साप्ताहिक ब्रिफिङ : एसईईको नतिजामा सुधार, ६१ प्रतिशत ग्रेडेड, कांग्रेस-एमालेको साथ छाड्यो जसपाले, रास्वपामा फर्किन खोज्दै मुकुल र इरानपछि लेबनानमा इजरायलको आक्रमण | Khabarhub Khabarhub

साप्ताहिक ब्रिफिङ : एसईईको नतिजामा सुधार, ६१ प्रतिशत ग्रेडेड, कांग्रेस-एमालेको साथ छाड्यो जसपाले, रास्वपामा फर्किन खोज्दै मुकुल र इरानपछि लेबनानमा इजरायलको आक्रमण


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 9 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने गरेको छ ।

जसपाले साथ छाडेसँगै माथिल्लो सदनमा सरकार अल्पमतमा, विधेयक पारित हुन सकस

संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन गरेको एक वर्ष पुग्दैछ । सात बुँदे सहमति गरेर कांग्रेस र एमालेले गत वर्षको असार अन्तिममा केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गरेका थिए ।

सरकार गठनको एक वर्ष पुग्नै लाग्दा जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । कार्यकारिणी समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको कार्यकारिणी सदस्य तथा विदेश विभाग प्रमुख अर्जुन थापाले पुष्टि गरे ।

एमालेको निष्कर्ष- सरकारको एक वर्ष सन्तोषजनक र प्रभावकारी, सडकको विरोध पनि मत्थर भयो

एमालेले फुकुवा गर्‍यो बिन्दा र उषाकिरणमाथिको ६ महिने कारबाही

साझा उम्मेदवार खोज्दै तराई-मधेशका सात दल

केन्द्रीय कार्यालय परिसर विस्तारका लागि कांग्रेसले किन्यो १३ करोडमा जग्गा र घर 

एसईई परीक्षाको नतिजा प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।

परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले शुक्रबार साँझ एसईई नतिजा सार्वजनिक गरेको बताएका हुन् । बोर्ड लामो बैठक सकेपछि नतिजा सार्वजनिक गरेको हो ।

अध्यक्ष शर्माले बीचमा अनेक व्यवधान आएकाले नतिजामा ढिलाइ भएको बताएका छन् ।

रोजगारीका लागि प्रविधि प्रयोग गर्ने सीपयुक्त जनशक्ति तयार गर्नुपर्छ : श्रममन्त्री

धनुषामा आँप महोत्सव हुँदै, घुम्न आउने पर्यटकलाई निःशुल्क खुवाइने

दूध किसानलाई बक्यौता भुक्तानी गर्न निर्देशन

प्रचण्डको गुनासो- सदन खुलाउँदा माओवादीकै कार्यकर्ताले मलाई दु:ख दिए

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले सदनमा अवरोध भइरहोस् भन्ने चाहेको बताएका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले आफूहरूले सरकारको त्यही कुरा बुझेर सदन खुलाएको पनि बताएका छन् ।

तर, सम्भावित संकट बुझेर सदन सुचारू हुने वातावरण बनाए पनि माओवादीकै नेता कार्यकर्ताले आफूलाई दु:ख दिएको पनि उनले बताएका छन् ।

‘केही नेता कार्यकर्ताहरुले नबुझेर यसबारेमा मलाई दुःख दिएका छन्’, उनले भने, ‘सदन खुलाउनुको कारण राम्रोसँग बुझ्न आवश्यक छ ।’

खेल र चलचित्र क्षेत्रको विकासलाई महत्त्व दिँदै आएको छु : अध्यक्ष प्रचण्ड

‘काँक्रेविहारलाई कर्णालीको आर्थिक केन्द्रका रूपमा प्रवर्द्धन गर्न सकिने’

