दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमार्फत् नेतृत्व छाड्न अस्वीकार गरेका छन्।
महासचिव शंकर पोखरेलसहितका नेताहरूले निरन्तर दबाब दिँदा पनि उनी झन् कठोर शैलीमा देखिए । बैठकको पहिलो दिनमै ओलीले आफ्ना विरोधीको मुख थुन्ने कोसिस गरे। केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठसँगको भनाभन र अर्का नेता कर्ण थापालाई रोक्ने निर्णयले त्यही कुराको पुष्टि गरेको छ।

सोमबारदेखि ललितपुरको भनिमण्डलस्थित एक पार्टी प्यालेसमा सुरु भएको केन्द्रीय कमिटीको तेस्रो बैठकमा ओलीले ‘पार्टीको पुनर्निर्माण, लोकतन्त्रको रक्षा र राष्ट्रिय स्वाधीनताको नयाँ सङ्कल्प’ शीर्षकको राजनीतिक प्रतिवेदन प्रस्तुत गरे। तर उनले उक्त प्रतिवेदनमार्फत् कुनै हालतमा नेतृत्व नछाड्ने दृढ अडान लिए ।
प्रतिवेदनमा ओलीले निर्वाचनमा पार्टीले बेहोरेको पराजयको नैतिक जिम्मेवारी आफूले लिने बताएका छन्। तर त्यसलाई आफू नेतृत्वबाट हट्नुपर्ने आधारका रूपमा स्वीकार गरेका छैनन्। उनले संकटका बेला नेतृत्वले पार्टी छाडेर भाग्न नमिल्ने तर्क गर्दै नेतृत्व परिवर्तनको मागलाई अस्वीकार गरेका छन्।
भरत दाहालको गिरफ्तारीबारे ओली : उनले बम पड्काएका थिएनन्, सरकार फासीवादको यात्रामा छ
केन्द्र चुक्यो, प्रदेश र स्थानीय सरकारले राम्रो काम गरे : ओली
एमाले बैठक : ओलीले गरे मोबाइल प्रयोगमा निषेध, फोटो-भिडियो खिच्न र अडियो रेकर्ड गर्न नपाइने
एमाले केन्द्रीय कमिटी बैठक सुरु : के छन् एजेन्डा ?
महासचिव शंकरसँग सम्बन्ध बिग्रिएपछि केन्द्रीय कमिटी बैठक आफैं एक्लै चलाउँदै ओली
केन्द्रीय कमिटी बैठकमा नआएका पोखरेलले ओलीलाई भने, ‘तपाईंले छाड्नुको विकल्प छैन’
एमाले बैठकमा ओलीको सिन्डिकेट : सहभागी नेताहरू भन्छन् ‘यस्तो अवस्था देखेको थिएन’
कुनै बेला पेले भनेका ओलीसँग एमाले बैठकको सुरूमै कृष्णगोपालको नोकझोंक, स्वयम्सेवकलाई पनि हप्काए
नेताहरूलाई ओलीको चेतावनी : पार्टीको कुरामा जग हँसाइ नगर्नु, न्यायाधीश बन्दै विपक्षीलाई खुसी नबनाउनू
देशलाई नै अररो बनाएर निर्वाचन गरियो, पार्टीकै नेताहरू एकचित्त भएनन् : ओली
ओलीको आरोप- एमालेमाथि सबैभन्दा बढी हमला भयो, घर र सम्पत्ति जलाएर हामीलाई सुकुम्वासी बनाए
एमाले केन्द्रीय कमिटी बैठकमा ९५ प्रतिशतभन्दा बढी सदस्य उपस्थित भएको दाबी
एमालेले तय गर्यो केन्द्रीय कमिटीमा प्रस्तुत हुने एजेन्डा
त्रिपुरेश्वरमा बस र चालक जलेको घटनाबारे छानबिन गर्न समिति गठन
राहदानी विभागअगाडि ऋद्धिसिद्धी यातायातको बसमा भएको आगलागीको घटनाबारे छानबिन गर्न प्रहरीले समिति गठन गरेको छ ।
उक्त घटनामा ट्राफिक प्रहरीको संलग्नताबारे छानबिन गर्न प्रहरीले समिति गठन गरेको हो ।

