निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री शाह
प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत गतिमा काम भइरहेकाले होटल व्यवसायीहरूलाई चिन्ता नगर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज होटल सङ्घ नेपाल (हान) का पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएकाले राज्यलाई आफ्नो बलियो साझेदार मानेर काम गर्न अनुरोध गरे ।

प्रधानमन्त्री शाहले व्यवसायीहरूलाई कानुनको पालना गर्दै आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्न, साना तथा मझौला होटलहरूलाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन र सार्वजनिक–निजी साझेदारी (पिपिपी) ढाँचामा गर्न सकिने सहकार्यबारे अध्ययन गर्न आग्रह गरे ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल समेत सहभागी भएको उक्त छलफल कार्यक्रममा हानका पदाधिकारीहरूले मुलुकको होटल उद्योग वार्षिक ४० लाख पर्यटकलाई सेवा दिन सक्षम रहेको जानकारी गराए ।
सरकारले माग पुरा नगरे अनिश्चितकालीन आन्दोलनमा जाने शैक्षिक परामर्श व्यवसायीको घोषणा
गणेश पराजुलीले भने- सरकारले कामै गरेन भन्नेको भ्रम चिर्दै अघि बढ्छौँ
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले लिए शपथ
‘प्रि-आईपीओका अवैध क्रियाकलाप नियन्त्रण गर्न शून्य सहनशीलताको नीति लिएका छौँ’
किसानलाई समयमा नै मल आपूर्ति गर्नुपर्नेमा जोड
सरकारलाई नेकपाले भन्यो- सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिले बरबादीतर्फ लैजान्छ
संसद्मा विपक्षीको विरोध कायमै
‘सुकुम्वासीको मृत्यु संस्थागत हत्या जस्तै, सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा चलाऔँ’
श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन
प्रतिनिधिसभाको आजको बैठकले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ (नं.८१) सर्वसम्मतबाट अनुमोदन भएको छ।
बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सो महासन्धिको ८१ नं बुँदा अनुमोदनका लागि प्रस्ताव गरेका थिए । त्यसअघि उक्त महासन्धिको उक्त बुँदामाथि भएको छलफलमा क्रान्तिशिखा धिताल, गुरुप्रसाद बराल, रमेशकुमार मल्ल, कृष्णहरि बुढाथोकी, कमल सुवेदी, पारसमणि गेलाल, प्रभा कार्की, प्रमिला कुलुजु, गणेशबहादुर विश्वकर्मा, मनिष खनाल, हरिमोहन भण्डारी र राजन गौतमले भाग लिएका थिए ।

उनीहरूले स्वायत्त र सक्षम जनशक्तिको विकास गरेर प्रतिस्पर्धी र पारदर्शिता अपनाउन आग्रह गरे। साथै श्रेणीविहीन कर्मचारीको सेवा सुविधा बढाउनुपर्नेमा सरकारले अस्थायी र करार कर्मचारीलाई हटाउन खोजेकामा चिन्ता व्यक्त गरे।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले सो महासन्धिको नं ८१ को अनुमोदनले श्रम निरीक्षण प्रणाली र श्रमिकको अधिकार संरक्षणलाई सुदृढ बनाउने बताए। ‘अनुमोदनपछि यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गरिनेछ’, उनले भने।
जनता विकास खोज्दैछन्, सरकार सस्तो लोकप्रियतातिर लाग्यो : महेन्द्रबहादुर शाही
संसद्बाट चर्को आलोचना : नागरिक सीमा जोगाउन लडिरहँदा सरकार र सेना रमिता हेरेर बसे
संसद्बाट बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नं २९ अनुमोदन
आगामी आर्थिक वर्षलाई कानुन सुधार र निर्माणको वर्ष घोषणा गर्दै सरकार
प्रतिनिधिसभा बैठक : कसले के-के भने ?
मानसिक स्वास्थ्य नीति परिमार्जन र स्वास्थ्य बिमा कार्यान्वयनमा सांसदको जोड
आगामी आर्थिक वर्षलाई कानुन सुधार र निर्माणको वर्ष घोषणा गर्दै सरकार
संसद् दुई साताका लागि स्थगित, साउन १४ गते बस्ने
सुकुम्वासी पीडितको पुनर्स्थापनाबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
करार कर्मचारी हटाउने तयारीविरुद्ध आजपनि सिंहदरबारमा धर्ना
सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाई आउटसोर्सिङमार्फत कर्मचारी भर्ना गर्ने तयारी गरेको भन्दै १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले सिंहदरबार अगाडि धर्ना दिएका छन् ।

