आजका समाचार : प्रधानमन्त्रीको बेवास्ताले संसद्‍मा तनाव, प्रतिनिधिसभामा नयाँ सचिव, कांग्रेस अनुशासन समिति पुनर्गठन र जम्बो टोलीसहित बेइजिङमा ट्रम्प « Khabarhub

आजका समाचार : प्रधानमन्त्रीको बेवास्ताले संसद्‍मा तनाव, प्रतिनिधिसभामा नयाँ सचिव, कांग्रेस अनुशासन समिति पुनर्गठन र जम्बो टोलीसहित बेइजिङमा ट्रम्प


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्रीले भोलि नीति तथा कार्यक्रममाथि जवाफ दिने, आजलाई संसद् स्थगित
प्रधानमन्त्री बालेन्द्र शाहले यही महिनाको ३१ गते (भोलि) नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा जवाफ दिने भएका छन्।

सभामुखले प्रधानमन्त्रीले भोलि सदनमा उपस्थित भएर नीति तथा कार्यक्रममाथि जवाफ दिने जानकारी गराएपछि मंगलबारको प्रतिनिधिसभा बैठक स्थगित गरिएको हो।

तेस्रो पटक सञ्चालनको प्रयास भए पनि बैठक सुरु हुनासाथ विपक्षी दलले अवरोध जारी राखेपछि सदन अघि बढ्न सकेन। लगातारको अवरोधपछि सभामुखले बैठक स्थगित गरेका हुन्।

सभामुखले आगामी बैठकमा प्रधानमन्त्री शाह स्वयं उपस्थित हुने र नीति तथा कार्यक्रममाथि जवाफ दिने जानकारी पनि सदनलाई गराएका छन्।

प्रधानमन्त्रीलाई रुलिङ गरेर संसदमा उपस्थित गराउन कांग्रेसको माग

कांग्रेस सचेतक निश्कलको टिप्पणी : रास्वपा सांसदले दुईतिहाइको दम्भ देखाउन थाले

ज्ञानेन्द्र शाहीको प्रश्न : कालो चश्मा लगाएर सिंहदरबारमै बसेका प्रधानमन्त्री संसद्‍मा किन नआएका ?

प्रतिपक्षीले घेरेपछि सभामुखले स्थगित गरे संसद् बैठक

सहमति नजुटेपछि संसद् एक घण्टादेखि अवरुद्ध

प्रधानमन्त्रीलाई लक्षित गर्दै ज्ञानेन्द्र शाहीले भने-‘सत्ता तपाईंसँग छ’ भन्दै संसद्लाई बेवास्ता गर्न पाइँदैन
प्रतिनिधिसभा सांसद तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका सचेतक ज्ञानेन्द्र शाहीले संसद्लाई बेवास्ता गर्ने प्रवृत्तिप्रति गम्भीर आपत्ति जनाएका छन्।

शाहीले संसद्लाई जनताको सर्वोच्च थलो भन्दै यहाँ उठ्ने प्रश्नहरू व्यक्तिगत नभई जनताको आवाज भएको स्पष्ट पारेका छन्। उनले सत्ता छ भन्दैमा संसद्लाई नजरअन्दाज गर्ने अधिकार कसैलाई पनि नभएको बताएका छन्।

उनका अनुसार नीति तथा कार्यक्रम सरकारको दृष्टि, जिम्मेवारी र जनताप्रतिको प्रतिबद्धताको दस्तावेज हो, जसको जवाफदेहिता प्रधानमन्त्री स्वयंले लिनुपर्ने हुन्छ। उनले प्रधानमन्त्रीले संसद्‌मा उपस्थित भई जनप्रतिनिधिहरूका प्रश्नहरूको सामना गर्नुपर्नेमा जोड दिएका छन्।

शाहीले प्रधानमन्त्री सिंहदरबारमै रहेको उल्लेख गर्दै नीति तथा कार्यक्रमभन्दा ठूलो कार्य सरकारका लागि अरु नहुने टिप्पणी गरेका छन्। उनले प्रधानमन्त्री संसद्‌मा उपस्थित नहुनु प्रश्नहरूबाट भाग्ने संकेत भएको भन्दै प्रश्न उठाएका छन्।

१५ मिनेटका लागि स्थगित प्रतिनिधिसभा बैठक एक घण्टासम्म पनि सुरु हुन सकेन

सांसद थापाको असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन

हर्क भन्छन् : प्रधानमन्त्रीले संसद्‍बाट जनताका प्रश्नको उत्तर दिनुपर्छ

बादलले बोलेका यी तीन शब्द रेकर्डबाट हटाउन लगाए सभामुखले

प्रधानमन्त्रीलाई रुलिङ नगरेका सभामुखले संसद्‍मा ल्याउन संवाद गर्ने

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक दोस्रो पटक स्थगित

संसदीय गरिमा कायम गर्न सांसदहरूको जोड, सरकारसँग जवाफ माग
राष्ट्रियसभाका सांसदहरूले संसदीय मर्यादा र गरिमा सबै पक्षबाट पालना हुनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रियसभाको बुधबार बसेको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले सङ्घीय संसद्को संयुक्त बैठकसँग सम्बन्धित विषयमा उठेका प्रश्नबारे सरकारसँग स्पष्ट जवाफ माग गरेका हुन् ।

सांसद पदमबहादुर परियारले प्रधानमन्त्रीको उपस्थितिमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल अघि बढाउनु उपयुक्त हुने बताउँदै राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालको ध्यानाकर्षण गराए । उनले संसद्को गरिमा जोगाउन सरकार र संसद् दुवैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे।

