प्रधानमन्त्रीले राजदूतहरूसँग भने : विश्वमा जारी द्वन्द्व रोकिनुपर्छ, शान्ति हाम्रो साझा चासो हो
प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका राजदूत तथा प्रमुखहरूलाई मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन आफ्नो सरकार उत्सुक रहेको बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित सामूहिक भेटका अवसरमा प्रधानमन्त्री शाहले नेपाल सरकार सबै देशसँगको सम्बन्धलाई उच्च महत्व दिने, विश्वास गर्ने र पारस्परिक लाभमा आधारित साझेदारी सुदृढ गर्न प्रतिबद्ध रहेको उल्लेख गरे।

‘नेपाल सन्तुलित र व्यावहारिक वैदेशिक नीतिको अनुसरण गर्दै आएको छ। हाम्रो बाह्य सम्बन्ध साझा समृद्धिको लक्ष्यद्वारा निर्देशित छ,’ उनले भने, ‘नेपालको विकास र समृद्धिका लागि निरन्तर सद्भाव र सहयोग प्रदान गर्नुभएकोमा हामी सबै साझेदार तथा मित्रहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।’
प्रधानमन्त्री शाहले विश्वमा जारी द्वन्द्वहरूले सर्वसाधारण नागरिकहरूलाई सबैभन्दा बढी असर पार्ने भएकाले शान्ति साझा प्राथमिकता हुनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री शाहसँग भेटपछि चिनियाँ राजदूतले भने : दुई देशबीचको रणनीतिक साझेदारी अझ सुदृढ हुनेछ
राजदूतहरूसँग प्रधानमन्त्री शाहले : सन्तुलित र व्यवहारिक परराष्ट्र नीतिमा नेपाल विश्वास गर्छ
ओलीबारे रास्वपाका पुरुषोत्तमको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग
परराष्ट्रमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता, आपसी सहयोग विस्तार गर्ने सहमति
महावीरलाई पदीय मर्यादा धान्नै धौ धौ
असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज
लुम्बिनी प्रदेश सभामा उठ्यो केपी ओली र रमेश लेखकमाथि पक्राउको विषय
मन्त्रीहरूलाई सरकारले पढायो परराष्ट्र मामिला र कूटनीति
संविधान संशोधन कार्यदलमा प्रतिनिधि पठाउनुअघि कांग्रेसले खोज्यो सरकारको जवाफ
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलमा प्रतिनिधि पठाउने विषयमा सरकारसँग जवाफ मागेको छ। कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद दुलालले बुधबार जवाफ माग्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेखेका हुन् ।

बुधबार पठाइएको पत्रमा कांग्रेसले संविधान संशोधनअघि व्यापक छलफल र सहमति आवश्यक रहेको उल्लेख गर्दै सरकारको पहलको स्वागत गरेको छ।
यसका साथै २०७२ सालमा जारी संविधानलाई ऐतिहासिक उपलब्धि भएको भन्दै त्यसको मूल मूल्य(मान्यतामा कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ।
कांग्रेसले लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, समावेशीता, मानवअधिकार, विधिको शासन लगायतका आधारभूत सिद्धान्तलाई थप सुदृढ बनाउनुपर्ने धारणा राख्दै समयअनुसार संशोधन स्वाभाविक प्रक्रिया भएको जनाएको छ।
देउवा दम्पत्तीविरुद्ध सम्पत्ति शुद्धिकरणमा पक्राउ पुर्जी जारी
उपसभामुखको निर्वाचन शुक्रबार गरिने
कालिका नगरद्वारा अमेरिकाको फेयरफ्याक्स सिटीसँग सहकार्य प्रस्ताव
स्वास्थ्य बीमामा १० वर्ष : विस्तारसँगै दिगोपन र नवीकरणमा चुनौती
संसद् एकअर्काले गालीगलौज, आरोप प्रत्यारोप गर्ने ठाउँ हैन : सांसद शाही
सरकारले यसअघि जेन-जी युवासँग गरेको १० बुँदे सम्झौता पालना गर्नपर्छ : सांसद खरेल
निजी विद्यालयले गैरकानुनी शुल्क फिर्ता नगरे कारबाही हुने
विष्णुमाथि बर्सिए बादल : पार्टी भित्रैका दुष्मनहरू पनि देखिए
नेकपा (एमाले) संसदीय दलका नेता तथा कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ले उपाध्यक्ष विष्णुप्रसाद पौडेलमाथि गम्भीर आरोप लगाएका छन् ।
बुधबार (चैत २५) कास्की एमालेले आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बादलले आफूले संसदीय दल नेताको हैसियतमा संसद्मा गरेको सम्बोधनले देशभित्र र बाहिरका पार्टीका दुस्मनहरू एक्स्पोज भएको बताएका हुन् ।
उनले केही दिनअघि उपाध्यक्ष पौडेलले सामाजिक सञ्जालमा व्यक्त गरेको धारणाबारे यस्तो आरोप लगाएका हुन्।