राहदानी विभाग अगाडि बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गर्नुअघि चालक दावा लामा र ट्राफिक प्रहरीबीच भनाभन भएको देखिन्छ । बस चालक दावा लामा र ट्राफिक प्रहरीको टोलीबीच भनाभन भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसएसपी रमेश बस्नेतको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । समितिलाई घटनाबारे छानबिन गर्न पाँच दिनको समय दिइएको छ । हाल चालक लामाको चिन्ताजनक अवस्थामा कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।
टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)
बसभित्र आगो लगाउनुअघि चालक दावा लामा र ट्राफिक प्रहरीबीच भएको थियो भनाभन
बसभित्रै आत्मदाह प्रयास गरेका दावाको शरीर ९० प्रतिशत जल्यो, अवस्था गम्भीर
त्रिपुरेश्वरमा जल्यो बस : चालकले आगो लगाएर आत्मदाह प्रयास गरेको आशंका
खेलकुदमन्त्रीले भने- एन्फाको निलम्बन फुकुवाका लागि सरकारले पहल गरिरहेको छ
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघ (एन्फा)
को निलम्बन फुकुवाका लागि नेपाल सरकारले पहल गरिरहेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा मन्त्री पोखरेलले फिफाले २४ जुन २०२६ मा एन्फालाई अर्को सूचना नभएसम्म निलम्बन गरेको उल्लेख गर्दै निलम्बन फुकुवाका लागि उच्चस्तरीय पहल भइरहेको बताएका हुन् ।

निर्देशन पालना नगरी साधारण सभा तथा निर्वाचन प्रक्रिया अगाडि बढाएपछि राखेपले पटक–पटक सचेत गराएको र अटेरीपछि परिषद्को २०८२ चैत ११ गतेको निर्णयअनुसार ऐनको दफा २९ (२) बमोजिम एन्फालाई निलम्बन गरिएको उनले बताए ।
पछि एन्फाबाट परेको निवेदनउपर कारबाही गर्दै २०८३ जेठ १ गते सो निलम्बन फुकुवा गरिएको उनले जानकारी दिए ।
बाढीपीडित नागरिकको सुरक्षा प्राथमिकतामा : मन्त्री बादी
सरकारले कृषि क्षेत्रको आपूर्ति सुधारसम्बन्धी अध्ययन गरिरहेको छ : मन्त्री चौधरी
भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
रसुवा बाढीबाट प्रभावित बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारलाई निर्देशन
रास्वपाकै सांसदको गुनासो : ‘दिल्ली पुग्न सस्तो, आफ्नै सुदूरपश्चिम पुग्न महँगो भयो
राजदूत प्रकरणमा ज्ञानेन्द्रले घेरे सरकारलाई : विदेशी सहयोगमा पालितपोषितकै हालिमुहाली भएछ
प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक’ पारित
उद्योगमन्त्रीको जवाफ- ‘क्विक रेस्पोन्स टिम’ बनाएका छौँ, ग्यास अभाव हट्दै जान्छ
‘जेन-जी’ आन्दोलनमा क्षतिग्रस्त बनेपा नगर भवन पुनःनिर्माण नहुने, बहुप्राविधिक शिक्षालयबाट थालियो सेवा
बनेपा नगरपालिकाको सेवा–प्रवाह आजदेखि बहुप्राविधिक शिक्षालयबाट सुरु भएको छ । ‘जेन-जी’ आन्दोलनका क्रममा तोडफोड एवं आगजनीबाट क्षति भएको नगरपालिका भवन पुनः निर्माण नहुने भएपछि आजदेखि नेपाल बनेपा बहुप्राविधिक शिक्षालयबाट सेवा सञ्चालन गरिएको हो ।
नगरले आजदेखि नियमित सेवाप्रवाह शिक्षालयको प्रशासनिक भवनबाट सुरु भएको प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले जानकारी दिइन् ।