द्वन्द्वपीडित परिवारले भने- द्वन्द्वका सबै विषय फरफारक हुने गरी काम गर्नुस्

संसदीय समितिमा पारित भएका विधेयकमाथि छेडखानी नहोस् : प्रचण्ड

एकीकृत समाजवादीको निष्कर्ष- माधव नेपालले दुवै पदबाट राजीनामा दिनुपर्दैन

नेकपा (एकीकृत समाजवादी) पार्टीले भ्रष्टाचार मुद्दा खेपिरहेका अध्यक्ष माधवकुमार नेपालले कुनै पदबाट राजीनामा दिनुनपर्ने निष्कर्ष निकालेको छ ।

शुक्रबारदेखि सुरू सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको पार्टीका उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिएका छन् ।

बैठकले अध्यक्ष नेपालमाथि राजनीतिक प्रतिशोध साँधेर भ्रष्टाचारको मुद्दा चलाइएको निष्कर्ष पनि निकालिएको ज्वालाले बताएका छन् । बैठकमा ब्रिफिङ गर्दै अध्यक्ष नेपालले आफूमाथि भ्रष्टाचारको झूटो मुद्दा लगाइएको बताएका थिए ।

उक्त बैठकले राजनीतिक प्रतिशोधका साथ लगाइएको मुद्दा भएकाले सफाइ पाउने विश्वास लिएको प्रकाश ज्वालाले जानकारी दिए ।

सुनुवाइ समितिले थाल्यो प्रस्तावित तीन न्यायाधीशविद्धका उजुरीमाथि छलफल

बजेटबारे भएका गलत प्रचारप्रसारप्रति आर्थिक मामिला तथा योजना मन्त्रालयको ध्यानाकर्षण

शिक्षा समितिले जुटायो विद्यालय शिक्षा विधेयकका विवादित विषयमा सहमति

जसपाले छोड्न थाल्यो कांग्रेस-एमालेको साथ, लुम्बिनी सरकारबाट समर्थन फिर्ता

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले नेपालले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर २०८१ असारमा बनेको गठबन्धनको साथ छाड्न थालेको छ।

अध्यक्ष यादवले यसअघी लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। यादवले मंगलबार भक्तपुरमा घोषणा गरेअनुसार जसपाले केपी शर्मा ओली नेतृत्वको संघीय सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने प्रक्रिया थालेको थियो।

त्यहीअनुसार लुम्बिनीमा मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन जसपाले फिर्ता लिएको हो ।

जसपा नेपालले संघमा पनि ओली नेतृत्वको सरकारलाई समर्थन फिर्ता लिने निर्णय गरेको थियो। त्यही निर्णयअनुसार जसपाले प्रदेशश सरकारबाट समर्थन फिर्ता लिन थालेको हो ।

कांग्रेस जनताको परीक्षामा पास भएको पार्टी हो, यसलाई बलियो बनाउनुपर्छ : उपप्रधानमन्त्री सिंह

पूर्वराजा शाह ७९ वर्षमा लाग्दै, जन्मदिनमा निर्मल निवास खुला गरिने

कुनै एक पार्टीलाई बहुमत ल्याउन कठिन छ : सभापति देउवा

शंकर पोखरेलको निष्कर्ष: बालेन र राजावादी, रास्वपा र माओवादी मिलेर एमाले कमजोर बनाउन लागे
नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी माथी चारवटा शक्तिले हमला गरिरहेको बताएका छन्।

एमालेले राष्ट्रहित र जनताका सवाललाई सशक्त ढंगले उठाँउदा यस्तो हमला भए पनि उनीहरूको स्वार्थ पूरा हुन नदिन एमालेले शसक्त प्रतिवाद गर्नुपर्ने उनले बताए ।

एमाले काठमाडौं जिल्ला कमिटीको छैटौं बैठकलाई बिहीबार टोखामा सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।पोखरेलले एमालेलाई राजावादी,कम्युनिष्ट नामका माओवादी, समाजवादी पपुलिष्ट राजनीति गर्नेहरू र विदेशी शक्तिले हमला गरिरहेको बताए ।

