत्यु

अफगानिस्तानको आरोप : पाकिस्तानी हवाई आक्रमणमा ४ सर्वसाधारणको मृत्यु

अमेरिकी बम आक्रमणमा मारिएका इरानी छात्राका परिवारलाई चीनले दियो २ लाख डलर

इरानका सर्वोच्च नेताको मृत्युपछि पाकिस्तानमा हिंसा भड्किँदा सात जनाको मृत्यु

थाइल्याण्डबाट चीन फर्काइएका ४० उइग्युरको अवस्थाप्रति राष्ट्रसंघको चिन्ता

ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो अस्पताल भर्ना

होर्मुज जलक्षेत्रमा जर्मन जहाजलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार

होर्मुज जलडमरूमध्य नजिकै एउटा जर्मन मालवाहक जहाजलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार भएको छ । जर्मन जहाज कम्पनी ‘ह्यापाग-ल्योड’ का अनुसार ‘सोर्स ब्लेसिङ’ नामक कन्टेनर जहाज रणनीतिक रूपमा महत्वपूर्ण मानिने उक्त जलमार्ग नजिकै यात्रा गरिरहेको आक्रमण भएको हो ।

कम्पनीले जनाए अनुसार जहाजमा प्रत्यक्ष प्रहार नभए पनि क्षेप्यास्त्रका अवशेषहरू खस्दा जहाजमा आगलागी भएको थियो ।

विश्वको ठूलो कन्टेनर जहाज कम्पनीमध्येको एक ह्यापाग-ल्योडले हाल उक्त आगलागी नियन्त्रणमा आइसकेको र चालक दलका सबै सदस्यहरू सुरक्षित रहेको जनाएको छ ।

ऊर्जा सुरक्षामा चीनको कडाइ

दाबी : इरानका नयाँ सर्वोच्च नेता पनि गम्भीर घाइते, पुगेका छन् कोमा !

अमेरिका नै भन्छ : इरानको सत्ता तत्काल ढल्न सक्ने देखिएन

इराकमा अमेरिकी तेल ट्यांकरमाथि हमला, एक भारतीयको मृत्यु

इरानको दाबी– इजरायली गोप्य एजेन्सीको कार्यालय र दुईवटा एयरबेसमा हमला

रुस–अमेरिका वार्ता ‘फलदायी’

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन हमला

फारसको खाडीमा आक्रमणकारीको रगत बग्नेछ : इरानी सभामुख कलिबाफ

इराकी कुर्दिस्तानस्थित इटालियन सैन्य आधारमा हमला

मध्यपूर्व युद्धको प्रभाव : भारतीय रेस्टुरेन्टमा ग्यास संकट

हेज्बोल्लाहको आक्रमण नरोकिए लेबनानी भूभाग कब्जा गर्ने इजरायलको धम्की

ऊर्जा सुरक्षामा चीनको कडाइ

केही घण्टाको अन्तरालमा होर्मुजको जलक्षेत्रमा तीन जहाजमाथि हमला
बुधबार केही घण्टाको अन्तरालमा होर्मुजको जलडमरुमध्यमा रहेका तीन जहाजमा हमला भएको छ । होर्मुजको जलडमरुमध्यमा रहेको एउटा बल्क क्यारियरमा अज्ञात अस्त्रबाट हमला भएको बेलायती समुद्री सुरक्षा निकायले जानकारी दिएको छ । यस जहाज दुबईबाट ५० समुद्री माइलको दूरीमा रहेको अमेरिकी टेलिभिजन सीएनएनले जनाएको छ ।

लायती समुद्री व्यापार निकाय यूकेएमटीओका अनुसार आक्रमणका बावजुद जहाज र कर्मचारी सुरक्षित छन् भने यसबाट कुनै वातावरणीय क्षति पुगेको छैन । त्यसैगरी, बुधबार नै ओमानको मुसानडाम प्रायद्विपनजिकै कार्गो जहाजमा आक्रमण भएको छ ।

प्रायद्विपबाट ११ समुद्री माइलको दुरीमा रहेको जहाजमा हमलापछि आगलागी भएको यूकेएमटीओले उल्लेख गरेको छ । त्यसैगरी, बुधबार नै यूएईको तटपारी रहेको अर्को जहाजमा पनि हमला भएको सीएनएनले समाचार लेखेको छ । आक्रमणपछि उक्त जहाज पनि क्षतिग्रस्त भएको जनाइएको छ ।

अमेरिका र इजरायलले इरानमाथि हमला गरेपछि पश्चिम एशियामा शुरु भएको युद्धका क्रममा होर्मुजको जलडमरुमध्यमा हालसम्म १३ वटा जहाजमा हमला भइसकेको छ । इरानले उक्त जलक्षेत्र भएर आवतजावत नगर्न जहाजलाई चेतावनी दिएको छ ।

हर्मुज जलडमरूमध्यमा थाई मालवाहक जहाजमाथि हमला

युद्धबीच पनि इरानलाई विश्वकपमा स्वागत : ट्रम्प

तेल भण्डार प्रयोग गर्न जी–७ तयार

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ८ : १० बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री