जेन-जी आन्दोलनका क्रममा कार्यालयमा करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको नगर कार्यालयले गरेको प्राविधिक मूल्यांकनमा उल्लेख छ । उक्त आन्दोलनमा जिल्लाका १३ स्थानीय तहमध्ये बढी बनेपा नगर कार्यालयमा क्षति पुर्याइएको थियो ।
यसअघि पुलबजारस्थित–१० नं वडा कार्यालयबाट नगर कार्यालय सञ्चालन गरिएको थियो । गत असार ३२ गते नगरको १८औँ नगरसभाको निर्णय बमोजिम शिक्षालयको प्रशासनिक भवनबट सेवा प्रवाह गरिने बताइन् ।
भरत दाहालको गिरफ्तारीबारे ओली : उनले बम पड्काएका थिएनन्, सरकार फासीवादको यात्रामा छ
बाढीमा बेपत्ता चार जनाको कुशको शव बनाएर दाहसंस्कार
कृषिको उत्पादनसँगै बजारीकरणमा जोड दिँदै काभ्रे
पुल बिग्रँदा स्थानीय र पर्यटकलाई सास्ती
सामाजिक-आर्थिक लोकतन्त्रबिना राजनीतिक लोकतन्त्रको अर्थ छैन : यादव
चालक र बससँगै इन्टरनेटको तार जलेपछि राहदानी वितरण रोकियो
बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसंकट
यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी भूभागहरू कब्जा गर्ने अभियान तीव्र पारेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिम समयमा हुथी समूहविरुद्धको प्रस्तावित अमेरिकी हवाई आक्रमण रद्द गरेको खबर सार्वजनिक भएसँगै विद्रोहीहरूको सैन्य अभियान अगाडि बढेको हो ।
यसै महिना हुथी समूहले सञ्चालन गरेको सैन्य आक्रमणले मध्यपूर्वको जारी द्वन्द्वलाई थप जटिल बनाइदिएको छ । लाल सागरलाई अरब सागरमा जोड्ने बाब अल-मन्देब क्षेत्रमा हुथी समूहको रणनीतिक नियन्त्रण कायम भएसँगै विश्वव्यापी ऊर्जा आपूर्तिमाथि थप जोखिम उत्पन्न भएको छ । साउदी अरबका युवराज मोहम्मद बिन सलमानले यमनमा जारी लडाइँमा सामेल हुन पटक-पटक गरेको आग्रहलाई अमेरिकाले हालसम्म अस्वीकार गर्दै आएको छ ।

यसअघि हुथी समूहले शनिबार साउदी राजधानी रियादलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका थिए । उक्त क्षेत्रमा विस्फोटको आवाजसँगै विमानस्थल नजिकै धुवाँको बादल देखिएको थियो । रियादमा भएको हमलाबारे साउदी अरबले भने आधिकारिक रूपमा कुनै टिप्पणी गरेको छैन ।
न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार साउदी युवराजको आग्रहपछि ट्रम्प प्रशासनले आइतबार हुथीहरूविरुद्ध हवाई आक्रमणको तयारी पूरा गरिसकेको थियो । तर, सैन्य विमानहरूमा बम लोड भइसकेको अवस्थामा राष्ट्रपति ट्रम्पले अन्तिम मिनेटमा उक्त आक्रमण रद्द गर्ने निर्देशन दिएको रोयटर्सले जनाएको छ । यद्यपि अमेरिकी सेनाको सेन्ट्रल कमान्डले यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।
अमेरिकाले फेरि आक्रमण गरे नयाँ लक्ष्यमा प्रहार गर्ने इरानको चेतावनी
यमन युद्धमा साउदीलाई साथ नदिन हुथी नेताको चेतावनी
अमेरिकाले पुनः आक्रमण गरे नयाँ लक्ष्यहरूमा प्रहार गर्ने इरानको चेतावनी
ट्रम्पलाई भेट्न सी बुधबार अमेरिका जाने
अमेरिका–चीनबीच ‘एआई संवाद’ को तयारी
रुसी संसदीय निर्वाचनमा पुटिनको युनाइटेड रसिया पार्टीलाई ठूलो अग्रता
निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब
अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन













प्रतिक्रिया