‘एमालेलाई मुख्यगरी अहिले चारवटा शक्तिले साइबर हमला गरिरहेका छन् । मुख्यगरी उनीहरू सामाजिक सञ्जालमार्फत् एमालेलाई कमजोर पार्न खोजिरहेका छन् । राजावादी, माओवादी, समाजवादी पपुलिष्ट र बाह्य शक्ति’, पोखरेलले भने, ‘एमाले कमजोर हुँदा यी सबैको स्वार्थ पूरा हुने भएकोले उनीहरू हामीमाथि खनिएका हुन् ।’

सर्वोच्चका प्रस्तावित तीन न्यायाधीशविरुद्ध पाँच उजुरी, आइतबार सुनुवाइ हुने

शिक्षा क्षेत्रमा विद्या भट्टराईले गर्न खोजेका सुधार प्रयास पन्त आएपछि ठप्प

‘प्रधानमन्त्री ओलीविरुद्ध हमला बढ्यो, प्रतिरोधमा उत्रिनू’

अर्थमन्त्री विष्णु पौडेलसँग जोडेर योगेशलाई भाइरल बनाइएको भिडियो एक वर्ष पुरानो

सर्वोच्चले पनि नछोडेका रविको पक्षमा हस्ताक्षर गर्न पुगे विपिन कार्की

सहकारी ठगी प्रकरण जस्तो गम्भीर आरोपमा सर्वोच्च अदालतले समेत थुनामै राख्न आदेश दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने यतिबेला ‘पब्लिक सेन्टिमेन्ट’ बटुल्ने ध्याउन्नमा छन्।

रास्वपा स्थापना दिवसका अवसरमा लामो लिखित सम्बोधन सार्वजनिक गरेका उनले आफूलाई अदालतले पनि अन्याय गरेको जिकिर गरेका थिए । त्यसयता लगातार जनमानसको संवेदना खिच्न लागेका उनले सेलिब्रिटीलाई पनि आफूतिर तान्न सफल भएका छन् ।

उनको यो योजना केही हदसम्म सफल भएको उदाहरण बन्न पुगेका छन् नायक विपिन कार्की । उनै विपिन सर्वोच्चलेसमेत गम्भीर आरोपी ठहर गरेर छाड्न नमानेका लामिछानेको पक्षमा हस्ताक्षर गर्न पुगेका हुन् ।

कार्की आइतबार रविको पक्षमा हस्ताक्षर गर्न पार्टी मुख्यालय वनस्थली च:मति पुगेको पार्टीका कोषाध्यक्ष दीपक बोहराले बताएका छन् ।

पार्टीको तेस्रो स्थापना दिवसमा रास्वपाले असार ७ गतेदेखि पार्टी सभापति लामिछानेको पक्षमा हस्ताक्षर सङ्कलन थालेको छ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐनबाट अलग गर्न माग

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष धरानका नेपाली कांग्रेस, नेकपा (एमाले) नेकपा (माओवादी केन्द्र), र जनता समाजवादी पार्टीका प्रतिनिधिहरूले संयुक्तरूपमा ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापनपत्रमार्फत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ‘छाता ऐन’ बाट अलग गरी पृथक् चिकित्सा विज्ञान विश्वविद्यालयको रूपमा विकास गर्न पहल गर्न उनीहरूले माग गरेका छन् ।

ज्ञापन पत्र बुझ्दै अध्यक्ष प्रचण्डले भने, ‘मैले सरकारमा हुँदा धेरै विश्वविद्यालयहरू स्थापना गर्ने र अगाडि बढाउने काम गरेको छु । सुदूरपश्चिममा गेटालाई यस्तै यस्तै अरू पनि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुरानो र नेपालको पूर्वी क्षेत्रको एक अत्यन्त महत्त्वपूर्ण संस्था हो। तर, यसलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न नसक्नु दुर्भाग्यपूर्ण विषय हो।’

पदाधिकारी नियुक्तिमा देखिएको अन्योल र कार्यक्षमता अभाव दुःखद पक्ष रहेको बताउँदै उनले अब यस संस्थामा संरचनागत तथा नीतिगत सुधार गर्दै अगाडि बढ्नुपर्ने बताए ।

रास्वपा महामन्त्रीमा फर्किने मुकुलको प्रयास, अन्तरिम आदेशका लागि सर्वोच्चले बोलायो दुवै पक्षलाई

इरानबाट उद्धार गरिएका तीन नेपाली नयाँ दिल्ली पुगे

मधेशवादी दलहरूको बैठक : उपनिर्वाचन मुख्य एजेण्डा

‘भाइरल मेयर’कै स्थानीय तह बजेटविहीन !