त्यस्तै, सांसद सुरेश आलेमगर र रोशनी मेचेले संसदीय मर्यादा सबै राजनीतिक दल, सरकार र सांसदहरूबाट समान रूपमा पालना हुनुपर्नेमा जोड दिए । उनीहरूले संसद्लाई प्रभावकारी र मर्यादित बनाउने दायित्व सबै पक्षको भएको उल्लेख गरे।

प्रधानमन्त्रीको बेवास्ताले संसद्‍मा तनाव, एकजुट भए विपक्षी (तस्बिरहरू)

कांग्रेसको चेतावनी : वालेन्द्रले संसद्को उपेक्षा गर्दैछन्, जवाफ दिन नआए बहिष्कार गर्छौँ

संघीय सरकारका मन्त्रालय १८ कायम, सामान्य प्रशासन मन्त्रालयको नाम फेरियो

विपक्षीको अवरोधबीच प्रतिनिधिसभा बैठक तेस्रोपटक सुरु

प्रतिनिधिसभाको सचिवमा अधिकारी नियुक्त

सम्पत्ति छानबिन आयोगविरुद्धको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

प्रकृति संरक्षण कोषको सदस्यसचिवमा डा. पोखरेल

आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले दिए राजीनामा

सम्पत्ति छानबिन आयोगविरुद्धको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगविरुद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ।

न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले मंगलबार उक्त आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि वैशाख २९ गते उपस्थित हुन निर्देशन दिएको हो।

अधिवक्ता डा। प्रेमराज सिलवालले सम्पत्ति छानबिन आयोग असंवैधानिक तथा क्षेत्राधिकारविहीन रहेको दाबी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

रिट निवेदनमा आयोग गठन तथा त्यसका गतिविधि संविधान र प्रचलित कानुनविपरीत रहेको जिकिर गरिएको छ। अदालतले प्रारम्भिक सुनुवाइपछि विपक्षी पक्षसँग लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको हो।

स्वास्थ्य सुधार र खरिद प्रणालीमा सहयोग गर्ने यूएनडीपीको प्रतिबद्धता

पत्रकार महासंघले भन्यो रास्वपा सांसद खरेलको पत्रिका बन्द गर्ने धम्की निन्दनीय

देउवा पक्षीय कांग्रेस बागमती भेला : वृहत एकता र पुनर्जागरणको आह्वान

कांग्रेस अनुशासन समिति पुनर्गठन, तारामान गुरुङ संयोजक

सरकारविरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिको प्रदर्शन (तस्बिरहरू) 

मंगलाघाटमा म्याग्दी नदी नियन्त्रण आयोजना

मुक्कुमलुङ/पाथीभरा केबलकार रोक्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

जम्बो टोलीसहित बेइजिङ उत्रिए ट्रम्प, यी पाँच मुख्य मुद्दामा दुई ‘शक्ति राष्ट्र’बीच हुँदैछ वार्ता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ८ वर्षपछि बुधबार चीन भ्रमणमा पुगेका छन्। उनको विमान बेइजिङको क्यापिटल इन्टरनेशनल एयरपोर्टमा अवतरण गरेको छ। जहाँ चिनियाँ उपराष्ट्रपति हान जेङ र चिनियाँ कूटनीतिज्ञ शी फेङले उनको स्वागत गरे।

एयर फोर्स वानबाट ओर्लिँदा करिब ३०० बालबालिका नीलो र सेतो रङको युनिफर्ममा एयरपोर्टमा उपस्थित थिए। उनीहरूले अमेरिका र चीनको झण्डा फहराइरहेका थिए। ट्रम्पसँगै उनका छोरा एरिक ट्रम्प र बुहारी लारा ट्रम्प पनि उपस्थित थिए।

यस क्रममा बालबालिकाले मन्डारिन भाषामा ‘वेलकम’ को नारा लगाएका थिए। समाचार अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङ र ट्रम्पबीच बिहीबार र शुक्रबार अलग(अलग चरणमा वार्ता हुनेछ।

दुवै नेताबीच व्यापार, ताइवान, दुर्लभ खनिज पदार्थ , एआई र इरान युद्धजस्ता मुद्दामा छलफल हुने सम्भावना छ। ट्रम्प १५ मेसम्म बेइजिङमा रहनेछन्। यो २०१७ पछिको उनको पहिलो चीन भ्रमण हो।

सी-ट्रम्प वार्ता: स्वागत भव्य, पेचिला एजेन्डा

लेबनानमा इजरायली आक्रमण, १३ जनाको मृत्यु, १४ घाइते

राजा चार्ल्सको सम्बोधनमा स्टार्मरको परीक्षा

सरमत मिसाइल परीक्षणमा पुटिनको प्रशंसा

दक्षिण भारतमा भारी वर्षाका, छ जनाको मृत्यु

चीनले सुरु गर्‍यो विश्वव्यापी एआई शिक्षा प्लेटफर्म : कसरी लिन सकिन्छ लाभ ?




























प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ८ : ०१ बजे

प्रधानमन्त्रीको राजीनामा माग्दै सुकुमबासीले निकाले मसाल जुलुस (तस्बिरहरू)

काठमाडौं – प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै पोखरामा सुकुमबासीहरूले

विवाह गर्ने उमेर २० वर्ष नघटनाउन आग्रह

काठमाडौं – २० वर्षपछि विवाह गर्ने विद्यमान कानुनी व्यवस्थामा परिवर्तन

टि-२० अलराउण्डर वरियतामा दीपेन्द्र चौथो स्थानमा यथावत

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी आइसिसी

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं – बुधबार साँझ काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको

प्रदेशको सम्भावना र समृद्धि देखाउन ‘सुदूरपश्चिम कचहरी २०८३’ हुँदै

कैलाली – सुदूरपश्चिम प्रदेशको समग्र विकास, समृद्धि र नीतिगत सुधारका