‘अस्ति संसद्को पहिलो बैठकमा मैले दल नेताको हैसियतमा जे कुराहरू भनेँ, तिनलाई लिएर केन्द्रीय सचिवालय बैठक बस्यो । बैठकले अर्को वक्तव्य जारी गर्यो,’ बादलले भने, ‘त्यो वक्तव्य आइसकेपछि त्यसले अर्को अलमललको अवस्था बनाएको छ । त्यो वक्तव्य दलको नेताका रुपमा मैले व्यक्त गरेको थिएँ, त्यसले भित्र पनि एउटा कन्फ्युजन क्रिएट गरेको देखियो । पार्टीको उपाध्यक्षले सार्वजनिक रूपमा एउटा स्टेटमेन्ट जारी गर्नुभयो ।’
गत बिहीबारको प्रतिनिधिसभा बैठकमा बादलले राखेको धारणाप्रति उपाध्यक्ष पौडेलले सामाजिक सञ्जालमार्फत् आक्रोश पोखेका थिए ।
युद्ध उन्मादमा विराम लागेकोमा एमाले महासचिवको स्वागत, पाकिस्तानी भूमिकाको प्रशंसा
राष्ट्रियसभामा अख्तियारको वार्षिक प्रतिवेदन पेश
राष्ट्रियसभा उपाध्यक्ष भण्डारी एमालेको सबै जिम्मेवारीबाट अलग
राष्ट्रियसभा बैठक : भ्रष्टाचार नियन्त्रणदेखि मल, बीउको व्यवस्था गर्न माग
सांसद अधिकारीको सुझाव : सरकारले नागरिकमा गर्व र अपनत्व जगाउन काम गरोस्
प्रधानमन्त्री कार्यालयमा मन्त्रीका लागि कूटनीतिक आचारसंहिता सम्बन्धी विशेष ब्रिफिङ
राष्ट्रिय सभाका समिति सभापतिले लिए शपथ
जिल्ला अस्पताल निरीक्षणमा स्वास्थ्य मन्त्री
सरकारले बढायो सार्वजनिक यातायात र ढुवानीका साधनको भाडा
राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकारले सार्वजनिक यातायात तथा ढुवानीका साधनको भाडा बढाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहमतिसँगै यातायात व्यवस्था विभाग नयाँबानेश्वरले सवारी साधनको भाडा वृद्धि गरेर लागु गर्ने तयारी गरेको हो।
भाडा बढेको पुष्टि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले गरेका छन् । सिटौलाले दिएको जानकारीअनुसार सार्वजनिक यातायातको भाडा न्यूनतम् १६.७१ प्रतिशतले वृद्धि भएको छ।