रौतहटको वृन्दावन नगरपालिकामा बेथिति बढेको र नगरप्रमुखले नागरिकको भावनामा चोट पुर्‍याएको भन्दै गत आइतबार उपप्रमुख सङ्गीताकुमारी रामले उच्च अदालतमा निवेदन दिइन् । उपप्रमुखको भूमिका कमजोर पार्नेगरी नगरपालिकाले नगरसभा आह्वान गरेको उनको आरोप थियो ।

उपप्रमुख रामको निवेदनपछि उच्च अदालत जनकपुरको अस्थायी इजलास, वीरगञ्जले वृन्दावनलाई नगरसभा गर्न रोक लगायो । अदालतको आदेशपछि नगरको नीति तथा कार्यक्रम र बजेट नै अन्योलमा पर्‍यो ।

अदालतको उत्प्रेषणयुक्त परमादेशले वृन्दावन नगरसभामा रोक लगाउँदै ‘स्रोत, सीमा, कार्यक्रम समेतको सम्बन्धमा उपप्रमुखको भूमिका महत्वपूर्ण हुने’ उल्लेख गरेको छ । असार १३ गते (आज) दुवै पक्षलाई बोलाएर छलफल गराउन अदालतले आदेश दिएको छ ।

यसअघि जनप्रतिनिधि बीचकै र जनप्रतिनिधि–कर्मचारी (मुख्यतः प्रमुख प्रशासकीय अधिकृत) विवादले निर्धारित समयमा नगरसभा नभए पनि अदालतको आदेशबाट नगर सभामा रोक लागेको यो पहिलो घटना हो ।

आगामी आर्थिक वर्षभित्र लागूऔषध नियन्त्रण विभाग स्थापना गर्छौँ :  गृहमन्त्री

मन्त्री खड्काद्वारा चीनमा आयोजित ऊर्जामन्त्रीस्तरीय बैठक सम्बोधन

संघीय लोकतान्त्रिक मोर्चाको बैठक आइतबार फेरि बस्ने
मधेशवादी दलहरूको संयुक्त मोर्चा संघीय लोकतान्त्रिक मोर्चाको बैठक आइतबार फेरि बस्ने भएको छ ।

लाजिम्पाटको बाबा होटलमा बसेको मोर्चाको बैठक बिना कुनै निर्णय आइतबार फेरि बस्ने गरी स्थगित भएको हो । बैठकमा रुपन्देही क्षेत्र नम्बर ३ को उपचुनाव, मोर्चाको भावी कार्यक्रमबारे छलफल भएको बताइएको छ ।

बैठकमा कार्यविधिको पूर्णतासँगै राजबन्दी रिहाइ विषयमा पनि छलफल भएको थियो । मोर्चाको घटक राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले आगामी आइतबार निर्णय गर्ने गरी बिहीबारको बैठक सकिएको बताए । उनका अनुसार आइतबार १ बजे बैठक फेरि बस्ने छ ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको अध्यक्षतामा सुरु भएको बैठकमा मोर्चामा आबद्ध दलहरूका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो ।

मोहन वैद्यको स्वास्थ्यमा चमत्कारिक सुधार, हिँडडुल गर्न सक्ने भए

कांग्रेसले मधेशका नेता-कार्यकर्तालाई प्रशिक्षण दिने

कोरिया सरकारको सहयोगमा ‘हामी मोबाइल एप’ शुभारम्भ

ऐतिहासिक गर्भा दरबार संरक्षणमा सरकारको चासो, बहुभाषिक पहिचान प्रवर्द्धनमा प्रतिबद्ध : मन्त्री पाण्डे