सरकारको उक्त तयारीले लामो समयदेखि करार सेवामा कार्यरत हजारौँ कर्मचारीको रोजगारी असुरक्षित हुने भन्दै उनीहरूले निर्णय फिर्ता लिन माग गरेका छन् ।
आन्दोलनरत कर्मचारीहरूले आफूहरूको सेवाको सुनिश्चितता गर्न र आउटसोर्सिङ प्रणाली लागू गर्ने निर्णय रोक्न सरकारसँग आग्रह गरेका छन् ।
ग्यासमा हुने कालोबजारी नियन्त्रण गर्न समितिको निर्देशन
ड्युटीमा फर्किए महानगर प्रहरी, जथाभाबी पार्किङ गरेका सवारी हटाउँदै
रौतहटमा एक युवाले गरे आत्मदाह प्रयास, थप उपचारका लागि कीर्तिपुर रिफर
नुवाकोट-धादिङको गगटे क्षेत्रमा धान रोपाइँको चटारो (तस्बिरहरू)
देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न
उचित मूल्य नपाएको भन्दै गोलभेँडा सडकमा फालेर माइतीघरमा किसानको प्रदर्शन (तस्बिरहरू)
मेस्सीको उपाधि रक्षा यात्रा : गोल्डेन बुटका दुई दाबेदारलाई रोक्नुपर्ने कठिन चुनौती
लियोनेल मेस्सीले अर्जेन्टिनाका लागि फुटबलको सर्वोच्च उपाधि विश्वकपदेखि दुई पटकसम्म कोपा अमेरिका पनि जिताइसकेका छन्।
व्यक्तिगत रूपमा सर्वाधिक ८ पटक बालोन डी’ओर र गोल्डेन बलसम्म जितेका मेस्सी अहिले खेल जीवनको उतार्द्धमा छन् । ३९ वर्ष लागिसके पनि उनको फुटबल चमात्कार रोकिएको छैन ।

३९ वर्षीय मेस्सीलाई अद्भूत क्षमता देखाउन उमेर बाधक बनेको छैन । जारी विश्वकपका शीर्ष गोलकर्ता उनै हुन् । गोल्डेन बुटका एक्ला बलिया दाबेदार पनि हुन् ।
मेस्सीले अर्जेन्टिनाका लागि खेलेको २१ वर्ष भयो । बिहीबार बिहान विश्वकप फुटबलमा करिअरकै नयाँ टोलीसँग सामना गर्दैछन् । त्यो हो- इङ्ल्यान्ड ।
इङ्ग्ल्यान्ड-अर्जेन्टिना सेमिफाइनल प्रतिस्पर्धा ‘उच्च जोखिम’को, खेल नहुँदै फकल्याण्ड द्वीपसम्बन्धी झण्डा प्रदर्शन
इरानलाई ट्रम्पको धम्की- वार्तामा नआए पुल र विद्युत् केन्द्रमा आक्रमण गर्ने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा फर्किन तयार नभए अर्को सातादेखि इरानका पुल र विद्युत् उत्पादन केन्द्रमा आक्रमण गर्ने चेतावनी दिएका छन्।
फक्स न्युजसँगको एक अन्तर्वार्तामा ट्रम्पले भने, ‘यदि उनीहरू वार्ताको टेबलमा आएनन् भने अर्को साता अवस्था उनीहरूका लागि निकै खराब हुनेछ। हामी उनीहरूका सबै विद्युत् केन्द्र र पुलहरू ध्वस्त पार्नेछौं’ ।

यो अभिव्यक्ति अमेरिका र इरानबीच लगातार चौथो दिनसम्म आक्रमण र प्रतिआक्रमण जारी रहेका बेला आएको हो। ट्रम्पले यसअघि हर्मुज जलमार्ग हुँदै हुने मालवाहक जहाजमा २० प्रतिशत शुल्क लगाउने घोषणा फिर्ता लिए पनि इरानी बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी भने जारी राखेका छन्।
अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड(सेन्टकम) ले हर्मुज जलमार्ग आसपासका इरानी सैन्य संरचनामाथि दर्जनौं आक्रमण गरी व्यापारिक जहाजलाई लक्षित हुने खतरा कम गर्ने उद्देश्य रहेको जनाएको छ। इरानका अनुसार दक्षिणपूर्वी बामपुरस्थित सैन्य अड्डामाथिको अमेरिकी आक्रमणमा कम्तीमा सात सैनिक मारिएका छन्।
ट्रम्पको चेतावनी- अबको तीन दिनभित्र इरानमाथि अझै ठूलो आक्रमण हुनेछ
अचानक कतार पुगे इरानी विदेशमन्त्री, अमेरिकासँग तनावबीच उच्चस्तरीय भ्रमण
कुवेत र बहराइनद्वारा इरानी हवाई आक्रमण विफल पारेको दाबी
युक्रेनमा रूसी आक्रमण : ६ जनाको मृत्यु, २० जना घाइते
फेरि होर्मुजमा नौसैनिक नाकाबन्दी लागू, इरान–अमेरिका तनाव थप चर्कियो
अमेरिकी आक्रमणमा इरानका सात सैनिक मारिए, ३० भन्दा बढी नागरिकको पनि ज्यान गयो
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पुर्पक्षका लागि थुनामा
इरानमाथि अमेरिकी आक्रमण तीव्र, नौसैनिक नाकाबन्दी पुनः लागू
अमेरिकी आक्रमण नरोकिएसम्म हर्मुज जलमार्ग नखुल्ने इरानको चेतावनी
–












प्रतिक्रिया