मालवाहक सवारी साधनको भाडा पनि त्यही दरमा बढेको छ। उनका अनुसार पहाडी क्षेत्रका मालवाहक सवारीको भाडा २१।६८ प्रतिशतले बढेको छ। उता तराई क्षेत्रका मालवाहक सवारी साधनको भाडा १५.७५ प्रतिशतले बढेको उनले बताएका छन् ।
विभागले बुधबार नै नयाँ भाडादरको विस्तृत विवरण सार्वजनिक गर्दैछ । इरान-अमेरिका युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकाशिएको छ। त्यहीकारण यातायात व्यवसायीले भाडा बढाउन सरकारलाई दबाब दिइरहेका थिए ।
पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा १२ पुल निर्माण सम्पन्न
पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो
सुदूरपश्चिममा १० प्रतिशतले बढ्यो गरिबी, प्रदेश सरकार चिन्तित
मध्यपूर्व युद्धविराम : विश्वको प्रतिक्रिया र सुरक्षित मार्ग सुनिश्चित गर्ने आशा
संयुक्त राज्य अमेरिका र इरानले दुई हप्ताका लागि युद्धविराममा सहमति जनाएपछि दुवै पक्षले आफूलाई विजयकर्ता घोषणा गरेका छन् । यस घटनापछि विश्वभरबाट आएका प्रतिक्रियाहरूले मध्यपूर्वमा शान्ति र स्थिरता कायम राख्ने चुनौतीको गम्भीरतालाई उजागर गरेका छन् ।
दक्षिण कोरियाले युद्धविरामको स्वागत गर्दै यसले होर्मुज जलडमरूमध्य हुँदै आफ्ना सबै जहाजहरू सुरक्षित मार्गमा ल्याउने विश्वास व्यक्त गरेको छ । दक्षिण कोरियाको विदेश मन्त्रालयका अनुसार, सरकारले दुई पक्षबीचको वार्ता सफलतापूर्वक सम्पन्न हुने आशा गरेको छ र सम्बन्धित देशहरूसँग सञ्चार तथा परामर्शमार्फत जलडमरूमध्यको सुरक्षित नेभिगेसन सुनिश्चित गर्ने योजना बनाएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले युद्धविरामको स्वागत गर्नुभएको छ र सबै पक्षलाई दीर्घकालीन शान्तिका लागि काम गर्न आह्वान गरेका छन् । महासचिवका प्रवक्ताका अनुसार महासचिवले अमेरिका र इरानको घोषणालाई स्वागत गरे पनि युद्धविरामका सर्तहरूको पालना गर्न र अन्तर्राष्ट्रिय कानूनअनुसार दायित्व पूरा गर्न सबै पक्षलाई आग्रह गरे।
अस्ट्रेलियाले युद्धको दीर्घकालीन असरको चेतावनी दिँदै युद्धविराम कायम राख्न र द्वन्द्व समाधानमा ध्यान दिनुपर्ने बताएको छ । प्रधानमन्त्री एन्थोनी अल्बानिजका अनुसार, युद्धले विश्वव्यापी अर्थतन्त्रमा ठूलो प्रभाव पार्नेछ र मानव जीवनमा उच्च लागत निम्त्याउनेछ । उनले सबै पक्षलाई अन्तर्राष्ट्रिय मानवीय कानून पालना गर्न र नागरिक जीवनको रक्षा गर्न आह्वान गरे।
ट्रम्पले भने– चीनले इरानलाई युद्धविरामका लागि तयार गर्यो
स्ट्रेट अफ होर्मुजबाट गुज्रिने हरेक जहाजबाट इरान र ओमानले शुल्क असुल्ने
इरानको पुनर्निर्माणमा अमेरिका सहयोग गर्न तयार : ट्रम्प
इजरायली विपक्षी नेताको आक्रोश : नेतन्याहु असफल भए, इरानसँगको युद्धविराम ‘राजनीतिक विपत्ति’
अमेरिका–इरान युद्धविरामपछि निर्णायक वार्ता पाकिस्तानमा
तनावबीच उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र प्रहार
अफगानिस्तानमा घरको छत खस्दा सात जनाको मृत्यु
मध्यपूर्व युद्धविरामका बावजुद इजरायलद्वारा लेबनानमा पुन: आक्रमण
विश्वभर तनाव बढिरहँदा चीनमा भएको एउटा दुर्लभ भ्रमण
मध्यपूर्व तनावबीच भारतले नीतिगत ब्याजदर यथावत् राख्यो
भारतीय दूतावासद्वारा आफ्ना नागरिकलाई इरानबाट बाहिरिन आग्रह
शान्ति सैनिकको सुरक्षा सुनिश्चित गर्न आग्रह
इजरायली प्रधानमन्त्री नेतन्याहू भन्छन्- अमेरिका-इरान युद्धविराम लेबनानमा लागू हुँदैन
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव













प्रतिक्रिया