देशभरका विद्यालयमा योग शिक्षा पुर्‍याउनुपर्छ : मन्त्री पाण्डे

समयमा मनसुन सक्रिय नहुँदा रोपाइँ ढिलो सुरु
समयमा मनसुन सक्रिय नहुँदा लुम्बिनी प्रदेशमा रोपाइँ ढिलो सुरु भएको छ। सिञ्चित क्षेत्रमा धमाधम रोपाइँ जारी भए पनि आकाशे वर्षाको भरमा रहेका खेतमा भने किसानले अझै पनि धान रोप्न सकेका छैनन् ।

लुम्बिनी प्रदेशको १२ जिल्लामध्ये पूर्वी नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दियामा धानखेती राम्रो हुने जिल्लाको रुपमा मानिन्छन् । असार दोस्रो सातामा पनि यस क्षेत्रमा मनसुन सक्रिय हुन नसक्दा अपेक्षाकृत रोपाइँ हुन सकेको छैन् ।

लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालयका सूचना अधिकारी विवेक पन्तका अनुसार प्रदेशमा कूल धान रोपाइँ हुने क्षेत्रफलको यही असार ६ गतेसम्म जम्मा १० प्रतिशत मात्र रोपाइँ भएको छ । प्रदेशका १२ जिल्लामा गरी कूल ६ लाख ८० हजार १५ हेक्टर खेतीयोग्य जग्गा रहेको छ ।

मौलिक फल्चामा प्रतीक्षालय (तस्बिरहरू)

पर्यटकलाई लोभ्याउँदै पोखराको ‘असारे रोपाइँ महोत्सव’

विषादी न्यूनीकरणमा कृषि ज्ञान केन्द्र मनाङको जोड

कारागारका मुढाले बजार नपाएपछि उत्पादन बन्द

दमौलीमा पानीको हाहाकार, एक गाग्रीका लागि घण्टौँ लाइन बस्नुपर्ने

फर्पिङ–हेटौँडा सडकको दुरावस्था  (तस्बिरहरू)

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

सुरु भयो आँप मेला (तस्बिरहरू)

काठमाडौंको लाजिम्पाटस्थित वाल्नट बिस्ट्रोमा शुक्रबारदेखि तीन दिने ‘नेपाल म्याङ्गो फेस्ट २०२५’ सुरु भएको छ ।

नेपाली आँपको विविधता, स्वाद र मूल्य शृङ्खला प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा १० भन्दा बढी प्रजातिका आँप प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन् ।

फेस्टिभलमा आँप खाने प्रतियोगिता आकर्षणको विषय बनेको छ। कार्यक्रममा जापानबाट आयात गरिएको अत्यन्तै महँगो ‘ताईयो नो टोमागो’ जातको आँप पनि प्रदर्शन गरिएको छ, जसको मूल्य प्रतिकिलो ३ देखि ४ लाख रुपैयाँसम्म पर्ने बताइएको छ।

विपद्का बेला सामाजिक सुरक्षा प्रणाली अपनाउनुपर्नेमा जोड

नेतन्याहूलाई संकट : अदालतले भ्रष्टाचारका तीनवटा मुद्दाको सुनुवाइ स्थगन गर्न मानेन

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्नो भ्रष्टाचारसम्बन्धी मुद्दामा सुनुवाइ केही समयका लागि स्थगित गरिदिन गरेको अनुरोध अदालतले अस्वीकार गरेको छ।

बिहीबार नेतन्याहूका वकिलले अदालतमा निवेदन दिँदै प्रधानमन्त्रीले इरानसँग १२ दिन लामो युद्धपछि ‘सुरक्षा मामिलामा ध्यान केन्द्रित गर्नुपर्ने’ भएकाले दुई साताका लागि सुनुवाइबाट छुट दिइनुपर्ने माग गरेका थिए।

तर जेरुसेलेम जिल्ला अदालतले नेतन्याहूको उक्त अपीललाई अस्वीकार गरिदिएको हो । ‘वर्तमान अवस्थामा पेश गरिएको निवेदनमा सुनुवाइ स्थगन गर्न आवश्यक स्पष्ट आधार वा विस्तृत कारण प्रस्तुत गरिएको छैन’, अदालतले भनेको छ ।

नेतन्याहूले आफूमाथि लागेको भ्रष्टाचार आरोप अस्वीकार गर्दै आएका छन्। उनका समर्थकहरूले लामो समयदेखि चल्दै आएको मुद्दा राजनीतिक प्रेरित भएको दाबी गर्दै आएका छन्।

उत्तरी इजिप्टमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु

पाकिस्तानमा मनसुनी वर्षाका कारण सात जनाको मृत्यु, २७ घाइते

बमवर्षा, जीवित खोमेनेइ र मौनता !

नौ जनाको हत्या आरोपमा जापानमा एक जनालाई मृत्युदण्ड 

रुसमाथिको प्रतिबन्ध लम्ब्याउन इयू नेता सहमत

कुकुरको मासु बेच्न नपाउँदा कोरियाली किसानलाई तनाव

इजरायली रक्षा मन्त्रीको खुलासा- इरानी सर्वोच्च नेता खामेनेईलाई मार्न खोजेका थियौँ

सहयोग प्याकेजसहित इरानलाई वार्तामा ल्याउने अमेरिकी योजना

इरानका सर्वोच्च नेताले भने- अमेरिकी आक्रमणले आणविक केन्द्र बिग्रिएको छैन

इजरायलको आक्रमण : गाजामा ७८ जना मारिए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा युद्धको लक्षण देखिएको बताइरहेकै समयमा गाजामा इजरायली आक्रमणमा ७८ जना मारिएका छन्।

त्यहाँको स्वास्थ्य श्रोतले जनाए अनुसार मारिनेमा राहत लिनका लागि पालो कुरेर बसेका १४ जना समेत परेका छन्। गाजाको अल आवदा र अल अक्सा सैन्य अस्पतालका अनुसार बुधबार बिहान नै केन्द्रीय गाजाको नात्जारियन जक्सनमा नौ जान मारिनुका साथै धेरै जना मारिए। गत महिना ह्युमनटेरियन फाउन्डेसनले राहत वितरण गर्न सुरु गरेयता भएको यो पछिल्लो आक्रमण हो।

समाचारका अनुसार गाजामा इजरायली सैन्य अड्डा र राहत केन्द्र एकदमै नजिक छ। त्यहाँ ठुलो भीड जम्मा हुने बित्तिकै इजरायली आक्रमणको खतरा बढ्ने गरेको छ। राहतका लागि एक व्यक्तिलाई २० मिनेटको समय दिइन्छ। त्यस २० मिनेटको समय भन्दा बढी समय लगाएमा बन्दुक पड्काउन सुरु गरिन्छ। यसै कारण धेरैको ज्यान जाने गरेको छ।

इरानी सर्वोच्च नेता खामेनेईले भने- आत्मसमर्पण गर्दैनौँ, अमेरिकी बेसमा फेरि आक्रमण गर्न सक्छौँ

अवरूद्ध हवाई सेवा क्रमश: सञ्चालन गर्दै इरान 

इजरायलद्वारा इरानी आणविक वैज्ञानिक र उनको परिवारका १२ सदस्यको हत्या

३० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

गाजामा भोकैतिर्खै बसेकाको नरसंहार, राहत लिन जाँदा इजरायली सेनाबाट मारिए ५४९ जना

इरान र रुसका रक्षामन्त्री चीनमा

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ८ : ११ बजे

शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले शनिबार साँझदेखि लुम्बिनी

एसइईको ग्रेड वृद्धि परीक्षा साउन २९ गतेदेखि

काठमाडौं – एसइईको पूरक परीक्षा साउनमा हुने भएको छ ।

मधेसका मुख्य मन्त्रीले भने : तीनै तहका सरकारबीच समन्वयविना विकास सम्भव छैन

धनुषा – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले तीनै तहका सरकारबीच

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु

इस्लामाबाद – पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तूनख्वा प्रान्तको स्वात जिल्लामा आएको

प्रविधि र नवप्रर्वतन क्षेत्रमा सहकार्य गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा